Tuesday, July 18, 2017

छुवाछुत विरोधी धर्मगुरू


नेपालमा छुवाछुत निवारणको लागि हिन्दूवैदिक शिक्षालाई व्यवहारिकरुपमा प्रयोग गर्नेहरूमा जोसमनी सन्तहरु र त्यसपछि प्रणामी भनिने प्राणनाथका अनुयायीहरू हुन् | 

आजभन्दा करिब एकसय बर्षअघि जंगबहादुरको शासन कालमा नेपालको पूर्वी क्षेत्रमा जोसमनी मत (धर्म) को तिब्र प्रचार प्रसार भईरहेको थियो। अर्जेल थर भएका ज्ञानदिल दास, लखन थापा, योगमाया यसै सम्प्रदायका अनुयायी थिए |

यस मतको मूल लक्ष्य वैदिक हिन्दु धर्मको नाममा समाजमा देखा परेका अन्धविश्वास कुरीति विकृति र विसंगतिहरुको अन्त्य गर्दै आमूल परिवर्तनका साथ समाज सुधार गर्नु थियो।

यस मतका अनुयायीहरु जातीय भेदभाव र छुवाछुतका घोर विरोधी थिए। जनएकता गर्ने अभियानमा सक्रिय सहिद लखन थापा पनि जोसमनी मत जनजागरण को निमित्त एक सरल र उपयुत्त माध्यम बन्न सक्ने महसुस गरि यस धर्ममा संलग्न भएका थिए।

भारतको गुजरातबाट आरम्भ भएको प्रणामी सम्प्रदायका अनुयायीहरूले पनि छुवाछुतको संस्कृतिलाई मान्दैनन् |भारतको जामनगरका देवचन्द्र र तिनको शिष्य प्राणनाथले प्रणामी सम्प्रदायको स्थापना गरेका हुन् |

नेपालमा प्रणामी सम्प्रदायको प्रवेश ठ्याक्कै कहिले र कसबाट भएको हो भन्ने भरपर्दो इतिहास त छैन तर पनि वि.स. १७०३ तिर कुनै नेपाली तीर्थयात्रीका माध्यम नेपाल भित्रिएको भन्ने बुझिन्छ |

मैले भनिसकें नेपाली समाजमा खुलेर नै जातीय छुवाछुत भेदभाव बिरुद्ध आफ्नै धर्म, संस्कृति तथा मूलमान्यताहरूकै छत्रछायालाई प्रयोग गरेर जनजागरण गर्नेहरूमा जोसमनी सन्तहरू र प्रणामीहरू नै पहिला हुन् |

यहाँ मैले छुटाउनै नहुने कुरा के हो भने यी दूबै सम्प्रदायका प्रचारकहरू छुवाछुतवादका विरोधी भएकाले धेरैपटक तत्कालीन राणाहरूको कोपभाजन बनेका थिए | यो तत्थ्य इतिहासले प्रमाणित गरेको छ |

नेपाली जनताहरूले छुवाछुत निवारणका लागि जोसमनी, प्रणामी, नानक पन्थआदिलेले अपनाएको बाटो रोज्दा स्वधर्म, स्वसंस्कृति तथा वैदिक संस्कृतिको रक्षामा टेवा पुग्छ भने धर्मपरिवर्तनको समस्या पनि न्यून हुन्छ |

छुवाछुत विरुद्धको संघर्षका अगुवाहरूले छुवाछुत निवारणका लागि विदेशी शक्तिहरूबाट सहयोग प्राप्त गर्नुभन्दा आफ्नै देशमा प्रचलित धार्मिक सम्प्रदायकाले स्थापित गरेका छुवाछुत निवारण सम्वन्धि मानकहरू प्रयोग गर्नु उचित हुन्छ |

छुवाछुत निवारणका लागि विदेशीहरूबाट आर्थिक सहयोग प्राप्त गर्दा धर्मपरिवर्तन, घृणावासी चिन्तन तथा सांस्कृतिक विचलन हुनेहुँदा देश, समाज तथा सामाजिक एकतामा निकै खलल पुग्छ |

जरोकिलो आन्दोलनका विनम्र अनुयायी र नेपालका रैथाने निवासीहरूलाई धार्मिक पलायनबाट रोक्न क्रियाशील संघसंस्थाहरूले यसतिर पनि ध्यान दिनु उचित र फलदायी हुन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...