Dr. Govinda Sharan Upadhyaya |
वैदिक इतिहास केलाउंदा आध्यात्मिक तथा भौतिकताप्रति मानसिक असन्तोष ऋग्वेदमा देखा पर्छ जहाँ ऋषिहरुले "कस्मै देवाय हविषा विधेम -(१०-१२१-१) कुन देवताको आराधना गरौँ ? भनेर कुनै ऋषिहले आफ्ना आचार्यसंग सोधेका छन् | यसमा समग्र सृष्टिदेखि लिएर आफ्नो अस्तित्वको कारणको जानकारी खोजिएको छ |
आधुनिक मानसिक स्वास्थ्यका चारबटा खामाहरू छन् : मन, शरीर, समाज तथा आत्मा यिनलाई क्रमश मनोबैज्ञानिक स्वास्थ (मेन्टल, फिजिकल, सोसाईटल तथा स्प्रितुअल), भौतिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका रूपमा प्रस्तुत गरिन्छ |
अन्य विषयमा एकमत भए तापनि आध्यात्मिक स्वास्थ्यका विषयमा विद्वानहरूको आफ्नो बुझाइअनुसारको विचार देखिन्छ | केही विद्वानहरूले आध्यात्मिक शब्दलाई धार्मिक क्रियाकलापसंग जोडेर विश्लेषण गरेका छन् भने केही विद्वानहरू अध्यात्मिकता धर्मनिरपेक्ष रहेको पक्षमा उभिएका छन् | एस्तो विभाजन इसाई, मुस्लिम तथा यहुदीहरूले गर्ने धर्मको परिभाषाका कारण उत्पन्न भएको हो |
उनीहरूका लागि धर्म एउटा व्यक्तिले आरम्भ गरेको व्यक्ति वा समुहले स्वीकारे र मान्दै आएको चालचलन, रितिरिवाज तथा पूजाआजाको ब्यबहार हो | यही ब्यबहारलाई उनीहरू "धार्मिक क्रिया ठान्छन् र आध्यात्मिक क्रियाकलाप पनि यही हुन् |
बाइबल, जिसस तथा यहोवामा विश्वास नगर्ने इसाई हुनैसक्दैन भने कुरान, मोहाम्द तथा मक्काको अस्तित्वमा विश्वास नगर्ने मुस्लिम हुनै सक्दैन | यही तत्थ्य यहुदीसंग पनि जोडिएको छ | यी धर्मका अनुयायीहरुले उपरोक्त धर्महरूलाई वैश्विक (Universal) माने पनि यी जातीय, स्थानिक र पान्थिक नै हुन् | किनभने यी धर्मका धार्मिक ग्रन्थ र गुरूहरूले नै ग्रन्थ र धर्मको सीमा तोकेका छन् | बाइबलले आफुलाई इसाईको धर्मग्रन्थ, कुरानले मुस्लिम र तोरेटले आफुलाई यहुदीहरूको धर्मग्रन्थ भएको घोषणा गर्छन् |
असलमा पाश्चात्य मनोबैज्ञानिकहरूले आध्यात्मिक स्वास्थ्यको महत्वलाई महर्षि पतंजलिले स्थापित गरेको योगतत्वलाई विश्वले अङ्गिकार गरेपछि बाध्यभएर स्वीकार गरेका हुन् | यसरी मनोविज्ञानमा "आध्यात्मिक स्वास्थ्य"को प्रवेश प्राचीन वैदिक ब्यबहारको लोकप्रियता र ब्यबहारिक उपयोगिताकै कारण भएको हो - भन्ने तत्थ्य अव धेरै लुकाउन सकिन्न |
इसाई धर्मगुरू रोजरले बाइबलको प्रचारप्रसारलाई प्रभावकारी बनाउन सन् १९४५ ताका व्यक्तिकेन्द्रीय परामर्श पद्यतिको विकसित गरेका थिए भने १९६१ मा आफ्नो यस विधिलाई उनले "सहयोगी सम्बन्ध"का रूपमा प्रस्तुत गरे | रोजरपछि पाश्चात्य परामर्श पद्यतिमा आध्यात्मिक-परामर्शको थालनी भएको अनुमान गरिन्छ |
रोजरले बाइबलका आधारमा विकसित गरेको परामर्श पद्यति प्रभावकारी थियो तर इसाईपन्थसंग असहमति राख्ने र नास्तिक विद्वानहरूलाई यो विधि पटक्कै मन परेको थिएन | यिनै कुरालाई आधारित बनाएर उनीहरूले अस्तित्ववादी दार्शनिक चिन्तनको अवलम्वन गर्दै "अस्तित्ववादी परामर्श अद्यति, दार्शनिक परामर्श पद्यति र अन्त्यमा आध्यात्मिक परामर्श पद्यतिको नामले काम गर्ने थाले |
वैदिक, बौद्ध तथा जापान, कोरिया र चीनमा विकसित भएका "ईश्वरको अस्तित्वमा विश्वास नगर्ने र बहुलदेवदेववादी"हरूले स्थानीयतहमा अभ्यास गर्दै आएका विधिहरूको पाश्चात्य जगतमै स्वीकार्यता बढ्दै गएपछि हार्डकोर क्रिश्चियन विद्वानहरूले पनि "धार्मिकता नहुँदा पनि मान्छे आध्यात्मिक हुन सक्छन्" भन्ने तत्थ्यमा विश्वास गर्नु पर्यो |
सन् २०७५ पछि गरिएका विभिन्न अनुसन्धानहरूले हरेक मान्छेको कल्याणकारी स्वास्थ्यमा मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक विषयहरू अनिवार्य हुन्छन् भन्ने तत्थ्य प्रमाणित गर्यो र विगतमा "परामर्श केवल मनोवैज्ञानिक मात्र हुन्छ" भन्ने मान्यता पनि खण्डित भयो |
आधुनिक परामर्श पद्यतिको विकासमा सबैभन्दा बढी योगदान बैदिक, चाइनिज बौद्धआदि पूर्वीय चिन्तनको ग्राह्यता तथा इसाईपन्थप्रतिको उदासीनताका मध्यमा भएको हो भन्ने कुरामा म दृढ छु | भने आध्यात्मिक शब्दको प्रयोग पनि एकेश्वरवादी कट्टरपन्थी चिन्तनबाट जोगिन भएको हो भन्ने असान्दर्भिक हुँदैन |
No comments:
Post a Comment