Tuesday, July 18, 2017

चिन्ताको चिन्तन -२

प्रिय विद्यार्थी वर्ग,
तपाईंहरूको मूलधर्म नै पढ्नु हो र पढिरहनु भएको छ | तर तपाईंहरूले पढिरहेका विषयवस्तुहरूले तपाईंहरूमा आत्मसम्मानको बाटोमा दोहोर्याईरहेको छ कि हीनताबोधतिर यस विषयमा तपाईंले अव आफै सोच्नुपर्छ |

वैदिक शिक्षाको उदेश्य स्पस्ट छ : विद्या र धन आर्जन गर्दा आफुलाई अजरअमर छु भनेर ठान्नुपर्छ भने मृत्यु जीवनको अनिवार्यता हो भन्ने कुरा स्वीकार गरेर असल काम गर, कल्याणकारी कार्य गर |

वर्तमान शिक्षाले धन कमाउने विषयमा त जोड दिन्छ तर धर्म अर्थात् असल व्यक्ति बन्न कत्ति पनि प्रेरित गर्दैन | अहिलेको शिक्षाले बालबालिकालाई "स्वामी" होइन केवल जागिरे क्लर्क बन्न उत्प्रेरित गर्छ |

यदि तपाईंहरूले आफ्नो कक्षाकोठामा आफ्नो धर्म, संस्कृति, बैज्ञानिक सम्पदाहरू वारे प्रश्न गर्नुभयो भने शिक्षकशिक्षिकाले तपाईंलाई कुनै अन्य उपग्रहको प्राणीसरह ब्यबहार गर्छन् |

फलत: तपाईंले अमेरिका, युरोप तथा इसाई-मुस्लिमहरूको धार्मिक, राजनैतिक तथा सामाजिक इतिहाससंग सम्बन्धित विषयहरूमा जानकारी राख्नुहुन्छ तर आफ्नै देशको इतिहास वारे जान्नु हुँदैन |

जव तपाईंहरूसंग मैले "आर्य भट्टले" द्रब्यत्व आकर्षण, शाल्वले चिकित्सा विज्ञान, भरतले नृत्य विज्ञानआदिको खोज आजभन्दा १२ सयवर्ष नै पहिला गरेका थिए भन्दा पटक्कै विश्वास गर्नुहुन्न |

किनभने यस विषयमा तपाईंका शिक्षकहरू समेत विश्वास नगर्नका लागि प्रशिक्षित हुनुहुन्छ | आफ्नो धर्म, संस्कृतिप्रति अविश्वास गर्न र विदेशीहरूको कुरालाई विश्वास गर्न प्रशिक्षित हुनुहुन्छ |

उदाहरणका लागि "के नेपालीहरूको आफ्नै राज्यसंचालन सम्वन्धि कुनै रैथाने सिद्धान्त छ " भनेर आफ्ना गुरूहरूसंग सोध्नुभयो भने उनीहरूसंग कुनै जवाफ हुने हुँदैन |

उनीहरूका लागि प्रचलित राज्य संचालनका सिद्धान्तहरूको कुनै विकल्पका विषयमा जान्ने बाटो धेरै पहिले नै बन्द गरिएका छन् | विदेशबाट आयातीत साम्यवाद, समाजवाद, पूँजीवादआदि सबैले रैथाने शिक्षाप्रणालीको प्रवेश ढोका मै भोटे ताल्चा लगाई दिए |

विदेशीमा विकसित भएका यी शिक्षा तथा राजनैतिक ब्यबस्थाहरूको विकासका लागि यो जरुरी नै थियो | जसरी वाघले अन्य बाघबाट जन्मेका डमरुहरूको हत्या गरेर आफ्नो साम्राज्य स्थापित गर्छ, त्यसरी नै विदेशबाट आयात गरिएका परिपाटीले हाम्रो रैथाने पद्यतिको हत्या गरिरहेका छन् |

अहिले हामी विदेशी बाघबाट जन्मेका डमरुझैं भएका छौँ | विदेशीहरूप्रति अत्यन्त लोयल र आफ्नो रैथाने विज्ञानहरूप्रति शंकालु |

निश्चय नै शंका गर्नुपर्छ तर यत्रतत्र फैलिएर रहेका वैदिक साहित्यको भण्डारको ढोकासम्म नै नपुगी यी रैथाने सम्पदाहरूको विश्वसनीयताप्रति शंका गर्ने विषाणु त्यतैतिरका हुन् |

विहान म वैदिक संगीतका विषयमा पढिरहेको थिए | वैदिक ऋषिमुनिहरूले विकसित गरेको संगीत ऋतु, महिना, पक्ष तथा चौवीस घण्टामा पनि हरेक प्रहरका लागि फरक-फरक स्वरको ब्यबस्था रहेछ |

मैले यहाँ एउटा ग्राफ पोस्ट गरेको छु, एकपटक यो ग्राफलाई राम्ररी हेर्नु र समयअनुसारको राग नेटमा खोजेर सुन्नु | तिमीहरूले कस्तो फरक पाउँछौ - सक्छौं भने लेखेर पठाउनु |

अहिले तिमीले जुन सुकै भाषामा पढ तर भविष्यमा आफ्नो रैथाने सम्पदाहरूतिर फर्केर अवश्य हेर्नु | र त्यो सम्पदामा प्रवेश पाउनका लागि तपाईहरूले संस्कृत तथा पाली भाषा जानेकै हुनुपर्छ |

आफ्नै साहित्य, सम्पदा तथा विज्ञानका विषयमा जान्नका लागि अनुवाद गरिएका अनूदित सामग्रीहरूमा भर पर्ने परम्परालाई तपाइँहरूले चुनौती दिनुपर्छ |

तपाईंले नै आफ्ना रैथाने विज्ञान जान्न रुचि लिनु भएन र विदेशीहरूको भर पार्नुभयो भने उनीहरू र तपाईंमा कुनै फरक रहन्न | उनीहरू तपाईंको मनमा संस्कृत वा पाली भाषाप्रति अविश्वास गर्न प्रेरित गरिरहने छन् तर तपाईंले तिनको कु-प्रयासलाई चुनौती दिने साहस हुनैपर्छ |

तपाईंले आफ्नो रैथाने प्राचीन भाषाहरूमा लुकेर रहेका विविध विज्ञानहरूको खोज गर्नका लागि कक्षाकोठामा प्रश्न उठाउनु नै पर्छ |

वैदिक संस्कृतिमा यस्ता असंख्य साहित्य छन् | अधिकांश प्रयोगयोग्य छन् | हाम्रो दिमागमा विदेशीहरूले र तिनको भनाइमा अन्धश्रद्धा गर्ने नेपाली विद्वानहरूले "हाम्रा शिक्षाहरू अब्यबहारिक" छन् भनेर ब्रेनवास गरिदिएका छन् |

उनीहरूले अनुसन्धानमा आफ्नो एकलौटी अधिकार ठान्छन् र हामीले गरेका अनुसन्धानलाई विभिन्न बहाना बनाएर अस्वीकृत गरिदिन्छन् |

तपाईं विद्यार्थीहरूले "विदेशीहरूले लेखिदिएको नेपाली इतिहास"का विषयमा प्रश्न सोध्ने बखतमात्र आएको छैन, नेपाली इतिहास पुन: लेख्ने आँट गर्ने बेला भएको छ |

अव हामीले आफ्ना शिक्षक-शिक्षिकासंग नेपालको आफ्नो इतिहासका विषयमा जान्ने बेला आएको छ | आफ्नै रैथाने राज्यसंचालनका सिद्धान्तका विषयमा सोध्नु पर्ने बेला आएको छ | अव आफ्नै माटोमा उभिएर संघर्ष गर्दै स्वामीहरू बनाउने शिक्षाका विषयमा सोध्ने बेला आएको छ |

नेपाल सधैं नया टेक्नोलोजीको भोको छ तर पश्चिमाहरू हाम्रो सांस्कृतिक तथा जीवनमूल्यप्रति आकर्षित छन् | तिमीहरूले आफ्नो संस्कृति र जीवनमूल्यका विषयहरूसंग टेक्नोलोजी साट्ने सामर्थ्यको विकास गर्नुपर्छ |

एस्तो सामर्थ आफ्नै जरोकिलोमा उभिएरमा विकास गर्न सकिन्छ | नेपाल कै प्राचीन राजनैतिक ब्यबस्था "राज्यराष्ट्र" सिधान्तमा उभिएर प्राप्त गर्न सकिन्छ |
तर्कपूर्वक अङ्गिकार र आर्जित गरिने सिद्धान्त "विश्वास" हुन्छ भने विना तर्क अङ्गिकार र स्वीकार गरिने विश्वासहरू "अन्धविश्वास" हुन्छन् |

अव समय आएको छ, हामी विश्वासी बन्नुपर्छ | किनभने एस्तो विश्वासको लडाई तपाईंहरूले आफ्नै मान्छेसंग गर्नुपर्ने छ | उनीहरूले देशमा लादेका राजनैतिक विश्वासहरू "अन्धविश्वास" हुन् भनेर आस्वस्त तुलाउन पर्ने छ |

अन्त्यमा, म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, हामी नेपालीहरूले पश्चिमाहरूलाई निर्वाधरूपमा निर्यात गर्न सक्ने विषय नै "ज्ञान" हो भने हामीले विज्ञान उनीहरूबाट प्राप्त गर्नुपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...