Monday, February 19, 2024

पतिपत्नी बन्न "गुण"को कुरा !

 पतिपत्नी बन्न "गुण"को कुरा !

"पतिपत्नी"को सम्बन्धमा प्रवेश गर्नु र आजीवन त्यो सम्बन्धमा रहनु निकै वीरतापूर्ण कार्य हो | वैदिक संस्कृतिमा नाडी-गुणआदि मिलान गर्दै दाम्पत्य जीवनका लागि उपयुक्त ठानिएका जोडीको विवाह गरिन्छ | वैदिक संस्कृतिले विवाहपछि "पारचुके"को कल्पना गरेको छैन | उपयुक्त विधिबाट छानिएर विवाह बन्धनमा गाँसिएका दम्पतिको "पारचुके" हुँदैन भन्ने वैदिक विश्वास रहेको बुझ्न सकिन्छ |
आजभोली नेपाली समाजमा विवाहपूर्व परामर्श (Pre-Marital counseling) को अभ्यास गर्ने मांग बढिरहेको छ | के वैदिक संस्कृतिमा विवाहपूर्व परामर्शको प्रचलन थियो त ? अवश्य पनि थियो तर आजको रूपमा थिएन | धेरैजसो विवाहपूर्वका आवश्यक परामर्शहरू अभिभावकहरूले पूरा गर्थे | आजको "मोडर्न एज"का युवायुवति र अभिभावकहरूका लागि "अचम्म" लाग्न सक्ने उपर्युक्त चलन आजको समाजमा पनि प्रचलनमा छ |
अभिभावकहरूले विवाहपूर्व परामर्शका लागि ज्योतिषी, पाका आफन्त, साधुसन्त, विद्वान, गाउँका धनिमानी र सामाजिक व्यक्तिहरूको उपयोग गर्थे | धेरैजसो "चिना" हेरेर गुण,वर्ग, गण इत्यादिको युति १८% प्रतिशत भन्दा बढी भए विवाहयोग्य ठानिन्थ्यो र २८% बढी गुण मिल्नेहरूको विवाहलाई सबैभन्दा राम्रो मानिन्थ्यो | आज पनि यो कुरा समाजमा प्रचलित नै छ |
वर्णो वश्यं तथा तारा योनिश्च ग्रहमैत्रकम् ।
गणमैत्रं भकूटश्च नाडी चैते गुणाधिका: ।।
हो, ज्योतिषीले चिनामा "कति गुण मिल्छन्" भनेर हेर्छन् | गुणशब्दको अर्थ हो - सम्बन्धित व्यक्तिमा रहेका सकारात्मक, नकारात्मक आनिवानी तथा सामर्थ्य तथा व्यबहरिकता | यदि केटा र केटीको चिनामा दूवैको आनिवानी, व्यबहार १८% पुगेको देखियो भने विवाहयोग्य हुन्थ्यो, पुगेन भने विवाह नगर्ने परामर्श दिइन्थ्यो |
आज उमेर पुगेका युवायुवतिहरूले प्रेम विवाह गर्दा पनि एकआपसमा बुझ्ने/बुझाउने कुरा नै "हामी दुई विच कति समानता छन् र कति असमानता" नै हो | यदि युवक-युवतिले आफ्ना गुणहरूमा "धेरै" समानता पाउँछन् भने विवाह गर्ने निर्णय गर्छन् | आनीबानी, खानपान, रुचि, सामर्थ्य यी सबै कुरा गुण नै हुन् | हिजोका दिनमा यी कुराहरू अभिभावकले तय गर्थे भने आज (केही) युवायुवतिले आफै तय गर्छन् | अभिभावकहरूले "विवाह गरिदिने" औपचारिकता मात्र पूरा गर्छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...