Saturday, July 15, 2017

गीता पढ्नुहोस्, निकास पाइन्छ....

Dr. Govinda S. Upadhayaya
गीता मानवताको ग्रन्थ हो | यसको कुनै धर्मग्रन्थ होइन | श्रीकृष्णले गीताको उपदेश दिएका हुन् | यसको अवतरण युद्धभूमिमा भएको हो | एउटा द्विविधाग्रस्त सैनिकको मदत गर्नका लागि | अर्जुन सैनिक थिए | एउटा सैनिकले युद्धको मैदानमा युद्ध लड्दिन भन्न मिल्दैन | एउटा सैनिकले लड्नु नै पर्छ | को संग लड्ने हो ? उसले प्रश्न गर्न मिल्दैन |
 
अर्जुन आफ्नो कर्तब्यबाट भड्किए कै हुन् | आफन्तलाई देखेपछि लड्दिन भन्नु उचित होइन | आफन्त नहुँदा मात्र लड्छु भन्नु विरामी मानसिकता हो | जव मान्छे आफ्नो मूल कर्तब्यबाट विचलित हुन्छ | उसले सोच्न सक्दैन | निर्णय लिन सक्दैन | 

आफुले सोचेको कुरा बाहेक मान्ने पक्षमा हुँदैन | अर्जुनको मनमा आफन्तसंग न लड्ने विचार आयो | त्यसै विचारलाई सत्य ठाने | लड्दिन भनेर हथियार विसाए | लड्न तम्तयार सैनिकको एस्तो काम ठीक थिएन | श्रीकृष्णले गीताको उपदेश दिए | 

अर्जुनले युद्धको मैदानमा गीता सुने | परामर्श दाता श्रीकृष्ण बने | अन्त्यमा, श्रीकृष्णले भने "मैले उचित ठानेको कुरा बने अव तिमीले के विचार गर्ने हो, निर्णय गर | श्रीकृष्णले आफ्नो कुरा मान्नैपर्छ भन्ने कर गरेनन् | श्रीकृष्णले स्पस्टसंग भने "यथेच्छसि तथा कुरू" (१८/६३) अव तिमीलाई जस्तो मन पर्छ, त्यही निर्णय गर | 

गीताले आत्मनिर्णयको अधिकार दिन्छ | गीतामा धम्की छैन, दवाव छैन, लोभ-लालच दिएको छैन | कृष्णको परामर्शपछि पनि अर्जुनले युद्ध लड्न/नलड्न आफै निर्णय लिन स्वतन्त्र थिए | अन्य धर्मका धार्मिक पुस्तकहरूले आफ्नो आदेश मान्नै पर्छ भन्ने आदेश दिन्छन् | 

कुरान, बाइबल, जेंदवस्ता सबैले आफ्नो आदेश मान्न उर्दी जारी गरेका छन् | तिनको आदेश नमान्नेका लागि सधैंको लागि नर्क पठाउने धम्की दिन्छन् | श्रीमद्भगवद्-गीताको यो उदारवादी सोचकै कारण आज विश्वको मानिस हिन्दू बनिरहेको छ | विश्व हिन्दूयुगतिर लम्किरहेको छ | विश्व हिन्दू बन्दैछ |

 गीता कै उपदेशको प्रभाव हो - नेपाल र भारतजस्ता ८२% हिन्दू बहुल भएका देशमा अन्य धर्म र संस्कृतिहरूको सम्मानका खातिर "धर्मनिरपेक्षता" स्थापित भएका छन् जवकि विश्वका ५० भन्दा बढी देशहरूमा धार्मिकस्वतन्त्रताको कुरा गर्नुसम्म अपराध हुन्छ | 

धार्मिक स्वतन्त्रताको ब्यबहारिक र सैद्धान्तिक अस्तित्व केवल हिन्दूबहुलमा मात्र हुनसक्छ भन्ने कुराको यो भन्दा बलियो प्रमाण अरू केही हुनै सक्दैन | हाम्रो एस्तो उदारताको स्रोत गीता नै हो | मैले विश्वहिन्दू बन्दैछ भन्दा आश्चर्य मान्नु पर्दैन | हिन्दू बन्नका लागि धर्मपरिवर्तन गर्नु पर्दैन | 

सोच परिवर्तन गर्नुपर्छ | सबैधर्मप्रति समभाव, धार्मिक उदारता, अन्यधर्मप्रति सम्मान तथा बैचारिक स्वतन्त्रता आज हिन्दूधर्मकै देन हुन् | अझै भन्नुपर्दा, गीताले दिएको उदारवादी चिन्तनको विस्तार हो | आफुले कसैलाई हिन्दू भनोस् वा नभनोस्, मुस्लिम, इसाई, यहुदीआदि धार्मिक समुहको आपसी द्वन्दवाट आजित बनेको विश्व "धार्मिकता'लाई घृणा गर्छ | 

धार्मिकतालाई घृणा गर्छ भन्ने शब्द प्रयोग गर्दा हाम्रो चिन्तनमा मुस्लिम आतंकवाद, इसाई-आतंकवाद, यहुदी आतंकवाद (इजरायल)को चित्र बन्छ | हिन्दू संस्कृतिमा एस्तो आतंककारी चिन्तन कतै छैन | हिन्दू-संस्कृतिलाई मुस्लिम वा इसाईसंग तुलना गर्दा एस्तो समस्या आएको हो | 

प्रसिद्ध भारतीय चिन्तक रवीन्द्रनाथ टैगोरसंग कुराकानीका क्रममा विश्वप्रसिद्ध बैज्ञानिक आइन्स्टाइनले भनेका छन् "जव मैले गीता पढ्छु, लाग्छ, विश्वको स्रोत त्यही हो | मेरो लागि बाइबलको कुनै धार्मिक मुल्य छैन |" आइन्स्टाइनले गीताको प्रसंसा गरे किनभने गीतामा उदारतावाद छ | 

दार्शनिक हेनरी डेभिड थोरो, अल्वर्ट स्वित्जर, प्रसिद्ध मनोबैज्ञानिक कार्लजुंग सबैले गीताको मुक्त कण्ठले प्रसंशा गरेका छन् | कार्लजुंग त लेख्छन् "मान्छेलाई जड ठान्ने हाम्रो परम्परा काम न लाग्ने छ, श्रीकृष्णले १५ औं अध्यायमा जुन चलायमान विश्व-वृक्षको उल्लेख गरेका छन्, मानवीय चेतनाको असली रुख नै त्यहीं हो |" 

गीताले कुनै पनि धर्म, संस्कृति तथा परम्पराको आलोचना गर्दैन | गीताकोले आरिस र अरूसंग रिसले भरिएका ईश्वरहरूका विषयमा पनि बोल्दैन | गीताले कुनै पनि व्यक्तिलाई हिन्दू वा गैरहिन्दू हुन के गर्नुपर्छ भनेर पनि कर गर्दैन | ज्ञान, कर्म, भक्तियोगको कुरा गर्छ तर स्वीकार गर्ने/नगर्ने अधिकार व्यक्ति विशेषलाई प्रदान गर्छ | 

यही तत्थ्यले गीतालाई "विश्वधर्मको किताव" बनाउँछ | गीताको उपदेश स्वीकार्न श्रीकृष्णको भक्ति गर्नुपर्छ भन्ने छैन | प्रसिद्ध दार्शनिक शंकराचार्य अद्वैतवादी थिए तर गीतालाई आफ्नो विवेचनाको प्रमुख ग्रन्थका रूपमा स्वीकार गरे | गीताकारको अस्तित्वलाई गर्नेरूले पनि गीताको महत्वलाई सगर्वका साथ स्वीकार गरेका छन् | श्रीमद्भगवद्-गीतासंग कुनै पनि "पढालिखा" मान्छे असहमत हुनै सक्दैन | 

गीताको उपदेश कुनै कुरा मनाउनका लागि भएकै होइन | यसले हरेक व्यक्तिलाई आफ्नो प्राकृतिक व्यक्तित्व चिनेर त्यसअनुसारको कर्तब्य अनुसरण गर्न प्रेरित गर्छ | गीताले भन्छ, मान्छे प्राकृतिक रूपमा सत्व, रजस र तमसबाट निर्मित भएको हुन्छ र ती गुणहरूको प्रतिशत अनुसार चारप्रकारका काममा उसको स्वभाविक लगाव हुन्छ | सत्वगुण प्रधान भएका व्यक्तिहरू लेखपढमा, रजोगुणमा सतोगुण प्रधान मान्छे लडाकु, तमोगुणमा रजोगुण प्रधानहरू कृषि, ब्यापारआदिमा र तमोगुण प्रधान व्यक्तिहरू अरूको काम गर्ने प्रवृत्तिका हुन्छन् |

संसार यसैअनुसार चलिरहेको छ | गीता पढेपछि आफ्नो मूलगुण के हो भन्ने बुझ्न सकिन्छ र त्यहीअनुसार आफुलाई ढाल्न सकिन्छ | आफ्नो मूलगुण अनुसार कर्म गर्ने मानिस कहिल्यै पनि असफल हुँदैनन् | गीता सुनेपछि अर्जुनले बुझेको कुरा यही हो : लडाकु व्यक्तित्व जहाँ गएपनि लडाकु नै हुन्छ | त्यस्तो अवस्थामा, सैनिकको कर्तब्य नै सबैभन्दा उचित हुन्छ | महाभारतको अर्जुनले आफै लड्ने निश्चय गरेका हुन् | 

गीताले वा श्रीकृष्णले थोपरेका पटक्कै होइनन् | आज नेपाल एउटा असजिलो परिस्थितिमा उभिएको छ | यो परिस्थितिको ज्ञान सबैलाई छ | तर यसको स्वामित्व कसैले स्वीकार्न चाहन्न | सबैले एकअर्कामा दोषारोपण गरिरहेको देखिन्छ | अवस्था एस्तो बनेको छ, चाहेर पनि कुनैले देशको वर्तमान अवस्थाको स्वामित्व लिन्न चहान्न | मलाई लाग्छ, नेपालका सबै राजनैतिक पार्टीहरूले नेपाल र नेपालीहरूको भलोको लागि मात्र काम गरिरहेका छन् | 

सबैको एस्तो साझा उदेश्य असफल छ किनभने हाम्रो लक्षमा दोषारोपण गर्ने नराम्रो संस्कार हुर्केको छ र आफ्नै देशको जरोकिलोप्रति असम्मान, अविश्वास तथा विमति राख्ने संस्कारको विकास भएको छ | गीताले यी सबैको निकास दिन्छ | श्रीमद्भगवद्-गीताले निकास दिन्छ | 

गीताले आफ्नो जरोमा हेर्न र त्यसअनुसारको किलो तयार गरेर कर्मगर्न प्रेरित गर्छ | अहिलेको राजनैतिक, धार्मिक तथा सामाजिक चिन्तनले आफ्नो जरो विर्सेको छ | आजको नेतृत्वलाई आग्रह छ, एक पटक धार्मिकता तथा अधर्मिकताबाट माथि उठेर गीताको अध्ययन गर्नुहोस् | 

गीता पढ्दैमा कृष्णभक्त बनेर वृन्दावन पस्नुपर्दैन | गीताले तपाईंलाई देश र जनतालाई निकास दिने बुद्धि र विवेक दिने छ | आफ्नो मौलिक रैथाने जरोकिलोमा फर्कन मदत गर्ने छ र देशको पुननिर्माण तथा विकासका लागि नया सोच दिने छ | श्रीगीता जयन्तिका अवसरमा विश्वभरीका मान्छेहरूमा शुभकामना | 

गीता पढ्नुहोस् र अरूलाई पनि गीता पढ्न प्रेरित गर्नुहोस् | म विश्वास दिलाउन चाहन्छु, तपाईंले गीता पढ्न धर्मपरिवर्तन गर्नुपर्दैन र एउटा हिन्दू, मुस्लिम, इसाई, नास्तिक, धार्मिक, अधार्मिक भन्दा पनि बढी एउटा "सम्पूर्ण-मान्छे" बन्नु हुनेछ |

1 comment:

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...