राजश्वला र सुत्केरी अवस्थामा अवहेलना किन ?
केही अधिकारवादीहरू पश्चिमा संस्कृतिको उन्मादमा
सामाजिक मान्यता र परम्पराका विषयहरूलाई धर्मसंग जोडेर आलोचना गर्छन् | मासिक
धर्म, पन्छिने, राजस्राव, छूइपडी र राजोधर्मका रूपमा हिन्दू-संस्कृतिमा प्रचलित परम्परालाई
निकै आलोचनाको विषय बनाइन्छ | निश्चय नै शास्त्रहरूमा राजोधर्मका अवस्थामा
महिलाहरू अपवित्र हुन्छन् भनिएको छ | स्मृति र धर्मसिन्धुमा महिलाहरूले राजोधर्म
भएका दिनहरूमा दैनिक क्रियाकलापहरू जस्तै पूजापाठ, घरब्यबहार, शारीरिक श्रम, आध्यात्मिक
संलग्ताबाट जोगिन सल्लाह दिइएको छ | यसलाई सामाजिक ब्यबहारमा रुपान्तरण गर्न राजोधर्मका
चारदिनहरूमा महिला अपवित्र हुने जिकिर गरीएको छ |
महिलाको पाठेघर तथा अन्डासयमा दुई किसिमको
हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सीको उत्पादन हुन्छ। ती दुई हार्मोनले संकुचन
(कन्ट्राक्सन) तथा यसका भित्री तह (इडोमेटि्रयम) बनाउन र बिगार्न तथा महिनावारी
गराउन भूमिका खेलेको हुन्छ। पाठेघरको भित्री तहमा हार्मोनहरूको नियन्त्रणमा
टुक्रिएका टुक्राहरू योनीमार्ग हुँदै रगत बग्ने प्रक्रिया नै मासिक स्त्रीधर्म हो
भन्छन् कोशीअञ्चल अस्पतालका वरिष्ट स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. बालकृष्ण
शाह। पहिलो पटक हुने महिनावारीलाई ‘मेनार्की' भनिन्छ भने रोकिएको अवस्थालाई ‘मेनोपज'
भनिन्छ। महिनावारी
हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ। यो एक सामान्य
प्रक्रिया भए पनि यसमा विभिन्न किसिमका समस्या उत्पन्न हुने गर्छ।
हुन त रजश्वला हुनु महिलाहरूको प्राकृतिक तत्थ्य हो तर आधुनिक
विज्ञानले रजस्वला भएका वखतमा महिलाहरूले पूर्णरूपमा दैनिक श्रमबाट विश्राम लिन
सल्लाह दिन्छ | रजोधर्मका वखत विभिन्न संक्रमणहरूको खतरा बढी हुन्छ | मनोविज्ञानले
यस वखत महिलाहरूमा बढी मानसिक तनाव हुने भन्ने सिद्ध गरिसकेको छ | असलमा, शास्त्रहरूले
जेजस्तो भाषाशैली प्रयोग गरेपनि महिनाका चारपांच दिन महिलाले अनिवार्यरूपमा
विश्राम गर्नुपर्ने नियम बनाएको हो | तर यसलाई ब्यबस्थित र अनिवार्यता दिन ‘छुवाछुत’को
विकास भएको हुनुपर्छ |
समाजमा अनेकौ चलन र रीतिरिवाजहरूको निर्माण सम्वन्धित सामाजिक बनावटले
निर्धारण गरेको हुन्छ | रजस्वलाका विषयमा हिन्दूसमाजका आफ्ना मान्यताहरू विकसित भए
र समाजले ती परम्पराहरूलाई मान्यता दियो | विश्वको हरेक मानवसमाज आफ्नो परम्परा र
मान्यताका कारण एकआपसमा छुट्टिएको छ | यही परम्पराहरू धर्म र संस्कृतिका रूपमा
विकसित भएका छन् | यदि हिन्दू समाजले महिला ‘पन्छिएको’ वखतमा शारीरिकश्रम, पूजाआजा,
सामान्य दैनिकीबाट जोगी ब्यबस्था गरेको छ भने निश्चय नै महिलाहरूको कल्याणका लागि
नै हुनुपर्छ | राजोकालमा पनि यौनजन्य क्रियाकलापलाई मान्यता दिने मानवाधिकारको
कुरा स्वीकार गर्न हाम्रो सामाजिक मान्यता बाध्य हुँदैन | एस्तो अवधारणा ३६५ दिन
नै महिलाहरूलाई ‘सेक्सटोय’का रूपमा प्रयोगको वस्तु ठान्नेहरूका लागि र आफुलाई
सेक्सटोयका रूपमा स्वीकार गर्ने अधिकारवादीका लागि ठीक हुनसक्छ तर सामान्य
हिन्दूहरूका लागि नितान्त अस्वीकार हुन्छ |
उपरोक्त कुरा लेखिरहँदा छुइपडीका नाममा
महिलाहरूलाई गोठमा सुविधाहरूबाट बन्चित गरेर राखिने चलनलाई स्वीकृत गर्न वा उचित
हो भन्नु उचित हुँदैन | शास्त्रहरूले ‘छुवाछुत’ नगर्नु, दैनिक कार्यबाट विश्राम
लिनु भनेको छ तर असामान्य रूपमा ‘गोठ’मै गएर बस्नु भनेको छैन | नेपाली सामाजमा
पन्छिएको वेला महिलाले अझै कठोर परिश्रम गर्नु पर्ने यथार्थ हामीबाट लुकेको छैन |
यो पनि महिलाउपर अत्याचार नै हो | हो, शास्त्रले रजस्वला भएको वेलामा गोरस (गाईको
दूध, घीऊ आदि) प्रयोग गर्न अनुमति दिएको छैन तर भैंसीको दूध, घीऊआदिलाई रोकेको छैन
| सामाजिक ब्यबस्थाको शास्त्रीय रूप बिग्रंदा छाउपडीको प्रचन्ड अन्धविश्वास
देखिएको हो | पूजाआजा र दैनिक शारीरिकश्रम तथा स्पर्शबाट जोगिन्दा पुरुषलाई भन्दा
महिलाहरूलाई नै बढी फाइदा छ | आजभोली रजस्वला भएको वेलामा सामान्यतया पूजाआजासंग
सम्वन्धित अवसर र कार्यमा बाहेक कडाई छैन | हिन्दू समुदायहरू भित्रै पनि नेवार
समुदायमा ‘गुफावसे’ पछि वार्न पर्दैन |
मेरो विचारमा समय सापेक्ष हुनुपर्छ वार्ने चलन
पनि | कामकाजी महिलाहरू, पढ्ने विद्यार्थीहरू ‘पन्छिएकै’ कारण परीक्षा दिनबाट वा
अन्य अत्यावश्यक कामबाट वन्चित गराइनु अनुचित हो | तर पश्चिमा छाडायौनवादका आडमा परम्परालाई
सत्तेसराप गर्नु ‘हिन्दु-विरोधी’ मानसिकता हो | आजभोलिका प्रबुद्ध महिलाहरूले
सांस्कृतिक परिपेक्षको रक्षा गर्दै रीतिरिवाज कायम राख्ने पहल गर्नुपर्छ | पश्चिमाहरूको
नक्कल गर्दैमा कुनै समाज विकसित हुन्छ भन्ने सोच नै गलत हो | राम्रो कुराको अनुसरण
गर्नुपर्छ अनुचितको होइन | डलरका लोभीहरू यो कुरा बुझ्न तयार हुँदैनन् | साउनमा
अन्धो भएको गधाले जहिले पनि हरियो देख्छ भनेझैँ पश्चिमाहरूलाई आफ्नो आदर्श
मान्नेहरूले हाम्रो समाजमा रहेका उचित र न्यायपूर्ण परम्परालाई पनि ‘अनुचित’ नै देख्छन् |
रह्यो कुरा, सुत्केरीका वखतमा गोठमा राख्ने, सुत्केरीलाई
अपहेलना गर्ने – यो हिन्दूधर्मको विषय होइन | यो कूप्रथा हो | हरेक सुत्केरी
अवस्थामा छुवाछुतलाई स्वीकार गरिए तापनि गोठमा अलगै राख्नेजस्ता कुराहरू शास्त्रीय
होइनन् | सुत्केरीलाई अपहेलना गर्ने कू-प्रथालाई अस्वीकार गर्नुपर्छ |
विज्ञानले रजस्वलालाई सामान्य माने पनि हाम्रो
धार्मिक मान्यता भने फरक छ। ऋषिपञ्चमी व्रत कथाअनुसार स्वर्गका राजा इन्द्रलाई
ब्रह्महत्याको पाप लाग्यो। त्यो पापबाट मुक्त गर्न ब्रह्महत्यालाई ४ भागमा
ब्रह्माले बाँडिदिए। ती ४ चारमध्ये पहिलो आगोको ज्वालामा, नदीमा, पर्वत र नारीहरूको महिनावारीमा त्यसलाई
विभक्त गरियो। र, सोही बेलादेखि नै नारी रजस्वला हुनथालेको मानिन्छ। त्यतिमात्र होइन,
रजस्वला भएकी
नारीलाई होच्याउने काम पनि गरिन्छ। मासिक धर्म भएको पहिलो दिनमा महिलालाई
चण्डाल्नीको उपमा दिइएको छ।
महिनावारी हुँदा किन बार्ने? मासिक धर्मका बेला पाठेघरको मुख फुल्ने हुन्छ। उक्त समय उनीहरू कमजोर हुनुका साथै धेरै किसिमका पीडासमेत हुन्छ। त्यसैले महिनावारी हुँदा आरामको आवश्यकता पर्छ । रोगहरूको संक्रमण पनि त्यसबेला सजिलै हुनसक्छ। यसकारण त्यस्तो संक्रमणबाट जोगिन चिकित्साविज्ञानले पनि महिनावारीमा बार्नु आवश्यक छ भन्छ | हिन्दूधर्मले यही कुरालाई ‘छुवाछुत’संग जोडेर महिलाहरूलाई सम्पादन गर्न प्रेरित गरेको छ | तर एउटा कुरा पक्का हो, रजस्वला भएकै आधारमा महिलालाई हेप्ने चलन र वन्चित गर्ने चलनको समीक्षा हुनुपर्छ तर आफ्नो संस्कार र संस्कृतिको पनि सुरक्षा हुनुपर्छ | अरू कुरा महिलाहरूको स्वविवेकमा छोड्नु उचित होला |
महिनावारी हुँदा किन बार्ने? मासिक धर्मका बेला पाठेघरको मुख फुल्ने हुन्छ। उक्त समय उनीहरू कमजोर हुनुका साथै धेरै किसिमका पीडासमेत हुन्छ। त्यसैले महिनावारी हुँदा आरामको आवश्यकता पर्छ । रोगहरूको संक्रमण पनि त्यसबेला सजिलै हुनसक्छ। यसकारण त्यस्तो संक्रमणबाट जोगिन चिकित्साविज्ञानले पनि महिनावारीमा बार्नु आवश्यक छ भन्छ | हिन्दूधर्मले यही कुरालाई ‘छुवाछुत’संग जोडेर महिलाहरूलाई सम्पादन गर्न प्रेरित गरेको छ | तर एउटा कुरा पक्का हो, रजस्वला भएकै आधारमा महिलालाई हेप्ने चलन र वन्चित गर्ने चलनको समीक्षा हुनुपर्छ तर आफ्नो संस्कार र संस्कृतिको पनि सुरक्षा हुनुपर्छ | अरू कुरा महिलाहरूको स्वविवेकमा छोड्नु उचित होला |
No comments:
Post a Comment