Saturday, August 12, 2023

दीक्षा, शिक्षा र विद्या

 दीक्षा, शिक्षा र विद्या

आफ्नो गोत्र, बंश, परम्परा तथा मूलसंग जोडिन सुयोग्य गुरू (पिता, माता, गुरू) संग दीक्षित हुनुपर्छ | दीक्षा आफ्नो परम्परा, संस्कृति तथा आदर्शसंग जोडिने आध्यात्मिक क्रिया हो | दीक्षा विहिन व्यक्ति वा समुदाय जरा नभएको रूखझैं सानो हावाको झोकाले पल्टिन्छ | स-सानो प्रलोभनले आफ्नो मूल पहिचानलाई परित्याग गर्छ |
शिक्षा : जो-जसरी संसारमा आए पनि प्रत्येक व्यक्तिको व्यक्तिगत र सामाजिक जीवन छ, त्यसलाई संचालन गर्न शीप, पेशा तथा साधनस्रोत चाहिन्छ | शिक्षाले व्यक्तिलाई भौतिक जीवन संचालनका लागि समयोचित, स्वाभिमानयुक्त, कर्मशील तथा विनयशील जीवन यापन गर्ने क्षमता प्रदान गर्छ | प्राचीन समयमा मान्छेहरूले कुल, बंश र पेशाअनुसारको शिक्षा प्राप्त गर्थे | अहिले समय तथा आवश्यता वदलिएकोले शिक्षा विकेन्द्रीत भएको छ |
विद्या : अनन्त: जीवनको अर्थ मृत्यु पनि हो, मृत्युलाई सहज, सरल र अर्थपूर्ण बनाउनका लागि धर्म (मनुका दश लक्षण) सहित धर्म, अर्थ, काम र मोक्षको अवस्था स्वक्रियात्मक रूपमा जीवनमा घटीत हुने ज्ञान प्राप्त गर्नुपर्छ | विद्याको प्राप्ति दीक्षा तथा शिक्षापछि हुन्छ | विद्याको मूल उद्देश्य संसारमा सरल, सहज र आनन्दपूर्वक जीवन यापन गर्ने मानसिक चेतना तथा मृत्युपछि मोक्ष सुनिश्चित गर्नुहुन्छ | विद्याको अर्थ ज्ञान ज्ञान पनि हो |
दीक्षा, शिक्षा तथा विद्याको परम्परा विश्वभरीका मानवसमाजमा जीवन्त रुपमा अभ्यास गरिन्छ तर केही मानव-समाजले केवल दीक्षा (मुस्लिम, इसाई र यहुदी)लाई महत्व दिएका छन् फलत: अर्काको धार्मिक अस्तित्व स्वीकार गर्न नसक्ने समाज खडा भएको छ | केहीले केवल शिक्षाको महत्वलाई स्वीकार गरेका छन् फलत: समाज यान्त्रिक तथा अधिकतम पैसामुखी बन्न पुगेको छ भने केही सम्प्रदायहरूले केवल मोक्षलाई स्वीकार गरेका छन् तेसैले मौलिकता तथा व्याबहारिक जीवनप्रति उदासीन छन् | कुनै वेला बौद्ध-समुदायले केवल महानिर्वाणको अभ्यास गरेको हुँदा भारतवर्षबाट ओझेल हुनुपरेको थियो |
केही अपवाद र अपव्याख्यालाई छोड्ने हो भने आजको मितिमा पनि हिन्दूले (शाक्त, शैव, वैष्णव, स्मार्त) दीक्षा, शिक्षा तथा विद्याको परम्पराको आंशिक पालन गरिरहेका छन् | वंश, गोत्र तथा पारिवारिक परम्पराले दीक्षाको प्रतिनिधित्व गरेको छ | शिक्षाका क्षेत्रमा हिन्दूहरूको अभिरुचि लुकेको छैन भने आत्मविद्यामा पनि हिन्दूहरूका विच आज पनि ऋषिकल्प जीवन यापन गर्नेहरू अनन्त छन् भने थोरैधेरै हरेक हिन्दूहरूले विद्याको अभ्यास गरिनै रहेका छन् | अंग्रेजीमा यस्तो विधालाई होलिस्तिक (Holistic lifestyle) भन्ने गरिन्छ, जसअन्तर्गत आफ्नो मूलमा रहेर अन्य विविधताहरूको अस्तित्वलाई स्वीकार गरिन्छ |
यस अर्थमा, आजको विश्व मानव-समाज अलिअलि गरेर हिन्दूजीवनशैलीतिर लम्किरहेको छ किनभने अन्य धार्मिक -समाजसंग हिन्दूमनको अभाव छ | आजको विश्वले हरेक मान्छेमा एउटा हिन्दूमन स्थापना भएको अनुभव गर्छ चाहन्छ जसले विविधतालाई सहजरूपमा स्वीकार गरोस् र विश्व सबैको साझा र समान वासस्थान बन्न सकोस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...