Saturday, August 12, 2023

विरामी अस्पताल

 एउटा विरामी अस्पताल !!

साच्चिकै भन्नुपर्दा यो सात तले अस्पताल खडा गर्न स्वदेशी-डक्टरले भन्दा पनि छिमेकीले धेरै मेहेनत गरेको थियो |
साततले घर बनाउन छिमेकीले भरपुर सहयोग गरेको थियो | आफ्नै आँगनमा बोलाएर साततले अस्पतालको नक्सा बनाएर दिएको थियो |
प्रमाणपत्र लिएर फर्केका डक्टरहरूले ठ्याकै नक्साअनुसारको अस्पताल खडा गरे | बडो धुमधामसंग अस्पतालको उद्घाटन भयो |
यो अस्पताल सबैका लागि भनिएको थियो तर सेवाचाहिं यी डक्टरहरूका आसेपासेले पाए | नि:शुल्क अस्पतालबाट सेवा प्राप्त गर्नेले आज पनि अस्पतालको प्रशंसा गरिनै रहेका छन् |
डक्टरहरू र तिनका आसेपासेको सेवा गर्दागर्दै अस्पताल आफै थलिंदै गयो | नि:शुल्क-सेवा पाउनेहरू मोटाए |
अस्पतालका डक्टरहरू मोटाए | डक्टरका आफन्तहरू मोटाए | डक्टरका आफन्तहरू मोटाए तर अस्पताल दुब्लायो |
क्रमशः अस्पताल विरामी पर्न थाल्यो तर ८ गणतन्त्र थर भएका डक्टरहरू अस्पताल विरामी भएको, छियाछिया भएर रोएको स्वीकार गर्न चाहन्नन् |
आजको मितिमा अस्पताल आफै कोमामा पुगेको छ | डक्टरहरू अस्पतालको नक्सा बोकेर भित्रवाहिर गरिरहेका छन् |
अस्पतालको मृत्युको घोषणा गर्न बाँकी छ | कोमामा गएको अस्पताल निको हुने कुनै सङ्केत छैन | तर नक्सा बोकेका डक्टरहरूले अस्पताललाई मृत भनेर घोषणा गर्ने अधिकार पनि छिमेकिलाई दिएर आएका थिए |
छिमेकीले घोषणा नगरिदिएसम्म उनीहरू आफैले अस्पताल मरिसकेको घोषणा गर्न सक्ने छैनन् |
विदेशीले कोरीदिएको गणतन्त्र अस्पताल कोमामा गैसकेको अवस्थामा पनि घरीघरी "हामी राम्रो गरिरहेका छौँ" भन्दै आश्वासन दिइरहेका छन् |
अनन्त: छिमेकीले नक्सा वदल्ने स्वीकृति दिएपछि यिनै डक्टरहरूले जथाभावी इन्जेक्सन घोचेर मार्ने छन् |
यिनै डक्टरहरूले अस्पतालको हत्या गरिदिने छन् | त्यो दिन टाढा छैन, जुन दिन तिनै डक्टरले भेन्टिलेटरबाट "गणतन्त्र"को मुखबाट अक्सिजन हटाइदिने छन् | अनि, यो मर्ने छ | जसले नक्सा लिएर आए, तिनैले यो अस्पताल निर्ममतापूर्वक ढाल्ने छन् |
तिमी, हामी र म साक्षी बन्ने छौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...