Saturday, October 8, 2022

दुईवटा तस्वीर !

म बस कुरिरहेको थिएँ | यो बस स्ट्यान्ड नै थियो भन्न सक्दिन | वरिपरी मान्छेहरू बोलिरहेका थिए | म चिन्तित चिन्तित थिएँ | एत्तिकैमा एकजना महात्मा देखिए | उनको बगलीमा झोला थियो | उनी अग्ला, सेतो लुगा लगाएका र हँसिला थिए | उनी आएर मसंगै वसे |

उनले आफ्नो झोला खोलेर भारतको नक्सा निकाले | त्यो नक्साको बिचमा एउटा "मानिस" नामको प्रदेश रहेछ | उनले भने "यो प्रदेश भारतबाट छुट्टिदै छ | यो अलग प्रदेश बन्ने वाला छ |
मैले त्यो नक्सा आफ्नो हातमा लिएँ | उनी औधि खुशी भए | उनले त्यो नक्सा अर्कोतिर फर्काए | त्यहाँ भगवती पार्वतीको सून्दर तस्वीर थियो | म खुसी भएँ | महात्माले त्यो तस्वीर मेरो हातमा दिए | मेरो आँखाबाट आँशु बग्न थाले | मैले भने "मेरी आराध्यदेवी पार्वतीलाई मैले धेरै खोजेको थिएँ | उनी यहाँ पो रहिछन् | तिमी मेरो फुफु हौँ हो - पर्वतकी छोरी !
महात्माले भने "तिमी कुर्दाकुर्दा थाकेका छौँ | लामो बाटो बाँकी छ | हेर यो तस्वीर पनि तिम्रै लागि हो |" उनले आफ्नो झोलाबाट अर्को तस्वीर निकाले | यो तस्वीर श्रीराधाकृष्णको थियो | उनले त्यो तस्वीर पनि मेरो हातमा दिए | त्यो तस्वीरबाट मीठो सुगन्ध आइरहेको थियो | तेस्तो मिठो सुगन्ध मैले आफ्नो जीवनमा कहिले पनि अनुभव गरेको थिइन |
"बाबु ! यो तिम्रो मनको सुगन्ध हो | तिमीले यो यी तस्वीरमा जगन्माता पार्वती र विश्वात्मा श्रीराधाकृष्णलाई देखिरहेका छौँ | अव तिमीले धेरै प्रतिक्षा गर्नु पर्दैन | तिमीले यो सुगन्ध जताततै फैलाउने छौँ |
ती महात्मा त्यहीं अलप भए | म ती दुई तस्वीरबाट निस्किरहेको मनोहर सुगन्धबाट कृत्यकृत्य भैरहेको थिएँ | मलाई वा कुनै बस कुर्नुनै थिएन किनभने मेरो गन्तव्य समाप्त भएको थियो | मेरो सपना सकिएको थियो |
जान्नेहरूले अर्थ भन्नुहोला - मेरो सपना सकिएको थियो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...