Saturday, October 8, 2022

ईश्वरको ऐश्वर्यमा प्रश्नचिह्न !

मलाई लाग्छ, विश्वमा यो भन्दा शक्तिशाली शब्द अर्को छैन | धेरैका लागि यो एउटा धार्मिक शब्द हो तर नेपाल र भारतमा यस्ता पनि धर्म छन् जहाँ ईश्वरलाई कुनै ठाउँ छैन | अर्थात् ईश्वर नमाने पनि धार्मिक हुन सकिन्छ | धर्म मान्ने तर ईश्वर नमान्नेलाई नास्तिक भन्न मिल्दैन | ईश्वर नमान्ने पश्चिमा नास्तिकहरूझैं धर्म मान्ने तर ईश्वर नमान्ने बौद्ध र जैनहरू होइनन् |

एकेश्वरवादी (यहुदी, इसाई र मुस्लिम) का लागि ईश्वर (एउटा ईश्वर)को अस्तित्व नमान्नेहरू धार्मिक हुनै सक्दैनन् | एतिमात्र होइन यहुदीको ईश्वर इसाईलाई र ईसाईको ईश्वर मुस्लिमलाई अस्वीकार छ | ईश्वरमा मात्र होइन धार्मिक अस्तित्व समेत अस्वीकार्य छ | यी सबै आफ्नो धर्म, ईश्वर र गुरूमात्र सत्य हो भन्ने कुरामा अडीग छन् |
जर्मन दार्शनिक नित्सेले ईश्वर मरिसकेको कल्पना गरेका थिए भने कार्लमार्क्सले ईश्वरको आराधना गर्ने पन्थहरूको स्वभावलाई "अफिमको लत" भनेर आलोचना गरेका थिए | भारतवर्षमा चारबाक्, वृहस्पति, जावालिआदिले ईश्वर र ईश्वरका लागि गरिने सम्पूर्ण क्रियाकलापहरूको आलोचनामात्र गरेका छैनन् अपितु छोड्न पनि आह्वान गरेका छन् | प्राचीन ग्रीसमा एपिक्युरस, सोफिस्टआदिले पनि ईश्वरमा अनास्था जनाएका थिए |
आजको मानव समाज चार्बाक र एपिक्युरसको समयबाट धेरै अगाडी बढेको छ | चार्वाक तथा एपिक्युरस र गोविन्दशरणको समयको अन्तरालमा धेरैधेरै परिवर्तन भएका छन् | ईश्वरका नाममा धेरै पन्थहरू जन्मेका छन्, फैलिएका छन् भने यो फैलावटमा धेरै पन्थहरूले आफ्नो सभ्यता समेत गुमाएका छन् | यस विचमामा ईश्वरका नाममा असंख्य मान्छेले आफ्नो ज्यान गुमाएका छन् | ज्यान गुमाउनेहरू जुन पक्षमा भए पनि "ईश्वर"का नाममा गुमाएका छन् | "ईश्वर" (गड, अल्लाह, जेहोवा)को प्रत्यक्ष उपस्थिति नहुँदा पनि उसले हत्या र स्थापनामा आफ्नो मानसिक उपस्थिति जनाएको छ |
ठाउँ, नाम, संस्कृति र मान्छे जहाँ सुकैका होउन् "शक्ति" सबैको साझा आवश्यकता र उपयोगी विषय हो | यो सबैका लागि चाहनायोग्य पनि हो | विश्वका सबै मान्छेहरू शक्तिशाली तत्व (जीव होस् वा निर्जीव) डराउँने गरेको पनि यथार्थ हो | मान्छेले भक्ति शक्तिको अनुभव "बलियो मान्छेको मिचाईबाट" बुझेको होला भन्ने मेरो विश्वास छ | राजा सम्भवत: शक्तिको सबैभन्दा चरमअवस्था हुनुपर्छ | राजाले शक्तिको प्रयोग गरेको देखेर होस् वा भोगेर होस् (आफ्नो लागि नकारात्मक अवस्था उपस्थित हुँदा) राजा भन्दा शक्तिशाली व्यक्तिको परिकल्पना भयो | कालान्तरमा तेस्तो शक्तिको स्रोतका रूपमा अदृष्य बन्न पुग्यो र अन्तत: मान्छेहरूले सर्वशक्तिमान र सर्वसमर्थ तत्व वा सत्यका रुपमा प्रतिष्ठित गर्यो |
मैले धेरै पटक ईश्वरको खोजिनिधि गरें तर एउटा अदृष्य मानसिक शक्तिको तार्कीक पूर्णताटाका रूपमामा वाहेक अस्तित्वको आवश्यकता अनुभूत गरिन | हुन त ईश्वरको अस्तित्वलाई मान्नेहरूले एकातिर ईश्वरको अस्तित्व प्रमाणित गर्न अनेकौं शास्त्र र तर्कको रचना गरेका छन् अर्कोतिर तर्कातीत भनेर ईश्वरको अनुसन्धान गर्ने बाटो थुनिदिएका छन् | न्याय दर्शन होस् वा वेदान्त दर्शन अथवा देकार्त र कान्ट नै किन नहोउन यदि उनीहरूले बुद्धिले ईश्वरलाई प्रमाणित गरेका छन् भने विश्वको सबैभन्दा ठूलो विरोधाभास हो | बुद्धिको सीमाभित्र पर्ने तत्व ईश्वर हुनै सक्दैन भने बुद्धि वाहेक मान्छेले "सत्त्व"लाई जान्ने बुझ्ने अन्य साधन छैन |
-विज्ञानका दृष्टिकोणले चिन्तान गर्दा कुनै व्यक्तिले ईश्वरको अस्तित्व अप्रमाणित गर्न सक्दैन वा "ईश्वर छैन" भन्न मिल्दैन | किनभने एउटा बैज्ञानिकले तत्थ्यका आधारमा (पर्यवेक्षण, परीक्षण र प्रमणिकरण) बोल्नु पर्छ | यदि धार्मिक व्यक्तिहरूले ईश्वर विश्वको कणकणमा व्याप्त छ भनिरहेका छन् (वैदिक शास्त्रले त झन् ब्रह्माण्डमा अनन्त विश्व छन्) भन्ने घोषणा नै गरेको छ एस्तो परिस्थितिमा त्रिलियन प्रकाश वर्षमा फैलिएको ब्रह्माण्डको प्रत्येक कणको पर्यबेक्षण, परीक्षण र प्रमाणिकरण नगरी ईश्वरलाई नकार्न मिक्दैन भने कुनै ईश्वरवादीले पनि "ईश्वर एतिबिध्न शक्तिशाली छ कि मान्छेले प्रत्यक्ष रूपमा देख्न सक्दैन भन्दै छल गर्न पाउंदैन | यदि सबै ठाउँमा भए सबै ठाउँमा र यदि कुनै ठाउँ (हेवेन, स्वर्ग, जन्नत)मा ईश्वर भेटिनु पर्छ |
सत्य के हो भने आजका ईश्वरवादीसंग ईश्वर होइन ईश्वरको कथा र परम्परागत रूपमा मान्छेले मान्छेलाई पुस्तान्तरण गर्दै आएको विश्वास छ | सबै विश्वास सत्य हुँदैनन् र सबै विश्वास झूट पनि हुँदैनन् | सत्य के हो भने विज्ञानले ईश्वरको अस्तित्व प्रमाणित गर्न नसकेझैं ईश्वरवादीहरूले पनि ईश्वरको अस्तित्व प्रमाणित गर्न सक्दैनन् | जुन क्षण ईश्वरवादीहरूले ईश्वरलाई प्रमाणको सीमामा स्थापित गर्छन् त्यो क्षण ईश्वरको हत्या हुने छ, ईश्वरको अस्तित्व सधैंका लागि लोप हुनेछ | विज्ञानको बर्चश्व बलियो हुँदैजाँदा "ईश्वर" निकै निरिह हुँदैछ | मैले ईश्वर निरीह भएको हो कि ईश्वरको विश्वास निर्वल भएको हो ! ठ्याक्कै छुट्याउन सकेको छैन |
-विश्वभरिका मान्छेहरूले आफ्नो "ईश्वर"लाई तीनबटा दृष्टिकोणले बुझ्ने प्रयत्न गरेका छन् | यहुदी, इसाई र मुस्लिमहरूको ईश्वर विश्वासको विषय हो | ईश्वरको शक्तिलाई मान्छेले "डर"का रूपमा अनुभव गर्छ र आत्मसमर्पणका माध्यमबाट मान्छेले ईश्वरको माया पाउँछ | वैदिक दार्शनिक सम्प्रदायमा समर्पण, विश्वास र बुद्धि तीनैबटा मार्गहरूबाट ईश्वरलाई बुझ्न सकिन्छ | उदाहरणका लागि भक्तिवादीहरूले ईश्वरको आराधना विश्वासका आधारमा गर्छन् | कर्मवादीहरूले ईश्वरलाई विश्वास र बुद्धि दूवैको प्रयोग गरेर जान्ने प्रयत्न गर्छन् भने बुद्धिवादीहरूले विवेकको प्रयोग गरेर ईश्वरको प्राप्ति गर्छन् | एउटा कुरा प्रष्ट छ वैदिकहरूमा - "ईश्वर" डराउँनु पर्ने शक्ति होइन | कुनै पनि वैदिकले डरका कारण ईश्वरको आदेश मानिरहेको छैन |
मान्छेको बुद्धिले "ईश्वर तर्कातीत छ, नेतिनेति तत्व" हो भनेर किन पत्याउने ? यदि ईश्वर मानवीय ज्ञानको सीमाबाट वाहिर छ भने ईश्वरको अस्तित्व प्रमाणित गर्न तर्क दिने र नदिने दूवै संसारलाई उल्लु बनाउने व्यक्तिहरूको अवैधानिक समूह हो | ईश्वर त छ मैले बुझे र साक्षात्कार गरे अनुसार अज्ञेय, ज्ञानातीत तथा अचिन्त्य छ भन्नेहरू वेइमान हुन् | हो, जानेको सबै विषय शब्दमा वर्णन गर्न सकिन्न तर "मैले जानेअनुसार त्यो अचित्य, अज्ञये तथा अनादि छ भन्नुको कुनै अर्थ हुँदैन

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...