Thursday, March 12, 2015

छि,छी बलात्कार !!

सन् २०१२ मा घटेको दामिनी काण्ड र त्यसको विरोधमा उभिएका स्वत:स्फूर्त विरोधले मिडिया र सामाजिक सेवामा काम गर्ने संघसंस्थाहरूको ध्यान 'बलात्कार'का केन्द्रीत भएको छ | विदेशी मिडियाहरूले समेत 'बलात्कार'का समाचारहरूलाई प्राथमिकतामा राखेर छाप्न थालेका छन् | फागुन ८ गते कलैया ५ वर्षिया अवोध बालिकाको बलत्कार काण्डले हामी नेपालीहरूलाई सोच्न बाध्य पारेको छ | पत्रपत्रिकामा छापिएका समाचार, विश्लेषण, प्रदर्शन, टीकाटिप्पणी, राजनैतिक अभिव्यक्ति तथा वादविवादले नेपाली समाजलाई चलायमान बनाएको छ | हामी चिन्तित भएका छौँ |

पशुले बलात्कार गर्दैन | बलत्कारलाई 'पशुवत' भन्नु गलत हो | हालै बीबीसीले दामिनीकाण्डको वृतचित्रले समाजमा अझै बलियो तरंग उत्पन्न गरेको छ | वृत्तचित्रको विषयवस्तुसंग असहमत हुनुपर्ने अवस्था देखिन्न | तर यो वृतचित्रका योजनाकारको मनोविज्ञानले 'एसियाली'हरू बलात्कारी हुन्छन् भन्ने सूचना प्रवाह गर्ने मनसाय राखेको देख्न सकिन्छ | संसारमा सबैभन्दा बलात्कार हुने देश अमेरिका हो, इंग्ल्यान्ड, फ्रान्स, इटाली र केही अन्य युरोपेली देशहरू बलत्कार र सानो उमेरमा गर्भवती हुने बालबालिकाका कारण निकै वदनाम छन् | यी पश्चिमा समाचारहरूले आफ्नो कुरा खोल्दैनन् |
नेपालमा बलत्कारका घटनाहरू शून्यप्राय थिए | अहिले आएर बलत्कारका हेडलाइनहरू बढ्न थालेका छन् | यो दुखद कुरा हो, हामी यो दुखद कुरा सुन्न, देख्न र भोग्न चाहान्नौं | हामी यी विषयहरुसंग घृणा गर्छौं | हामी आहत हुन्छौं | ( http://www.onlinekhabar.com/2015/03/251885/) मा केही महिला नेत्री तथा समाज सेविकाहरूको संवाद छापेको छ | कुराहरू ठीकै हुन् तर यी सबैले चूरो विषयलाई छोएकै छैनन् | खासगरी, श्रीहिसिलाको बयान पुरुषहरूप्रति घृणा फैलाउने खालको देखिन्छ | पुरुषहरू बल्त्कारी हुन्छन् तर सबै पुरुष बलात्कारी होइनन् | हिसिलाहरूको विद्रोहले समस्याको समाधान दिंदैन बरू 'पुरुषहरूप्रति' घृणा जगाउँछ | दाजुभाई, बाबाहजुरवा आदिप्रति |

अन्यका कुराहरू नितान्त सैधान्तिक छन् | बलत्कार आफैंमा आपत्तिजनक क्रिया हो | बालबालिका, युवती वा वृद्धाउपर गरिने सबै बलात्कार, बलात्कार नै हुन् | किशोरी उपर गरिने र बालबालिका उपर गरिने बलात्कारमा उमेर बाहेक अरू केही फरक हुँदैन | बालबालिका सरल सहज हुन्छन् र अर्थ बुझ्दैनन् तर अन्यहरू बुझेर पीडित हुन्छन् | फरक यत्ति हो | बलात्कारी केवल बलात्कारी नै हो त्यो घरको आफन्त वा अन्य नचिनेको पनि हुनसक्छ | पीडक र पिडित दूबै हाम्रा आफन्त पनि हुनसक्छन् | महिला र पुरुषहरूको उपस्थिति रहेका जुनसुकै ठाउँमा पनि बलत्कारको सम्भावना रहिनै रहन्छ | हिसिलाहरूले पुरुषको समाज त्यागेर नया समाजको जग बसाल्नु पर्ने छ | क्षमा गर्नुहोला, नशाले बलात्कार निम्त्याउँछ तर सबै रक्सी खानेहरू बलात्कारी हुँदैनन् | आफ्नो घरमा सजाएको 'बार', आफुजन्मेको नेवारी संस्कृतिको 'सगुन' र अध्यक्ष प्रचण्डले हरेक दिन सेवन गर्ने मदिरा बारे एकपटक अवश्य सोच्नुहोला !!

मलाई लाग्छ, मनोरोग, मदिरा र मिडियाहरू बलात्कारका आधार हुन् | मनोरोगबाट ग्रसीत व्यक्ति बलात्कारी हुन्छ | एस्तो रोगका कारण हुन्छ | यौनजन्य क्रियाकलापका विषयमा हमेशा सोच्नेहरू, यौनजन्य उत्तेजना बढी गर्ने हर्मोनहरू बढी भएको व्यक्तिहरू बलात्कारी हुन्छन् | बलात्कार गर्ने रोग लागेका व्यक्तिहरूले पनि दण्ड पाउँछन् | रोगीको समयमा पहिचान भए 'बलात्कार'को जोखिम कम हुन्छ | यो राज्य वा समुदायले गर्ने सहकार्य हो | APA का अनुसार एक लाख व्यक्तिहरूमा केवल दूईजनामा एस्तो रोग देखिने सम्भावना हुन्छ | यो नितान्त नैदानिक मनोविज्ञानको विषय हो |

विश्वका अधिकांश बलत्कारका घटनाहरू मदिरा वा लागूऔषधको सेवन गरिएको अवस्थामा हुन्छन् | कलैयामा पनि यही भएको छ | बलात्कारी युवकले नशाको अवस्थामा आफुले गल्ति गरेको भनेको छ | मनोरोगीहरूले गल्ती महसुस गर्दैनन् | पश्चाताप गर्न सक्दैनन् | अधिकांश मदिरा सेवनकर्ताले आफ्नी पत्नी बाहेकलाई बलात्कार गरेको त्यति उदाहरण पाइन्न | पत्नी उपर जवर्जस्ती गर्नु पनि बलात्कार नै हो | हाम्रो सामाजिक संरचनाले यो कुरा मान्दैनन् | अमेरिका र युरोपेली देशहरूमा १८ वर्ष मुनिका बालिकाहरूसंग सहमतिमा पनि यौनसम्वन्धलाई दण्डनीय अपराध मानिएको छ र दूबै अवस्थामा पुरुष नै दण्डित हुन्छ | तर त्यहींका २३% युवतिहरू १६ वर्ष अगावै आमा बन्छन् | कस्तो हास्यास्पद !!!

भारतीय उपमहाद्वीपमा बलात्कारका घटनाहरूको वृद्धि १९८०का दशकपछि भएको देखिन्छ | यी दशकहरूमा रेडियो, टेलिभिजन, इन्टरनेट आदि मिडियाको विकास भरपूर रूपमा भएको छ | टेलिभिजन होस् अथवा चलचित्र, इन्टरनेट होस् अथवा प्रिन्ट मिडिया सबैले महिलाहरूको शरीरको खुबै मार्केटिङ गरिरहेका छन् | कन्डमदेखि लिएर कारसम्मको विज्ञापनलाई महिलाको शरीरसंग तुलना गरिएको छ | केही नारीवादीहरूले 'मार्केटिङ'लाई अधिकार भनिरहेको अवस्था छ भने केही यसको विरोधमा उभिएका छन् | तर यहाँ एउटा कुरा निर्विवाद छ 'महिलाको शरीर उपभोग्य वस्तुका रूपमा प्रस्तुत गर्ने/गराउने प्रवृति बढ्दो छ |

कन्डमको बिज्ञापनमा उभिएको महिला शरीर होस् अथवा कारको विज्ञापनका लागि देखिएको महिला शरीर दुबैको काम 'वस्तु' विकाउनु हो | उपभोक्ताले केवल वस्तुमात्रै होइन बस्तुसंगै उभिएको 'नारी शरीर' पनि देखिरहेको छ | कन्डमको उपयोग होस् अथवा कारको संगै प्रस्तुत गरिएको महिलाको शरीरप्रति उसको आकर्षण हुँदैन भन्ने सोच नै गलत छ | मनोबैज्ञानिकरूपले आफैलाई ढाँटेको हो | हामी आफैलाई झुट्याउने प्रयत्न गरिरहेका छौँ | यो कुरा महिलाहरूले पनि सोच्नुपर्छ |

टेलिभिजनहरूले बलात्कारको समाचारलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्छन् | मिडियाहरूका लागि 'बलात्कार'को समाचार प्राप्त गर्नु र त्यसलाई पस्किनु 'उत्सव'भन्दा कम हुँदैन | मिडियाहरूले नारी शरीरलाई 'बस्तु'का रूपमा प्रस्तुत गरिएको विषयमा कुरा गर्दैनन् | चलचित्रमा बलात्कार गरिएको घटना हेरेर त्यससंग आफ्नो पुरुषार्थ जोड्ने 'जड्याहा'लाई मात्र दोष देख्न मिल्दैन | तर मेरो यो विश्वासलाई धेरै नारीवादीहरूले उपहास गर्नेछन् | उपहासले सत्यको घांटी काट्न सकिन्न | दामिनीका हत्याराहरूले आफुले 'निलोचलचित्र'हेरेको भनेर मेरो भनाईलाई पुष्टी गरेका छन् |

नारी शरीर वा बलत्कारको विषय 'उपभोग्य' वस्तुका रूपमा प्रयोग गर्नेहरू पाखण्डी हुन् | हरेक बलत्कारको घटनाका पछाडी, सामाजिक, मनोबिज्ञानिक, वातावरण र जैवकीय तत्वहरू जिम्मेदार हुन्छन् | महिलाहरूको शरीरलाई उपभोग्य वस्तुका रूपमा प्रस्तुत गर्ने मिडिया र सोच, पुरुषको हैकमलाई स्वीकार्ने सामाजिक चिन्तन, ब्यापार वा व्यक्तिगत स्वत्रन्त्रताको नाममा 'ब्यापार'लाई बैधानिकता दिने पश्चिमा र कानुनी सोच नै गलत हुन् | यहाँ मैले उठान गर्न खोजेको विषय के हो भने नग्नता,आफ्नो शरीरलाई ब्यापारिक रूपमा प्रयोग गर्न पाउनु पर्ने व्यक्तिगत अतिस्वत्रन्त्रताको प्रयोग गर्ने केही महिला वा पुरुषहरूको सोचका कारण सामाजिक-सोच दुषित हुन्छ |

अत्यन्त बलियो सुरक्षा घेरामा नग्न नृत्य प्रस्तुत गर्ने म्याराडोना, ब्रित्ने, क्याटरिनाहरूलाई केही फरक पर्दैन तर यिनको नग्नता हेरेर भावुक बनेका 'जड्याहा' युवकले एउटी छ वर्षीय बालिकामाथिको अत्याचारका लागि उमात्रै दोषी हुन सक्दैन | चलचित्रमा महिला शरीरलाई वस्तुका रूपमा प्रयोग गर्ने दिने छूट दिने सरकारी निकाय, नेट र टिभीका माध्यमबाट जनसाधारणसम्म एस्तो कामुकता पस्कने मिडिया (नेट, टेलिभिजन, अखवार आदि) र बालबालिकालाई कू-समय एक्लै छोड्ने मातापिता पनि त्यत्ति कै दोषी हुन् | यस भनाईको अर्थ, बलात्कारी ठीक हो भन्नु कदापि होइन तर उसको दिमागमा 'बलत्कार' रोप्न यिनको भूमिकाको पनि समीक्षा गरिनुपर्छ भन्ने मेरो मनसाय हो |

कुनै पनि १००% बलात्कारका घटनाहरू रोक्न सम्भव छैन तर निम्न ब्यबस्था अपनाएर यो जघन्यकामलाई न्यून गर्न सकिन्छ |

१. रक्सी तथा लागूऔषधमा नियन्त्रण गरेर - रक्सीमा पूर्ण रोक लगाउनुपर्छ |
२. महिलाको शरीरलाई 'वस्तु'का रूपमा प्रयोग गर्ने/प्रस्तुत गर्ने चलचित्र, विज्ञापन वा वस्तुहरूमा नियन्त्रण गरिनुपर्छ |
३. यौनजन्य क्रियाकलापलाई बढाउने पाठ्यपुस्तकहरू, कार्यक्रमहरूमा पूर्ण नियन्त्रित गर्नुपर्छ |
४. अन्य महिलाहरूलाई 'दिदीबहिनी तथा आमा'को रूपमा स्वीकार गर्ने वैदिक मान्यता 'मातृदेवो भव:' मान्यतालाई अनिवार्य रूपमा पाठ्यपुस्तकमा समावेश गरिनुपर्छ | महिलाहरूलाई उच्चसम्मान गर्ने वैदिक हिन्दू धर्मको मान्यतालाई स्थापित गरिनुपर्छ |
५. स्वतन्त्रताका नाममा सांस्कृतिक विकृति निम्त्याउनेहरूलाई निरुत्साहित गर्नुपर्छ |
६. बलात्कारीलाई उचित सजायको ब्यबस्था कडाइसंग लागु गरिनुपर्छ | यसका लागि फास्ट-ट्रेकको ब्यबस्थापन गर्नुपर्छ |
७. बलत्कारको विषयलाई हेडलाइन बनाउन निरुत्साहित गरिनुपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...