Tuesday, October 16, 2018

इतिहास आर्य-अनार्य हुँदैन

तिहास आर्य-अनार्य हुँदैन !
म इतिहासको विद्यार्थी होइन तर एसको अर्थ मैले इतिहास जाँन्दैजान्दिन भन्ने चाहिं होइन | इतिहास खरो हुन्छ र तेसमा काल्पनिकता हुँदैन | सबैलाई थाहा छ, अंग्रेजहरूले इतिहास लेख्दा आफ्नो "सुर्प्रिमेसी" स्थापित गर्न बेइमानी गरेका थिए | गोरेहरूको एस्तो पूर्वाग्रह विश्वविख्यात छ | केही नेपाली विद्वानहरूले यो कुरा बुझेका थिए | अव त्यो पूर्वाग्रही इतिहासलाई नमान्ने अवस्था आएको छ | विविहरूले आफ्नो इतिहास आफै लेख्नेतिर प्राथमिकता दिनुपर्छ | हिजो अरूले लेखिदिएको इतिहास पढ्नु पर्ने बाध्यता थियो तर आज तेही बोकेर किन हिड्ने ? 

नेपालीले आफ्नो इतिहास आफै लेख्नुपर्छ भन्ने मान्यता राख्ने र लेख्न प्रयत्न गर्नेहरूमा नयनराज पन्त, नाथ योगी नरहरी महेशराज पन्त, बाबुराम आचार्यआदिलेको नाम आउँछ | यी मध्ये केही परम्परागत हुन् भने केही आधुनिक (अंग्रेजी समेतको) इतिहासमा राम्रो दखल भएका विद्वान छन् | तैपनि रेडिमेड इतिहासमा पल्केका विद्वानहरूले (राजनीतिज्ञहरूले) बृटिशकालीन भारतीय इतिहासलाई आफ्नो इतिहासका रूपमा स्वीकार गरेपछि के लाग्छ ? हो, विदेशीहरूको राम्रो पक्ष के हो भने उनीहरूले इतिहास कसरी खोजिन्छ भन्ने कुरा सिकाएका छन् | तर उनीहरूले लेखिदिएको इतिहास मान्ने निर्णय हाम्रा राजनीतिज्ञ र इतिहासका विद्वानहरूको दास मानसिकताको निरन्तरता हो |

नेपालमा इतिहासकारका थुप्रै हाँगा छन् | एउटा पाश्चात्यहरूले लेखिदिएकोमा एकअक्षर पनि थपघट गर्नुहुँदैन भन्ने मान्यता राख्छन् | दोस्रो, पूँजीवादको खरो विरोध गर्छन् तर इतिहासका सवालमा गोरेहरूलाई नै आधिकारिक ठान्छन् | तेस्रो, इतिहास सम्बन्धि कुनै ज्ञान छैन, अनुसन्धान पनि गरेका छैनन् तर "रैथाने" इतिहासकार बन्छन् | चौथो पक्ष, भारतवर्षीय प्राचीन साहित्य, इतिहासको गहन ज्ञान छ र गाउँगाउँमा पुगेर "एभिडेन्स-बेस्ड" इतिहास लेखेका छन् तर विविको डिग्री छैन | 

नेपालका राजनीतिमा साम्यवाद र पूँजीवादको विरोध जगजाहेर छ | विपीले यी दूबैलाई मिसाएर "समाजवाद" बनाए | नेपाली इतिहासका सवालमा यी तीनै पक्षहरू गजवसंग मिलेको देखिन्छ "गोरेले लेखिदिएको इतिहास नै हाम्रो इतिहास हो | भारतवर्षीय इतिहासक सवालमा साम्यवादी, पूँजीवादी र समाजवादीहरू एकमत छन् | ती मध्ये एउटा अलिखित संझौता नै छ "यदि कुनै नेपाली वा भारतीय विद्वानले भारतवर्षको मौलिक इतिहास लेख्यो भने अस्वीकार गर्नुपर्छ |"

नेपालमा नयनराज पन्त, नरहरिनाथ, महेशराज-दिनेशराज पन्तहरू, ज्ञानमणि नेपालआदिले आफ्नै रैथाने जरोकिलो भएको इतिहासका पक्षमा कलम चलाए तर उपरोक्त संझौताक कारण सधैं अस्वीकृत भए | भारतमा पनि एस्तै भएको छ | प्रसिद्ध इतिहासकार मजुमदारले लेखेको इतिहास भन्दा सिल्वाकै इतिहास स्वीकृत छ | पाकिस्तानले त झन् मुस्लिम आक्रमणकारी मोहम्मद कासिम बिन (६९५-७१५) बाट नै आफ्नो इतिहासको आरम्भ मानेको छ | 

केवल अंग्रेजले लेखेको पढ्ने वा अंग्रेजीमा अंग्रेजको दासत्व गर्नेले लेखेको मान्ने मानसिकताको कुनै औषधि छैन | काठमाडौँक रैथाने नेवार विद्वान अमरसिंहले लेखेको अमरकोषको नाम समेत नजान्ने तर चर्को स्वरमा जनजातिआदिवासीको नाम लिनेहरूले अमरकोषमा गएर "आर्य शब्दका पर्यायवाची हेर्न सक्दैनन् | गोराले भने/लेखेपछि मात्रै "विषय" प्रमाणित हुन्छ भन्ने मानसिकता बोक्नेहरूको जमातमा सत्य बोल्नेहरू हराउनु स्वाभाविक हुन्छ | लेभी स्विल्वाले नलेखिदिएको भए "आदिवासी-जनजाति, मूलवासी"हरूको कन्सेप्ट नेपालमा भित्रिने नै थिएन भन्ने मेरो विश्वास छ | 

आफ्नै अमरकोषको कुरा नमानेर नेपालभित्रकै केही जातिविशेषलाई "आर्य, खस, मधेसी"जस्ता चरम "रेसियल ट्याग" भिराउनेहरू विदेशी कै गोटी हुन् किनभने एस्तो चिन्तनको स्रोत अंग्रेजी नै हो | जुन नेपालको आफ्नो इतिहास र परम्परासंग मिल्दैन | नत्र एकै गोत्र भएका नेपाली जातिहरूलाई "आर्य, मधेसी, खस" भनेर कसरी विभाजन गर्न सकिन्थ्यो ? एस्तो इतिहास मधेस र पहाड, पहाडमा पनि पूर्व तथा पश्चिमलाई विभाजन गर्ने षड्यन्त्रका रूपमा प्रायोजित तवरले विकसित भएको किन नबुझ्ने ?

सन् १७२३ देखि गोरेहरूले भारतीय संस्कृति बुझ्न संस्कृतको अध्ययन आरम्भ गरे | जर्मनका म्याक्समुलरलाई (1840) इस्ट इन्डिया कम्पनीले बाइबल र वेदको तुलनात्मक अध्ययन गर्न जागिर दियो | म्याक्स-मुलरले संस्कृत सिकेर वेद, उपनिषदहरूको अनुवाद गरे | किनभने उनी जर्मन थिए तेसैले उनले आफ्नो मातृभाषासंग संस्कृतको तुलना गरे | "भारतवर्षीयहरूका पूर्खा युरोपिन नै हुन् भन्ने सिद्धान्त स्थापित गर्दा अंग्रेजहरूले (गोराहरू) श्रेष्ठता र जेष्ठता प्राप्त गर्छन्" उद्देश्य अनुरूप तोडमरोड़ गरेर वेदको जर्मन अनुवाद गरे | तर सबै विदेशी विद्वानहरूलाई एकै डालोमा राख्नु उचित हुँदैन । 

यिनकै अनुवादित पुस्तकहरूको आधारमा इस्ट इन्डिया कम्पनीका जागिरेहरूले आर्य-सिद्धान्तको कल्पना गरेर इतिहास लेखे | अचम्मको कुरा त के भने सधैं कुकुर विरालोझैं झगडा गरिरहने साम्यवादी र पूंजीवादीहरू यो विन्दूमा आएर जुम्ल्याहाझैं मिलेका छन् | कुनै नेपाली वा भारतीयले आफ्नो देशको इतिहास का विषयमा कुरा उठान गर्यो कि यी दुई जुम्ल्याहाहरू जाई लाग्छन् |

विदेशीहरूले लेखेको इतिहास पनि पढेका र प्राचीन संस्कृत, पाली साहित्यमा पनि पहुँच भएका, आधुनिक कार्वन डेटिङको समेत ज्ञान भएका केही नेपाली तथा भारतीय विद्वानहरूले प्रमाणसहित "आर्य-आक्रमणकारी"को खण्डन गरे | उनीहरूले स-सप्रमाण तेसको खण्डन गर्दै खोज गरेर इतिहास लेखे | र उनीहरूले आफ्नो गूटलाई बलियो बनाउन काइते इतिहास लेख्ने विद्वानहरूको पनि दोहोलो काडेर खण्डन गरेका छन् | तर गुटबन्दीको इतिहासलाई भोटका लोभी राजनीतिज्ञहरूले मान्यता दिंदा रैथाने इतिहासतिर जानेहरूलाई गारो परेको देखिन्छ |

यदि अनुसन्धान गर्दा (प्राचीन संस्कृत, पाली, वैदिक साहित्यमा प्रत्यक्ष पहुँच भएका र आधुनिक अनुसन्धान पद्धतिको ज्ञान राख्नेहरूले) अंग्रेजहरूले लेखिदिएकै इतिहास प्रमाणित हुन्छ भने पनि स्वीकार गर्नुपर्छ | तर उहिले इस्ट इन्डिया कम्पनीका जागिरेहरूले लेखेको इतिहास र तेसैका आधारमा लेखिएका इतिहासहरू स्वीकार गर्न मिल्दैन र हुँदैन पनि | 

योगी नरहरिनाथ, महेशराज पन्त, दिनेश राज पन्तहरूको स्रोत किन अस्वीकार्य ? नेपाली अमेरिका गएपछि पनि नेपालीलाई "अमेरिकन नेपाली भनिन्छ" | तर आर्यहरूले ककेसीयाको केही उठान गरेको देखिन्न किन ? बाइबलमा भारतवर्षीय स्रोत छैन किनभने तेसका लेखकहरूलाई भारतवर्षको जानकारी नै थिएन | 

रह्यो, अफगानी नदीहरुको कुरा, यो अत्यन्त स्वाभाविक हो किनभने प्राचीन गन्धार भारतवर्ष नै थियो | तर साम्यवादी र बृटिशहरूले लेखिदिएको इतिहासमा "ककेसीया"का कुनै पहाड. नदी ठाउँको उल्लेख छैन | प्रश्नकर्ता विद्वानले जति नाम र ठाउँ दिनुभएको छ सबै भारतवर्षसंग सम्वन्धित छन् | तेस्रो, म्याक्समूलर, कीथको अंग्रेजी अनुवाद र तेसका आधारमा लेखिएको इतिहास पढेर प्रश्न उठान गर्नुको सट्टा वेदका प्रसिद्ध व्याख्याता माधवसायणको ब्याख्या पढ्न अनुरोध गर्छु | 

जवसम्म विदेशीले बाहेक नेपालीले इतिहास खोज्न सक्दैनन् भन्ने पूर्वाग्रह हामीमा रहन्छ तवसम्म उठान भै नै रहन्छ | जसलाई शंकराचार्यको समयसम्म थाहा छैन, उनीहरूले कूतर्क बाहेक के गर्न सक्छन् ? राहुल संस्कृत्यायनहरूको काल्पनिक इतिहास पढेपछि एस्तै हुन्छ | किनभने उनीहरूको स्रोत नै गलत छ | जसले गलत स्रोतको इतिहास पढ्छ, उसले सधैं इतिहास होइन आर्य-अनार्यको इतिहास खोज्ने प्रयन्त गर्छ |

कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...