Tuesday, September 19, 2023

बाइबलका यी १० बटा आदेश !

 बाइबलका यी १० बटा आदेश !

(१) मेरो अगाडी अरू कुनै देवतालाई नमान |
(२) आफ्नो लागि कुँदेर कुनै मूर्ति न बनाउँ |
(३) अनावश्यक आफ्नो गडको नाम नलिनु |
(४) सवाथको दिनलाई पवित्र मान्नु
(५) आफ्ना बाबुआमाको आदर गर्नु |
(६) हत्या नगर्नु
(७) व्यभिचार नगर्नु
(८) छिमेकी विरुद्ध असत्य गवाही नबस्नु
(९) चोरी नगर्नु
(१०) लोभ-लालच नगर्नु |
बाइबलका यी दशवटा आदेश बाइबलको किताव प्रस्थान २० को पद १ देखि १७का बिचमा छन् | पहिलो, दोश्रो र तेस्रो आदेशले इसाईहरूलाई अन्य धर्म, संस्कृति, परम्परा तथा आस्थाका केन्द्रहरूलाई अस्वीकार गर्न प्रेरित गर्छ | नेपाली र भारतीय इसाईहरूले उपरोक्त तिनबटा आदेशको अन्त्यन्त कठोरतापूर्वक पालन गर्छन् | यिनै आदेशका कारण इसाईहरू अर्को धार्मिक समुदायसंग मिलेर सहकार्य गर्न सक्दैनन् | दशैंतिहार, ह्लोसारआदिको वहिष्कार गर्छन् | आफ्ना बालबालिकालाई चर्चको कैदमा बन्धक तुल्याएर दशैंतिहार, ह्लोसारजस्ता नेपालका मौलिक त्यौहारको खुसीबाट बन्चित पार्छन् | बालबालिकाको कलीलो मस्तिष्कमा नेपालका मौलिक संस्कृतिप्रति घृणा र अनादर गर्ने विषका बीऊ रोप्छन् |
त्यसपछिका ६ बटा आदेशहरू मध्ये इसाईहरूले एउटा पनि पालन गर्ने हो भने विश्व निकै सुन्दर, सभ्य र भव्य हुन्थ्यो | छिमेकी छिमेकी भिडाएर आफ्नो दूनो सोझो गर्ने, धर्मपरिवर्तन गर्न नमान्ने आफ्नै आमावुवालाई "शैतानका मतियार" भन्ने, चर्चहरूमा सधैं गवाही भन्दै "झूटो र मन गढ़ंते" गवाही दिने र गवाही दिन लगाउने, परमेश्वर र जिससको नाम लिएर भूतबाधा, रोग निको पारेको ढोंग गर्ने,
छिमेकीका मौलिक, धर्म, संस्कार तथा श्रद्धाका विषयहरूको सधैं "शैतान" भन्दै आलोचना गर्ने र धर्मपरिवर्तन गराउन सजिलोका लागि विभिन्न किसिमका घृणा फैलाउने गवाही दिनु नै नेपाली इसाईहरूको वास्तविकता हो |
नेपाली इसाईहरू सवाथ अर्थात् आइतवार होइन, शनिवार चर्चमा जान्छन् | यो परमेश्वरका आदेशको ठाडो उलंघन हो | परमेश्वरको आदेश नमान्नु व्यभिचार हो | जुन दिन, मिति र समयमा नेपाली इसाईहरूले झूटो गवाही दिने, सत्य बोल्ने, व्यभिचार नगर्ने, मातापितालाई सम्मान गर्ने र छिमेकीसंग मिलेर बस्ने आदेशको पालन गर्ने छन्, त्यो दिन नेपाली समाजमा इसाईप्रतिको आलोचना सधैंका लागि समाप्त हुने छ |
जुन मितिका दिन देखि नेपाली इसाईहरूले पास्टर तथा फादरको बाइबल होइन बाइबलमा लेखिएका १० आदेशहरूको पालन गर्ने छन्, त्यो मितिदेखि धर्मपरिवर्तन गराउने व्यापार, असत्य बोल्दै १०% प्रतिशत उठाउने व्यापार, गाउँगाउँ पुगेर छिमेकीछिमेकी बिच फूट हालेर घृणावादका आधारमा इसाई बनाउने व्यापार, हिन्दू विरुद्ध जातिवाद, बौद्ध विरुद्ध मूर्तिपूजा, किराती विरुद्ध शैतानको आराधनाका आरोप लगाएर "मुर्गा" बनाउने व्यापार सधैंका लागि वन्द हुने छ | त्यो दिन देखि कुनै पनि इसाईलाई नेपालीहरूले "डलरे, विदेशीको भतुवा, धर्मबेचुवा, अमेरिका र वेलायतिहरूका राजनैतिक जासुसी कुकुर" भन्ने आरोप लगाउने छैनन् |
हो, यसका लागि नेपाली इसाईहरूले पास्टर र फादरको बाइबल होइन "बाइबल"को पालना गर्नु पर्ने छ | के नेपाली इसाईहरू यसका लागि तयार होलान् ? नेपाल वाहिरका विनम्र इसाईहरूले बाइबलको मर्यादा पालन गर्दागर्दै पनि स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा सहभागिता जनाउनुमा गौरव गर्छन् | "छिमेकीसंग प्रेम गर" भन्ने आदेशको पालन गर्दै सुखदुखमा सहयोगी बन्छन् | तर अचम्मको कुरा के भने पुस्तौंदेखि इसाई संस्कृतिका विनम्र अनुयायीहरूलाई नेपाली नवइसाईहरूले बाइबलको "सच्चा आदेश नमान्ने नामका इसाई हुन्" भन्दै "आफुमात्र सच्चा इसाई भएको" अहङ्कार गरेको मैले धेरै पटक सुनेको छु |
अन्त्यमा, नेपाली इसाईहरूमा नेपालको धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई सम्मान गर्ने संस्कार प्राप्त होस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...