Saturday, July 15, 2017

मेरी हेटोनको संघर्ष र परिवर्तन

Dr. Govinda S. Upadhyaya
प्रसिद्ध दार्शनिक तथा मनोबैज्ञानिक मेरी हैटोन कल्किन (१८६३-१९३०) लाई विश्वको सबैभन्दा प्रतिष्ठित भनेर मानिने हावर्ड विश्वविद्यालयले उनी महिला भएकै कारण पढ्न दिएको थिएन |

त्यस वखतका प्रसिद्ध विद्वानहरू विलियम जेम्स, रोयस आदिले धेरै अनुरोध गरेपछि विविमा आधिकारिक नामांकन नगरीकन कक्षामा बसेर सुन्ने सम्म अनुमति दियो | औपचारिक डिग्री प्राप्त नगरे पनि उनी आफ्नो क्षेत्रको प्रसिद्ध विद्वान बनिन् |

आज पनि नेपालमा धेरै महिला र खासगरी दलित समुदायका व्यक्तिहरूका लागि विद्यालय, विविहरू त्यति सहज छैनन् | आधिकारिक रूपमा नभए पनि ब्यबहारिक रूपमा महिला र दलित समुदायहरू "मानसिक-हिंसा"मा पर्छन् |

महिलाहरूप्रति "सेक्सटोय"को दृष्टिकोण र दलितहरूप्रति "तल्लोजात"को मानसिक विभेद विद्यमान नै छ | यो दृष्टिकोण परिवर्तनका लागि सकारात्मक पहल हुनुपर्छ | एस्तो पहलमा हाम्रा परम्परागत सांस्कृतिक आस्थाहरूकै प्रयोग गरिनुपर्छ |

मैले सकारात्मकताको प्रयोग एउटा विशिष्ट अर्थमा गरेको हुँ | विदेशीहरूले "छुवाछुत निवारण" तथा "महिलाहरूप्रति दृष्टिकोण परिवर्तन"को लागि आर्थिक सहयोग दिन्छन् | हाम्रो सरकारी तथा गैरसरकारी तन्त्र त्यो आर्थिकसहयोग जुनसुकै सर्तहरू पालना गरेर पनि प्राप्त गर्छन् |

महिलाहिंसाका सवालमा उनीहरू अनुभवि भए पनि छुवाछुत उनीहरूले भोगेको तथा बुझेको सांस्कृतिक समस्या होइन | त्यसैले उनीहरूसंग "घृणावादी" सोच पनि भित्रिन्छ | उनीहरू एकै गाउँमा रहेका वा एकाधघरमा रहेका परिवार विरुद्ध नै "अधिकार"को शस्त्र प्रयोग गरेर झगडा, वैमनस्यता निम्त्याछन् |

यो घृणावादी सोच उनीहरूको धार्मिक पृष्ठभूमिका कारण सधैं सतहमा देखिन्छ | बाइबलले "क्रिश्चियन बाहेकका व्यक्ति वा सांस्कृतिकसंग "शैतान"को ब्यबहार गर" भनेर सिकाएको हुँदा उनीहरू मनोबैज्ञानिक चिन्तनको जरोकिलो मैं घृणावाद हुन्छ |

मैले जोड्न खोजेको विषय के हो भने सन् १८८० ताका अमेरिकी समाज पनि आजको नेपालझैं रुढीग्रस्त थियो | महिलाहरू र कालाजातिहरू प्रति तिनको घृणावादी चिन्तन इन्टरनेटमा खोज्यो भने छताछुल्ल पाइन्छ | तर आधुनिक नेपालले यस मामिलामा धेरै अग्रगमन गरिसकेको छ |

सम्बैधानिक रूपमा सबैले समान अधिकार प्राप्त गरेका छन् तर व्यवहारिकरुपमा त्यसले पूर्णता प्राप्त गरेको छैन | मनोबैज्ञानिकरूपमा अहिले पनि सर्वसाधारणहरू जातीय र लैंगिक विभेदले ग्रस्त छन् |

यो सोच, विश्वास र चिन्तनको विषय भएकाले हटेर जान समय लाग्छ | अमेरिकाले १९६७ मा मात्र कालाजातिका व्यक्तिहरूलाई भोट दिन पाउने कानुन बनायो | महिलाहरूले समानताको हक पनि १९६० ततिर नै प्राप्त गरेका हुन् |

समुदाय र जातजातिहरू प्रति आपसमा घृणाफैलाएर सामाजिक परिवर्तन हुन्छ भन्ने सोच पश्चिमाहरूको हो | यो सोच मै खोट भएकाले कानुनत: जातीय तथा लैंगिक भेदभाव अन्त्य भए पनि घृणावादी चिन्तनको प्रसार गरेर समुदायहरूविच घृणावाद फैलाउन सफल भएका छन् | जातीयताको चिन्तन अन्त्य हुनुपर्ने ठाउँमा अझै जटिल तथा विभाजनकारी दिशातिर उन्मुख भएको छ |

उनीहरू धनि छन् | उनीहरूसंग काम गर्ने र गर्न लगाउने उन्नत तरिका छ | उनीहरूसंग गरिव र धनी दूबै नागरिकहरू लोभिने संसाधनहरू छन् | उनीहरूसंग हामीले सिक्नुपर्ने धेरै कुरा छन् | तर उनीहरूका सबैथोक मान्नुपर्छ भन्ने गलत परिपाटी हामीले कायम गरेका हौँ |

हामीले आफ्नो इतिहास पनि हेर्नुपर्छ | अमेरिका र युरोपका कालाजातिहरूसंग "पशुतुल्य" ब्यबहार गरिंदा हाम्रो देशमा दलित-समुदायहरू कसैका दास थिएनन् | उनीहरूसंग आफ्नो सीप, सम्पत्ति तथा स्वतन्त्रताको अधिकार थियो | उनीहरूको सीपलाई समाजले "मूल्यतिरेर" उपभोग गरिरहेको थियो | कुनै पनि सार्कीले आफ्नो जातीय सील्प प्रयोग गरेर बनाएको जूता कसैलाई नि:शुल्क दिनु पर्दैनथ्यो | यही कुरा अन्य जातिहरूमा पनि थियो |

आज यी समुदायहरू आफ्नो पेशाबाट विस्थापित भए | यी विस्थापितहरूलाई "मोहोरा" बनाउनेहरू हातमा पैसा र घृणावादी सोच लिएर प्रत्येक चौवाटो उभिएका छन् | हातमा सहयोग लिएर उभिएकाहरूलाई सजिलै नकार्न सकिन्न | हामी सजिलैसंग घृणावादको भूमरीमा पर्छौं | आफ्नै छिमेकी र परिवारका विरुद्ध उभिन्छौं |

हाम्रो इतिहास विभेदकारी थियो र अहिले पनि हाम्रो मनोविज्ञानमा विभेद लुकेकै छ - यो स्वीकारोक्ति हाम्रो शक्ति हो | यही स्वीकारोक्तिले परिवर्तनलाई सहृदयतावादी बनाउँछ | खल्वलिएको निकटतम सहयोगीपन बढेर जान्छ |

नेपालको ६ हजारवर्षको इतिहासको प्राकृतिक ब्याख्या र अनुशीलन गर्ने हो भने आफुलाई हामीले "मिलेर बस्ने" तथा "एकअर्काको सम्मान" गर्ने प्राकृतिक विज्ञका रुपमा पाउँछौ | विगत छ हजार वर्षमा नेपालबाट नकुनै भाषा लोप भएका छन् न कुनै धर्म, संस्कृति तथा रितिरिवाजहरू नै |

पश्चिमा घृणावादी सोचको प्रवेश नहुँदासम्म जातजातिहरूविच असहिष्णुता थिएन | धर्म-धर्मविच कुनै पर्खाल थिएन | जतिजति विदेशीहरूको घृणावादले ठाउँ पायो त्यति नै नेपाली सामाजिकीकरण असहिष्णु हुँदै गयो |

अव अलिअलि गरेर यो घृणावादी लूतोप्रति युवा तथा विद्वानवर्गमा चासो बढिरहेको छ | जसरी-जसरी युवा, महिला तथा नागरिकहरूमा बढ्दो असहिष्णुताप्रति चासो बढिरहेको छ, त्यसरी नै हरेक नेपालीले घृणावादले दिएको कठोर घाउँहरूले दुखेको नेपाल अनुभव गर्दैछ |

आज नेपाली युवावर्ग आफ्नो जरोकिलोतिर फर्केर सहिष्णुता, सहृदयता तथा सबैको सम्मानजनक अग्रगमनको रुपरेखा तयार गर्दैछ | प्राचीन हिन्दू, बौद्ध, जैन, किराती तथा बोन परम्पराभित्रबाटमात्र घृणावादलाई परास्त गर्न कार्ययोजना बुन्दैछ |

हामी न पश्चिमासंग घृणा गर्छौं न मुस्लिम-इसाईसंग | हाम्रो आन्दोलन आफ्नै पूर्खाहरूको बुझाईमा आधारित होस्, आफ्नो धर्म, संस्कृति तथा परम्पराको विकास आफैबाट होस् भन्ने र नेपाल विश्वको लागि "मिलेर बस्ने संस्कृति"को मोडेलका रुपमा (गुरू) स्थापित होस् भन्ने बाटोमा अग्रसर छ |

यो सहृदयता तथा नेपाललाई विश्वगुरुको रुपमा स्थापित गर्ने आन्दोलनमा आवद्धतामा चासो बढ्दैछ | विदेशी राजनैतिक परिपाटी, पलायनको बाटो तयार गर्ने शिक्षा तथा हरेक वर्ष परनिर्भर बनाउने आर्थिकतन्त्रबाट नेपालले मुक्ति पाउनैपर्छ |

यो सबैको लागि परिवर्तन आफैबाट हुनुपर्छ, सद्भाव, सूक्ष्म बुझाई, आफ्नो देश र माटोप्रति अदम्य प्रेम तथा सकारात्मक सोचले हामी सबैप्रकारका विभेदहरूको अन्त्य गर्न सफल हुन्छौं र नेपाल एउटा उन्नत राष्ट्र बन्ने छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...