Monday, March 2, 2015

५. हिन्दुधर्ममा छुवाछुत किन छ ?

एकजना प्रसिद्ध अमेरिकी हिन्दू प्राध्यापकले उपरोक्त प्रश्नको उत्तर खोज्ने प्रयत्न गर्दा 'आजको छुवाछुत क्रिश्चियन धर्मप्रचारक र मानवतावादको नाममा डलरको ब्यबसाय गर्ने'हरूका कारण जीवित रहेको भन्ने निष्कर्षमा पुगे | डा. अम्वेडकरले यो कुरा बुझेर क्रिश्चियन बन्न भन्दा 'बौद्ध बनेर देशको सांस्कृतिक सुरक्षा हुने' तर्क दिए | नेपाल र भारतमा संविधानत: छुवाछुत अन्त्य भएको र हिन्दूधर्मका विशिष्ट ऋषिमुनिहरू दलित भनिएको वर्गबाट ब्राहमण बनेका प्रशस्त उदाहरण हुँदाहुँदै पनि महात्मा मनुलाई बदनाम गरेर दलित समुदायलाई क्रिश्चियन बनाउन सजिलो पर्ने भएकोले 'डलरवादी र धर्मप्रचारक क्रिश्चियनहरूले छुवाछुतको संरक्षणमा लागि परेका हुन्' भन्ने यस लेखकको मत रहेको छ | यसैले हामी हिन्दूहरूले प्रयत्न गर्दागर्दै पनि 'छुवाछुत'को अन्त्य हुन सकेको छैन |

वैदिक हिन्दू संस्कृतिमा छुवाछुत अथवा दलित-गैरदलितको अवधारणा छैन | ऋग्वेदको पुरुष सुक्तमा प्रष्टरूपमा 'ब्राह्मण विराट पुरुषको मुख, क्षेत्री विराट पुरुषको हात वा काँध, वैश्य विराट पुरुषको पेट र शूद्र विराट पुरुषको पाउँ भनेर लेखिएको छ | यही कुरालाई ब्याख्या गर्दै गीतामा श्रीकृष्णले 'मैले चारबटा वर्णाश्रमको गुण र कर्मका आधारमा सृजना गरेको हुँ र हरेक मान्छे जन्मदा शूद्र नै भएर जन्मिने गर्छ' भनेर जातीय विभेदलाई नकारेका छन् |

गीता र वेदले भनेको कुरा वैदिकशास्त्रहरूका पात्रहरूले प्रमाणित गरेका छन् | महान् वैदिक र पौराणिक सन्त देवर्षी नारदमुनि शूद्रको घरमा (कामदार, सेवादार)को घरमा जन्मिएका थिए, यजुर्वेदका प्रवक्ता भरद्वाज ऋषि, ऋषि वशिष्ठ, महान् पौराणिक ऋषि वेदव्यास माझीका छोरा थिए भने रामायणकार आदिकवि बाल्मिकी पनि 'शुद्र परिवार' मै जन्मेर पूजित बनेका छन् | यसै गरी भागवत व्याख्याता श्रीसूतजी पनि दासीपुत्र थिए | आज हरेक हिन्दूहरूका घर यी ऋषिमुनिहरूको सम्मानका साथ आराधना गरिन्छन् |

असलमा, बैदिक हिन्दू धर्ममा चारवर्णको विभाजन कामका आधारमा गरिएको थियो | एकै परिवारमा चारवटा वर्ण भएको उदाहरण उपनिषद्हरूमा राईछाई छन् | एकाधघरका चारछोराहरू मध्ये गुरूकुलमा पढाउने ब्राह्मण बन्यो, गुरुकुलको रक्षा गर्ने क्षत्री, गुरुकुलमा रहेकाहरूको पालन गर्न खेतीपाती गर्ने वैश्य र गुरुकुलको सरसफाई तथा रेखदेख गर्ने शूद्र भनियो | निश्चय नै, आआफ्नो काम सकेपछि बेलुका सबैले एकै भान्छामा संगै बसेर भोजन गर्थे | शूद्रका (कामदारका) परिवारबाट ब्राह्मण बनेका माथिका प्रात्रहरू यसका उदाहरण हुन् |

उपनिषदहरूमा ब्राह्मण, वैश्य र क्षेत्री परिवारबाट शूद्र बनेका पनि प्रसस्त उदाहरण छन् | भागवतमा क्षेत्री राजाले गाईहत्या गरेपछि शूद्र बने | ब्राह्मणले (पढाउने/लेखाउने/पुरोहित्याई गर्नेआदि आदि योग्यता भएर पनि) वैश्य र शुद्रकर्म गर्ने ब्राह्मणहरू शूद्र बनेका पनि असंक्य उदाहरण वैदिक साहित्यहरूमा उपलब्ध छन् | यसरी वैदिक हिन्दू सनातन धर्मको जातीयता जन्ममा आधारित नभई कर्ममा आधारित छ भन्ने कुरामा ढुक्क हुनुपर्छ |

अहिलेको समाजमा पनि कर्मका आधारमा उपरोक्त जातीय विभाजन जस्ताको तस्तै देखिन्छ | बौद्धिक कार्यमा लागेका प्राध्यापकहरू, बैज्ञानिकहरू, चिन्तकहरू निसन्देह: ब्राह्मण हुन् | सेना, पुलिस र अन्य सुरक्षा निकायमा काम गर्नेहरू क्षत्री हुन् | व्यापार-ब्यबसाय र कृषि पेशामा आवद्धहरू वैश्य हुन् भने शारीरिक श्रम बेच्नेहरू शूद्र हुन् | पेशामा आधारित यो वर्ण वा जातीय विभाजनलाई कसैले भविष्यमा पनि रोक्न सक्दैन | सनातन वैदिक संस्कृतिको यो विभाजन सनातंत नै छ | बाइबलको नून खाएर भुक्ने कुकुरहरूले यो सत्यतालाई संसार रहेसम्म निराकरण गर्न सक्ने छैनन् |

माथिल्ला तत्थ्यहरूले जन्मका आधारमा जातीयतालाई अस्वीकार गरेपनि हिन्दू-समाजमा जातीय विभेदको अस्तित्व सबैले अनुभव गरेको तत्थ्य हो | यो कहिले र कुन चरणमा विकसित भयो भन्ने ठोस प्रमाण छैन | त्यैपनि पौराणिक कालमा छुवाछुतमा आधारित सामाजिक व्यबस्थाको विकास भएको होला भन्ने विज्ञहरूको अनुमान छ | जन्ममा आधारित विभेदकारी जातीय व्यवस्थाका विरुद्ध प्राचीन कालदेखि नै हिन्दूसमाजले प्रयत्न गरिरहेको देखिन्छ | भक्तिवादी आन्दोलन यसको ज्वलन्त उदहारण हो | त्यसैगरी सन्त बनेपछि जातीयताको अन्त्य हुने मान्यताका आधारमा पनि जातीयता उन्मूलन गर्न खोजिएको देखिन्छ |

आजको समयमा हरेक हिन्दू जन्ममा आधारित जातीयतालाई (छुवाछुत) मेट्न संघर्ष गरिरहेको छ | हिन्दू बाहुल्य रहेका देशहरूमा छुवाछुतमा आधारित विभेदहरू समाप्त पार्न कडा कानुनी ब्यबस्था गरिएको छ | ब्यबहारमा हिन्दू समाजभित्र छुवाछुतको प्रचलन कायम रहेपनि कानुनीरुपमा नेपालमा अव छुवाछुत छैन र गर्नु हुँदैन | आज हरेक हिन्दूले 'छुवाछुत' अमानवीय हो र यसको उन्मुलन हुनुपर्छ भन्ने विषयमा असहमति गर्दैन | आजको हिन्दू समाजलाई विगतको जातीयप्रथाका लागि दोषी ठहर्याउने 'दोषी-चस्मा' फेर्नुपर्छ | हजारौं वर्षदेखि चलिआएको कू-प्रथा एक दिन वा एकवर्षमा अन्त्य हुँदैन |

आज हिन्दूहरूमा रहेको छुवाछुतको कुसंस्कारलाई जोगाउन नेपाली डलरवादीहरू र क्रिश्चियनहरू लागि परेका छन् | कानुनीरुपमा उन्मुलन भैसकेको छुवाछुतलाई मुद्दा बनाएर विदेशीहरूबाट डलर थाप्ने यिनको षड्यन्त्रका कारण छुवाछुत जीवित छ | माथिल्लो र आदिवासी-जनजातिबाट समुदायबाट क्रिश्चियन बनेका षड्यन्त्रकारीहरूले 'दलित'का रूपमा छुवाछुतलाई जीवित राख्न चाहन्छन् | किनभने हिन्दू संस्कृतिलाई वदनाम गर्न र डलरदाता क्रिश्चियनहरूलाई प्रभावित बनाउन यो भन्दा राम्रो मुद्दा यिनीहरूसंग छैन | त्यसैले आधुनिक समयमा 'छुवाछुत'का सबैभन्दा बलिया मतियार हुन् | नेपालका दलित समुदायलाई हिन्दुधर्म र संस्कृति बिरुद्ध भ्रमित पारेर धर्मपरिवर्तन गर्न प्रेरित गर्नु नै यिनको उद्देश्य हो |

धर्मपरिवर्तन गरेर क्रिश्चियन बनेका दलितहरू र आदिवासीहरू समुदायका नेतृत्वले तीनतिरबाट 'लड्डु' पर्ने दाउमा छ | उता धर्मपरिवर्तन गराउनको लागि डलर थाप्ने, एता अल्प संख्यकको रूपमा सुविधा प्राप्त गर्ने र तेस्रो क्रिश्चियन बनिसकेपछि पनि दलित तथा आदिवासीजनजातिका लागि छुट्याइएको 'आरक्षण'को सुविधा पनि प्राप्त गर्ने | असलमा, धर्मपरिवर्तनका क्रिश्चियनहरूले नेपालका आदिवासी-जनजाति तथा दलितहरूको 'हक'मा कब्जा जमाएर तिनलाई तिनको संवैधानिक अधिकारबाट बन्चित गरिरहेका छन् |

यसरी हामी हिन्दूहरूले प्रचलनमा रहेको जातिवादी (छुवाछुत) विरुद्ध शून्यसहनशीलताको नीति अवलम्वन गर्नु पर्ने छ भने अर्कोतिर क्रिश्चियन र डलरवादीहरूले 'छुवाछुत''लाई पहिचानका रूपमा जीवित राख्न गरेको षड्यन्त्र विरुद्ध पनि सशक्त संघर्ष गर्न रणनीति वा कार्यनीति तयार गर्नुपर्ने देखिन्छ | यसका लागि हामी हरेक हिन्दूले 'मैले आजदेखि छुवाछुतमा आधारित सामाजिक कुरीति त्यागें' भनेर प्रतिज्ञा गर्नु पर्छ | ब्यबहारमा दलित र गैरदलितको पहिचानलाई बहिस्कार गर्नुपर्छ |
(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...