भगवान् कपिल सांख्यदर्शनको उपदेश दिंदै भन्नुहुन्छ कि मान्छे आफ्नो भौतिक शरीरप्रति एतिबिध्न आसक्त हुन्छ कि भयानक नर्कमा यातना प्राप्त हुँदा पनि शरीरलाई माया गर्न छोड्दैन | आफ्नो शरीरको रक्षाका लागि अनेकौं पाप गर्छ र यातनाहरू पनि सहन्छ | असलमा, स्वर्ग र नर्क भनेको यही पृथ्वीमै छन् | जहाँ भयानक यातनाहरू छन् त्यो नर्क हो भने जहाँ सुखहरूको भण्डार छ, त्यो स्वर्ग हो | पुण्य कर्म गरेकाले सुखी जीवन प्राप्त गर्छन् भने पाप कर्म गरेकाले दु:ख भोग्छन् | यदि कुनै किसिमले पापकर्म गरेका व्यक्तिले धनआर्जन गर्न सफल भए भने पनि त्यो धन उनीहरूका लागि पुन: जन्ममरणको कारण बन्छ र कमाएको धनको रक्षा गर्ने, सुख भोग्ने चिन्ताको दु:खमा ती व्यक्तिहरू पिडित हुन्छन् | पुण्यकर्म भएकालाई धन सुखको स्रोत बन्छ भने पापकर्म भएकालाई त्यही धन दु:खको कारण बन्छ |
Saturday, October 29, 2022
गर्भको सिकाई
अनि, कुशल तथा अकुशल कर्मका आधारमा जीवले शरीर प्राप्त गर्छ | शरीरहरूमा सबैभन्दा असल मान्छेको शरीर हो तर आमाको गर्भमा प्रवेश गरेपश्चात दु:खको आरम्भ हुन्छ | आमाले खाने आहारमा जीवले बाँच्नुपर्छ भने पेटमा भएको तातोले शरीर पोल्छ, आमाको पेटमा भएका जीवाणुहरूले टोक्दा बडो कष्ट हुन्छ | गर्ममा वास भएको ७ औं महिनामा जीवलाई आफ्नो पूर्वजन्मको याद आउँछ र दु:ख मुक्तिका लागि भगवानसंग प्रार्थना गर्छ | आजको विकासवादले पनि गर्भमा रहेका बालबालिकालाई बाहिरी विश्वको प्रभाव पर्ने सिद्ध गरेका छन् भने नारदबाट कयाधुको पेटमा रहेका प्रहलादले भगवानको विषयमा सुनेर "भक्त" बनेका हुन् भन्ने विष्णुपुराण, भागवतआदिमा प्रष्टसंग उल्लेख गरिएको छ | तेसैले हरेक अभिभावकहरूले असल शिक्षाको आरम्भ आमाको गर्भकालदेखि नै गर्नुपर्छ | अहिलेको मनोविज्ञानले समेत सिद्ध गरेको तत्थ्य के हो भने गर्भअवस्थामा अभिभावकहरूले खाने, पिउने, गर्ने असल-कमसल व्यवहारको बालबालिकामा गहिरो प्रभाव पर्छ | उदहारणका लागि यदि मातापिता विनम्र, सहयोगी, मातापितालाई माया गर्ने व्यबहार गर्छन् भने बालबालिका जन्मेपछि त्यही गुणहरूको सजिलै अनुकरण गर्छन् | जड्याहाका बालबालिका जड्याहा हुने बढी सम्भावना हुन्छ | यही रितले बुझ्नुपर्छ | आमाको गर्भमा रहंदा बालबालिकाले कसरी सिक्छन् भने भागवतको सातौं स्कन्धको प्रहलादको प्रसंगमा विस्तृतरूपमा बताइएको छ |
Subscribe to:
Post Comments (Atom)
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
ऋग्वेदमा गणेशको प्रसंग छ | गणका नेता तिमी हौँ , धनका स्वामी तिमी , सबैका तिमी प्रिय छौं , सबैको नेताका रुपमा हामीतिम्रो नमन गर्छौं - ऋग्वे...
-
वेदले भन्छ : धर्म ईश्वरले बनाएका हुन् | मान्छेले धर्म बनाउन सक्दैन | मान्छेले पानी बनाउन सक्दैन | पानीको चीसोपन पनि बनाउन सक्दैन | धर्मको ...
No comments:
Post a Comment