Wednesday, December 28, 2016

अंग्रेजी नयावर्षको आरम्भ श्रीगणेशको (Janus) सम्मानमा !

अंग्रेजी नयावर्षको आरम्भ श्रीगणेशको (Janus) सम्मानमा !
डा. गोविन्दशरण उपाध्याय  
तीन दिनपछि इसाईहरूको नयावर्षका २०१७ आरम्भ हुँदै छ | बोलीचालीका भाषामा अग्रेजी नयावर्ष पनि भनिन्छ | अचम्मको कुरा त के छ भने अंग्रेजहरू बस्ने इंग्ल्यान्ड जिसस जन्मेको इजरायल भन्दा करिव ८ हजार किलोमिटर टाढा रहेको छ | जिससको जन्मका आधारमा मनाइने ईस्वीको सम्वत् कसरी अंग्रेजहरूको नयावर्ष बन्यो ? उनीहरूसंग सोध्नु उचित होला |

असलमा, अन्जिलिकन र लुथरन चर्चले जनवरीको पहिलो दिन जिससको नामकरण तथा सुन्नत (लिंगलाई छोप्ने छाला काटिएको) गरिएको मान्छन् | जिसस जनवरी १ का दिन इसाई बनेका थिए भन्ने विश्वाससंग यो जोडिएको छ भने धेरैले जनवरी एक दिन जिसस जन्मेका वा वपस्तिमा लिएका थिए भन्ने आधारमा नया वर्षको उत्सव मनाउँछन् | तर जनवरी एकको दिन किन नयावर्ष मनाउने गरिएको हो ? भन्ने ठ्याक्कै प्रमाण कसैसंग छैन |

यदि इसाईपूर्वको इतिहास हेर्ने हो भने आरम्भका देवताका रुपमा सम्मान गरिने “जिनस”को जन्मका आधारमा जनवरीको नाम परेको र किनभने यी हिन्दूहरूका गणेशझैं सर्वप्रथम पूजिने देवता हुन्, त्यसैले यिनकै नामका आधारमा जनवरीलाई नै प्रथम महिना मानिएको देखिन्छ | यस अर्थमा, जिनसबाट आरम्भ भएको महिना श्रीगणेशको अग्रपूजनसंग बढी मिल्दो देखिन्छ |

जनवरी एकलाई पहिलोपटक नयावर्षको रूपमा ई.पूर्व १५३मा मनाएको इतिहास रहेको देखिन्छ | यसको अर्थ हो, यसको जिससको जन्मसंग कुनैप्रकारको सम्वन्ध नै छैन | प्राचीन रोमका राजा नुमा पोम्पलिस (BC 753-673) ले आरम्भका देवता जनुशको (Janus) नाममा प्रथम उत्सव गर्ने नियम बसालेका थिए तर यसलाई नयावर्षको रूपमा रोमन जनतालाई करिव छसय वर्ष लागेको देखिन्छ र जनवरी एकलाई पहिलोपटक नयावर्षको रूपमा ई.पूर्व १५३मा मनाएको इतिहास रहेको छ |

इसाईपन्थको इतिहास हेर्दा यिनले कहिले १५ मार्च, कहिले २५ दिसम्वर, कहिले २५ मार्चमा नया वर्ष मनाउने गरेको देखिन्छ | यी सबै दिनहरू जिससको जन्म, नाम संस्कार तथा इसाई बनेको सस्मरणमा आरम्भ भएका हुन् | जनवरीको पहिलो दिनलाई जिससको जन्मसंग जोडेर उर्दी गर्ने काम भने लुथरन चर्चका पोप गोर्गेरीले सन् १७५२ मा मात्र गरेको देखिन्छ |

सन् १९४६ अमेरिकाले अणुवम खसालेर जापानलाई पराजित गरेपछि जापानले अमेरिकाको प्रभुत्व स्वीकार्नु पर्यो र त्यसपछि जापानको आफ्नो रैथाने नयावर्ष विस्थापित भई आधिकारिकरूपमा जनवरी एकलाई नै नयावर्षका रूपमा मनाउन थालियो | त्यसभन्दा पहिला त्यहाँ चीन र जापानको एकै नयावर्ष हुन्थ्यो र यो पुस १७ तिरमा वर्षको आरम्भ मानिन्थ्यो | चाइनिजहरूले पनि गिझेंन देउताको (गणेश ?) कै आराधना गरेर नयावर्ष मान्ने गर्छन् | भियतनाममा पनि आफ्नै क्यालेन्डर रहेको छ |

थाईल्याण्ड तथा कम्बोडियाको पनि आफ्नै नयावर्ष छ जुन मार्च १४-१५ का दिन मनाउने गरिन्छ | यी नयावर्षको सम्वन्ध प्रकृतिसंग छ | भारतवर्षमा भने प्रमुख सम्वंतका रूपमा राजा विक्रमादित्यको सम्वत्लाई चैत्र एक गतेमा मनाउने चलन रहेको छ | भारत स्वत्रन्त्रहुनुपूर्व सन् १९४७ सम्म समस्त भारतवर्षमा विक्रम सम्वत्को प्रथम दिनका रूपमा चैत्र १ गते नै नयावर्ष हुन्थ्यो तर सन् १९४७पछि भारतीय राज्यहरूको एकीकरणको नाममा त्यहाँको स्वतन्त्र संविधानले आफ्नो रैथाने संवतलाई खारेज गरेर जनवरी एकलाई आफ्नो संवैधानिक नयावर्षका रूपमा स्वीकार्यो |  यद्यपि ईस्वी सम्वत्संग भारतीय र नेपालीहरूको “गोरू बेचेको पनि साइनो” छैन |

नेपालमा प्राचीनकालदेखि नै तीनबटा संवत्सरहरू प्रचलनमा रहेको देखिन्छ – विक्रम संवत, नेपाल संवत र मैथिली संवत | यी मध्ये नेपाल सम्वत् नया हो यद्यपि नयावर्ष भने चैत्रमैं मनाइन्छ | हालको राजनैतिक परिवर्तनपछि राजनैतिक कारणहरूले किरात सम्वत्, लोसार, बौद्ध संवत आदि पनि अगाडी सारिएका छन् र यी सम्वत्
हरूको नयावर्षचाहिं पश्चिमा इस्वी सम्वत्को वरिपरी घुमेको स्पस्ट हुन्छ |

अहिलेको विश्वलाई इस्वीमा आधारित नयावर्ष अर्थात् जनवरी एकले किचेको छ | चाइना बाहेक विश्वका सबैदेशहरूमा जनवरी एकलाई नयावर्षको आरम्भका रूपमा मनाउने प्रचलन बढ्दै गएको छ | अंग्रेजी भाषाको प्रसारसंगै इस्वीमा आधारित नयावर्ष मनाउने प्रचलन पनि बढ्दै गएको बुझ्न सकिन्छ |

यद्यपि इसाईहरूले नयावर्षलाई “धर्मपरिवर्तन गराउने नया कार्ययोजना” तर्जुमा गर्ने सकल्पका रूपमा बुझ्ने र बुझाउने गरेको पनि पाइन्छ | अर्थात् जनवरी एकलाई धर्मको नाममा ब्लाक-मेलिंग गर्ने साधनमा रुपान्तरित गर्न इसाईहरू सफल भएका छन् | किनभने इसाईहरूले अन्य रैथाने सम्वत्हरूको अस्तित्वलाई ठाडै अस्वीकार गरेको कारण यो अवस्था उत्पन्न भएको देखिन्छ | मैले पहिले नै भनिसकें एन्जिलिकन, लुथरन र क्याथोलिकहरूले जनवरी एकलाई धर्मपरिवर्तनको आधिकारिक चिन्ह “खतना” गराउन प्रयोग गर्छन् | अर्थात् यो दिन नया इसाईहरूको “खतना” गरिन्छ, इसाई बनाइन्छ |

हामी नेपाली भाग्यमानी छौँ किनभने हामीले विश्वभरीका नयावर्षको अवसरमा खुसी साट्न सक्छौं भने आफ्नै देशमा पनि तीनचारबटा लोसार, किराती, चाइनीज, बौद्ध, नेपाली, विक्रम, हिजारी, शक, ईस्वी आदि नयावर्षको आदर गर्छौं | सके सहभागी बन्छौं नसके अनादरचाहिं गर्दैनौं | तर नेपालमा प्रचलित रैथाने नयावर्षहरू हिजरी र ईस्वीसम्वत् मान्नेहरूलाई स्वीकार्य देखिन्न | अलिअलि गरेर नेपाली समाजको आत्मा “समावेसी-संस्कृति’को विरुद्ध जनमत सृजना गर्ने नयावर्षहरू नेपालीहरूको हितमा अवश्य छैनन् |

हामी नेपालीहरूको लागि रमाई मनाउन केवल एउटा बहाना चाहिन्छ | त्यो “बहाना”को सम्वन्ध के-कोसँग रहेको छ भन्ने मूलधारमा प्रवेश गर्ने र त्यस विषयमा जानकारी लिने हाम्रो चलन छैन | उदाहरणका लागि हामी हिन्दूहरू मुस्लिमहरूको चाड “बकरिद”को अवसरमा सजिलैसंग “वकरीदको शुभकामना” भनिदिन्छौं | तर अरवीमा वकरह भनेको इद भनेको बली दिनु हो | यसरी बकरीदको शुभकामना दिंदा हामीले नजानीकन “गौहत्या गरेकोमा शुभकामना” भनिरहेका हुन्छौं | यस्तो भन्नु हाम्रो संविधान तथा आस्था (हिन्दूआस्था) विरुद्ध हुन्छ |

यसैगरी नयावर्ष २०१७ को शुभकामना दिनु भनेको “अवदेखि मैले इसाई धर्म स्वीकार्न सुन्नत गरें” भन्नु पनि हो किनभने क्याथोलिक, लुथरन तथा एन्जेलिकन चर्चहरूमा यही परम्परा छ र नयावर्ष तथा अन्य इसाई चाडवाडहरूमा पनि स्थापित हुन्छ | यसरी अंग्रेजी नयावर्षको अवसरमा शुभकामना दिनुहुन्छ तर शुभकामनाका शब्दहरू आफ्नै हुनुपर्छ | हाम्रो संस्कृतिको मूलविशेषता तथा आत्मा अरूको लागि सम्मान गर्नुमै छ | यद्यपि हामी हिन्दूहरू वर्षका ३६५ दिनहरूमा करिव ७०० बटा चाडवाडहरू मनाउछौं, त्यैपनि नया चाडवाडप्रति सम्मान हाम्रो जीवनको अंग हो |
इसाई नयावर्षको सम्वन्ध जिससको अन्तिम भोजसंग पनि गांसिएको छ | जुन बाइबलमा आधारित छ | जिससकै एकजना मित्रले आफ्नो घरमा भोजनमा आमन्त्रित गरेर मदिराआदि पिलाएर पक्राएका थिए | त्यो दिन दिसम्वरको अन्तिम दिन थियो | मित्रले विश्वासघात गरेको सम्झना मेटाउन होला, जिससका भक्तहरू दिसम्वरको अन्तिम दिनको १२ बजे सक्दो मदिरा धोकेर, यौनजन्य क्रियाकलापमा लगेर व्यतित गर्छन् | यस्तो ट्रेण्ड विश्वभरी नै देखिन्छ | खुसी मनाउने यो तरिका हाम्रो धर्म, संस्कृति तथा मान्यतासंग मिल्दैन |

मैले पहिले नै उल्लेख गरिसकें कि रोमनको रैथाने नयावर्षको आरम्भ देवता जनुश (सम्भवत: श्रीगणेश)को सम्मानमा भएको थियो | जनुशको सम्मानलाई सम्झेर संसारकै प्रचलित, प्रसिद्ध तथा मान्य रोमको पुरानो नया नयावर्ष मान्नुमा कुनै आपत्ति छैन | हामीले विहानै स्नान गरेर, पवित्र बनेर, श्रीगणेशआदि देवताको आराधना तथा मातापिताको आशिर्वाद लिएर मान्नु उचित हुन्छ | यसो भनिरहंदा साथीहरुसंग रमाइलो गर्नु हुँदैन भन्न पटक्कै खोजेको होइन | यौनदूराचार, नक्कल, व्यर्थखर्च, मद्यपानआदि दुर्ब्यसनहरूलाई नयावर्षको स्वागतको सामग्रीका रुपमा लिनुहुँदैन | असलकुराको नक्कल गरिनुपर्छ कमसल कुरा छोडेकै राम्रो हुन्छ |


अन्त्यमा, हे ईश्वर, म (हामीलाई) एक सयवर्षको आखाँ देख्न सकूँ,  म (हामीलाई) एक सयवर्षको आयु बाँच्न सकूँ, म (हामीलाई) एक सयवर्षको आयुसम्म चिन्तन गर्न सकूँ, म (हामीलाई) एक सयवर्षको आयुमा स्वास्थ्य रहन सकूँ, म (हामी) पवित्रतापूर्ण जीवन जीउन सकौं, र समस्त (मानव समाज) सयवर्षसम्म सुखी रहोस् भन्ने अथर्ववेदका मन्त्रहरूको (१९/६७) उत्तम भावनासंग नयावर्ष २०१७ को शुभकामना | सबैको कल्याण होस् | 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...