श्रीनारदमुनिले बालक ध्रुबलाइ दिएको मन्त्र यही हो | यो मन्त्र जपेर बालक ध्रुवले छ महिना, तीन दिन र पांच घडीमा भगवान श्रीहरिको साक्षात्कार गरेका थिए | यसैगरी कर्दमजीले सन्यास ग्रहण गर्ने वेलामा आफ्नी धर्मपत्नी देवहुतिलाई पनि यही मन्त्र दिनुभएको थियो | देवहुतिले केवल छ दिनरात यो मन्त्र जपेर भगवानलाई खुसी पार्नुभयो | छोरा नै भए पनि देवहुतिले कपिलमा गुरूभाव राखेको पढ्न सकिन्छ | वैदिक संस्कृतिको विशेषता हो कि मातापिताले पनि सन्यास ग्रहण गरेका वा ज्ञानवृद्ध आफ्नै सन्तानलाई पनि सहजरूपले गुरुका रूपमा स्वीकार गर्न सकिन्छ | श्रीशुकदेवले परीक्षितलाई भागवत सुनाउंदा शुकदेवका पिता व्यासदेव श्रवणकर्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो |
Saturday, October 29, 2022
ॐ नमो भगवते वासुदेवाय:
अव ॐ नमो भगवते वासुदेवाय: को अर्थ बुझौं | ॐ भनेको ईश्वर हो | नम: अर्थ नमस्कार गर्छु हो | बासुदेवका दुईवटा अर्थ छ - वसुदेवका छोरा बासुदेव कृष्ण र बासुदेव अर्थात् सम्पूर्ण प्राणहरूका संचालन अर्थात् महाप्राण | यो संसारमा प्राण नहुने हो भने कुनै पनि जीवलाई प्राणी भन्न मिल्दैन | प्राण त्यस्तो उर्जा हो जसले शरीरलाई क्रियाशील राख्छ | मन्त्रको समग्रअर्थ हो ईश्वररूप महाप्राण श्रीकृष्णलाई नमन गर्छु | यो मन्त्रले आफुभित्रको प्राण र विश्वभरी व्याप्त महाप्राणका रूपमा रहेका श्रीकृष्णलाई नमन गरिएको हो | ॐ नमो भगवते वासुदेवाय: यो मन्त्र ज्यादै शक्तिशाली छ किनभने जोजसले यो मन्त्र विश्वास पूर्वक जपे, उनले छोटोसमयमा नै भगवान्को दर्शन प्राप्त गरे, मोक्ष प्राप्त गरे | मन्त्रमा दृढ विश्वास हुँदा उपासकमा महाप्राणको संचालन हुन्छ | विश्वनै आफुभित्र प्रतिविम्बित हुन्छ |
Subscribe to:
Post Comments (Atom)
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
हिन्दूहरू आत्माको अमरतामा विश्वास गर्छन् | वेद, उपनिषद्, पूराण र अन्य धर्म ग्रन्थहरूले आत्माका विषयमा वर्णन गरेका छन् | गीताको दोस्रो अध्याय...
-
विद्याको शाब्दिक अर्थ प्रकाश हो | प्रकाश नै विश्वको प्रमुख चाहना हो | कुनै पनि मान्छे अन्धकार अर्थात् अज्ञानी रहन चाहन्न | आज विश्वमा ज...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
No comments:
Post a Comment