Saturday, August 12, 2023

हिन्दुमय विश्व : सहिष्णुता

 हिन्दुमय विश्व : सहिष्णुता

नेपालमा माओवादीले नेपाली नेपालका मौलिक धर्म, संस्कृति तथा परम्परा विरुद्ध बडो असहिष्णुतापूर्ण आन्दोलन चलाए | संस्कृतका पुस्तकहरू जलाए | पुस्तकालय डढाए | संस्कृतका शिक्षकहरूको निर्मम हत्या गरे | गुरुकुलका बटुकहरूको टुप्पी काटे र यहाँसम्म कि महिलाहरूलाई तिजको चाडवाडमा रातो पहिरन लगाउन र निधारमा टीका लगाउन पनि रोक लगाए | यसमा माओवादीहरूको कुनै दोष छैन | उनीहरूले त्यही गरे जुन् मार्क्सवादी र माओवादी सिद्धान्तले निर्दिष्ट गरेको थियो |
तेसैगरी भारतमा भारतीय जनता पार्टीले सरकार बनाएपछि नाम चलेका बुद्धिजीवीहरूले भारतीय जनतापार्टीलाई भारतको लागि निकै खतरा देखे | भारतीय जनता पार्टीलाई "असहिष्णु-ग्यांग" भएको भन्दै सरकारले दिएका पुरस्कार समेत बहिष्कार गरे | के असहिष्णुताका विरुद्ध "पुरस्कार फर्काउने काम सहिष्णु थियो ? यो प्रश्नको उत्तर सधैं गोलमाल हुन्छ | लगभग दोश्रो कार्यकाल सक्न आँटेको भारतीय जनता पार्टीको सरकारको कार्यकालमा सबैभन्दा कम जातीय तथा क्षेत्रीय दङ्गा भएको र देशले वैश्विकतहमा पहिचान बनाएको भनेर त्यहीका अनुसन्धानले भनेका छन् |
सहिष्णु शब्दको अर्थ हो - सहन गर्न सक्ने क्षमता हुनु | शारीरिक, मानसिक तथा अन्य भौतिक समस्याहरूसंग जुध्न सक्ने क्षमता नै सहिष्णुता हो भन्न मिल्छ | मैले यसलाई धेरै शास्त्रीय नबनाएको हो | अर्काको अस्तित्व, अर्काको प्रगति, अर्काको मानसम्मान, दोश्रो समुदाय वा व्यक्तिको उपस्थिति, अन्य धर्म, संस्कृति, मान्यता, परम्पराआदिलाई सहजरूपमा स्वीकार गर्नु र तीसंग मित्रवत सम्बन्ध राखेर सहअस्तित्वमा रहनु सहिष्णुता हो | विश्वका ठूला धर्महरूका धार्मिक कितावले "आफु वाहेक दोश्रो"को सम्मान नगर | गर्ने परे रणनैतिक रूपमा गर" भन्ने प्रष्ट आदेश दिएका छन् | ती कुन् संस्कृति हुन् ? खोज्ने काम पाठकहरूको हो |
वैदिक सनातन हिन्दू धर्मले प्राकृतिक रूपमा अङ्गीकार गर्दै आएको "सहिष्णुता" आजको विश्वका लागि अमृत बनेको छ | ऋग्वेदले "संगै हिडौ, राम्रो बोलौं, अर्काको कुरालाई सम्मान गरौँ | यो विश्व एउटा यज्ञ भूमि हो | हामी सबै देवताझैं बनेर मन्त्रणा गरौँ र भद्रको प्राप्ति गरौँ - भन्ने वैदिक चाहनाहरूप्रति विश्वको चाहना बढेको छ | अब्राहमिक रिलिजनहरू व्याबहारिक प्रयोजनका लागि भए पनि "सहिष्णुता" रोजेका छन् | मध्यपूर्वका मुस्लिमहरूले सहजले हिन्दू, बौद्ध, जैन, इसाई तथा नास्तिकहरूको लागि कर्मक्षेत्रको ढोका खोलेका छन् | उनीहरूले मुस्लिमहरुको अनिवार्यतालाई विर्सेका छन् |
यहुदी, इसाईहरू पनि समकालीन विश्वको आवश्यकता र चाहनाको सम्मान गर्न आफुलाई "लिवरल र मानवीय" श्रेणीमा उभ्याएका छन् | सिद्धान्तकै आधारमा हेर्ने र बुझ्ने हो भने क्यथालोलिकले प्रोस्टेन्टआदिले एकआपसमा संवाद गर्दैनन् तेसैगरी शिया र सुन्नीआदि पनि मिल्दैनन् | हिन्दूहरूमा "अर्कालाई नसहने" भन्ने संस्कृतिको पूर्ण अभाव छ | सबै भन्दा चाखलाग्दो विषय के हो भने हिन्दूहरूका अनेकौं सम्प्रदायले एकअर्काको अस्तित्वलाई अस्वीकार गर्दैनन् | उस्तै परे आफ्नो पूजाकोठामा कावा र जिससको फोटो राखेर अगरबत्ती बाल्न पनि गाह्रो मान्दैनन् | आजको शिक्षित विश्व, हिन्दू धर्मभित्र रहेको एस्तो अद्भूत "सहिष्णुता" देखेर अचम्म परेको छ |
हिन्दूहरूले कर्म, पूनर्जन्म, स्वर्ग, नर्क तथा जीवको अमरत्वमा विश्वास गर्ने हुँदा प्राकृतिक रूपले सहिष्णुताको मनोविज्ञान विकास गरेको छ | बहुदेववाद, एकदेववाद, सर्वेश्वरवादआदिमा विश्वास गर्ने हुँदा स्वत: सहिष्णुताको विकास भएको छ | विगतको इतिहास हेर्ने हो भने विश्व बडो असहिष्णु थियो तर आजको विश्व सबैभन्दा बढी सहिष्णु छ | यो अभूतपूर्व सहिष्णुताको स्रोत हिन्दू धर्म नै हो | यसै सहिष्णुताको मनोविज्ञानलाई आजको विश्वले हिन्दू संस्कृतिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ग्रहण गरिरहेको छ | वेद, उपनिषदआदिले हिन्दूहरूको जीवन दर्शनमा स्थापित सहिष्णुता विश्वव्यापी हुँदैछ |
अनेकौं एनजिओ/आइएन्जिओ. रिलिजिएस र कपुभित्रका लेखकहरूले नेपालमा धार्मिक तथा राजनैतिक सहिष्णुताको शिक्षाको विस्तार गर्ने भन्दै हिन्दूहरूलाई असहिष्णु भएको अपरोक्ष आरोप लगाउने गरेका छन् | नेपाली सहिष्णुतालाई रिलिजीएस असहिष्णुतासंग दाज्न सकिन्न | कम्न्युजिस्टहरूले (मार्क्सले निर्माण गरेको भाष्यअनुसार पूँजीवादी, सामन्त शोषक) भनेर करौडौं मान्छेहरूको हत्या गर्न उक्साए भने पुँजीवादीहरूले कम्युनिस्टहरू हत्यारा हुन् भन्दै कम्युनिस्ट समर्थकहरूको कल्लेआम गरे | जिहाद र क्रुसेड गरेर यहुदी, इसाई र मुस्लिमहरूले एकअर्काको हत्या गरे | अब्राहमिक मिलेर तथाकथित "पेगन" भन्दै अफ्रिकन, अमेरिकन तथा हिन्दूहरूको हत्या गरे | आज पनि आन्तरिकरूपमा क्रुसेड, जिहाद, कपुबिचको असहिष्णु युद्ध चलिनै रहेको छ | हिन्दू-संस्कृतिलाई धन्यवाद दिनुपर्छ कि वदलिँदो विश्व परिवेशमा उपरोक्त सबैलाई सहृदयतामा आधारित सहिष्णुता अवलम्बन गरेर एकआपसमा सहकार्य गर्न अभिप्रेरणा प्रदान गरिरहेको छ |
असहिष्णुतावादीहरूले असाहिष्णुताको कुरा गरौँ तर हिन्दूहरू प्राकृतिक रूपमा सहिष्णु भएका कारण आजको विश्वले क्रमशः हिन्दूमय हुँदैछ | बौद्ध र जैन परम्परालाई हिन्दूनै भन्न मिल्दैन तर हिन्दू-मान्यता भन्दा वाहिर मान्नु मूर्खतापूर्ण हुने छ | आफ्नो असाहिष्णुतापूर्ण मनोविज्ञान तथा व्यवहारका लागि आत्म-गौरव गरौँ |
-स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...