राम्रो जागिर पाएपछि छोराको स्वभाव रूखो हुँदै गएको आमाले अनुभव गरिन् | शरीर बूढो हुँदै गए पनि छोराप्रतिको माया कम भएको थिएन |
नातिनातिनाले माया गर्थे | बुहारी पनि मायालु नै थिइन् | छोरा भने आमासंग सधैं कुरा गर्नबाट जोगिन्थ्यो | आमाको छाया नै बिझ्ला गरे जस्तो |
एक दिन साँझको कुरा हो छोरा कार्यालयबाट घर फर्किए | आमा ढोका मै उभिएरको देखेर निकै नराम्रो चालले मुख विगार्दै सरासर आफ्नो कोठामा पुगे | अनि, जोरजोरले श्रीमतीलाई पुकार्न थाले |
श्रीमती पनि दौडदै आफ्नो लोग्नेको कोठामा पुगिन् | कोठामा श्रीमती छिर्नासाथ श्रीमान्ले भित्रबाट ढोकाको छेस्कानी लगाए |
आमा पनि छोरालाई के पीर परेछ भनेर ढोका नेर पुगेकी थिइन् | छोराले आफ्नै वारे कुरा गरिरहेछ | उनले यसो भनेको सुनिन् :
"आमा निकै बूढी भईन् | यी बूढी जहिले पनि बैठकमा बसिरहेकी हुन्छिन् | यो मेरो स्टाटसलाई सुहाउने विषय होइन |
मैले यो घर चलाउन र यी आमाको लागि वृद्धाश्रमको खर्चतिर्न पुग्ने कमाई गर्छु | तिमीले पनि यी बूढी घरमा नभएपछि बाहिर गएर अफिसमा काम गर्न सक्छौं | हामी दुवैले राम्रो पैसा कामाउन सक्छौं | मैले यी बूढीलाई वृद्धाश्रममा कुरा
गरेको छु |
भोली नै म यिनलाई पशुपतिको वृद्धाश्रममा छोड्ने निर्णयमा पुगेको छु | बूढी सम्हाल्न पर्ने जन्जालबाट तिमी सधैंका लागि मुक्त हुनेछौँ | न रहे बाँस न बाँसुरी बज्ने" छोराले आफ्नो कुरा सके |
आमाको कान भित्र चलिरहेको संवादमा अड्किरहेको थियो | छोराको कुराले उनको मन छियाछिया भयो | आँसु रोकिएनन् |
"के भन्नुभएको एस्तो | यी बूढीलाई वृद्धाश्रम छोड्ने रे ? मैले यी कुरा भनेको भए सुहाउथ्यो पनि तर तपाईंले एस्तो कुरा गरेको मलाई पटक्कै मन परेन |
यी तिनै बुढीआमा हुन् जसले तपाईंलाई टुहुरोबाट हुर्काएर विद्यालय पठाइन् | अर्काको मेलापाता गरेर तपाईंको स्याहारसुसार गरिन् | मैलोपैंचो गरेर भए पनि तपाईंको लागि राम्रो गरिन् |
आफ्ना श्रीमान् को मरण भएपछि यी अर्को लोग्ने खोज्न स्वतन्त्र थिइन् तर त्यसो गरिनन् | दुनियाको दुख सहेर तपाईंको लागि आफ्नो जीवन समर्पण गरिन् |
जहासम्म मलाई बूढीलाई वृद्धाश्रम पठाउँदा सुख हुन्छ भन्ने कुरा हो - तपाईंको सोच मै खोट छ | मैले यी बूढी सासुको सेवा गरेर जुन आशीर्वाद प्राप्त गर्छु, त्यो सुख संसारको पैसाले किन्न सकिन्न |
हाम्रा छोराछोरीसंग यी बूढी रमेको देख्दा र छोराछोरीहरू आफ्नी हजुरआमासंग रमेको देख्दा मैले सधैं आफुलाई भाग्यमानी ठान्छु | तपाईंले बरू आफ्नो आमाको माया बुझ्न सक्नुभएन | सबै थोक पाइन्छ तर आमावुवाको माया कहाँ पाउन सकिन्छ र ?
तपाईं ती बूढीआमालाई वृद्धाश्रम पठाउने कुरा गरिरहनु भएको जसले आज पनि भान्छामा गएर आफ्नै हातले पकाएर तपाईं र नातिनातिनालाई खुवाउनुहुन्छ | हरेक दिन कार्यालय जाँदा र आउँदा ढोकामा कुरिरहनु हुन्छ |
तपाईंको रिसाहा स्वभाव जानेर "किन दुख पुर्याउनु" भनेर अगाडी पर्नुहुँदैन | सधैं तपाईंको लागि प्रार्थना गर्नुहुन्छ |
अहँ, म जीवनका धेरै महत्वपूर्ण उपलब्धि गुमाउन तयार छु तर यी बूढीसासुको आशिर्वाद गुमाउन तयार छैन | आमा कुनै हालतमा पनि वृद्धाश्रम जानुहुने छैन | कुरा बुझ्नु भो" - बुहारीले आफ्नो कुरा स्पस्टसंग भनिन् |
...........................
बाहिरबाट संवाद सुनिरहेको बूढीआमाको आँखाबाट आँसुको भल बग्न थाल्यो | उनी सकिनसकी माथिल्लो तलामा रहेको पूजाकोठामा पुगिन् | भगवान् संग हात जोड्दै भनिन् - हे भगवान् ! सबैलाई मेरी जस्तै बुहारी देऊ |
मातृदेवो भव:

No comments:
Post a Comment