Saturday, August 12, 2023

मूलतिरको यात्रा

 मूलतिरको यात्रा

आजसम्म मैले आफ्नो प्रयोजन बुझ्न सकिन | एतातेता भौतारिए | समय कत्तिपनि बदलिन्न | मान्छेको शरीर, मन र दायित्व परिवर्तित हुन्छ | यदि ऋषिकुलको व्यक्ति पुन: आफ्नै मूलतिर फर्कन चाह्यो भने त्यसलाई स्वाभाविक ठान्नुपर्छ | दोलखामा जन्मिएका ऋषि दधिचीले देवताहरूको कल्याणका लागि र आसुरी शक्तिको विनाशका लागि आफ्नो शरीरनै दान गरेको संस्कृतिको सम्बाहकको रूपमा मनले "जोगी" खोज्छ भने आश्चर्य हुँदैन |
सत्य त के पनि हो भने भारतवर्षको हिमवतखण्डका ऋषिहरूको पछिल्लो पुस्ताहरू केही दिग्भ्रमित भएका छन् | आफ्नो मौलिक चिनारी समेत भन्न, त्यसअनुकुलको आहार, ब्यबहार प्रदर्शन गर्ने आँट गुमाएको छ | विश्वलाई श्रेष्ठ बनाउने, विश्वलाई सबैको साझा गूंडका रूपमा विकसित गर्ने र सम्पूर्ण पृथ्वीलाई आफ्नै परिवार थान्न्न निर्देशन दिने ऋषि-सन्तानहरूले आफ्नो स्वाभिमान गुमाउनु उचित होइन | कर्तव्य चेतनाले त्यो अस्वभिमान र गौरव पुन: फर्काउने, स्थापना गर्ने र वैश्विकतहमा स्थापित गर्न अह्राउन थालेको छ |
मलाई लाग्छ, मभित्रको कर्तव्यबोध र ऋषिऋणको बोझके मलाई बारम्वार मलाई आफ्नो पूर्खातिर फर्कन र ऋषि-कुलको अजेय आचार्यत्व ग्रहण गर्न अभिप्रेरित गरिरहेको छ | बालककालमा गुरुकुलभित्र जुन आदर्श-सपना देख्ने गरिन्थ्यो, तिनलाई जीवन्त बनाउनका लागि अन्त: चेतनाले गुहार मागिरहेको छ | यो देशमा लाखौंलाख युवाशक्तिको अन्तर्मनले अभिप्रेरित गरिरहंदा पनि आर्थिक प्रलोभन र अर्थमा आधारित सुखी जीवनको मोहले असली बाटोमा अगाडी बढ्न तगारो बनिरहेको छ |
-समयको कुनै माप छैन | जीवनको माप छ | यो माप र मापदण्डले सीमित भएको जीवनलाई उसकै मूलतिर अभिप्रेरति गर्नु र मूलप्रति गौरवभाव जागृत गर्नुनै ऋषिऋण तिर्ने पहिलो खुड्किलोमा उभिने प्रयत्नको निष्कर्षमा पुग्न इच्छुकसंग सहकार्यको आव्ह्वान गर्छु |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...