Tuesday, July 18, 2017

संगीत र नेपाल

नेपाली र भारतीय फेसबुकका मित्रहरूले गोरे र काले संगीतकारहरूलाई सम्झिए तर नेपालका रैथाने गन्धर्व जाति (गाइने)ले संगीतमा दिएको योगदान, गायन विद्यमा आधारित सामवेद, गान्धर्ववेद, हरहमेशा आफ्नो हातमा विणा बोक्ने देवी सरस्वती, तुम्बुरू बोक्ने नारद तथा कुनै नकुनै संगीतको वाद्ययन्त्र वोकेका देवीदेवताहरूलाई कसैले सम्झेको देखिएन, पढ्न सकिएन |

यदि संगीतको कुरा गर्ने हो भने इस्लाम, यहुदी तथा इसाई धर्मले संगीतलाई "शैतानको बहकाउने कार्य" भनेर निषेध गरेको छ | उनीहरूले संगीतप्रति देखाएको प्रेममा ईश्वरप्रतिको विद्रोह छ |

संगीतको मर्म र धर्म जान्नेहरूले हिन्दू, बौद्ध, जैन, बोन. किराती आदिले प्रयोग गर्ने र बाद्यवादनका साधनहरू र लोक तथा शास्त्रीय स्वरहरू नै असली संगीत हुन् |

आफ्नो रैथाने संगीत नदेख्नेहरूले संगीतको प्रसंसा गर्दा पनि पश्चिमाहरूको नै नूनको सोझो गरिरहेका हुन्छन् |

देशको विकास र अग्रगमनका लागि रैथानेसंगीतहरूको विकासमा प्राथमिकता हुनेछ | नेपालीको जरोकिलोसंग जोडिएको संगीत गुरुकुलको मुख्य आयोजना नै हुनेछ |

प्राचीन वैदिककालमा के-कस्ता संगीतका बाद्ययन्त्रहरू हुन्थे भन्ने विषयजान्नका लागि डा. निर्मलमणिको कृति "भरतमुनिको संचारयोग" पढ्नुहोला | यद्यपि यो किताव पत्रकारितासंग सरोकार राख्छ तर भरतमुनि संगीतकार र नाट्यकार दुवै हुन् |

अर्को कुरा, नेपाल नै संगीतको उद्गमस्थल हो भन्ने मलाई विश्वास छ | वैदिक देवी सरस्वतीले आफ्नो सारंगीमा सात स्वर निकालेको, नारदले तिनको प्रचारप्रसार गरेको र वैदिक गायक जाति गन्धर्व (गाइने) आज पनि नेपालमा संगीत पेशाकर्ममा रहेकोले यो कुरा सिद्ध हुन्छ |

सरस्वतीको विणा नै रुपान्तरित हुँदै नेपालीहरूको रैथाने सारंगी बनेको हुनुपर्छ र प्राचीन गन्धर्वहरूले ब्रह्मा, विष्णु, इन्द्रआदिको सभामा संगीतका अवसरमा प्रयोग गर्ने बाद्य पनि सारंगी नै हुनुपर्छ |

गाइने संसारकै एकमात्र परम्परागतरूपमा संगीत विषयका पेशाकर्मी हुन् | ब्रह्मा, इन्द्र तथा अन्य देवताका सभामा संगीत गाउनेहरूका सन्तती यिनै हुन् | जसले यी संगीतकर्मीहरूलाई अछुत बनायो, त्यो अन्यायी हो | ब्रह्मा तथा इन्द्रआदिको सभामा सामवेदको गायन गर्ने गन्धर्वजातिहरू अछुत हुँदैहोइन |

आजको विश्वसंगीत दिवसको दिन मैले यी गन्धर्वजातिहरू (गाइने)हरूमा सादर समर्पित गर्दै नेपालसरकारसंग यिनको पेशा सुरक्षित गर्न र यिनको लागि समुचित ब्यबस्था गर्दै, संगीत अकादमीको प्रमुख संगीत विज्ञ गन्धर्वलाई नै बनाउनु पर्ने जोडदार मांग गर्दछु |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...