Saturday, March 7, 2015

नारीदिवस २०१५

१. आज विश्वभरी महिला-दिवस मनाइदै छ | हामी नेपाली हिन्दू समुदाय मध्ये अधिकांशलाई 'विश्व महिला दिवस' के हो र किन मनाइन्छ ? भन्ने विषयमा जानकारी राख्न आवस्यक छ | असलमा, सन् २०४५ मा संयुक्त राष्ट्रसंघले 'महिला-समानता'को अवधारणाको विकास गरेपछि राष्ट्रहरूले संयुक्त प्रतिवद्धताका रूपमा यसमा हस्ताक्षर गर्न आरम्भ गर्न थालेका हुन् | नेपालले सन् १९७२ मा यस सन्धिमा हस्ताक्षर गरेको हो |

२. सन् १९०८ मा न्युयोर्कको एउटा ठूलो कारखानामा काम गर्ने श्रमिक महिलाहरूले समान बेतनका लागि आन्दोलन गरेका थिए, जसलाई तत्कालीन अमेरिकी प्रसाशनले क्रूरतापुर्वक दमन गरेको थियो | त्यसपछि त्यो आन्दोलनलाई सर्वप्रथम १९०९ मा तत्कालीन समाजवादी पार्टीले र पछि १९१० मा कोपनहेगनमा महिलाअधिकार दिवसका रूपमा मनाउने निर्णय गरियो |

३. यसरी महिला दिवसको आरम्भ अमेरिकाबाट भएको थियो जसको प्रमुख उद्देश्य महिला अधिकार कम र बढी 'महिलाहरूलाई समान वेतन' संग सम्वन्धित थियो | आज पनि नेपालका अधिकांश ग्रामीण भेकमा महिलाहरूलाई पुरुषको तुलनामा आधि वेतन दिने गरिन्छ | यतिमात्र होइन, प्रसिद्ध होलीउड बलिउडमा समेत पुरुष अभिनेताका तुलनामा महिला अभिनेत्रीको पारिश्रमिक पांचगुणा सम्म न्यून रहेको छ |

४. वर्तमानमा मनाइने 'महिला दिवस हरेक वर्ष मार्च महिनाको ८ तारिखमा मनाइने गरिन्छ | विश्वभरी मनाइने विश्व नारी दिवस असलमा नारीमुक्ति भन्दा पनि समानज्याला र समान ब्यबहारसंग सम्वन्धित छ भने यसमा मार्क्सवादी धारको बढी प्रभाव देखिन्छ |

५. नेपालमा अधिकारिक रूपमा अमेरिकी-नारी दिवस कहिले देखि आरम्भ गरियो अज्ञात छ तर हालका दिनहरूमा पार्टीहरूले राजनैतिक प्रयोजनका लागि नारी दिवसलाई मनाउने गरेको देखिन्छ भने गैरसरकारी संस्थाहरूमा यस प्रति ठूलो उत्साह देखिन्छ |

६. नेपाल र भारतीय सरकारहरूले जहिले पनिअर्काको अनुसरण गर्ने नीति लिएको हुँदा नारीहरूलाई पाश्चात्य आँखाले मात्र हेरेको पाइन्छ | वैदिक संस्कृतिमा नर र नारीलाई आधा-आधाशरीरको रूपमा लिने हुँदा असमानताको कुरा नै उठेको देखिन्न तर ब्यबहारमा भने नारीहरूसंग असमान ब्यबहार हुने गरेको तत्थ्यलाई अस्वीकार गर्न सकिन्न |  प्राकृतिक असमानता बाहेक महिलासंग सम्वन्धित सबै प्रकारका असमानताहरू समाप्त हुनुपर्छ भन्ने कुरामा हिन्दूहरू प्रतिबद्ध हुनुपर्छ |

७. ब्यबहारमा नभए पनि वैदिक-सभ्यतामा जुन स्थान महिलाहरूको छ, त्यस्तो महान् स्थान अन्यमा छैन | गायत्री, सावित्री, उषा, सरस्वती, लक्ष्मी, काली, पार्वतीआदि देवीहरू र पुरुषभन्दा पहिले महिलाहरूको नाम स्वीकार गरिने चलनले 'लक्ष्मी नारायण, सीता राम, राधाकृष्ण आदिले पनि पुरुषभन्दा महिलाहरूको स्थान उच्च थियो भन्ने प्रमाणित हुन्छ |

८. सांस्कृतिक मान्यता र मूल्यमा सबै कुरा पश्चिमाहरूको मापदण्डलाई स्वीकार्नु मूर्खता हो | पश्चिमी देशमा महिलाहरूको सांस्कृतिक सभ्यता, हुर्काई र बुझाई फरक प्रकृतिको छ र पूर्वको फरक | महिलाअधिकारका सवालमा पश्चिमा मूल्यहरूलाई सर्वोच्च ठान्नु र त्यसलाई नेपाली परिवेशमा लाद्ने दुस्प्रयास गर्नु दुवै गलत हो |

९. हामी नेपाली महिलाहरूका आफ्नै मान्यता र जीवन मुल्य छन् | समानताका सवालमा सम्झौता गरिनु हुन्न तर समानताको नाममा 'पुरुष र महिला बीचको विखण्डनलाई स्वीकार्न सकिन्न | ससानो कुरामा सम्वन्ध विच्छेद, हाम्रो वैदिक संस्कृति विरुद्ध लिभिंग टूगेदर, यौन-स्वत्रन्त्रता, स्वच्छिक यौन-क्रियाकलाप, विवाहपूर्व यौनआदि विषयहरू स्वीकार्य हुन सक्दैनन् |

१०. धनसम्पत्तिमा महिलाको समान अधिकार हुनुपर्छ | सन्तान जन्माउने वा नजन्माउने कुरामा महिलाको राय प्रमुख हुनुपर्छ | महिला भएकै आधारमा विभेद हुनुहुँदैन | एकै प्रकृतिको काम गर्दा समान तलव हुनुपर्छ | सबैप्रकारका संस्कृतिक अधिकार स्वत: प्राप्त हुनुपर्छ | महिलाअधिकार पुरुषले दिएर  महिलाले लिने वा पाउने विषय हुनुहुँदैन |

११. महिलाले आफ्नो महत्व आफैले चिन्नुपर्छ | पुरुषहरूले मातृशक्तिको सम्मान गर्नुपर्छ | महिलाहरूले पनि पुरुषहरूको सम्मान गर्नुपर्छ | प्रकृतिले मानवका रूप्मास सृजित गरेका 'पुरुष र महिला' यी दूई पांग्राहरूले संसारसंचालनको भार समान, निर्वाध रूपमा संचालनको अधिकार स्वत: परिभाषित छ | एस्तो अधिकारलाई केवल प्राकृतिकरूपमा प्रवाहित हुन दिए पुग्छ |

१२. आधुनिक समयमा महिलाअधिकारका सबैभन्दा प्रवलशत्रु इसाई र मुस्लिम संस्कृति हुन् | महिलाहरू प्रति हेर्ने इसाई धार्मिक मान्यतालाई समयले कमजोर बनाएको छ | मुस्लिमहरूको अतिवाद विगतका तुलना बढ्दो छ | मुस्लिमहरू थोरै भएको नेपालजस्तो देशमा धार्मिक अधिकारका नाममा मुस्लिम पुरुषहरूले धर्म लाद्ने खतरा हुन्छ | धेरैजस्तो नवोदित डेमिक्रेसी मुस्लिम महिलाहरूका लागि कालरात्री नै हुन्छ | नेपाल सरकारले यो कालरात्री देखि मुस्लिम-महिलाहरूलाई जोगाउन समान कानुन तर्जुमा गरोस् |

१३. हिन्दू-बौद्ध समाजमा धर्म, संस्कृति र अन्य सामाजिक पदहरूमा महिलाहरूलाई रोकिन्न | धेरै महिलाहरू बौद्ध धर्म गूरू छन् र हिन्दू धर्म गुरू पनि | तर आफुलाई विकसित भनेर हावादारी कुरा गर्ने कट्टरपन्थी क्रिस्चियनहरूले एकजना महिलालाई पनि 'पास्टर, पादरी बनाएको देखिन्न | महिलाहरूको समान अधिकार गर्नेहरूले मुस्लिम र क्रिस्चियन समुदायले गरेको यो नारी विभेदको विषयमा पनि समानताको कानुन बनाउनुपर्छ | ३३% महिलाहरूले चर्चको पास्टर बन्ने र मस्जिदको मुल्ला बन्ने  बाध्यकारी ब्यबस्था लागुगरिनु पर्छ |

१४. महिला-अधिकारमा हिन्दू संस्कृतिले ब्यबधान उत्पन्न गर्छजस्तो अत्यन्त भ्रामक, काल्पनिक र विभेदकारी विचारहरूमा अंकुश लाग्नुपर्छ | ब्यबहारमा विभेद भए पनि धार्मिकरूपमा हिन्दू संस्कृतिले महिलालाई कुनै प्रकारको विभेद गर्दैन | हिन्दू महिलाहरू मन्दिरका पूजारी छन्, उपदेश दिने धर्म गुरू छन् तर यस्तै अधिकार मुस्लिम र इसाई समुदायमा महिलाहरूलाई खोइ ?

१५. अधिकारका सवालमा यो 'अमेरिकी-महिला' दिवसले उत्प्रेरणा प्रदान गरेले र महत्वपूर्ण छ | यसको सम्मान गरिनुपर्छ तर नेपालका हकमा 'तीज'लाई नारी दिवसका रूपमा मनाउने सरकारी तवरबाट नै ब्यबस्था गरिनुपर्छ | तीजले महिला र पुरुषको सम्वन्धलाई प्रेमपूर्ण बनाउन मदत गर्छ तर अमेरिकी मोडेलको यो ,महिला दिवसले पुरुष र महिला बीच 'मालिक र दास' चेतना जगाएर मनोबैज्ञानिक दूरी सृजित गर्छ | नेपाली संस्कृतिका अनुसार यसको पुन: परिभाषा गरिनुपर्छ |

सबै महिलाहरू मातृशक्ति हुन् | सबैका चरणमा सादर नमन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...