Tuesday, July 18, 2017

जिन्न र ऊँटको ढाड

जिन्न र ऊँटको ढाड
प्राचीन अरव देशमा एउटा किसान बस्थ्यो | धेरै मेहनेत गर्दा पनि उसको "दाख" खेतिले परिवार पाल्न सारै गारो थियो |

उसले आफ्ना दुखहरू त्यहाँको स्थानीय सरकार, प्रान्तीय सरकार, केन्द्रीय राजा तथा आफुले चिनेका सबै गणमान्यसंग जाहेर गर्यो तर आश्वासन बाहेक केही मिलेन |

अन्तत: हारेर उसले "जिन्न" (शक्तिशाली भूत)को उपासना गर्न थाल्यो | उसको उपासनाबाट जिन्न खुसी भयो र प्रकट भएर ईच्छाएको माग्न भन्यो तर उसले शर्त पनि राख्यो - मलाई काम दिन सकेनौं भने त्यस बखत तिमीलाई खाने छु |

जिन्नको कामले उसको गरिवी रहेन | तर जे-जस्तो काम गर्न अह्राए पनि उसले तुरुन्त सक्थ्यो | किसानलाई सारै गारो भो |

अन्तत: किसानकी श्रीमतीले जुक्ति निकालिन् | जिन्नलाई उँटको ढाड सीधा पार्ने काम लगाइयो | त्यसपछि मात्र किसान परिवार हाइसन्चोसंग निदाउन सक्यो |

भनिन्छ, आज पनि त्यो किसानको जिन्नले उँटको ढाडको अगाडीपट्टीको भागमा सवारी गरेर ऊँटको कम्मर मिलाउने काम गरिरहेको छ | त्यसैले कुनै पनि अरवका वासिन्दा उँटको सवारी गर्दा अगाडी पट्टिको भागमा सवारी गर्दैनन् किनभने त्यहाँ "जिन्न"ले काम गरिरहेको छ |

नेपालको वर्तमान राजनैतिक ब्यबस्था पनि त्यही ऊँटको ढाडसरह हो जसको सीधा हुने कुनै सम्भावना नै छैन |

विदेशबाट उधारो लिएका राजनैतिक विचारहरू "जिन्न"सरह हुन् जसलाई नेपाली नेतृत्वले बडो भक्तिपूर्वक र विश्वास पूर्वक आराधना गरिरहेका छन् र नेपालको पीठमा सवारी गराइरहेका छन् |

विदेशी "जिन्न" ऊँटको पीठ सीधा गर्न नसकेझैं विदेशी विचारहरूले नेपालको अनुहार फेर्न सक्दैन | कुक्कुरको पुछार १२ वर्ष ढुग्रामा राखे पनि सीधा हुँदैन |

हामी नेपालीहरूले विदेशी "जिन्न"को पछाडी लागेर धेरै दुख भोगिसकेका छौँ | अव आफ्नो "जरोकिलो"तिर फर्केर "राज्यराष्ट्र"का लागि काम गर्नुपर्छ |

विदेशी ढुंग्रोमा हालेर देशको तस्वीर बदल्छु भन्ने असफल प्रयत्नहरू दोहोर्याई-तेहेर्याई गर्नुभन्दा ढुंग्रो नै परिवर्तन गर्नुनै बुद्धिमता हुन्छ | अवको ढुङ्ग्रो वा जिन्न आफ्नै रैथाने राजनैतिक चिन्तन "राज्यराष्ट्र" हुनुपर्छ |


राज्यराष्ट्र बारे खुलेर बहस गरौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...