Saturday, September 23, 2017

अजेयराज भित्रको रूपचन्द्र विष्ट

समालोचना हुनु राम्रो हो तर सधैं एकोहोरो आलोचना ठीक होइन | समालोचनाले मान्छेको हौसला बढाउँछ, असल काम गर्ने प्रेरणा दिन्छ, सामाजिक तथा सांस्कृतिक दायित्वहरू पूरा गर्न मदत गर्छ तर आलोचनाले मान्छेलाई विद्रोही बनाउँछ, कमजोर बनाउँछ | 

यदि मैले कुनै किताव पढेर कुनै व्यक्तिको विषयमा सोच कायम गर्छु र मलाई लागेको कुरा समालोचनात्मकरुपमा प्रस्तुत गर्छु भने त्यो मेरो आफ्नो अधिकार हो | मेरो अवधारणासंग सहमत/असहमत हुनु अत्यन्त स्वाभाविक कुरा हो र त्यसको मैले सम्मान गर्छु |

कुनै पनि लेखौट वा पुस्तक बजारमा आएपछि सार्वजनिक चासोको विषय बन्छ | त्यसमा लेखिएका वस्तुहरू समालोचनाको विषय बन्छन् | एकप्रकारले त्यो सार्वजनिक विषय नै बन्छ | जीवनी प्रकाशित गरेर बजारमा पठाईसकेपछि जो-सुकैको व्यक्तित्व चर्चाको विषय बन्छ नै |

मैले पनि अजेयराजको जीवनी पढेपछि आफ्नो विचार सार्वजनिक गरेको हुँ | मैले पहिले पनि भनेकै हो - मैले अजेयराजलाई चिन्छु तर उनले मलाई चिन्न जरूरी छैन | उनी एउटा उद्योगपति हुन्, म एउटा साधारण शिक्षक | उनलाइ धेरैले चिन्नु स्वाभाविक हो तर उनले चिन्नेहरू सीमित होलान् | मैले कितावबाट चिनेको अजेयराज नै मैले टिप्पणी गरेको अजेयराज सुमार्गी हो |

धेरैले "स्वार्थका लागि लेखेको" भनेर आक्षेप गरे | यो आक्षेप स्वीकार्य छैन | उनको जीवनी पढ्ने जो-सुकैले पुस्तकमा भएको अजेयराजका विषयमा बोल्न, लेख्न स्वतन्त्र छन् | विद्यालयदेखि विश्वविद्यालयहरूले उनको "जीवनी"को समीक्षा गर्न पाउँछन् | यसो गर्नु वा नगर्नु उनीहरूको आफ्नो विवेकको विषय हो |

म आफ्नो लेखोटमा कायम छु | उनी नेपाली उद्योगपति हुन् | उनले नेपालमा रहेरबसेर उद्योग संचालन गरिरहेका छन् | उद्योगहरू संचालन गर्दा राष्ट्रले तोकेका दायित्वहरू पूरा गर्नु र त्यसो नगरेको भए नियमअनुसार निर्देशन गर्नु सरकारी निकायको कार्य हो | यस विषयमा कसैले बोल्नुपर्दैन | यस विषयमा सम्वन्धित निकायले बुझोस् |

मेरा विचार पढेर मेरो आलोचना/प्रसंसा गर्ने दूबैले बुझ्नुपर्छ कि दायित्वहरू सबैले पूरा गरेकै हुनुपर्छ | यो देशमा अदालतले दोषी ठहर्याएका धेरै प्रतिष्ठित व्यक्तित्वहरू सार्वजनिक जीवनमा छन् | तर जीवनीकारका विषयमा मैले त्यस्तो सुनेको छैन | रह्यो कुरा उद्योग-ब्यापारको काम गर्नेले गल्ती गर्न सक्छ तर नगर्नेहरूले आलोचनामात्र गर्छन् |

मैले उनीप्रति समालोचनात्मक धारणा सार्वजनिक गरें किनभने उनी नेपालका रैथाने उद्योगपति हुन् | नेपालमै बसेर/रहेर आफ्ना उद्योगहरू संचालन गरिरहेका छन् | पूँजीभएको मान्छेलाई संसारको कुनै पनि देशले "रातोकार्पेट" ओच्च्यायेर स्वागत गर्छ | तर उनको माया नेपालसंग जोडिएको हुँदा नेपालमा नै टिकिरहेका छन्, आफ्नो दायित्वपूरा गरिरहेका छन् |

मलाई छोएको यही विषय हो | उद्योग गर्न चाहने नेपालीका लागि उनी प्रेरणा हुनुपर्छ | उनका बैचारिक गुरू थाहाका प्रवर्तक रूपचन्द्र बिष्ट नेपाल र नेपालीका लागि आफ्नो जीवन अर्पेका व्यक्तित्व हुन् | उनको आत्मकथाके रूपचन्द्र विष्टलाई नै "नेपाल मैं उद्योग गर्ने प्रेरणा" भएको कुरा खुलासंग राखेकै छन् |

सुमार्गीको जीवनीले मलाई रुपचन्द्र बिष्टलाई जान्न ठूलो प्रेरणा दिएको छ | खासगरी, उनले फोरेको ढुंगाको प्रसंगले म चकित र रोमान्चित भएको छु | उनको अनन्त लगन, देश, धर्मसंस्कृतिप्रतिको जागरुकता तथा दार्शनिकता कथान्चित यो किताव नपढेको भए जान्न सक्ने थिइन | मलाई लाग्यो - रूपचन्द्र विष्टमा साच्चिकै "अजेयराज सुमार्गी"मा लेखिएको व्यक्तित्व थियो भने धेरै "अजेयराज"हरू यो देशमा जन्मिनुपर्छ |

जसलेजे भनुन् मेरो प्राथमिकता नेपाल. नेपाली र नेपालका रैथाने धर्म, संस्कृति र संस्कार नै हुन् | म ती सबै नेपालीहरूप्रति नतमस्तक छु, जसले नेपाल मैं आफ्नो सर्वश्व लगाएका छन् | नेपालमा कर्म गरिरहेका छन् | नेपालको निर्माणमा विश्वकर्मा बनिरहेका छन् | यदि नेपालको विकासको विषयमा कसैले प्रश्न गर्यो भने म भन्छु "नेपालको विकासमा राजनीतिको कुनै भूमिका छैन | खतरा मोलेर लगानी गर्नेहरूले निम्त्याएको निर्माण हो |"

यो किताव पढेसंगै रुपचन्द्र विष्टका अन्य शिष्य वा मित्रहरूको जीवन वारे जान्ने उत्सुकता मैले लुकाउन चाहन्न | साथै आलोचकहरूको प्रहारले मेरो "बुझ्न" र "जान्ने" चाहनालाई रोक्न सक्दैन | यदि रुपचन्द्रको ब्यबहारिक जीवनले अजेयराज बनाउन सक्छ, निश्चय नै यिनको दार्शनिक पाटो खोज्नैपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...