Monday, February 19, 2024

नेपाल राज्यराष्ट्र कि राष्ट्रराज्य ?

 नेपाल राज्यराष्ट्र कि राष्ट्रराज्य ?

नेपालमा पहिलो पटक राष्ट्र राज्य र राज्यराष्ट्रका विचको सम्बन्धका विषयमा छलफल गर्दै राज्यराष्ट्रका पक्षमा वकालत गर्ने पक्षको नेतृत्व जरोकिलो महाभियानले गरेर आएको ८ बर्ष भयो | आज पनि धेरै मानिसले राष्ट्रराज्य र राज्यराष्ट्र भन्ने शब्दको अर्थ बाहेक सिद्धान्तका विषयमा जानेका/बुझेका छैनन् | बुझ्नेले भन्दैनन् |
अहिलेको संविधानले नेपाललाई राष्ट्रराज्य (Nation-state Theory)का रुपमा परिभाषित गरेको छ | प्रश्न उठ्छ, सैद्धान्तिक रूपमा राष्ट्रराज्य र राज्यराष्ट्रका विचमा के फरक छ र के वर्तमान संबिधानले भनेजस्तै नेपालको चरित्र राष्ट्रराज्यको छ ? तल यस वारे संझेपमा बुझ्ने प्रयत्न गरिन्छ |
१. राष्ट्रराज्यको राजनैतिक सिद्धान्तले एउटा राष्ट्रको निर्माणका लागि अनेकौं राष्ट्रहरू मिलेर एउटा साझा राष्ट्रियताको निर्माण गर्छन् | एउटा भाषा बोल्ने, एउटा धर्म मान्ने, एउटा भूगोलमा वस्ने, एउटा जाति वा समूहमा बस्नेआदि सबै राष्ट्र हुन् | ती त्यही भूगोलमा वसोवास गर्छन् र एउटा समूहले अर्को समूहका लागि भूगोलका सीमाहरू तोकेको हुन्छ |
२. राष्ट्रराज्य असल अनेकौं स्वतन्त्र मानिएका राष्ट्रहरूले एकआपसमा स्वार्थका लागि सम्झौता गरेर ठूलो राष्ट्रमा संगै वस्ने सम्झौता गरेका हुन्छन् | सैद्धान्तिक रूपमा एस्तो सहमति अस्थायी हुन्छ | एउटाले अर्काको भूगोलमा प्रवेश गर्न पाउन्न |
३. आजको समयमा विश्वका केही देशहरू बाहेक "एउटा धर्म, एउटा भाषा, एउटा संस्कृति, एउटा जाति"का आधारमा निर्मित भएका राष्ट्रहरूको अस्तित्व नै छैन | विश्वका सबैजसो देशहरू बहुलतामा प्रवेश गरेका छन् | बहुलराष्ट्रियतासंग सम्झौता गरेर बनेका विशालराष्ट्रहरूमा भाषा, संस्कृति, धर्म, भूगोलआदिका आधारमा निरन्तर झैंझगडा, अशान्ति तीब्रगतिमा बढ्दै छन् | सवैराष्ट्रहरूको साझा भनिएको केन्द्रीय राष्ट्रले न्याय नदिएको अनुभव गर्दै हिंसाको बाटोमा लागेका थुप्रै समूहहरू युरोप, भारतआदि देशमा सक्रिय नै छन् |
अव राज्यराष्ट्रको कुरा गरौँ | तुलनात्मक रूपमा राज्यराष्ट्र वारे नेपाली समाजमा त्यतिविधि चर्चा गरिन्न | राष्ट्रराज्यको जन्म युरोपमा भएको र हाल विश्वलाई युरोपेली बैचारिक शक्तिले डोमिनेन्ट गरेको हुँदा नेपालजस्ता निर्धनराष्ट्रको नेतृत्व ती संग डराउँछ र लोभलालचआदिमा तिनकै बाटो हिड्छ |
१. राज्यराष्ट्र सिद्धान्तले भन्छ राष्ट्र र राज्य दूवै एकआपसमा अभिन्न रूपले जोडिएका तत्व हुन् | सम्बन्धित भूगोलमा वसोवास गर्ने नागरिक आफैमा राज्य र राष्ट्र दूवै हो | राष्ट्रका रूपमा विविधतालाई स्वागत गर्छ भने राज्यका रूपमा आफ्नो पहिचानको सुरक्षा पनि गर्छ | आफ्नो पहिचानको सुरक्षा गर्दैगर्दा अर्काको पहिचान र संस्कृतिको अस्तित्वलाई स्वागत पनि गर्छ |
२. राज्यराष्ट्रको हरेक व्यक्तिले आफुलाई राज्य तथा राष्ट्र दूवैका रूपमा स्वीकार गर्ने र विविधतालाई राज्य तथा राष्ट्रको समवेत रुपमा बुझ्ने हुँदा राजनैतिकरूपमा बलियो र सवल हुन्छ | नेपालमा १३३ जातजातिहरू भूगोल, धर्म, संस्कृति तथा भाषामा बाँधिएका छैनन् | ती नेपालभरी छरिएका छन् तर तीसंग आफ्नो संस्कृति, भाषाआदि छन् | अरुलाई स्वीकार्ने र आफ्नो अरूसंग साटासाट गर्ने हुँदा नेपाल राज्यराष्ट्रको श्रेणीमा पर्छ |
३. अहिलेको नेपाली समाजमा कुनै पनि जातजाति, भाषाभाषीको एउटा भूगोल,मा मात्र उपस्थिति छैन | हो, ऐतिहासिक रूपमा भूगोल, भाषा संस्कृतिको अस्तित्व अस्वीकार गर्न सकिन्न तर आजको नेपाली समाज सहअस्तित्वमा एकअर्काको राष्ट्रियता स्वीकार गरेर वसोवास गर्छ | तेसैले नेपालमा "राज्यराष्ट्र"का गुणहरू छन् |
उपर्युक्त कुरा पढीसकेपछि पाठकहरूले आफै नेपाल कस्ता जनताहरूको वसोवास गर्ने थलो हो र नेपालको राजनैतिक स्वरूप के हुनुपर्छ ? भन्ने तत्थ्य आफै निर्क्यौल गर्न सक्नुहुन्छ | राज्यराष्ट्रको आलोचना गर्दैगर्दा के आजको इंग्ल्यान्ड "राष्ट्रराज्य" हो ? के लन्डनमा बसोवास गर्ने विश्वभरिका मान्छेहरूको उपस्स्थितिले राष्ट्रराज्य जोगिन सक्छ ? भन्ने प्रश्नको उत्तर पनि खोज्नु होला | वास्तवमा आजको लण्डनले राज्यराष्ट्रको अभ्यास गरिरहेको छ कि ?
-राज्यराष्ट्र, राष्ट्रराज्य तथा द्वीराष्ट्रियता र बहुराष्ट्रियताका विषयमा राम्ररी बुझ्न "राज्यराष्ट्र : अवधारणा र सिद्धान्त" खोजेर पढ्नु होला |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...