Sunday, September 10, 2017

घृणावाद र रैथाने शक्ति

आम नेपालीहरू सधैं बुझ्न खोज्ने विषय हो - नेपालका रैथानेहरू को हुन् ? यो प्रश्नको उत्तर दिनका लागि २०७३ को संविधान निर्मित भएको छ, त्यै पनि समस्याको हल भएको छैन | नाक, क्षेत्र, भाषा, जनसंख्याआदिका अधारमा तोकिएको "रैथाने"को परिभाषा कसैलाई पनि चित्त बुझेको छैन |

आदिवासी, जनजाति र अन्यजातिमा नेपालीहरूको कित्ताकाट गरेको संविधानले समस्याको उठान गरेको छ, समाधान होइन | आफ्नै पूर्खाको इतिहासलाई "गालीगलौज" गर्दै आरम्भ भएको संविधानले समस्या समाधान गर्छ भनेर सोच्नु सही होइन | कमसल निर्माण सामग्री प्रयोग गरेर निर्मित भएको घर न विश्वासीलो हुन्छ, न टिकाउ नै |

सबैलाई थाहा छ, नेपालको बर्तमान संविधानको मस्यौदा तथा निर्माणको कार्यमा "घृणावादी" सोचको पकड थियो | "संविधानमा" नेपालको सीमाना भित्र रहेका सबै जनताहरू "नेपाली" हुनुपर्ने ठाउँमा आदिवासी, जनजाति तथा अन्य जातिहरूको कित्तामा विभाजित छन् | यो विभाजनले विदेशीहरूले लादिदिएको "घृणावाद" अझै बलियो बनेको छ | यस अर्थमा बर्तमान नेपालको संविधान "घृणावाद तथा बिभाजनवाद"को संस्थागत दस्तावेजका रूपमा प्रयोग हुन्छ भन्ने चिन्ता लाग्नु अस्वाभाविक देख्दिन |

प्रश्न फेरी त्यही कि "रैथाने" भनेका को हुन् ? घृणावादी विचारधाराबाट प्रभावित र प्रचारकहरू शरीर, नाक तथा भूगोलका आधारमा रैथानेको ब्याख्या गर्छन् | ILo नामक एउटा घोषणापत्रको साक्ष दिन्छन् | यी घृणावादीहरू यस घोषणाको ब्याख्या गर्दा केवल र केवल "घृणावादी" चिन्तनलाई केन्द्रविन्दूमा राख्छन् |

मेरो केन्द्रीय विषय "घृणावाद"को ब्याख्या गर्नु होइन | घृणावादी चिन्तन र त्यसका संवाहकहरूको गतिविधिका विषयमा सचेतन गराउनु हो | मैले यस्ता व्यक्ति वा संस्थाहरूका विरुद्ध आफ्ना मन्तब्यहरू राख्ने प्रयत्न गरिरहेको हुन्छु जसले "विभाजनवाद"लाई मोलजल गर्छन् र त्यसैका आधारमा देशविदेशको शयर गर्छन्, आफ्ना छोराछोरीहरू महंगा विद्यालयमा पढाउछन् |

ILO भन्छ, आफ्नै भाषा, भौगोलिक क्षेत्र, एकै खाले संस्कृति र परम्परा भएका व्यक्ति वा समुहहरू आदिवासी हुन् तर जनजातिका विषयमा भने यो बोल्दैन | केही सरकारीस्तरबाटबाट नियुक्त भएका विभाजनवादी चिन्तनका विद्वानहरू आदिवासी शब्दले नपुगेको भन्दै "मूलवासी" शब्द पनि प्रयोग गर्छन् | यस्ता शब्दहरूको मूल उद्देश्य "नाक चुच्चे भएका" खास समुदायप्रति घृणाको विस्तार गर्नुहुन्छ |

आफ्नो रैथाने धर्म, संस्कृति, परम्परा तथा जमिनलाई माया गर्नेहरू सबै नेपालका रैथाने हुन् | नाक, भाषा, परम्पराहरूहरूका आधारमा नेपाली-नेपालीहरूका विच विभाजन गर्न हुँदैन | हरेक नेपालीले अर्को नेपालीलाई माया, गर्न र अर्कोको संस्कृतिलाई बुझ्न, जान्न तथा सम्मान गर्न उत्सुक हुनुपर्छ |

यदि नेपालीहरूको ३५ सय वर्ष पुरानो इतिहास र त्यसको निरन्तरतालाई अध्ययन गर्ने हो भने समस्त जातजातिहरूविच अत्यन्त मित्रताको सम्वन्ध देखिन्छ | एकअर्काले एकअर्काको संस्कृति, भाषाआदिलाई आफ्नो जीवन प्रणालीआ स्वीकार्ने-अङ्गीकार गर्ने संस्कृति देखिन्छ |

हामी नेपालीको सांस्कृतिक तथा अन्योन्याश्रित सम्वन्धका कारण घृणावादको विकास असंभव प्राय हुन्छ | जवसम्म विदेशी धार्मिक परम्पराहरूले नेपालमा प्रवेश गरेका थिएनन्, तवसम्म धार्मिक तथा आध्यात्मिकरूमा भिन्नतालाई महत्वदिने विकृत संस्कृतिको विकास भएको हो | शिवलिंगमा ध्यान गर्दै गरेका बुद्ध, बौद्ध-गुम्वाहरूमा ध्यानस्थ त्रिदेव, गणेश तथा सरस्वती देवीको उपस्थितिले प्रमाणित गरेको छ |

नेपालका जातजातिहरूलाई केवल धार्मिक समुदायका रूपमा विभाजित गर्नु ठीक होइन | यी समुदाय मध्ये धेरैले कुनै धर्म मान्दैनन् | प्रकृति पूजक वा देववादी संस्कृतिबाट कुनै सरोकार राख्दैनन् | किराती जाति, कुमाल जाति, मेचेकोचे धिमालआदि यसका प्रतिनिधि हुन् | यी समुदायहरूलाई जन्मजात हिन्दू, बौद्ध, जैन वा बोनका रूपमा बुझ्नु हुँदैन | यी समुदायमा सबै धार्मिक विचारहरूको प्रभाव हुँदाहुँदै पनि उनका आफ्ना मौलिकताहरू छन् |

हामी "राज्यराष्ट्रको" सिद्धान्त मान्नेहरू नेपालको सीमानाभित्र बस्ने, नेपाल भित्ररहेका प्राचीन परम्परा तथा संस्कृतिहरू मान्ने र सबै नेपालीहरूप्रति सम्मानजनक तथा समानतामूलक सम्बन्ध राख्ने सबै समुदायहरू नेपालका रैथाने शक्ति हुन् र नेपालीपनका असली प्रवाहक हुन् |

यसमा ती सबै नेपालका समुदाय जसले परापूर्वकालदेखि नै आफ्नो सभ्यता पुस्तान्तरण गरिरहेका छन्, आफ्नो पर परम्पराहरूप्रति प्रतिबद्ध छन् र नेपालभित्र विकसित भएका सबै संस्कृतिहरूप्रति मित्रताको भाव राख्छन्, सबै रैथाने हुन् | नेपालमा विकसित भएका परम्परा तथा संस्कृतिहरूलाई त्यागेर "इसाई, मुस्लिम, बहाई"आदि विदेशी संस्कृति अपनाउनेहरू बंसजका रूपमा नेपाली भए तापनि उनीहरू "रैथानेशक्ति" पटक्कै होइन |

उनको शारीरिक बनबाट, बंसजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताका आधारमा उनलाई "रैथाने" भन्न मिल्दैन | क्रिश्चियन अथवा मुस्लिम धर्म अपनाएका नेपाली त हुन सक्छन् तर स्वेच्छाले नेपाली "रैथानेपन" त्यागेको हुँदा उनीहरू "रैथानेशक्तिका" विरोधी शक्ति हुन् | राज्यराष्ट्रका विरोधी शक्ति तथा घृणावादका संवाहक हुन् |

अहिलेको सम्बैधानिक भाषामा भन्नुपर्दा खसआर्य समुदाय तथा जनजातिआदिवासी समुदायको जुन सुकै व्यक्ति वा समुदायले "रैथाने धर्म, संस्कार तथा रितिरिवाज" त्यागेपछि प्राकृतिक रूपमैं रैथाने जातजातिको अंग रहन्न | यस्ता नेपाली नागरिकहरू रैथाने हुँदैनन् | जसरी अमेरिकाको नागरिकता लिएर अमेरिकी बनेकाहरूको "नेपालसंग सांस्कृतिक, जातीय तथा भौगोलिक" सम्वन्ध हुन्छ तर उनीहरू नेपालका नागरिक हुन सक्दैनन् |

तर सांस्कृतिक, धार्मिक तथा भाषिक सम्वन्धका रूपमा उनीहरू पनि "रैथाने शक्ति" नै हुन् | किनभने उनीहरू जहाँबसेपनि नेपालसंगका सबै आस्थाहरू मान्दै आएका छन् | दशैँतिहार, छठ, माघी, साकेला, भुम्याआदि मान्दै आएका छन् | यी संस्कृति छोड्नेहरू नेपालका "रैथाने" हुनै सक्दैनन् | उनीहरूको नेपालप्रति राजनैतिक आस्था भए पनि सांस्कृतिक आस्था हुँदैन |

नेपालको रैथानेशक्तिले अर्को रैथाने नेपालीहरूप्रति घृणा गर्नै सक्दैन | रैथाने नेपालीहरूको डीएनएमा घृणावाद हुँदैन | जसको मनमा र ब्यबहारमा आफ्नै छिमेकीप्रति घृणा छ, छिमेकीलाई जातीयता, क्षेत्रीयता, भाषिकता तथा वर्णका आधारमा तुच्छ ठान्छ, त्यतो व्यक्ति वा समुदाय नेपालको रैथाने हुनैसक्दैन | यस्तो चिन्तनका वाहकहरू केवल घृणावादीहरूका भरिया हुन्छन् | उनीहरूले रैथानेपनको अभिनय गरे पनि, रैथानेहरूको हितहकको कुरा गरे पनि उनीहरूको मनमा "विभाजन गर, त्यसका लागि घृणा फैलाउ र सधैं अशान्त राख" भन्ने योजनाले काम गरिरहेको हुन्छ | उनीहरू केवल :डोनर:का हुन्छन् |

हाम्रा लागि रैथाने शक्तिहरू ती हुन् जसले नेपालमा विकसित भएका हरेक जातजाति, भेषभूषा, भाषा, धर्मसंस्कृति तथा नेपालीप्रतिकहरूको सम्मान गर्छन् | आफ्नो रैथानेपनको विकास गर्छन् र छिमेकीहरूको रैथानेपनको विकास गर्न सघाउछन् | आफ्नो भाषा, संस्कृति तथा सीपहरूको विकास गर्न अर्कोलाई "गालीगलौज" गर्दैनन् |

जुन नेपालीले अर्का नेपालीको भाषा, संस्कृति, भेषभूषा, धर्मकर्म तथा रितिरिवाजका आधारमा गालीगलौज गर्छ, उसको चाहना नेपाली धर्म, संस्कृति र रैथानेहरूको विकास होस् भन्ने हुँदैहुँदैन | उसको मूल धेय त मिलेर बसेका, संस्कृतिहरू शेयर गर्दै परस्पर सहयोग आदानप्रदान गरिरहेका समुदाय वा व्यक्तिहरू विच बिभाजनकारी अर्थात् घृणावादको बीऊ रोप्ने हो | नेपाल र नेपालीपनका असली शत्रु यिनै हुन् |

असलमा, हाम्रो विरोधको मूल केन्द्रविन्दू घृणावाद, छुवाछुत, भ्रष्टाचार, राष्ट्रराज्यवाद, समर्पणवाद, महिलापुरुषविचको भेदभाव हुनुपर्छ | हाम्रो गन्तब्य "समानतामूलक विकास तथा सबैप्रति प्रेम" हो | हामी रैथानेशक्तिका प्रवर्द्धकहरू घृणा त गर्नै सक्दैनौं तर सत्यको पक्षमा भने अटल भएर उभिन्छौं | हाम्रो विश्वासले वर्तमानमा प्रचलित राजनैतिक सिद्धान्तहरू विस्थापित हुनुपर्छ भन्छ किनभने यसमा घृणावाद तथा विदेशीमूलका अब्यबहारिक चिन्तनको बोलवाला रहेको छ भन्ने हाम्रो विश्वास छ |

नाकका आधारमा, जातजातिका आधारमा, भाषाका आधारमा, क्षेत्रीयताका आधारमा र केही नभए राजनैतिक आधारमा समाजलाई विभाजित राखेर राजनैतिक तथा धार्मिकरुपमा एकआपसमा घृणापूर्ण सम्वन्ध खोज्ने र त्यसको आधारमा पेट पाल्नेहरू 'घृणावादी हुन् वा घृणावादका अनुयायी हुन् |

हामी इसाई, मुस्लिम वा वहाईआदि विदेशी संस्कृतिहरूप्रति घृणा गर्दैनौं तर उनीहरूले पनि नेपालका रैथाने आस्थाहरूमा प्रहार गर्ने कार्य रोक्नुपर्छ र जसरी एउटा हिन्दूले इद, क्रिशमसआदि मनाउन कुनै प्रकारको असजिलो मान्दैन त्यसैगरी यी समुदायले पनि नेपालका मौलिक संस्कृतिहरूप्रति आधार देखाउन् भन्ने नेपाली चाहना गलत होइन | एकतर्फी "प्यार"ले काम चल्दैन | यदि सक्दैनन् भने घृणावादका भरियाहरू तिनै हुन् |

नेपालीहरूलाई आर्य र गैरआर्यमा कित्ता काटेर नेपालका संविधान निर्माताहरूले "ठूलो" छल गरेका छन्, एक दिन हरेक नेपालीले यसको मूल्य चुकाउनै पर्नेछ | अहिले संसारलाई "घृणावाद" होइन प्रेमवाद चाहिएको छ | हिन्दु, बौद्ध, जैन, बोन, किराती समाजका अगुवाहरू र प्राकृतिक धर्म मान्नेहरूले एकआपसमा फैलिएको "घृणावाद"का विरुद्ध अव बोल्नैपर्छ |

अन्त्यमा, "एतो धर्म ततो जय" अर्थात् जहाँ सत्य हुन्छ त्यही विजय हुन्छ भन्ने श्रीकृष्णको आदेशलाई सम्झदैं रैथानेशक्तिहरू सत्यका पक्षमा अगाडी बढ्दै जानुपर्छ | सबैलाई अग्रगामी बनाउनुपर्छ आफु पनि अग्रगामी परिवर्तनका पक्षमा समर्पित हुनुपर्छ | घृणावाद विरुद्ध सक्रियता बढाउनुपर्छ | यस विषयमा अन्य जानकारी प्राप्त गर्नका लागि डा. निर्मलमणि अधिकारी र डा. गोविन्दशरण उपाध्यायले लेखेको "राज्यराष्ट् : अवधारणा तथा सिद्धान्त नामक किताव पढ्न अनुरोध छ |

(प्रतिलिपि अधिकार लेखक)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...