Friday, March 6, 2015

१. आदिवासी जनजातिको नाममा

मित्रहरू, यो ब्लक मेरो विचार हो | मेरा विचारहरूको अर्थ कसैलाई तलमाथि पार्ने होइन | तर असत्य विरुद्ध बोल्नैपर्छ | आदिवासी जनजातिको नाम बेचेर राजनीति गर्दै नेपाली-नेपाली नेपाली बीच मनको फाटो ल्याउने विरुद्ध कसैले आवाज उठाउनै पर्छ | आदिवासी-जनजातिको नाममा नेपाली सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा खलल गरि बोल्ने, लेख्ने कसैलाई अधिकार छैन | भारतीय सरकारहरूले मुसलमानहरूको गुलामी गरेजस्तो हामीले गर्न सकिन्न | मेरो आवाज आदिवासी-जनजातिका विपक्षमा नभएर तिनको नाममा डलर खानेहरू विरुद्ध हो | यदि कसैले नेपालको विविधतामा प्रहार गर्छ भने त्यस विरुद्ध बोल्नु सबैभन्दा ठूलो मानवीय धर्म हो र मेरा विचारहरू आदिवासी-जनजातिका लागि समर्पित छन् | नेपालभरी र बाहिरका सबै आदवासी-जनजातिहरूलाई आत्मको गरिहाईले नमन गर्छु |

आज विहानै इन्टरनेटमा चहार्ने क्रममा आदिवासी जनजातिको धरान घोषणा पत्र २०६८को पहिलो बूँदामा मेरो नजर अड्कियो जसमा‘’एकात्मक हिन्दू राज्यको निर्माणदेखि नै निरन्तरता पाएको बाहुनवाद, पितृसत्तावाद, खस–नेपाली भाषा, हिन्दू-धर्म र संस्कृतिको एकाधिकारको सिद्धान्त, नीति तथा प्रचलनहरू जातिवादी, लैंगिक रूपमा विभेदकारी, कानुनी रूपमा अवैध, नैतिक रूपमा निन्दनीय तथा सामाजिक रूपमा अन्यायपूर्ण भएकोले सो कुराहरुको अन्त्य संविधानमा नै सुनिश्चित हुनु पर्दछ भनी हामी प्रतिवद्ध छौ ।‘’ (आदिवासी जनजातिको आत्मानिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, माध ५–७, २०६८,धरान, http://www.everesttimes.net/article.php?type=article&aid=663) भनेर लेखिएको थियो | योघोषणापत्र नेपालका आदिवासी जनजातिहरूले नै जारिगरेका हुन् भन्ने कुरामा मलाई पत्यार लागेन| यी हरफहरू पढेपछिदेश विदेशमा नाम नाम चलेका विद्वानहरू पनि क्रिश्चियहरूको माखेसांलोमा कसरी फंस्ने रहेछन् भन्ने कुरा पक्कापक्की भयो| आफ्नै सहयात्री नेपालीहरूका विरुद्ध यस्तो ‘विष-वमन’ गरेकोघोषणापत्रपढेरपछिखप्नै सकिन | घोषणापत्रलाईमूलुकभित्र रहेका८१.३% हिन्दूहरू विरुद्धको ‘षड्यन्त्रपत्र’का अर्थमा बुझें|विभेदकारी, काल्पनिकआरोपहरूलाई चीरफाड गर्न कलम चलाउनु पर्यो | मैले यहाँ घोषणापत्रले लगाएका निम्न लिखित आरोपहरूको सत्यता एवं तार्किकताको क्रमशः जांच गरेर पाठक सामु पस्कने प्रयत्न गरेको छु |

एकात्मक हिन्दूराज्यको निर्माण : यो घोषणापत्रले नेपाललाई एकात्मक हिन्दू राज्य भएको काल्पनिक आरोप लगाएको छ | वि. स. २०६३ को आन्तरिम संविधानले यस्तो राज्यको अस्तित्व समाप्त पारिसकेको छ भन्ने निम्नतम तत्थ्यलाई समेत नजरअन्दाज गरिएको छ | असलमा,योएउटा काल्पनिक र षड्यन्त्रकारीआरोप हो जुनहजारौं वर्षदेखि सहअस्तित्वमा रहेका नेपालीहरू बीच आन्तरिक द्वन्द सृजना गर्ने उद्देस्यले जानाजान लेखिएको हो | प्राचीनकालदेखि नै नेपालमा हिन्दू, बौद्ध र प्राकृतिक धर्ममान्ने अन्य समुदायहरू स्वाभाविक रुपमा संगै अ-आफ्ना संस्कृतिहरूको पालन गर्दै आइरहेका छन् | माओवादीले ‘सस्तो लोकप्रियता हासिल गर्न राज्यविरुद्धको आन्दोलनमा जातजातिहरूलाई उचालेर सफलता प्राप्त गर्न काल्पनिक इतिहास बनाएको थियो जसको आधार विन्दू गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहथिए| तत्कालीन समय र परिवेशअनुसार राजाले आफ्नो राज्य विस्तार गरे र त्यसमा सफलता प्राप्त गरे | 

जनजाति र आदिवासीका नेताहरूले इतिहासको कूतर्कपूर्ण ब्याख्या गर्दै पृथ्वीनारायण शाहलाई‘एकात्मक हिन्दू राज्यको संस्थापक र आदिवासी जनजाति विरोधी’रूपमा प्रस्तुत गरिएको छ | तर जनजाति तथा आदिवासीका यी तथाकथित विद्वानहरूले तत्कालीन परिस्थितिमा पृथ्वीनारायण शाहका विरुद्ध लडाई गर्ने कथित ‘जनजाति-आदिवासी’ नेतृत्वले अन्य कविलाका सरदारहरूझैँ जनताका लागि लडाई नलडी आफ्नो‘जमिन्दारी’ जोगाउन लडेका थिए भन्ने तथ्य हरहमेशा लुकाउने गर्छन् | असलमा, जनजाति आदिवासी उत्थान समितिले प्रकाशित गरेका साहित्यहरू र आदिवासी जनजाति समुदायका स्वयम्भू नेताहरूका लेखाई तथा बोलाइहरूलाई केलाउंदा, उनीहरू आदिवासी जनजातिको इतिहास, संस्कृति, रीतिरिवाज र भाषाहरूको संरक्षणमा भन्दा बहुसंख्यकहिन्दूहरू विरुद्ध षड्यन्त्र गर्न र तिनलाई अन्य धर्मावलम्बी विरुद्ध उक्साउनमा केन्द्रीत देखिन्छ | सबैलाई थाह नै छ, पैसा कमाउने यो भन्दा सरल तरीका अर्कोछैन|


यी‘प्रायोजित’ विद्वानहरूले सर्वसाधारण नेपाली जनतालाई बताउन सक्छन् कि यदि बहुमत हिन्दूहरूले साच्चिकै विभेदपूर्ण नीति लिएका थिए भने नेपालमा एतिविध्न आदिवासी, जनजाति र अन्य धर्मावलम्बीहरु रीतिरिवाज, आस्थास्थल, लिपि, भाषाकसरी जीवित रहे ?राज्यले एउटा धर्मलाई अवलम्बन गरेपछि अन्य जातजाति, संस्कृति, रीतिरिवाज, भाषा, संस्कृति र पहिचानलाई कसरी निमिट्यान्न पार्छ भन्ने कुरा बंगलादेश, पाकिस्तान, अफगानिस्तान, अरव राष्ट्रहरू र पूर्वपोपहरूको प्रत्यक्ष संचालनमा रहेका युरोपेली राज्यहरूको इतिहास पढे छर्लंग हुन्छ| छिमेकीका लागि खाल्डो खन्नेहरू सर्वप्रथम आफ्नै खाल्डोमा पर्छन् भन्ने कुरा विर्सन हुँदैन | रह्यो कुरा, एकात्मकहिन्दूराज्यको यदि नेपालका ८१.३%जनताले चाहेभने यो कुरो असम्भव छैन | यसका लागि ‘प्रायोजित-विद्वान वा नेता’हरूकोस्वीकृति पनि चाहिन्न | तिमीहरूले जति गालीगलौज गरे पनि हिन्दूहरूले आफ्नो ‘बसुधैब कुटुम्वकम्’को चेतना कहिल्यै छोडेनन् र छोड्नेवाला पनि छैनन् | सक्छौं भने, हिन्दूहरूलाई कलंकित गर्ने पूर्वाग्रही चिन्तन छोडेर जनजाति र आदिवासीको कल्याणका लागि काम गर |

No comments:

Post a Comment

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...