Tuesday, October 16, 2018

भृकुटीको दोस्रो पक्ष

भृकुटीको दोस्रो पक्ष 
सन् ६२० तिर नेपालका लिच्छिवी वंशीय राजा अंशुवर्माले आफ्नो छोरी राजकुमारी भृकुटीको विवाह तत्कालीन तिब्बतका राजा तथा धर्मगुरु संगोत्से ग्याम्पोसंग गरिदिए | आजभोली नेपालका पाठ्यपुस्तकमा नेपालकी राजकुमारी तथा तत्कालीन तिब्बतकी कान्छी रानी भृकुटीको निकै चर्चा हुन्छ | भृकुटीले नेपाललाई चिनाएको भनेर गुणगान गरिन्छ |

आधुनिक विद्वान आचार्य कीर्ति टुल्कु तेन्जिंगले भृकुटीका विषयमा पनि नेपाली साहित्यझैं चर्चा गरेका छन् भने प्राचीन बौद्ध साहित्यमा निजलाई निलताराको अवतारको रूपमा सम्मान व्यक्ति गरिन्छ | उनी हिन्दूहरूकी देवी सरस्वती समान पूजित छन् | विद्याकै देवीका रूपमा मन्दिरमा स्थापित छन् |

सन् ६०० तिर नेपालको काठमान्डौ र तिब्बतको ल्हासा तेति सजिलो थिएन | अनकन्टार बाटोबाट हिड्नेहरूले आफ्नो जीवनको आशा मारेर हिड्नु पर्यो | आज पनि नेपालीहरूका लागि ल्हासा सजिलो छैन | दूरीमा उत्ति भए पनि दिल्ली र ल्हासाको तुलना हुनै सक्दैन |

कट्टर हिन्दू राजा अंशुवर्मालले आफ्नी छोरीको विवाह भोटे राजासंग किन गराए ? यो प्रश्नको सोझो जवाफ छैन | आचार्य चाणक्य र बात्स्यायनले विधर्मीसंग "विवाह" गर्नु पर्ने कारणहरू मध्ये "आफ्नो राज्य सुरक्षित राख्न बलियो राजासंग वैवाहिक सम्वन्ध गाँस्नुपर्छ" भनेर सुझाएका छन् | तिब्बतेली राजासंग विवाहको एउटा कारण यही हुनसक्छ |

दोस्रो कारण, यदि आफुले कुनै राष्ट्रमाथि आक्रमण गर्नछ भने सम्वन्ध स्थापित गरेर सैनिक शक्ति प्राप्त गर्ने | तेस बाहेक यदि राज आफुसरहको शक्तिशाली छ भने वैवाहिक सम्वन्ध स्थापित गरेर ब्यापार-विजनेशआदि विस्तार गर्ने | जे-होस्, जुन सुकै कारणले भृकुटीको विवाह तिब्बेतेली राजासंग भएको होस् तर एउटा कुरा पक्का छ यो विवाह भृकुटीको आफ्नो इच्छाले भएको होइन |

भृकुटीको विवाह एउटा संझौता हो | एउटा राज्यले आफ्नो स्वार्थ पूरा गर्न "महिलालाई प्रयोग गरिएको" एउटा स्वार्थपूर्ण उद्योग थियो | इतिहासमा राजाहरूले आफ्नो राजकीय सत्ताको रक्षा र विस्तारका लागि "छोरी"हरूको निकै प्रयोग गरेका छन् | भृकुटी पनि एसकै निरन्तरता थिइन् |

मनुले आठ प्रकारका विवाहहरूमा एस्तो विवाहलाई अन्तर्निहित गरेका छैनन् | असलमा, भृकुटीको विवाह एउटा व्यापार थियो | अंशुवर्माको इतिहास हिन्दू संस्कृतिको विकासका लागि स्वर्णकाल मानिन्छ | अर्कोतिर तिब्बततिर भने भर्खरै बौद्धहरूको विस्तार हुँदै थियो | भृकुटीले हिन्दू धर्म-संस्कृतिको प्रचार नगरेर बौद्ध धर्मको प्रचार गर्नुले पनि उनी आफ्नो विवाहसंग सन्तुष्ट नभएर "बाबुको धर्मसंग विद्रोह गरेर विवाहप्रति विमति देखाएको हो कि भन्ने शंका गर्न मिल्छ |

भृकुटीको विषयमा लेखेर नेपालसंग नाता जोड्ने पहिलो पश्चिमेली विद्वान डेविड स्केल (१९८७) ले त झन् भृकुटीको वास्तविकता मै प्रश्न उठाएका छन् | जेहोस्, एउटा महिलाको रू[पमा भृकुटीको विवाह एउटा क्रुर निर्णय हो कि जस्तो मलाई लाग्छ | उनको कति वर्षको उमेरमा विवाह भयो भन्ने विषयमा बौद्ध-साहित्यहरू चूप छन् | तेस्तो अनकन्टार युगमा एउटी केटीलाई आफ्नो धर्म, संस्कृति, भाषा रहन-सहन नमिल्ने ठाउं र व्यक्तिसंग विवाह गरेर डांडा कटाएको बुझ्नुपर्छ कि पर्दैन ? 

महिलाको नजरले लेखिने भृकुटीको इतिहास सजिलो र प्रशंसनीय हुन्छ कि हुँदैन, यही भृकुटीको दोस्रो पक्ष हो | यद्यपि तेस बेलाको सामाजिक परम्परामा छोरीको विवाह गरिदिने अधिकार बाबुआमा तथा आफन्तलाई मात्र हुन्थो भने मैले हेका राखेको छु भने धार्मिक रूपमा नीलताराका रुपमा भृकुटीले प्राप्त गरेको सम्मान म पनि गर्छु |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...