Sunday, September 3, 2023

राजस्व, देवस्व तथा ब्रह्मस्व

 राजस्व, देवस्व तथा ब्रह्मस्व

राजस्व राज्यले सेवा तथा सुरक्षा दिएकोमा जनताले राज्यलाई तिर्ने पर्ने तिरो हो | सांस्कृतिक तथा धार्मिक निरन्तरताका लागि व्यक्ति वा राज्यले मन्दिर. पाटीपौवा आदि संचालनका लागि तोकिदिएको तिरो हो | यसैगरी गुरूकुल वा विद्यालयहरू संचालन गर्नका लागि राज्य, समाज आफै स्वेच्छाले पढ्ने विद्यार्थी, गुरू, अध्यापक वा पठनपाठन, शिक्षादीक्षासंग सम्बन्धित व्यक्तिहरूको जीवन यापनको लागि तिर्ने तिरो ब्रह्मस्व हो |

प्राचीनकालमा अन्यायी राजा हुँदा राजश्व नतिर्दा पाप नहुने तर देवाश्व र ब्रह्मश्व अनिवार्य हुन्थ्यो | जुन मितिदेखि राज्यले आफ्नो शक्तिको दुरुपयोग गरेर देवाश्व र ब्रह्मस्वमा हस्तक्षेप गर्यो, त्यही मितिदेखि शिक्षादीक्षाको स्तर खस्कियो र समाजमा देवश्व (गुठी, मन्दिरआदिको) सम्पत्तिलाई छलबलले व्यक्तिका नाममा पास गर्ने प्रपन्च चल्यो |

राज्यले राज्य संचालनका लागि करहरू थप्दै जाँदा देवश्व र ब्रह्मस्वप्रति अन्याय हुँदैछ | राज्यले नै नीति बनाएर ब्रह्मश्व र देवश्वका सम्पतिहरू कब्जा गर्ने पापवृत्तिलाई बढावा दिंदैछ | जतिजति राज्यले देवस्व तथा ब्रह्मस्वमा आँखा गाड्छ, सर्वसाधारणलाई देवस्य तथा ब्रह्मस्व मासेर राज्यलाई करतिर्न प्रोत्साहन गर्न, त्यतित्यति राष्ट्र अराजकता तथा कू-शिक्षाको भुमरीमा पर्दै जान्छ |

तेसैले हरेक राजनैतिक दलहरूले सुहाउँदो राजस्वको व्यबस्था गर्नुपर्छ भने देवस्वको (देशको सांस्कृतिक तथा धार्मिक पहिचानको निरन्तरताका लागि पूर्खा;ए राखेको जग्गाजमिन होस् वा मन्दिर, पाटीपौवा वा नगद सम्पत्ति नै किन नहोस् ) पूर्ण सुरक्षा दिनुपर्छ | यसैगरी शिक्षादीक्षाका सवालमा गुरुकुल, विश्वविद्यालयहरू, वेदविद्या केन्द्रहरूलाई पूर्णतया स्वतन्त्रता प्रदान गर्दै मौलिक शिक्षा तथा आधुनिकतम शिक्षासहित सनातन सदआचरणको केन्द्रका रुपमा स्थापित गर्न मदत गर्नुपर्छ |

प्राचीन भारतवर्षमा क्षत्री राजाहरू "वीर भोग्या वसुन्धरा" भन्दै स-सानो भूमिका लागि युद्धहरू गर्थे | यी युद्धमा हारजित हुन्थ्यो | बिजेताले राजश्वका शीर्षकहरूमा फेरवदल गर्थ्यो तर देवस्व तथा ब्रह्मश्वमा भारतवर्ष भरिका राजाहरूले परिवर्तन गर्दैनथे | देवमन्दिरहरू तथा गुरुकुलहरूप्रति सबै राजाहरूको सम्मानजनक दृष्टिकोण रहन्थ्यो | यो दृष्टिकोण वैदिक सनातन धर्मका मान्ने सबै राजाहरूको हुन्थ्यो | मुस्लिम तथा इसाई आक्रान्ताहरूले भने मान्ने कुरै भएन | मुस्लिम र इसाई दूवैले राजस्वमा सक्दो जोड दिए भने ब्रह्मश्व तथा देवश्व दूवैलाई सकेसम्म समाप्त पार्ने नीति अख्तियार गरे | अहिलेको नेपाली तथा भारतीय राज्यव्यबस्थाले देवस्व तथा ब्रह्मस्वप्रति शत्रुतापूर्ण दृष्टिकोण राख्न भन्ने तत्थ्य सर्वसाधारणले बुझ्नुपर्छ |

-यो जानकारी मूलक लेख लेख्नुको कारण नै सर्वसाधारणलाई देवश्व र ब्रह्मस्वको विषयमा जानकारी दिंदै यी दुवै मौलिक परम्पराको रक्षा गर्न आग्रह तथा आह्वान गर्नु हो | यदि तपाईंका पुर्खाले देवस्वका (मन्दिर, गुठी वा अन्य किसिमका) लागि जग्गाजमिन वा सम्पत्ति राखेर गएका छन् भने ती सम्पत्तिहरूको रक्षा गर्नु हाम्रो कर्तव्य हो | आफ्ना पूर्खाको इतिहास मेट्ने हाम्रो कुनै अधिकार छैन | उपरोक्त सम्पत्तिले हाम्रो मौलिक संस्कृतिलाई जीवित राख्छ | यही आह्वान ब्रह्मस्वका सवालमा पनि लागु हुन्छ | विद्या, शिक्षादान भन्दा महान् दान अर्को हुँदैन | शिक्षादीक्षा प्रदान गर्न पुर्खाले चलाएको व्यबस्थाको हामीले सम्मान गर्नुपर्छ | अग्रेजी जान्नु राम्रो कुरा हो तर अंग्रेजी जानेको छु भन्दैमा आफ्ना पूर्खाले गरिदिएका व्यबस्थालाई मास्नु सामाजिक, सांस्कृतिक तथा धार्मिक आत्महत्या हो | आत्महत्याको पापबाट जोगिनुपर्छ |

केवल राजस्वमात्र ताक्ने राज्यव्यबस्था सधैं अस्थिर, अराजक र अनैतिक हुन्छ | देवस्व र ब्रह्मस्वको रक्षा गर्ने राष्ट्र सधैं स्थिर, नैतिक तथा सम्बृद्ध हुन्छ | देवस्वले राष्ट्रीय पहिचानको संरक्षण तथा सम्बर्धन गर्छ भने ब्रह्मस्वले शिक्षादीक्षालाई सुनिश्चित गर्दै देशलाई समुन्नत, प्रगतिशील तथा सदाचारी बनाउँछ |
स्वस्तिअस्तु
May be an image of temple

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...