Tuesday, September 19, 2023

शिवले विष्णुको आराधना गरूँन् (kavita)

 शिवले विष्णुको आराधना गरूँन्

-विष्णुले शिवको आराधना गरूँन्

-रामले शिवको आराधना आराधना गरूँन्
-शिवले रामको आराधना गरूँन् |
-कृष्णले शिव उपासना गरूँन् |
-शिवले कृष्णको उपासना गरूँन् |
-गणेशले शिवको उपासना गरूँन् |
-कृष्णले गणेशको उपासना गरूँन् |
-शिवले देवीको आराधना गरूँन्
-देवीले शिवको आराधना गरूँन् |
-सूर्य, देवी, विष्णु शिव र गणेश
-सवैले एकआपसमा आराधना गरूँन् |
-जसले जसको भक्ति गरूँन् |
-यो सबै उहाँकै विषय हो |
-यो कुरा उनी आफैले तय गरेका छन् |
-कसले कसको आराधना गर्ने तिनैले जानुन् |
-तिमीले कृष्णको उपासना गर
-तिमीले शिवको उपासना गर
-तिमीले रामको भक्ति गर
-तिमीले दुर्गाको आराधना गर |
-तिमीले भैरवको भक्ति गर |
-तिमीले "ब्रह्म" अभ्यास गर |
-तिमीले गणेश, सूर्य वा भवानीको अभ्यास गर |
-मैले मेरो इष्टदेवको उपासना गर्छु |
-तिमीले तिम्रा इष्टदेवको उपासना गर |
-हामी कसैले कसैका इष्टको निन्दा नगरौं |
-हामी कसैले कसैलाई न होच्याउँ |
-हामीसबैले सबैको आदर गरौँ |
-हामी संगै भोजन गरौँ |
-हामी संगै बसौं
-हामी सबै मिलेर आत्मतउत्थान गरौँ |
-हामीसंग वैरीले पनि प्रेम गरोस् |
-हाम्रो मनमा कसैप्रति घृणा नहोस् |
-हाम्रो व्यबहारमा सानोठूलो नहोस् |
-हाम्रो मन, चिन्तन र व्यबहार उदार होस् |
-हाम्रो व्यबहार र चिन्तनबाट सबैप्रति आदर होस् |
-म सबैको आदर गर्छु |
-मेरो लागि यी सबै पूज्य छन् |
-मेरा लागि सबै भक्तियोग्य छन् |
-मेरा लागि सबैले मोक्ष प्रदान गर्न समर्थ छन् |
-तर पनि मेरो गुरु परम्पराको इष्टलाई सम्मान गर्छु
-मेरो यो सम्मानले अन्य देवीदेवताको महत्व कम गर्दैन |
-मेरो लागि सबैदेवताको सम्मान र धर्मको पालन सनातन धर्म हो |
-वैदिक सनातन धर्मका सबै आराध्यहरू मेरै हुन् |
-वैदिक सनातन धर्मका सबै गुरूहरू मेरै हुन् |
-मेरा लागि सबै पुजनीय छन्
-मेरा लागि मेरा गूरू प्रिय छन् |
-मेरो धर्म सनातन हो |
-म एउटा विनम्र सनातनी हुँ |
-मेरो परिचय हिन्दू-सनातनी हो |
-मेरो कसैसंग शत्रूता छैन |
-म अज्ञातशत्रूताको साधक हुँ |
-म ईश्वरलाई धन्यवाद दिन्छु
-म मेरो भाग्यलाई धन्यवाद दिन्छु
-म सनातनी भएकोमा गौरव गर्छु |
-म मेरो उदारताप्रति गौरव गर्छु
-बसुधैव कुटुम्बको दर्शनमा गौरव गर्छु |
-आफ्नो बहुलवादमा गौरव गर्छु |
-मेरो मौलिकता प्रति गौरव गर्छु |
-ऋषिकुलको विनम्र सदस्य भएकोमा गौरव गर्छु |
-आफ्नो धर्म, संस्कृति र सभ्यताप्रति गौरव गर्छु |
-म मेरो सनातन परिचयमा गौरव गर्छु |
-तर
-यदिकसैले मेरो परिचय खोस्ने षड्यन्त्र गर्छ
-यदि कसैले मेरो सभ्यता खाने प्रयत्न गर्छ
-मेरो धर्मले अहिंसाको त्याग गर्ने अनुमति दिन्छ |
-मेरो परिचय सुरक्षित गर्न अनुमति दिन्छ |
-मेरो धर्मले स्वधर्म पालन गर्ने अनुमति दिन्छ |
-अन्याय सहनु कायरता हो भन्ने उद्घोष गर्छ |
-यही "एष धर्म: सनातन: हो |
-यही ऋषिकुलको परिचय हो |
-यही हिन्दूत्व हो |
-यही सनातन हो |
-यही धर्म हो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...