Saturday, August 12, 2023

अस्वीकार्य प्रतिवेदन

 अस्वीकार्य प्रतिवेदन

हालै अमेरिकाले नेपालमा धार्मिक सहिष्णुता सम्बन्धि प्रतिवेदन जारी गर्दै नेपालमा हिन्दुहरूले अन्य धार्मिक समुदायलाई दबाएको र तेसमा भारतले सहयोग गरिरहेको भनेर आरोप लगाएको छ | आफ्नो प्रतिवेदनलाई पुष्टि गर्नका लागि जुन व्यक्ति वा समुदायहरूको सहयोग लिइएको छ ती सबैजसो नेपालमा घृणावादको खेती गर्न, जातीय, क्षेत्रीय, भाषिक तथा विखण्डनवादको खेती गर्न कुख्यात छन् | हिन्दूहरूलाई एकोहोरो गालीगलौज गर्ने मङ्गोल ओर्गनाईजेसनलाई प्रमाणिक स्रोतका रूपमा उल्लेख गर्नु कतिसम्म हास्यास्पद रिपोर्ट छ ?
सत्य हो कि अमेरिकाको जतिसुकै आलोचना गरे पनि मान्छेहरू अमेरिका जान तँछाड मछाड गर्छन् तर यसको अर्थ अमेरिकीहरूको बलमिचाई विरुद्ध बोल्नुनै हुन्न भन्ने हुँदैन | सत्य के हो भने अमेरिका होस् वा वेलायत वा भारत सबैले आफ्नो स्वार्थ साँध्न नेपाललाई आफ्नो गोटी बनाएका छन् | ८१.१% हिन्दु जनसंख्या भएको देशमा हिन्दुहरू विरुद्ध प्रतिवेदन दिने अमेरिका भने स-सानो अपराधमा टाउको गिड्ने साउदीजस्ता मुस्लिम देश विरुद्ध कुनै प्रतिवेदन लेख्दैन | अत: सबैले मान्नुपर्छ कि यो रिपोर्ट वा प्रतिवेदन दुर्नियति र नेपालको मौलिकता समाप्त पार्नका लागि सहयोग पुगोस् भनेर प्रस्तुत गरिएको हो |
अमेरिकाले युरोपियन युनियन, अस्ट्रेलिया र अमेरिकीहरूले धर्मपरिवर्तन गराउन इसाईहरूलाई विभिन्न एनजिओ/आइएन्जिओका माध्यमबाट पैसाको खोलो बगाएको तत्थ्य पनि आफ्नो रिपोर्टमा उल्लेख गर्नु पर्थ्यो, भाजपाले कुन व्यक्ति वा पार्टीलाई पैसा दिंदैछ तोकेर लेख्न सक्नुपर्छ !
डेमिक्रेसीका नाममा अमेरिकी र अमेरिकी लबीहरूले विश्वभरी आतंक मच्चाएका छन् डेमोक्रेसीको ठेकेदार बनेर | सबैलाई थाहा छ अमेरिकाले भन्ने डेमिक्रेसी अमेरिकीहरूको जूठो खाने, जुत्ताको तलुवा चाट्नेहरूबाट निर्मित हुन्छ | अमेरिकी मोडेलको डेमोक्रेसीमा अमेरिका विरुद्ध बोल्ने, लेख्ने र अमेरिकी अतिवाद विरुद्ध विचार व्यक्त गर्ने छूट हुँदैन |
अमेरिकाले आफ्नो देशमा प्रजातन्त्रको अभ्यास गर्छ तर अन्य देशमा भने आफ्नो स्वार्थका लागि प्रजातन्त्रको हत्या गरेको पनि अनेकौं उदहारण छन् | गरिव नेपाली संग एप्लिकेशन दिंदामात्र २३ हजार असुल्ने अमेरिकाको प्रतिवेदन बकवास र पूर्वाग्रहको पुलिन्दा बहेको केही होइन |
पछिल्लोसमयमा नेपाली हिन्दू, जैन, बौद्ध तथा अन्य रैथाने जातिहरूमा स्वधर्म, संस्कृति तथा रिथिथितिको रक्षाका सवालमा आएको जागरणबाट अमेरिकी लवी त्रसित भएको छ | यो लवीबाट परम्परागत नेपाली इसाईहरू पनि आजित भएका छन् | धर्मपरिवर्तन गरेर नव-इसाई बनेकाहरूमा देशको माया पटक्कै हुँदैन - एकजना नेपाली क्याथोलिक इसाईले मसंग प्रष्ट भनेका थिए तर संगै रहेका पास्चरले भने यसको प्रतिवाद गर्दै भने "हाम्रो देश होइन धर्म र त्यससंग जोडिएको सहयोग सबैभन्दा प्यारो हुन्छ | आजको मितिमा संसद होस् वा सडक जताततै हिन्दूहरूमा जागरण आएको छ | एस्तो जागरणलाई देखेर अमेरिकी खेमा र अमेरिकी खेमाको लागि काम गर्ने तथाकथित प्रगतिशील र समाजवादीहरू पनि आतंकित भएका छन् | गगन थापा र रघुजी पन्तका भाषणमा संसदमै यो छताछुल्ल भएको छ |
प्रजातन्त्र वा लोकतन्त्रहरू असफल हुनुमा अमेरिकीहरूको बढी हात हुन्छ भन्ने तत्थ्य डार्क साइट अफ डेमिक्रेसी नामक पुस्तकमा विस्तारसंग लेखिएको छ | सत्य के हो भने इसाईहरूको काँधमा चढेर अमेरिकीहरू आफ्नो स्वार्थपूर्ति गर्छन् | नेपालमा अमेरिकीहरूले इसाईहरूलाई आफ्नो घोडा बनाएका छन् | हिन्दू धर्म, संस्कृति तथा सभ्यताउपर प्रहार गरेर नेपालीलाई कमजोर बनाउन सकिन्छ भन्ने तत्थ्य उनीहरूलाई राम्ररी थाहा छ | त्यही कडीमा नेपालको नालायक सरकारले जनगणनाबाट प्राप्त धर्म सम्बन्धि तत्थ्यांकहरू लुकाएको बुझ्नुपर्छ |
के नेपालका हिन्दूवादीहरू आफ्नो पहिचानको रक्षाको लागि बोल्नै नहुने हो ? यो फोटोले अमेरिकीहरूको असली चेहरा प्रष्ट पार्दैन र ?

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...