Monday, February 19, 2024

लोग्नेस्वास्नी विच झगडा किन पर्छ ?

 लोग्नेस्वास्नी विच झगडा किन पर्छ ?

कलियुगमा सबैभन्दा लोग्नेस्वास्नी विच झगडा हुने छन् भन्ने प्राचीन वैदिक पुराणहरूको भविष्यवाणी छ (दम्पतीनाम् च कल्कनम्) इन्टरनेटमा खोज्यो भने धेरै कारणहरू लेखिएको पाइन्छ | प्राचीन वैदिक पुराणहरूमा पनि यस विषयमा चर्चा गरिएको छ | पद्मपुराणको उत्तरखण्डमा निम्न कारणहरू उद्धृत गरिएको छ :
१. कूट भाषिण : जव कुनै लोग्ने वा स्वास्नी एकअर्कालाई केही तत्थ्य लुकाउन द्वीअर्थी वा घुमाउरो कुरा गर्न थाल्छन् | क्रमशः एकअर्काप्रति विश्वास गुम्दै जान्छ | विश्वास गुम्नुको अर्थ - शङ्का बढ्दै जानु पनि हो | निश्चय नै आज पनि एकआपसमा कूटनैतिक भाषाको प्रयोग गर्ने लोग्नेस्वास्नी विच झगडा हुने बढी नै सम्भावना हुन्छ |
२. तरुणी प्रभूता : यदि पत्नीमा आवश्यकता भन्दा बढी "लोग्नेमा अधिकार"को भावना वा "सम्पत्ति"मा एकाधिकारको महत्व दिने स्वभाव छ र "घर केवल मेरो खटनमा चल्नु पर्छ" भन्ने स्वभाव छ भने झगडा पर्छ | ठीक यसैगरी लोग्नेका विषयमा पनि बुझ्नु पर्छ |
३. श्यालको बुद्धिदायक : यदि स्वास्नीमा आफ्नो माइतीप्रति बढी नै विश्वास गर्ने, माइतीको मात्र सल्लाहलाई "सल्लाह ठान्ने" आफ्ना लोग्नेको परिवारलाई तुच्छ ठान्ने प्रवृत्ति छ भने लोग्नेस्वास्नी विच झगडा हुन्छ | यदि लोग्नेले पत्नीका आमावुवा वा दाजुभाईको अपमान गर्छन् भने "लोग्नेस्वास्नी"को सम्बन्ध विग्रन्छ | आजको मितिमा पनि यस्ता केसहरू थुप्रै आउँछन् |
४. कामिन्य केशशूलिन्य : पति होस् वा पत्नी यदि केवल आफ्नो फेसनलाई मात्र महत्व दिन्छन्, सधैं केश-प्रसाधनमा रमाउँछन् भने पनि लोग्नेस्वास्नी विच झगडा हुन्छ |
५, यसैगरी एकआपसमा असत्य बोल्ने, पवित्रता र स्वच्छतामा ध्यान नदिने, एकआपसमा दयाहीन हुने, केवल आफ्नो स्वार्थमात्र हेर्ने, धनसम्पत्तिका लागि मरिमेट्ने, एकआपसमा पाखण्डीपन देखाउने, धनसम्पत्तिका लागि आफ्नी छोराछोरीसम्म बेच्न तयार हुने दम्पतिहरू एकआपसमा झगडा गर्छन् |
६. उपर्युक्त कारणहरू भन्दा पनि सबैभन्दा ठूलो झगडाको जडचाहिं लोग्नेस्वास्नीले एकआपसमा "लोभ" गर्दा हुन्छ भनिएको छ | यदि लोग्नेस्वास्नीले एकअर्काको भरणपोषणका सवालमा "लोभ" गर्छन् भने त्यसले लोग्नेस्वास्नीका विच झगडा हुन्छ | तेसैले गरीव होस् वा धनि, लोग्नेस्वास्नीले एकआपसमा व्यबहार गर्दा "लोभ"लाई त्याग्नुपर्छ |
यस वाहेक प्रसिद्ध कामसूत्रमा थुप्रैथरिका कारणहरूले गर्दा "लोग्नेस्वास्नी विच झगडापर्छ" भन्दै तेस्ता व्यबहारसंग जोगिने उपायहरू पनि सुझाइएको छ | कामसूत्रलाई "सेक्स-सूत्र" बनाएर बदनाम गर्नेलाई वैदिक संस्कृतिले कहिल्यै पनि क्षमा गर्न सक्दैन |
आजको समयमा पनि लोग्नेस्वास्नीका विचमा झगडाको प्रमुख कारणहरू मध्ये उपर्युक्त कारकहरू पर्याप्त छन् | श्रीमद्भागवत महात्म्यको पहिलो अध्यायले उल्लेख गरेका "झगडाका बीऊ"हरूसंग हरेक लोग्नेस्वास्नी सचेत हुँदा दाम्पत्य सुखमय वित्छ |
.....................
नोट : विदेशीहरूको आर्थिक सहयोगमा चल्ने केही एनजिओहरूले "लोग्नेस्वास्नी " शब्द र यसको प्रयोगलाई अनुचित ठान्छन् | नेपाली जनजीब्रोमा रहेका र सबैले सजिलोसँग बुझ्ने "लोग्नेस्वास्नी" नेपाली भाषाको सबैले प्रयोग गर्न मिल्ने शब्द हो | हसबेण्ड र वाइफ शब्द भन्दा धेरै सभ्य शब्द हो | भुक्नेलाई भुक्न दिनुस्, हामी आफ्ना शब्दहरूप्रति स्वामित्व ग्रहण गरौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...