![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrIKm0K8jcwZefnF94v1ApEfzvnnqBgjXhRJSuVEaPEqUPnhZpmVb7afJxKt7idXklOlP2sE7xJlZWrsiOgseZZ82YtpcaWMeRVNKspo_526WTxQ9kIzhaLZ4GQsSoJwNZxJPqdrBbew/s200/brahman.jpg)
हिन्दी, गुजराती, नेपाली र अवधिआदि स्थानीय साहित्यको उदयपछि हिन्दूहरूमा ब्राह्मण-विरोधी भावनाहरूको उदय भएको पढ्न पाइन्छ | कवीर, तुलसीदास, रैदास, तुकाराम, नेपालमा जोसमनी सन्त परम्परामा ब्राहमणहरूको विरोध गरिएको छ | तर यिनले गरेको विरोध ब्राह्मणहरू विरुद्ध केन्द्रित नभई तिनको कर्मकाण्ड विरुद्ध छ | यी कुनै पनि जातिवादी होइनन् |
सन् १७२२ मा बृटिश इन्डियाले नया ऐनअनुसारको शिक्षानीति तय गरेपछि भने ब्राह्मण जातिका विरुद्ध जातीय आक्रमण आरम्भ भएका छन् | अंग्रेजहरूले वर्णलाई जातका रूपमा अनुवाद गरे | संस्कृत बुझ्नेहरूले सजिलै भन्न सक्छन् - वर्णको अर्थ रंग हुन्छ, जाति होइन | सन् १७८७ म्याकलेले जातिवादको सृजना गरेका हुन् |
म्याकलेको नयाँ शिक्षामा दीक्षित भएका भारतीयहरूले वर्णको अर्थ "रंगविरंगी सामाजिक संरचना हो" भन्ने अनुमान नै गर्न सकेनन् | अंग्रेजहरूले वर्णभनेको जाति हो भनेर सिकाए, उनीहरूले विश्वास गरे | अहिले पनि यही भैरहेको छ | डा. राधाकृष्णन्, मदनमोहन मालवीय, बाल गंगाधर तिलक, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समजस्ता विद्वानहरूले पनि यस विषयमा अंग्रेज-डक्ट्रिन नै अवलम्वन गरेको देखिन्छ |
शिक्षामा स्वाभाविक रुचि भएकोले ब्राहमणहरूनै अंग्रेजहरूले ल्याएको आत्मघाती शिक्षाका विद्यार्थी पनि बने | अंग्रेजी शिक्षा माध्यमबाट स्नातक भएका ब्राह्मणहरूले जातीय ब्राहमणलाई बढी समाते, रङ्गीविरंगी सामाजिक संस्कारलाई वहिस्कार गरे |
पछिपछि, समाजका अन्य तवाकाहरू पनि अंग्रेजी शिक्षामा दीक्षित भए | यी नव-दीक्षितहरू खासगरी ब्राह्मणहरूका भयानक विरोधी भएर निस्किए | अंग्रेजले वर्णको अर्थ जात हो भनेर गरिएदिएको अनुवादका आधारमा प्राचीन संस्कृत साहित्यको ब्याख्या भयो |
त्यसपछि प्राचीन भारतीय दर्शनको नवीन ब्याख्या गर्ने विद्वानहरूको विकास भयो | दयानन्द, मनमोहन मालवीय, सवारकर र ब्रह्मोसमाजआदि व्यक्ति र संस्थाहरूले वैदिक साहित्यको नवीनतम ब्याख्या गर्ने नाममा "अंग्रेजी दिमागमा भारतीय ब्याख्या" गरे | फलत: जातिवाद अझै जटील बनेर उदायो |
कर्मकाण्डवादी ब्राह्मणको निन्दा गर्ने मध्यकालीन कविहरू होउन् अथवा अंग्रेजी शिक्षानीतिअन्तर्गत दीक्षित भएका नया "संस्कृतवादी" नै किन नहोउन्, धेरैजसोमा एउटा समानता देखिन्छ - यी ब्राह्मण परिवारमा जन्मेका थिएनन् |
उनीहरूका साहित्यहरू सधैं ब्राह्मण विरोध रहे किनभने अंग्रेजहरूले ब्राह्मण एउटा उच्चजात हो भनेर गरेको अनुवादले अंग्रेजी शिक्षा पद्यतिभित्र रहेर पढ्नेहरूको मनोविज्ञानमा ब्राह्मणहरूप्रति तूस भरिएको देखिन्छ | अंग्रेजी विद्यालय वा विश्वविद्यालयमा पढ्नेहरू ब्राह्मण वा अन्य जातहरूमा ब्राह्मण विरोधी चिन्तन अन्यका तुलमामा बढी नै देखिन्छ |
उपरोक्त धेरैजसो विद्वानहरू कर्मकाण्डीपनको विरुद्ध भन्दा पनि ब्राह्मण-जातजातिका विरुद्ध उभिएका छन् | प्राचीनकालमा ब्राह्मणहरूको पेशा नै विद्यजिवी भएको हुनाले उनीहरू अन्यका तुलनामा धेरै शिक्षित भए तर अंग्रेजहरूले बडो चलाखीले "वैदिक साहित्यको संरक्षण गर्ने र संवाहकका रूपमा काम गर्ने ब्राह्मणहरूलाई शोषकका रूपमा प्रस्तुत गरेर घृणाका पात्रका रूपमा रुपान्तरित गरे |
अचम्मको कुरा के भने अंग्रेजी जान्ने तर आफुलाई वैदिक सभ्यताकाका कट्टर पक्षपातीको कित्तामा उभ्याउनेहरूले पनि ब्राह्मण जातिको अधोपतनका लागि काम गरे | फलत: ब्राह्मण परम्परामा जीवन्त रहेको संस्कृत साहित्यको जरोकिलो सधैंका लागि काटियो | आफ्नो हरेक कदममा चरम निन्दा भएको देखे र भोगेपछि ब्राह्मणहरूले आफ्नो पेशा छोड्न थाले |
यसरी वैदिक पुनरोत्थानवादीहरूलाई प्रयोग गरेर अंग्रेजहरूले "विद्याजीवि" ब्राहमणको तेजोवध मात्र गरेनन्, ब्राह्मण-पेशाप्रति नै अरुचि उत्पन्न गर्न सफल भए | यहाँसम्म कि अभयचरण नामका गैर-ब्राह्मण वंगाली वैष्णव विद्वानले ब्राह्मण दीक्षाका माध्यमबाट नयाँ ब्राह्मणको सृजना गर्दै, आफु नै असली ब्राह्मण भएको दावी गरे |
विद्याजीवि ब्राह्मणहरूको पेशालाई जातिवादमा परिवर्तन गरेर तिनलाई आफ्नो पेशाबाट विस्थापित गरेपछि अंग्रेजहरूलाई आफ्नो विचारधारा स्थापित गर्न सजिलो भएको हो | उपरोक्त पुनरोत्थानवादीहरूले पेशाजीवि ब्राह्मणहरूलाई वैदिक-साहित्य "अध्ययन गर्ने-अध्यपन गराउने" पेशाबाट विस्थापित गरे तर ती प्राचीन विद्याहरूको सम्वहनका लागि कुनै पूर्वाधार खडा गरेनन् |
यस अर्थमा वैदिक पुरोत्थानवादीहरू पनि प्राचीन विद्याको निरन्तरताका बाधकतत्व थिए भन्ने कुरामा शंका रहन्न | यदि छुवाछुतवादको अकुशल परम्परालाई निकालेर फ्याक्ने हो भने आज पनि वर्णमा आधारित ब्राहमणहरू नै रैथाने वैदिक विद्याका सबैभन्दा भरोसेमन्द संवाहक बन्न सक्छन् |
ब्राहमण र गैरब्राहमणहरू मिलेर उपरोक्त परम्परा गुरुकुल (नि:शुल्क पाठशाला)का माध्यमबाट निरन्तर चलिरहेको थियो | अंग्रेजहरूले ब्राह्मणहरूको आत्मविश्वास र अन्य जातिहरूको मनमा ब्राह्मणहरूप्रति घृणाभाव विकास गरेर विद्याजीविहरूको मौलिक रैथाने शिक्षापद्यति नै समाप्त पारिदिए | यदि हामी सनातन धर्मीहरूले आफ्नो इतिहास र पहिचान सुरक्षित राख्नु छ भने गुरुकुल पद्यतिको पुनर्जीवन अत्यावश्यक छ |
ब्राह्मणवादका नाममा ब्राह्मणहरूलाई सत्तेसराप गर्नेहरूले बुझ्नुपर्छ, अरूले अन्य रैथाने सीपहरू जोगाएझैं ब्राह्मणहरूले लेख्य तथा स्मृति परम्परामा आधारित रहेर प्राचीन साहित्यिक वैभवहरू जोगाएका हुन् | ती पूर्वज ब्राह्मणहरूले जीवित पुस्तकालय बनेर साहित्यको संरक्षण नगरिदिएको भए आजका नेपाली, विदेशी वा भारतीय विद्वानहरू "हाम्रो प्राचीन साहित्यिक सम्पदा विशाल छ, हामी इतिहास धर्म, तथा संस्कृतिका धनि छौँ" भन्दै विश्वसामु हाँक दिन पाउने थिएनन् |
ब्राहमणवादका नाम ब्राह्मणहरूलाई गालीगलौज गर्दैमा पूर्वजहरूको परिश्रम, योगदान र त्यागलाई अनदेखा गर्न सकिन्न | ब्राह्मणहरूलाई गालीगलौज गर्ने काम केवल घृणावादीले गर्न सक्छन् सभ्य समाजले होइन | यो कुरा आफ्नो जरोकिलोलाई माया गर्नेले मूल्यांकन गर्नुपर्छ |
यसका लागि विदेशीहरूले तयार पारिदिएको "वर्ण भनेको जाति हो, जाति भनेको ब्राह्मण हो, ब्राह्मण भनेको शोषक हो" भन्ने परिभाषालाई "ब्राह्मण भनेको विद्याजीवि हो, उसले आफ्नो रैथाने साहित्य, संस्कार तथा विद्याहरूको पुस्तान्तरण गर्छ" भनेर बदल्नुपर्छ |
यदि हामी वैदिक साहित्य, धर्म-संस्कार तथा इतिहासको निरन्तरता चाहन्छौं भने अव पनि विद्याजीवि ब्राह्मणहरूको संरक्षण गर्नुपर्छ र उनीहरूलाई विद्याजीवि बन्न प्रेरित गर्नुपर्छ | यसरीमात्र हामी आमसांस्कृतिक विनाशबाट आफु र आफ्नो सभ्यतालाई जोगाउन सफल हुनेछौँ | आफ्नो रैथाने जरोकिलो थाम्न सफल हुनेछौं |
अन्त्यमा, छुवाछुतका सवालमा मनुका विचार अहिले अस्वीकार्य भए पनि (२/२३-२४) "ब्राह्मणले यो आर्यावर्तको सुरक्षा गर्न विद्यासंग्रह गर्ने र त्यो अगाडी बढाउने कार्यको नेतृत्व गर्नुपर्छ" दिएको आदेश पुन: स्थापित हुनैपर्छ | ब्राह्मणहरू विद्याजीविका रूपमा पुनर्जीवित हुनैपर्छ |
सर्वाधिकार लेखकमा
No comments:
Post a Comment