खैरो शरीर - नेपालीमन
अमेरिकी विद्वान डा. डेभिड फ़ाउलेका अनुसार "आर्यहरू मध्य एसियाबाट भारतीय महाद्वीपमा आएका हुन् भन्ने तत्थ्य पुरातात्विक, भौगोलीय तथा भाषाका आधारमा सिद्ध हुँदैन |" असलमा यी सबै सिद्धान्तहरू आधुनिक युरोपियन विद्वानहरूले "वाइबल" र "युरोपियन" श्रेष्ठता स्थापित गर्न कल्पना गरेका हुन् |
नत्र भने उनीहरूले "वेद, उपनिषद, महाभारतआदि काल्पनिक" हुन् भन्दै गर्दा "बाइबल" पनि काल्पनिक हो भन्ने किन नसक्ने ? यदि वेदहरू काल्पनिक हुन् भने बाइबल पनि काल्पनिक नै हुनुपर्छ | यहीं उनीहरूको वदमासी उजागर हुन्छ | आर्य सत्य हुन् तर आर्य-सिद्धान्त पूर्ण गलत हो |
आजसम्म हामी नेपालीले विदेशीहरूले लेखिदिएको इतिहासको पहिचानलाई लुलुरु स्वीकार गरिरहेका छौँ | हामीसंग लाखौँ-लाख प्राचीनकालका संस्कृत, पाली लिखित साहित्यहरू छन् | ती साहित्यमा भएका सबै ठोक आजको वदलिँदो परिवेशका लागि काम लाग्छन् नै भन्ने छैन तर आफ्नो इतिहास आफैं लेख्न र ती साहित्यमा भएका स्वदेशी "चिन्तन"हरूका आधारमा आफ्नै आधारशीला खडा गर्न कसैले रोक्न सक्दैन |
कुनै बखत जर्मन जनताले फाँसीवादको अभ्यास गरेकै थिए हिटलरसंग तर तेसको पतन भयो किनभने जर्मनीहरूले "भावावेश"मा त्यो स्वीकार गरेका थिए, वास्तविकता थिएन | नेपालका लागि पूँजीवाद, मार्क्सवाद (दूवै अर्थ ब्यबस्था र राज्यव्यवस्था) भावावेश नै हुन् | किनभने विगत ६८ वर्षको अभ्यासले नेपालमा कुनै परिवर्तन आएन |
तेसैले इतिहास, राजनीति तथा अर्थब्यबस्थाको समीक्षा हुनुपर्छ |वैदिक राज्यराष्ट्रले राष्ट्रराज्यको विकल्प दिन्छ | भने एस विषयमा चर्चा-परिचर्चा किन नगर्ने ? आफ्नै जरोकिलोमा उभिएको रूखमा सम्भावनाहरू छन् भने किन विदेशी सम्भावनालाई आत्मसात् गर्ने ?
तपाईले विश्वास गर्नैपर्छ - एउटा ब्यापारी-विदेशीले लेखिदिएको नेपालको इतिहासमा विश्वास गर्ने तर नेपाललाई माया गर्ने नेपाली सपूत एउटा निर्लोभी जोगीले लेखेको इतिहासमा विश्वास नगर्नुको कुनै कारण छैन | ब्यापारीले व्यक्तिगत लाभका लागि काम गरेको हुन्छ | जोगी (योगी नरहरिनाथ)को लक्ष भनेको नेपालीलाई आफ्नोपनमा उभ्याउनु बाहेक के नै हुनसक्छ र ?
कपीराइट : गोविन्दशरण

No comments:
Post a Comment