Saturday, August 12, 2023

मोबाइल, बालबालिका र हामी

 मोबाइल, बालबालिका र हामी

१. केही अभिभावक/आमाबुवाहरूले आफ्ना स-साना बालबालिकालाई मोबाइलमा कार्टुन देखाउंदै खाना खुवाइरहेका हुन्छन् | उनीहरूलाई लाग्छ, खुवाउने काम सजिलो भयो |
२. केही मातापिताहरू आफ्नो निजी काम गर्दैगर्दै बालबालिकालाई इन्गेज गर्न आफै कार्टुन खोलेर दिन्छन् र बालबालिका त्यसमा व्यस्त हुन्छन् | आमावुवालाई लाग्छ उनीहरूलाई सजिलो भयो |
३. केही अभिभावकहरूले वाहिर (न्युक्लिएर फेमिली) जाँदा बालबालिकालाई मोवाइल दिएर जान्छन् र बालबालिकाले दिनभरी अनेकौं थरिका चाहिनेनचाहिने भिडियो हेर्छन् | अभिभावकलाई लाग्छ, उनीहरूले बालबालिकालाई भुलाउन राम्रो उपाय गरे |
४. केही अभिभावकहरूले आफुलाई मन परेको सिरियल टेलिभिजनमा हेर्नका लागि बालबालिकालाई मोबाइलमा कार्टुन लगाईदिन्छन् | उनीहरूलाई लाग्छ, रमाइलो गर्न पाइयो | बालबालिकाले डिस्टर्ब गरेनन् |
५. केही अभिभावकहरूले बालबालिकालाई होमवर्क गर्नका लागि मोबाइल दिन्छन् | बालबालिका आफ्नो कोठा बन्द गरेर होमवर्क होइन, मोबाइलमा च्याट, भिडियो हेरेर बस्छ | अभिभावकलाई लाग्छ, बालबालिका ज्ञानी हुँदैछन् | होमवर्कला लागि मोबाइल दिनु राम्रो काम हो |
६. केही अभिभावकहरू पाहुना घरमा आएको वखत आफै बालबालिकालाई मोबाइलमा कार्टुन लगाइदिएर एकान्त कोठामा पठाउँछन् | उनीहरूलाई लाग्छ, यसले पाहुनालाई सजिलो हभयो |
तर के तपाईंलाई थाहा छ, यही तपाईंको कमजोरी हो र बालबालिकाले हरेक पटक तपाईसंग ब्याकमेलिंग गरेर मोबाइल हेर्न खोज्छन् | (१) बालबालिकाले मोबाइल भातनै खाँदैनन् | (२) कार्टुन हेर्न नपाए आकाशपाताल एक गर्छनन् | (३) एक्लै हेर्दा उमेर नपुग्दै एडल्ट फिल्म हेर्ने बानि लाग्न सक्छ | (४)( अभिभावकहरूले बालबालिकाले फिल्मवारे के सोच्दा रहेछन् भन्ने गुमाउँछन् | (५) होमवर्कका नाममा हमेशा बालबालिकाले अभिभावकसंग मोबाइल माग्छन् र मोबाइल नदिंदा होमवर्क नै गर्दैनन् | (६) बालबालिकाहरूले ठूलो भएपछि पाहुनासंग सामाजिक, सांस्कृतिक व्यबहार गर्न जान्दैनन्, भर्चुअल संसारमा रमाउन थाल्छन् | बालबालिकालाई बास्तविक संसारभन्दा मोबाइलको संसार वास्तविक लाग्न सक्छ | अन्तत: अभिभावक वा मातापिताकै कारणले गर्दा बालबालिकामा "मोबोफोबिया" अर्थात् मोबाइल नभए अस्थीर हुने, रूने, कराउने, अनेकौं बहाना गरेर मोबाइल नै खोज्ने मानसिक समस्या लाग्छ |
अभिभावकहरूले बुझ्नुपर्छ कि बालबालिकालाई मोबाइलले असल गर्दैन | यसको अर्थ बालबालिकाले मोबाइल हेर्ने हुँदैन होइन | बालबालिका र मातापितासंगै वसेर निश्चित (१ घण्टा) मोबाइल हेर्न सकिन्छ | अभिभावकले भात खुवाउँदा होस् वा पाहुना घरमा आउँदा होस् मोबाइल प्रयोग गरेर/गर्न दिएर मोबाइलको कुलतमा फसाउनु हुँदैन | यदि मोबाइल तपाईंका बालबालिका मोबाइल नदेखाई भात नखाने भएका छन् भने धैर्य गर्नुस् | उनीहरूले भोक लागेपछि आफै खान खोज्ने छन् वा क्रमशः मोबाइल देखाउने समय घटाउँने आँट गर्नुस् | बालबालिकाले गर्ने ब्लाक-मेलिंगलाई दृढतापूर्वक अस्वीकार गर्नुस् र "हुँदैन" भन्नुस् |
यो लेख पढेपछि तपाईं के सोच्दै हुनुहुन्छ ?

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...