Saturday, August 12, 2023

हिन्दूमय विश्व : वसुधैव कुटुम्बकम्

 हिन्दूमय विश्व : वसुधैव कुटुम्बकम्

उदारतावाद शब्दको विनिर्माण नै अब्राहमिक रिलिजनको कट्टरता विरुद्ध भएको हो वा पूँजीवाद, साम्यवाद तथा समाजवादका एकल काटे अभियानका विरुद्ध भएको हो | धार्मिक हुनु र रिलिजियस हुनुमा धेरै फरक छ | धार्मिकहरूले सद्गुणको कुरा गर्छन् | रिलिजियसहरूमा सद्गुण भन्दा पनि आदेश पालनको महत्व हुन्छ | रिलिजियसहरूमा उदारताको कुनै भावना हुँदैन | साम्यवाद, पुँजीवाद वा समाजवादमा उदारताको अर्थ फरक हुन्छ | पुँजीवाद होस् वा साम्यवाद यिनका लागि उदारतावाद भनेकै आफ्नो समर्थन हो | असहमतहरूका लागि कुनै स्थान हुँदैन |
उदारता र उदारतावादमा रात र दिनझैं फरक छ | उदारता प्राकृतिक मानवीय स्वभाव हो भने उदारतावाद कट्टरपन्थीहरूका विरुद्ध सङ्घर्षको अर्थमा रचना गरिएको नया भाष्य हो | एकै बाइबल मान्नेहरूका अनेकौं सम्प्रदाय छन् | एकै कुरान मान्नेहरूका अनेकौं पन्थहरू छन् | कम्युनिस्ट मेनिफेस्टोलाई सर्बोच्च राजनैतिक घोषणा मान्नेहरूका अनेकौं गुटहरू छन् | उदारतावाद शब्दले गुटको कट्टरपन्थी चिन्तन र व्यबहारसंग विद्रोह गर्छ |
आजको मितिमा आतंकवाद शब्दले एउटा धर्म-विशेषको प्रतिनिधित्व गरिरहेको बुझिन्छ | यो केवल क्रुसेड र जिहादको परिवर्तित अवस्था मात्र हो | सांस्कृतिक विरासत नै भन्नुपर्छ - एकलकाटेस्वरवादमा सहमति, उदारता, फरकका लागि सम्मान हुँदैन | तेहा राजनैतिक तथा स्वार्थगत सम्झौता हुन्छ तर दिगो शान्तिका लागि आत्मीय उदारता हुँदैन | उदारता र सम्झौता - यी दुवै राजनैतिक अर्थमा बुझुपर्छ | पछिल्लो समयमा उपरोक्त कट्टरतावाद विरुद्ध उदारता स्थापित हुँदैछ | मान्छेहरू उदारतावाद होइन प्राकृतिक उदारता खोज्दै छन् |
यहीं नेर विश्व फेरी एकपटक वैदिक सनानती हिन्दू दृष्टिकोणतिर फर्कदै छ | बास्तविकता के हो भने बाइबल समातेर राष्ट्रपतिको कसम खाने अमेरिकी राष्ट्रपतिले होस् वा कुरान छोएर कसम खाने साउदी अरवका राजकुमारले होस् "विश्व सबैका लागि हुनुपर्छ" भन्ने आदर्श बाक्यसंग विमति राख्न सक्दैनन् |विश्वभरी बढ्दो उदारताको मांग र स्वार्थ राजनैतिक कारणले अब्राहमिक र कपुराजनैतिकहरूले "सम्झौता"मा उदारता देखाए पनि जिनमा उदारता हुँदैन | वैदिक सनातनी हिन्दूमा उदारता जन्मजात हुन्छ | हिन्दू परिवारमा जन्मेको र हिन्दु धर्ममा रहेको व्यक्ति जुनसुकै समाजमा गए पनि अटाउँछ | उसले सम्बन्धित समाजका धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यताहरूलाई अङ्गिकार गर्छ | धेरैजसो एस्तो अङ्गिकार आत्मघाती पनि हुन्छ |
सनातनी परिवारको सदस्य भएको नाताले आजको वैश्विक चाहना देखेर तथा बुझेर विश्वले क्रमशः वैदिक उदारताको बाटो अवलम्बन गरेको पाएर गौरव लाग्छ | एउटा सनातनीका लागि विधर्मी पनि विधर्मको अङ्ग हो | विश्वका हरेक व्यक्तिले आ-आफ्नो भूगोल, परम्परा तथा संस्कृतिअनुरुप जीवन यापन गरेर आफ्नो पहिचान कायम राख्न सक्छ | उदारताको अर्थ विश्वलाई नीड़ अर्थात् सबैको साझाघर, श्रेष्ठ निवास स्थान र विश्वका हरेक मान्छे वा पशुपक्षीलाई समेत आफ्नो परिवार नै ठान्नु हो | आजको विश्व क्रमशः प्राकृतिक उदारतातिर लम्कदै छ | एउटा हिन्दूको लागि यो भन्दा गौरवको कुरा अर्को हुनै सक्दैन | भविष्यको विश्वको हरेक मान्छे हिन्दू नै हुने छ र उसले हिन्दू बन्नका लागि धर्मपरिवर्तन गर्नु पर्ने छैन | "खं ब्रह्म" अर्थात् विश्वब्रह्माण्ड नै एउटा घर भएको नाताले आफ्नो र अर्काको भेद पूर्णतया समाप्त हुनेछ | विश्व निरन्तर उदारताको बाटोमा लम्केर हिन्दूमय हुँदैछ |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...