म शिक्षामन्त्री हुन्थें
भने......
राम्रा कुरा जहाँबाट पनि ल्याउन
हुन्छ | नराम्रा कुरा आफ्ना पनि छोड्नुपर्छ | हामी नेपालीले राम्रा कुरा कम र
नराम्रा कुराहरू अरूबाट सिक्यौं र नक्कल गर्यौं | हामीले सबैभन्दा बढी नक्कल गरेको
क्षेत्र शिक्षा हो |
जव हामीले अरुले फरक परिवेश र
आवश्यकतालाई ध्यानमा राखेर विकशित गरेको शिक्षण पद्यति विचार नै नगरी स्वीकार
गर्यौं, त्यस दिनदेखि हामी नेपालीका लागि दुर्दिन आरम्भ भए |
मुखमा रामराम र वगलमा छुरिका साथ
मुस्लिम र अंग्रेजहरू भारतमा छिरेका थिए | त्यस बखतसम्म आर्यवर्त सुरक्षित
थियो जवसम्म यहाँका जनताले आफ्नै आवश्यकताअनुसार विकसित भएको शिक्षा ग्रहण गरिरहेका
थिए |
यदि म नेपालको प्रधानमन्त्री वा
अधिकार प्राप्त शिक्षामन्त्री हुन्थे भने सबैभन्दा पहिलो काम "विदेश र विदेशी
बुद्धिले चलिरहेको शिक्षण' सिद्धान्तमा प्रतिवन्ध लगाउने काम गर्थे | विदेशीहरूले
हामी नेपालीको लागि कस्तो शिक्षा हुनुपर्छ भनेर दखलअन्दाजी गर्ने कुनै अधिकार छैन |
पहिलो कदम आफ्नो जरोकिलोसंग
जोडिएको तथा आफ्नै प्राचीनकालदेखि प्रचलित शिक्षा पद्यति र विषयवस्तुहरूका आधारमा
पाठ्यपुस्तक तयार गर्न आदेश दिन्थे | हरेक पाठ्यपुस्तक विशुद्ध नेपाली
वा मातृभाषामा निर्मित गर्ने ब्यबस्था मिलाउथें | अंग्रेजी, चाइनिज आदि
विदेशी भाषाको अध्यायन कक्षा पांचबाट हुन्थ्यो तर जुन भाषा
पढेपनि कक्षा १२ सम्म पुग्दा सम्म सो भाषामा दक्षता हासिल गर्ने ब्यबस्था
मिलाउँथें |
दोस्रो कदम पाठ्यपुस्तकहरूमा
हाम्रा पुर्खाहरूका साहित्य,
ज्ञान तथा सीपहरूका विषयमा गरेको
खोजअनुसन्धानका उद्धरणहरू दिने ब्यबस्था गर्थे | उदाहरणका लागि पाठ्यपुस्तकहरूमा
चिकित्साशास्त्रको सन्दर्भ आउँदा चरक, खगोलशास्त्रको प्रसंग आउँदा
बाणभट्ट, दर्शनको प्रसंग आउँदा कपिल, सन्तको कुरो आउँदा बुद्ध, निर्माण
कलाकारको प्रसंग आउँदा अरनिकोको जानकारी दिन्थे भने उच्चशिक्षामा भने सुकरातआदि
प्राचीन ग्रिकेली र आधुनिक आइन्स्टाइन, स्टिफन हकिंसआदिका योगदानको पनि
जानकारी दिने ब्यबस्था मिलाउँथें |
आफ्ना मौलिक साहित्यकार, चिकित्सक, आयुर्वेद, खगोल
विज्ञानआदिका सृजक तथा कार्यका विषयमा जानकारी नदिइ विदेशीको गुणगान मात्र गर्ने
पाठ्यपुस्तकहरूमा पूर्णप्रतिबन्ध लगाउथें | अर्थशास्त्रको प्रसंग आउँदा
चाणक्यको नाम नजान्ने तर अदमस्मिथलाई चिनाउने पाठ्यपुस्तकको अन्त्य हुनैपर्छ |
तेस्रो कदम, विदेशबाट
आयातित राजनैतिक सिद्धान्तहरूको गुनगान गर्न लेखिएका पुस्तकहरूको पाठ्य सामग्री
संसोधनमा केन्द्रित हुनेछ | जर्मनीमा विकसित भएको साम्यवाद, युरोपमा विकसित भएका
प्रजातन्त्रआदि राजनैतिक चिन्तनहरू नेपालजस्ता देशमा असफल भैसकेका हुन् | प्रजातन्त्र, लोकतन्त्र वा
अन्य कुनै आयातीत तन्त्रहरूमा आधारित राजनैतिक ब्यबस्था भएका नेपालजस्ता कुनै
देशहरू शान्त छैनन् | सबैतिर द्वन्द छ,
गरिवी छ, शोषण छ | एस्तो कुरा
बुझ्दाबुझ्दै पनि तिनै असफल राजनैतिक ब्यबस्थातिर उत्प्रेरित गरेर
विद्यार्थीहरूलाई भ्रमित पार्ने शिक्षानीतिको अन्त्य हुनैपर्छ |
चौठोकदम, युरोपेली र
अमेरिकीहरूले आफ्नो स्वार्थ साध्न लागु गरेको NGO/INGO मोडेलको
अधिकारलाई बलियो बनाउने शिक्षानीतिमा परिवर्तन गर्नु हुनेछ | यी मोडेलहरूले
केवल अधिकारको कुरा गरेर मिलेर बसेको समुदायलमा आपसी शत्रुतापूर्ण ब्यबहार गर्ने
उत्प्रेरित गर्छन् | कर्तब्यशिक्षातिर यिनले पटक्कै ध्यान दिदैनन् | कर्तब्य पालन
गर्नेतिर भन्दा अधिकारमा जोड दिने शिक्षा आत्मघाती हुन्छ | यस्तो शैक्षिक
वेश्यावृत्तिमा रोक लाग्नुपर्छ |
पाँचौं कदम, नेपालका
प्रत्येक जिल्लामा एउटा विश्वविद्यालय, एउटा मेडीकल कलेज खोलेर शिक्षा
तथा चिकित्सामा पढ्न विश्वभरीका विद्यार्थीहरूलाई आकर्षित गर्नेतिर केंदीत हुन्थें
| असलमा, नेपालको हिमाली,
पहाडी र तराई भूभागले विश्वका सबै
भूबनावटको प्रतिनिधित्व गरेको छ |
यसले गर्दा, नेपालमा हरेक
प्रकारको ब्यबहारिक शिक्षा प्रदान गर्न सकिन्छ |
हामी नेपालीले विश्वमा कुनै
प्रकारको टेक्नोलोजी निर्यात गर्न सक्दैनौं तर सस्तो मुल्यमा स्तरीय शिक्षा (soft power) को विकास र निर्यात गर्न सक्छौं | हामीले नेपाललाई गुणस्तरीय
शिक्षाको स्रोत केन्द्र बनाउन सक्छौं | यसका लागि नेपालको भूमि र नेपाली
मान्छेहरू पूर्णअनुकुल छन् |
हामीले एउटा ठूलो फ्याक्ट्रीमा
लगानी गर्नुभन्दा एउटा स्तरीय विश्वविद्यालय खोलेर गुणस्तरीय शिक्षणको ब्यापार
गर्न सक्छौं | हाम्रोजस्तो प्राकृतिक विविधता, सामाजिक विविधता, धार्मिक
विविधता तथा आफ्नै मौलिकता भएको देशमा विश्वभरीमा व्यक्तिहरू शिक्षार्जन गर्न
सजिलै आउनेछन् |
जवसम्म हामीले आफ्नो जरोमा उभिएर
शिक्षानीतिको तर्जुना गर्दैनौं,
आफ्ना प्राचीन विधाहरूमा लुकेर
रहेको ज्ञानको अनुसन्धान गरेर आफ्ना स-साना नानीबाबुहरूमा प्रत्यारोपित गर्दौनौं
तवसम्म हामी सधैं अरूबाट हेपिने छौँ | हाम्रो दुर्गतिको अन्त्य कहिले
पनि हुने छैन |
भाषा जुनसुकै भए पनि हुन्छ तर
शिक्षाको मूलधार मातृभाषा नै हुनुपर्छ | नेपालमा लादिएको
"अंग्रेजी" ठीक छैन |
दूईवर्षमात्र ध्यान दिएर पढ्ने हो
भने कुनै पनि व्यक्तिले एउटा अमुक भाषामा दक्षता प्राप्त गर्नसक्ने कुरा
अनुसन्धानले प्रमाणित गरेका छन् |
भाषा जान्नु राम्रो हो तर विदेशी
भाषा लादिनु दुर्भाग्य हो | हाम्रो देशमा भ्रष्टाचार बढ्नुमा पनि मैले अंग्रेजी भाषा कै हात
देख्छु किनभने च्याउझैं खुलेका अंग्रेजी स्कूलमा आफ्ना बालबालिका पढाउने
प्रतियोगितामा सफल हुन अमेरिका पठाउन जोहो गर्ने लिगलिगे दौड यहींबाट आरम्भ हुन्छ
त्यसको आपूर्ति भष्ट्राचार नगरी सम्भव हुँदैन | एउटा १८ हजार तलव खाने सुब्बाले
जेम्स स्कूलमा बच्चा पढाउने खर्च कसरी जुटाउछ ? अनुमान गरे पुग्छ |
भाषासंग कुनै झगडा छैन तर आफ्नै
जरोकिलो निमिट्यान्न बनाउने गरी नेपाली बालबालिका उपर प्रायोजित रूपमा लादिएको
अंग्रेजीको कुनै औचित्य छैन |
अंग्रेजी भाषा पढ्न चाहनेहरूका
लागि समुचित ब्यबस्था हुनुपर्छ तर अंग्रेजीका नाममा देश, धर्म तथा
संस्कृतिको हत्या गर्ने काम वन्द हुनैपर्छ |
हाम्रो देश विकसित हुन सकेको छैन, हामी
भ्रष्टाचारमा डुबेका छौँ भने यसको दोषी वर्तमान सरकारले लिएको शिक्षानीति र
शैक्षिक ब्यबस्था नै हो | यसमा आमूल परिवर्तन नगरेसम्म गैरजिम्मेदार राजनीति तथा अनुत्तरदायी
नागरिकहरूको जमातले नेपाल र नेपालीलाई सधैं सताई रहने छ |
मेरो विचारमा अहिले नेपालको विकास
गर्न दुई कुराहरूको विकास हुनुपर्छ : शिक्षा र उर्जा | उर्जाले देश
संचालनमा सघाऊंछ भने शिक्षाले नेपालीहरूको सोच, ब्यबहार तथा कार्यपद्यतिमा
परिवर्तन ल्याउने छ | नेपालजस्तो पहाडी क्षेत्रमा पानीबाट मात्र बिजुली निकाल्नु पर्छ
भन्ने मान्यतामा पनि परिवर्तन ल्याउनु पर्छ र अमेरिका वा वेलायतको शैक्षिक प्रमाण
पत्र बोकेको मान्छे मात्र विद्वान हुन्छ भन्ने मान्यतामा परिवर्तन ल्याउनुपर्छ |
अर्कोको जरोकिलोमा उभिएको शिक्षा
ब्यबस्थालाई आफ्नै जरोकिलोमा नउभाएसम्म (मार्क्सको भाषामा टाउकोमा उभिएको वर्तमान
शिक्षा पद्यतिमा आमूल परिवर्तन गरेर खुट्टामा न उभ्याउँदा सम्म) नेपालीको अनुहार
फेरिने छैन | बोतल जहाँ सुकेको किन नहोस् तर मसी हाम्रो आफ्नै हुनुपर्छ |
No comments:
Post a Comment