Tuesday, July 18, 2017

आधुनिक गुरुका प्राचीन चेला

म यहुदी, इसाई, मुस्लिम तथा सीख धर्मावलम्बीहरूको खुलेर प्रसंशा गर्छु | उनीहरूले आफ्नो धर्म, संस्कृति तथा चालचलनहरू जोगाउन गर्ने कार्यहरूको उच्च प्रशंसा गर्छु |

उनीहरू सधैं आफ्ना बालबालिकाहरूलाई आफ्नो धर्म, संस्कृति तथा परम्पराहरूको उच्चस्तरीय ज्ञान दिन्छन् | बालबालिकाले विद्यालय होस् वा कलेज, धार्मिकस्थल होस् वा सामाजिक स्थल, राजनैतिक नेतृत्व होस् अथवा बैज्ञानिक नेतृत्व सबैतिर आफ्नो संस्कारको अनुसरण गर्छन् |

धर्म र संस्कृतिको संरक्षण र प्रचारप्रसारका सवालमा उनीहरूका योजनाहरू अत्यन्त स्पस्ट, ब्यबहारिक तथा प्रभाविकारी छन् | इटालीबाट सन् १७५६मा धर्म प्रचारका लागि नेपाल छिरेका कम्पुचियन पादरीहरूले त्यस बखत तयार पारेको योजनाले सन् २०१५ पछि नेपालमा प्रभाव देखाउन थालेको छ | यस विचमा उनीहरूले कहिल्यै पनि आफ्नो प्रयास छोडेनन् |

काम गर्ने र कुरा गर्नेविचको अन्तर न इसाई मिसनरीहरूमा देखिन्छ न मुस्लिम समुदायहरूमा नै पाइन्छ | एउटा मुस्लिमले अमेरिका गए पनि, बेलायत गए पनि आफ्नै घरमा रहे पनि "हलाल" गरेकै मासु खान्छ | एउटा इसाई जहाँ गए पनि बाइबल नै छोएर कसम खान्छ | संसारको सबैभन्दा प्रभावशाली मुलुक भएर पनि बाइबल छोएर कसम लिंदा त्यहा कुनै प्रकारको नकरात्मक टीकाटिप्पणी हुँदैन |

त्याग पूर्वक आफ्ना धर्मशास्त्रको अध्ययन/ अध्यापन होस् अथवा संस्कृतिको संरक्षण र प्रचारप्रसारका लागि नै किन नहोस् उनीहरूले आफ्नो आम्दानीबाट निश्चित रकम छुट्याएकै हुन्छन् | यो सबै उनीहरूले आफ्नो परम्परा तथा संस्कृतिको रक्षाको खातिर गर्छन् |

उनीहरूले तयार पार्ने स्वयम् सेवकहरूमा अदम्य धैर्य, साहस, समर्पण तथा सहनशीलता हुन्छ | आफ्ना इष्टदेवप्रति उनीहरूको निष्ठा देख्दा र सुन्दा मैले धेरै पटक आत्म समिक्षा गरेको छु | साहित्य वितरण गर्ने कार्यमा होस् अथवा घरदैलो गरेर वा अन्य सबैतरिकाले आफ्नो धर्म-संस्कृति फैलाउन उनीहरूले गर्ने परिश्रमको म मुक्त कण्ठले प्रसंशा गर्छु |

यी सबै काम गर्न उनीहरूको विकसित विज्ञान र उपयोगितावाद कहिले पनि वाधक हुँदैन न् त्यहाँका कुनै राजनैतिक पार्टी वा सिद्धान्तहरू नै वाधक हुन्छन् | आफ्नो धर्म, संस्कृतिप्रति हेय दृष्टिकोण राख्ने घुसपैठी चिन्तन हामी नेपालीहरूको रगतमा पसिसकेको छ भन्दा अनुपयुक्त हुँदैन | एस्तो कुविचारलाई महत्व दिन सिकाएर उनीहरूले कसरी धर्मपरिवर्तन गराउने कार्य गरिरहेका छन् भन्ने कुरा अव लुकेको छैन |

अमेरिका, बेलायत वा भारतको वनारस, मथुरा-वृन्दावन कै वासिन्दा भए पनि र जुन यी ठाउंमा यात्रीका रूपमा गएपनि उनीहरूले आफ्नो धर्म, संस्कृति तथा आचरण छोड्दैनन् |

यो सबै कार्यले उनीहरूको वैज्ञानिकता, आधुनिकता तथा प्रगतिशील सोचमा कुनै फरक परेको देखिन्न | उनीहरू त्यसो गर्दा गर्व गर्छन् |

हाम्रो देश नेपालमा समग्र जनसंख्याको ८२% हिन्दूहरूले प्रतिनिधित्व गर्छौं र भारतमा पनि यस्तै-यस्तै छ | हामीले अरू अरू कट्टरपन्थी भएको, आतंककारी भएको, पुरातनवादी भएको देख्छौं |

नेपाली नेतृत्व हिन्दू-फोवियाले संक्रमित छ | यो नेतृत्वले अन्य धर्महरूका प्रचारकहरूलाई राज्यका सबै कानुन वदल्न सक्छ तर हिन्दूहरूका खातिर उसको मनमा घृणा वाहेक केही छैन | आफ्नै खुट्टोमा बन्चरो हान्ने नेतृत्व भएसम्म विदेशी पन्थहरूका लागि नेपाल स्वर्ग नै रहने छ |

हामीले आफुलाई प्रगतिशील बनाउने नाममा आफ्नै जरो काट्छौ | आफ्नो धर्म-संस्कृतिप्रति गौरव गरेर विद्यालयका हरेक पाठ्यपुस्तक समावेश गर्नुको सट्टा भएका विषय-वस्तुहरू पनि खोजिखोजी निकालेर फाल्छौं |

हामी संगै आफ्नै शिक्षा पद्यति छ जुन गुरुकुल हो, आफ्नै राज्य संचालन सम्वन्धि सिद्धान्त छ जुन राज्यराष्ट्र हो र भने हाम्रो आफ्नै अर्थब्यबस्था संचालनको सिद्धान्त छ जसको प्रतिनिधित्व आचार्य चाणक्य\को अर्थ\शास्त्रले गरिरहेको छ | यी बाहेक पनि असंख्य सिद्धान्तहरू इतिहास, भूगोल, स्वास्थ्य, मनोविज्ञानआदि हामीसंग छन् | यी सबैको रक्षाको लागि हाम्रो कुनै चासो छैन |

हामी मुसलमान\को चिन्ता गर्छौं, हामी इसाईहरूको चिन्ता गर्छौं तर हाम्रा आफ्ना ८२ वटा दाजुभाइ/दिदीबहिनीको पटक्कै चिन्ता गर्दैनौं | एस्तो आत्मघाती विचार र ब्यबहार देखेर उनीहरू खुसी हुन्छन् |

उनीहरूलाई राम्ररी थाहा छ, यिनै आत्माघाती विचारहरूलाई प्रोत्साहन दिएर मात्र उनीहरूको आफ्नो धर्म-संस्कृति फैलिने छ | यही आत्मघाती चिन्तनको सिंडीमा चढेर उनीहरूले आफ्नो वर्चस्व स्थापित गरिरहेका छन् |

अहिलेको नेपाली रैथाने हिन्दू, बौद्ध, जैन, बोन, किरात यिनै आत्मघाती चिन्तनको जालोले जकडिएको छन् | राष्ट्रराज्य, समाजवाद, मेकियावेली शिक्षानीति, धर्मनिरपेक्षतावाद धमिरोले विकृत हुँदैछन् |

जरोकिलो आन्दोलनले राष्ट्रराज्य, समाजवाद, मेकियावेली शिक्षानीति, धर्मनिरपेक्षतावादआदि पश्चिमेली दम्भहरूलाई विस्थापित गर्ने उदेश्य राख्छ | किनभने आजसम्मका अनुभवहरू\बाट उपरोक्त विदेशबाट थोपरिएका चिन्तनहरूले नेपालीहरूको परिवर्तन हुँदैन भन्ने निश्चित गरेको छ |

विकल्प नहुनेहरू राष्ट्रराज्य, समाजवाद, मेकियावेली शिक्षानीति, धर्मनिरपेक्षतावादका विनम्र सेवक हुन् तर जरोकिलोका पथिकहरू\संग विकल्प छ र त्यो पनि तार्किक विकल्प छ |

हामीले सबैभन्दा पहिला मेकिया\वेली शिक्षानीतिलाई गुरुकुल शिक्षनीतिमा परिवर्तित गर्ने छौँ भने त्यस\पछि राज्य\नीतिमा राष्ट्रराज्यलाई राज्यराष्ट्रले विस्थापित गर्नेछ |

यो सबै परिवर्तनका लागि हामीले आफ्नो पुर्खाको इतिहास तथा गौरवलाई आफ्नो आधारशीला बनाउने छौँ | एस्तो कार्य गर्न हामीसंग विज्ञानको बुद्धि तथा मानवमनको गहिराइमा सधैं रहने प्रेम हाम्रा असल मित्र हुनेछन् |

मुस्लिम, इसाई वा अन्य समुदायको निन्दा गरेर हाम्रो विकास हुँदैन | आफ्नो रैथाने इतिहास, आत्मविश्वास तथा इमान्दारीपूर्वक सम्पादन गर्ने कर्मले मात्र विकासको अनुभूत उदेश्य प्राप्त हुनेछ |

मलाई लाग्छ, दत्तात्रेयका चौवीस गुरू थिए र उनीले हरेक\बाट फरक-फरक शिक्षाप्राप्त गरेर अध्यात्मिक उत्स प्राप्त गरे | हामी अभियन्ताहरूले पनि आफ्नो चारैतिर भएका हरेक घटनाहरूलाई सचेतनापूर्वक नियाल्दै परिवर्तनका लागि अगाडी बढ्नुपर्छ |

अन्त्यमा, हामीले आफ्नो रैथाने आधार विर्सिनु हुँदैन | यहाँ अपुग भएका कुराहरू वाहिरबाट लिनुपर्ने पर्छ भने आफ्ना असल कुराहरू (धेरै छन्) ती विश्वासनीय तवरले अरूमा निडर भएर वितरण गर्नुपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...