Saturday, October 29, 2022

सफल र असफल जीवन

मृत्युबाट कसैले जोगाउन सक्दैन | आमा, बा, गुरू, छोराचोरी सबै संसारसम्मका साथी हुन् | मर्ने एक्लै हो | जव मृत्युबाट कसैले रक्षा गर्दैन भने असल कर्म गरेर मृत्युलाई सहज बनाउने काम पनि आफ्नै हो | असल कर्म गर्नु पर्छ भन्दा धेरैले "धार्मिक अन्ध विश्वास" भन्लान् ! तर के जथाभावी जीवन बाँच्नेहरू मृत्युबाट जोगिएका छन् ? के विश्वको सबैभन्दा धनि, बलियो, राम्रो, सबैले चिनेको मान्छे जीवित रहने छ ? सबैलाई थाहा छ - मर्नै पर्छ | वैदिक साहित्यहरू चारआश्रम र चारवर्णका लागि चार पुरुषार्थको व्यबस्था तेसैगरेको होइन | वर्ण र आश्रम दूवै व्यबस्थाहरूले कर्म र कर्म कसरी गर्ने भन्ने शिक्षा प्रदान गर्छन् | आश्रमहरूले जीवनको कुन उमेरमा मान्छेले के कर्तव्य पुरा गर्नुपर्छ भन्ने शिक्षा दिन्छ भने वर्णले

मान्छेलाई आफ्नो व्यक्तित्वअनुसारको कर्म चुन्ने र अवसर प्रदान गर्छ |
भगवान् ऋषभदेवले आफ्ना छोराहरूलाई भन्नुभयो "संसार अस्थायी छ, जीवन अनिश्चित छ | जीवन प्राप्त भएपछि संसारका कर्तव्यहरू पालन गर्नुपर्छ | धर्म, अर्थ र कामको सेवन गर्नुपर्छ तर धर्मपूर्वक अर्थ र कामको सेवन गरियो भने मोक्ष मिल्छ | अन्यथा संसारप्रतिको मोहले मृत्यु अन्त्यन्त दुखदायी हुन्छ | तेसैले हे पुत्र हो ! तिमीले धर्मपूर्वक संसारलाई प्रयोग गर्छ | सत्कर्म गर | " किनभने सत्कर्म गर्न सजिलो हुँदैन तसर्थ मान्छेहरू अर्थ र काम (पैसा कमाउने र रमाइलो गर्ने) विषयलाई जीवनको सार्थकता सम्झिन्छन् धर्म र मोक्षप्रति वेवास्ता गर्छन् | एस्तो क्रियाकलापले आफैलाई नोक्सान गर्छ किनभने मर्दा पाप र पुण्य बाहेक केही रहन्न |
आजभोली मान्छेहरूलाई "आधुनिकताको भूत" चढेको छ | सामान्यतया आधुनिकताको अर्थ विज्ञानको प्रयोग, शारीरिक सुखप्रतिको अत्यधिक प्रेम र स्वतन्त्रता (स्वच्छन्दता) र पश्चिमाहरूको पक्षमा नास्तिकता पनि पर्छ | एउटा सत्य के हो भने भौतिकवादीहरूले भविष्यको जन्म मान्दैनन् | रक्सी र यौनको स्वतन्त्रता प्राप्त गर्दैमा कुनै व्यक्ति आधुनिक हुन्छ वा अर्धनग्न हिड्दैमा वा जथाभावी यौनस्वच्छन्दता प्राप्त गर्दैमा आधुनिकता सिद्ध हुँदैन | मातापिता, गुरू, समाज, देवदेवताप्रति विनाम्रभावले कर्तव्यपालन गर्ने व्यक्ति पनि रकेट-विज्ञानको ज्ञाता हुनसक्छ र रकेटमा वसेर गन्तव्यमा जान सक्छ | सदाचार भनेकै धर्म पूर्वक अर्थ र कामको प्रयोग गर्नु हो | स्वतन्त्रताको नाममा स्वच्छन्दताको अभ्यासले आफ्नो मूल्य घटाउँछ, मृत्युलाई असहज बनाउँछ |
मृत्युपछि जीवन हुँदैन भन्ने तत्थ्य विज्ञानले प्रमाणित गरेको छैन, यो केवल भौतिकवादीहरूको विश्वास हो | जसरी भौतिकवादीहरू धर्मलाई विश्वास भन्छन् तेसैगरी मृत्युपछि जीवन छैन भन्नु पनि भौतिकवादीहरूको आफ्नो निजी विश्वास हो | ऋषिमुनिहरूले यदि कुनै कुरा सिकाइरहनुभएको छ भने तिनमा विश्वास गरौँ | धर्मपूर्वक काम र अर्थको सेवन गर्दा जीवन सफल हुन्छ | तर जसले धर्म र मोक्षको लक्ष विना अर्थ र काम (यौनसहित) सेवनमा आफ्नो जीवन व्यतीत गर्छन्, शास्त्रकाअनुसार सम्बन्धित व्यक्तिले भविष्यका जीवनमा दु:खको तयारी गर्दैछ |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...