Monday, March 2, 2015

१. हिन्दु धर्मको आरम्भ

सनातन धर्म, बैदिक धर्म, हिन्दू धर्म, आर्य धर्मका रूपमा हामीले हाम्रो धर्म, संस्कृतिलाई बुझ्नुपर्छ | धर्म र पन्थ यी दुवै फरक-फरक कुरा हुन् | पन्थ (रिलिजन) एउटा मानिसले स्थापित गरेको हुन्छ, उसको एउटा किताव र एउटा पवित्रस्थल हुन्छ | उदारणका लागि क्रिश्चियन, मुस्लिम र बौद्ध पन्थ हुन् | उदाहरणका लागि इसाई धर्मका संस्थापक इसा-मसी ह हुन्, धार्मिक पुस्तक बाइबल, तीर्थस्थल इजरायल र पूजाअर्चना स्थल चर्च हो | मुस्लिम पन्थका संस्थापक मोहम्मद हुन् भने आध्यात्मिक पुस्तक कुरान, पूजास्थल मस्जिद र तीर्थस्थल मक्का हो | एउटा पन्थका हजारौं सम्प्रदायहरू हुन्छन् | इसाईहरूका करिव ४३० बटा सम्प्रदाय भएको विश्वास गरिन्छ भने मुस्लिमका सीया, सुन्नी, अलहदिस आदि ७३ र बौद्धका थेरवाद, महायान र बज्रयानआदि ८० बटा जति सम्प्रदायहरू छन् | सम्प्रदायहरूले एकआपसको धार्मिक अस्तित्वलाई झूटो ठान्छन् र आफु बाहेकको ‘उपासक’ नर्कमा जाने वा ईश्वरबाट दण्डित हुने ग्यारेन्टी गर्छन् | सीयाहरूले सुन्निलाई देखि सहन्नन् भने क्याथोलिकले प्रोस्टेस्टेन्टलाई देखि सहदैनन् | उपरोक्त पन्थहरू मान्छेले बनाएका हुन् त्यसैलेले इतिहासले समय किटानी गर्न सकेको छ |

हामी नेपालीहरूले दैनिक उपयोग गर्ने वैदिक पात्रोअनुसार बैदिक संस्कृतिको आरम्भ १९५५८८५११६ वर्ष पहिले भएको हो भने पृथ्वीको सृष्टि चाहिं करिव साढेचारकरोड वर्ष पहिला भएको हो | ज्योतिषले महाप्रलय, प्रलय, महाकल्प, कल्प, मन्वन्तर, चारयुग र युग, वर्ष, महिना, दिन, घडी, आदि ससाना इकाईमा समयको मापन गरेको देखिन्छ | विदेशीहरूसंग दश अर्व लेख्ने अंक छैन तर हिन्दूहरू महासंखसम्म लेख्न सक्छन् |

संसारमा वैदिक-सनातन संस्कृति नै’ एकमात्र धर्म हो | धर्म-प्राकृतिक विषय भएकोले कुनै व्यक्ति विशेषले स्थापना गर्ने प्रश्न नै उठदैन | श्रीमद्भागवतमा भगवान नारायणले धर्मको स्थापना आफुले गरेको भन्नु भएको छ (धर्मंतु साक्षात्भगवत् प्राणितं) | नारायण आफैमा अनादि तथा अनंत भएकोले उहाँले स्थापित गरेको धर्म पनि अनादि र अनन्त नै हुन्छ | त्यसैले हिन्दूधर्मको संस्थापक स्वयम् भगवान भएकोले यो मानवीय इतिहासमा बाँधिन सक्दैन | अत: हिन्दू वैदिक सनातन धर्म अनादि, अनन्त र समग्र हो | पन्थहरूले धर्मपरिवर्तन गर्छन्/गराउँछन् | 

मुस्लिम वा क्रिश्चियन बन्न सुन्नत (लिंगको छाला काट्ने) बेप्तिस्म (पानीमा डुबेर धर्म परिवर्तन गरेको प्रतिज्ञा) गर्नुपर्छ तर हिन्दू बन्नका लागि कुनै प्रकारका शर्त हुँदैनन् | हरेक व्यक्ति जन्मदा नै हिन्दू भएर जन्मन्छ | अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनमा धर्मको स्तम्भ लेख्ने प्रसिद्ध लेखिका लिन्डाले यस वारे सटीक टिप्पणी गर्दै लेखेकी छिन् ‘हरेक मान्छे जन्मदा हिन्दू भएर जन्मन बाध्य छ र अहिलेको अमेरिकी समाजले ७६%प्रतिशत जनताले आफुलाई इसाई भने पनि ब्यबहारमा हिन्दू नै छ | योगप्रतिको बढ्दो चासो, धर्मप्रति स्वत्रन्त्र विचार तथा चिहानमा गाड्नु भन्दा आफुलाई जलाउन उचित ठान्नु : यी सबै कुरा यो समाजले हिन्दूबाट स्वीकार गरिसकेको छ | त्येसैले आज हिन्दू संस्कृति विश्व धर्म बनेर उदाइसकेको छ | हामी क्रमश: हिन्दू बनिरहेका छौ |

यसरी हिन्दूधर्मलाई पन्थ वा सम्प्रदायसग तुलना गरेर समयमा नाप्ने प्रयत्न गर्नु मूर्खत हुन्छ | पश्चिममा विद्वानहरूले विश्वका कुनै पनि धर्म र संस्कृतिलाई बाइबलको सृष्टि आरम्भ भएको समय ई.पू. ४००४ भन्दा पूर्व भएको तत्थ्य सहन नसक्ने हुँदा हिन्दू-धर्मको स्थापना र विकास ई.पू. १५०० तिर भएको काल्पनिक इतिहास बनाएका छन् | जुन हिन्दू धर्मावलम्बीहरूलाई मान्य छैन |

(Copyright articles)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...