Monday, March 2, 2015

३. के हिन्दू धर्म निरासावादी छ ?

हिन्दू धर्मका विषयमा सबैभन्दा बढी लाग्ने आरोप ''हिन्दू धर्म निराशावादी छ'' भन्ने हो | निरासावादले जीवन-जगतलाई अनावश्यक ठान्छ | निरासावादीहरू संसारको विकासमा भन्दा संसारबाट मुक्त हुने प्रयत्न गर्छन् फलत: उनीहरूको अभिरूची सांसारिक विकासमा भन्दा अध्यात्मवादमा बढी हुन्छ | असलमा, यस्तो आरोप पश्चिमा र पश्चिमा संस्कृतिका भक्त नेपाली तथा भारतीय विद्वानहरूले हिन्दू सांस्कृतिक उदात्तता तथा क्रियाशीलताबाट निराश भएर लगाएका हुन् | हिन्दूहरूका केही सम्प्रदायहरू निराशावादी हुन सक्छन् तर समग्र हिन्दू धर्म क्रियाशील र प्रगतिशील धारा हो |

एउटा हिन्दू निराशावादी हुन सक्दैन | यदि हिन्दू निराशावादी हुन्थ्यो भने यसमा साहित्य, दर्शन, कला, चिकित्त्सा, ज्योतिष, संगीत, नाट्य. कामशास्त्रआदिमा लेखिएका हजारौं ग्रन्थहरू लेखिने थिएनन् | ऋषिहरूले ध्यान र तपस्या गरेर 'प्राणी मात्रको कल्याणको कामना' गर्ने थिएनन् | 'कर्म'मा आधारित मीमांसा दर्शनको उद्भव नै हुने थिएन | भगवान श्रीकृष्णले गीतामा 'कर्मलाई योग'का रूपमा स्वीकार गरेर कर्म र क्रियाशीलताको महत्वलाई स्थापित गर्नुभएको छ | हिन्दू जीवन दर्शनका हरेक हरफमा आशावाद, क्रियाशीलताको मुहान फुट्छ |

विश्वका प्रथम बालसाहित्यकार विष्णुशर्मा (ई.पू. ४५०)ले आफ्नो प्रसिद्ध कृति 'पंचतंत्र'मा स्पस्ट रूपले भनेका छन् 'नहि सुप्त्तस्य सिंहस्य प्रविसंन्ति मुखे मृगा' अर्थात जंगलको राजा सिंहले पनि पेट भर्नका लागि परिश्रम गर्नुपर्छ | बाघको मुखमा आफै मृग जाँदैन | त्यस्तै ऋग्वेदमा 'सहना बबतु सहना भुनक्तु..आदि मन्त्रले पनि मानिसलाई परिश्रम पूर्वक कार्य गर्न प्रेरित गरेको देखिन्छ | हिन्दू साहित्यमा हजारौं उदाहरण छन् जहाँ मानिसलाई अग्रगामी बनेर काम प्रेरित गरिएको छ | भारतका प्रसिद्ध विद्वान श्रीबलागंगाधर तिलक र महात्मा गान्धीले गीतालाई कर्म-प्रधान मानेर क्रिश्चियन निराशावादलाई चुनौती दिएका छन् |

असलमा, बौद्धहरू निराशावादी हुन्छन् | श्रीशंकराचार्यको उदय हुँदाभारत, नेपालमा बौद्धहरूको बोलबाला थियो | निराशावादी विचारधाराका कारण संघका नाममा 'मागेर खाने'हरूबाट सर्वसाधारणहरू वाक्कदिक्क भएका थिए | तत्कालीन समयमा शंकराचार्यले आशावादी विचारधाराको प्रसार गरेर बौद्ध-निराशावादलाई परास्त गरे | यहाँ हामीले बुझ्नुपर्छ कि यदि हिन्दूधर्म निराशावादी हुन्थ्यो भने कर्ममा आधारित चारबटा बर्ण संस्थाहरू 'शूद्र, वैश्य, क्षेत्री र ब्राह्मण'को स्थापना नै हुने थिएन | ब्रहाम्चारीहरूका लागि गुरुकूलमा बसेर पढ्न अनिवार्य हुने थिएन | गृहस्थ जीवनले अन्य आश्रमका व्यक्तिहरूलाई पाल्नु पर्ने अनिवार्य हुने थिएन |

यदि इतिहासको अध्ययन गर्ने हो भने हामीले के पाउँछौ विश्वको सबैभन्दा निरासावादी धार्मिक ग्रन्थ बाइबल र पन्थ क्रिश्चियन नै हो | क्रिश्चियनहरू आफ्नो मौलिक परिश्रम भन्दा पनि परमेश्वरसंग रोटीको कामना गर्छन् | अर्कोलाई झुक्याएर, साम, दाम र दण्डको प्रयोग गरेर अर्काको सम्पत्ति र परिश्रममा रजाई गर्न सिकाउने काम बाइबलले गर्छ र यो सबै धर्मपरिवर्तनका माध्यमबाट जनतालाई दास बनाएर गरिन्छ | भारत होस् अथवा चाइना, दक्षिण अफ्रिका होस् अथवा अमेरिका बाइबल बोकेर गएकाहरूले गरेको अत्याचारलाई इतिहासले विर्सन सक्दैन | आफुहरूले काम नगर्ने र अर्कोले गरेको परिश्रमको 'फल' लुट्नका लागि बाइबलधारीहरू कुख्यात छन् | अर्काले गरेको परिश्रमलाई लुटेर खानेहरूले बाहेक अरू कसैले 'निराशावाद' फैलाउन सक्दैनन् |

यदि नेपाल कै वर्तमान राजनैतिक नेतृत्वलाई हेर्ने हो भने उपरोक्त कुरा सिद्ध भैहाल्छ | २०४६ सालसम्म नेपालमा मागेर र लुटेर जीवन यापन गर्नेहरूको संख्या नगण्य थियो | २०४६ को परिवर्तनले नेपाली धरती 'बाइबलधारी'हरूका लागि खुला गरियो | यसले २०५३ यसले नेपाली जनता बीच द्वन्द सृजना गर्यो | सत्रहजार मान्छेले ज्यान गुमाए | हिन्दूहरूलाई छानीछानी हत्या गरियो | वि.स. २०६३ को परिवर्तनपछि त झन् 'लुट्ने र माग्ने'हरू थामी नसक्ने गरी बढेका छन् | लुट्नेहरू सत्तामा पुगेका छन् | सेतो-कलरमा यिनले 'निर्णय' गरेर जनताको परिश्रम लुट्छन् | लुटिएका जनताहरू गरिव बनेर सडकमा छरिन्छन् | सडकका जनतालाई बाइबल बोक्नेहरूले उठाएर चर्चमा पुर्याउने गर्छन् |

अत: उपरोक्त तत्थ्यहरूले हिन्दूधर्म निराशावादी नभई अत्यन्त क्रियाशील, विकासवादी र अग्रगामी जीवनधारा हो | हरेक हिन्दुले आफ्नो परिश्रममा विश्वास गर्छ र आफ्नो परिश्रमले उब्जाएको अन्न भगवानलाई अर्पेर भोजन गर्दा रमाउँछ | हिन्दूहरूलाई निरासावादी भएको आरोप लगाउनेहरूका लागि 'कामका लागि विदेशमा छरिएका नेपालीहरू आफैमा उत्तर हुन् |
(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...