Tuesday, September 19, 2023

नेपाली दार्शनिक : गंगेश उपाध्याय

 नेपाली दार्शनिक : गंगेश उपाध्याय

नव्यन्याय दर्शनका महान् विद्वान गंगेश उपाध्यायको जन्म हाल सिन्धुली जिल्ला, कमला नदीको किनारामा रहेको एउटा सानो गाउँ कोरिन गाउँको एउटा गरिव ब्राह्मण परिवारमा विक्रम सम्बत् १३००को अन्त्यतिर भएको थियो | उनले आफ्नो प्रारम्भिक शिक्षा त्यहीं प्राप्त गरेका थिए भने पछि हालको भारतीय मिथिलाञ्चल र काशीमा गएर उच्चशिक्षा प्राप्त गरेका थिए | उनले व्याकरण, गणित तर्कमा महारत हासिल गरेपछि तत्कालीन मिथिलाका राजाले निजलाई मिथिला विश्वविद्यालयको कुलपति बनाएका थिए |
महामना गंगेश उपाध्यायले नव्यन्यायको स्थापना गर्दै तत्वचिन्तामणि र प्रमाण चिन्तामणि नामका दुईबटा अत्यन्त महत्वपूर्ण ग्रन्थ लेखेका थिए | यी ग्रन्थहरूले न्याय दर्शनका प्राचीन मान्यताहरूलाई नवीनतम परिवेशमा व्याख्या र विश्लेषण गरेको थियो | यिनै गंगेश उपाध्यायको नव्यन्यायलाई आत्मसात गर्दै भारतीय बङ्गालको नदीयाका विश्वनाथ चक्रवर्ती उहाँका गुरू तथा शिष्यहरूले नव्यन्यायलाई अझैं विस्तृत तुल्याए |
प्राचीनकालका विद्वानहरूले आफ्नो विषयमा नलेख्ने हुँदा उहाँको जन्म मिति र स्थान वारे सधैं विवाद रहन्छ | भारतीय मैथिली समाजमा "उपाध्याय" लेक्ने गरेको इतिहास छैन | "उपाध्याय" केवल नेपाली भूभागमा लेखिन्छ | भारतको राजस्थानमा उपध्याय थर नै हुन्छ | नव्यन्यायमा अनुसन्धान गरेका न्युयोर्क विविका प्राध्यापक गनेरीले समेत गंगेशको जन्म नेपाली भूभागमा भएको भन्ने विषयमा विमर्श गरेका छन् |
पूर्वमा गंगेश उपाध्याय र पश्चिममा सुकृतिदत्त पन्त यी दुई व्यक्तिहरूलाई नेपाली विद्वान र राजनीतिले मान राख्न सकेको छैन | तर पश्चिमा दर्शनका विद्वानहरूले तत्वचिन्तामणि तथा प्रमाणचिन्तामणि दूवै ग्रन्थको दार्शनिक महत्व बुझेर अनेकौं अनुसन्धान गरेका छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...