Monday, February 19, 2024

त्रिविविका कुरा

 त्रिविविका कुरा

त्रिविवि हामी नेपालीको गौरव हो | त्रिविवि अघोगतिमा जानु भनेको नेपालको गौरव घट्नु हो | हालका दिनहरूमा त्रिविविले धेरैतिरबाट हुँदै/नहुँदो दूवै प्रकारका आरोपहरू खप्नु परेको छ | खासगरी २०६३पछि त्रिविविको शाख गिराउन कसर छोडिएको छैन |

देशका अधिकांश विविहरू त्रिविवि सम्पत्तिमा ठडिएका छन् | त्रिविविले आफ्नो सम्पत्ति काटेर दिए पनि ती विविहरूले सधैं त्रिविविको कुभलोमात्र सोचे र गरिरहेका छन् भन्ने आरोप पनि लाग्ने गर्छ | विविहरूले आफ्नो गरिमा आफै घटाइरहेका छन् |

देशका सबैजसो विविहरूमा त्रिविविकै पूर्व/हालका प्राध्यापकहरू पदाधिकारी नै बहाल हुन्छन् | आफ्नो कार्यथलोलाई उच्चतर अवस्थामा पुर्याउनेतिर तिनले ध्यान दिनुपर्छ | तर उल्टो हुन्छ | उनीहरूको गुनासो त्रिविविप्रति बढी हुन्छ | पदाधिकारीहरूको एस्तो क्रियाकलापले योग्यताका आधारमा पदाधिकारी बन्न सकेकाहरू पनि "झोले"भित्रको लेभलमा परेर आलोचित हुन्छन् |

देशमा १७ बटा विविविहरू खुलिसक्दा पनि हाल त्रिविविमा ४ लाख विद्यार्थी अध्ययनरत छन् | काठमाडौँ विवि पोखरा विविहरूलाई "धनिका सन्तान मात्र पढ्न सक्ने" भनि लेभ्लिंग गरिन्छ | अन्य विविहरू राजनैतिक भागवण्डाले थलिएका छन् | विद्यार्थीसङ्ख्या त्रिविविको आंगिक क्याम्पस बरावर पनि छैनन् |

आजभोली धेरैजसो पत्रपत्रिकाहरूमा "त्रिविवि"मा विद्यार्थी घटे भन्नेजस्ता समाचारहरू बढी छापिएको पढ्न सकिन्छ | २०६३ पछि प्रमाणपत्रतह खारिज गरियो | ह्वात्तै निजी कलेजहरूको सङ्ख्या बढ्यो | मिलोमतोमा त्रिविविलाई कमजोर बनाउने काम भयो | तर त्रिविविले नयाँनयाँ कार्यक्रमहरू संचालन गरेर आफ्नो जिम्मेदारी थामिरहेको छ |

राजनैतिक अस्थिरता अकर्मण्यताले विद्यार्थीहरूको विदेश पलायन हुँदैछ | पैसा हुने र विदेशमा आफ्नो आर्थिकस्तर रामो देख्नेहरूले अमेरिका/बेलायतआदिमा रुख गरेका छन् | हरेक वर्ष ५ लाख विद्यार्थीले कक्षा १० पास गर्छन्, ती मध्ये ५० हजार विदेश जान्छन् | बाँकी अन्य विवि र खाडीतिर जान्छन् | ४ लाख विद्यार्थीहरूको शैक्षिक केन्द्र आज पनि त्रिविवि नै हो |

केही बुद्धिजीवि र राजनीतिज्ञहरूले "त्रिविवि थाम्नै नसक्ने ठूलो भो" रोइलो गरेको सुनिन्छ | यो अर्धसत्य हो | यदि कार्यविधिअनुसार कर्मचारी र प्राध्यापकका लागि समयसमयमा विज्ञापन गर्ने हो भने सबै समस्याहरू स्वत: समाधान हुँदै जान्छन् | साथै, त्रिविविले सक्नेसंग पैसा लिने र नसक्नेलाई फ्रिमा पढ्न दिने नीति अवलम्बन गर्नुपर्छ | विदेशका नामी विविहरूले यसै गर्छन् | सुरुसुरुमा विरोध/अवरोध भए पनि पछि बानी पर्दै जान्छ |

त्रिविविको सेवा आयोगले कसेकम पनि एउटा कार्यविधि १० वर्षसम्म स्थायी बनाएर चल्नुपर्छ | प्रत्येक विज्ञापन गर्नुअधि कार्यविधि परिवर्तन गर्नु उचित हुँदैन | यसले त्रिविवि झन् आलोचनाको पात्र बन्छ | कार्यविधिमा स्थायित्व हुँदा कार्यरत प्राध्यापकहरूले योजना बनाएर अनुसन्धान/लेखन/निर्देशन गर्छन् |

केही अमेरिकन विवि र भारतीय विविले एउटा अर्को कार्यविधिको पनि अवलम्बन गरेको बुझ्न सकिन्छ | यस विधिअनुसार विवि सेवामा प्रवेश गरेको पाँच वर्षमा सह र १५ वर्षमा प्राध्यापक बन्न सकिन्छ | यसका लागि निश्चित नम्वर र कार्यहरू तोकिएको छ | ती कार्यहरू उपप्राध्यापकले क्रमशः आयोगको पोर्टलमा अपलोड गर्छन् | पांच वर्षभित्र तोकिएको कार्यपुरा गर्न सक्नेलाई सेवा आयोगले सहप्राध्यापकमा बढुवा दिन्छ | नसक्ने त्यहीं रहन्छन् | कुनै राजनीति, कुनै सिफारिस केही चाहिन्न, कार्यसम्पादन भए पुग्छ |

त्रिविविको विगत हेर्दा पदपूर्तिको लागि पांच छबटा विधिहरू अबलम्बन गरेको इतिहास छ | झा कार्यदलले प्राध्यापनलाई अनुसन्धान मुखी बनाउन १८०/को आटो अपनायो | तेस बखत धेरैले अर्काका पुस्तकको गाता च्यातेर आफ्नो नाम राखेर पदोन्नति भएको आरोप लाग्ने गरेको छ | सत्य आफैले बुझुन् |

दोश्रो, ४०/२० को कार्यविधि बन्यो | त्यो विधिलाई अवलम्बन गरेर पदोन्नती भएकाहरूको आज हालीमुहाली छ भन्ने गुनासो सुनिन्छ | आफ्नो लागि सजिलो र अर्काको लागि असजिलो मानसिकता आफ्नै लागि र संस्थाको साखका लागि पनि उचित हुनै सक्दैन | एस्तो अतिवादबाट वाहिर निक्लन सक्नुपर्छ | आरोपको सत्यता आफैले जान्ने कुरा पर्यो |

त्रेसो कार्यविधि एकजना दक्ष प्राध्यापकज्यूको संयोजकत्वमा बनेको थियो जसले विदेशका विविहरूमा उच्चशिक्षा प्राप्त गरेर नेपाली विविहरूमा आफ्नो सीप खर्च गर्न चाहन्थे, तिनलाई फास्ट ट्रेकमा नियुक्तिको व्यबस्था मिलाइयो | यो कार्यविधि निकै आलोचित बन्न पुग्यो किनभने यसले डलर लिएर भर्ना गर्यो भन्ने हल्ला चल्यो | जसले गर्दा योग्यता, दक्षता तथा सीप भएका विदेशी विश्वविद्यालयबाट नेपाल आएकाहरू पनि आलोचित बन्न पुगे | केहीले त उपयुक्त आलोचना सहन नसकेर त्यागपत्र दिएर विदेशतिर नै फर्किए | पत्रपत्रिकामा आएको समाचारलाई सत्य मान्ने हो भने कुनै दक्षता नभएकाले समेत "त्रिविविको प्राध्यापक" भन्दै परिचय दिने अवसर पाए |

चौथो पदपूर्तिको कार्यविधि परम्परागत सेवाआयोगको हो जुन ठीक्क विज्ञापन अगाडी कार्यविधि परिवर्तन गरेर आलोचित हुने मौका पर्खिरहेको हुन्छ | कुनै पनि कार्यविधि परिवर्तन गर्दा त्रिविवि कार्यकारी, विविमा प्राध्यापनरत सरोकारवाला प्राध्यापक आदिसंग सहकार्य गरेर तय गरिनुपर्छ | स्वार्थवास उप्रान्त केवल ७-८ वर्ष कार्यकाल बाँकी रहेकाहरूको मिलोमतोमा कार्यविधि परिवर्तन गरिएको भन्ने आरोपबाट त्रिविवि मुक्त हुनै पर्छ |

हामी सबैको उदेश्य त्रिविविको गौरवलाई उच्च राख्दै आफ्नो पनि वृत्ति विकास गर्नु हो | यस्तो अवस्थामा सबै कार्यविधिका राम्रा पक्षहरूलाई समेटेर न्यायोचित तवरले पदोन्नतीको व्यबस्था मिलाउनु पर्छ | सबैका राम्रा नराम्रा पक्ष हुन्छन् | राम्रो पक्षलाई ग्रहण गर्ने हो भने धेरै समस्याहरू सुल्झिन्छन् | त्रिविविको आलोचना गर्नेहरू सबै खराव नियतका पनि हुँदैन न सबै असल नियतका नै हुन्छन् | तर एकै पदमा २० वर्षसम्म राखेर पनि पदोन्नती गर्न नसक्नेले आलोचना खप्नै पर्छ | भिक्टिमहरूलाई क्षतिपूर्ति दिनु व्यबस्था गर्नैपर्छ |

हरेक वर्ष ५ लाख भन्दा बढी विद्यार्थीले १० पास गर्छन् | ती मध्ये ५० हजार विदेश जान्छन् | ५० हजार ले त्रिविवि बाहेकका विवि र खाडीको रुख गर्छन् | ४ लाख विद्यार्थीहरूलाई शिक्षित, दीक्षित तथा प्रशिक्षित गर्ने काम त् त्रिविविले नै गरिरहेको छ |

अर्को कुरा, १० वर्षभित्र देशमा ७ बटा नयाँ विवि खोलिए | ती विविहरूमा आजको मितिमा पनि त्रिविविको एउटा आंगिक क्याम्पस वरावर पनि विद्यार्थी छैनन् | के ती विविहरू केवल पदाधिकारीहरू भर्ना गर्न खुलेका हुन् ? त्रिविविको आलोचना गर्नेहरूले जवाफ दिनुपर्छ |

त्रिविवि यो देशको शैक्षिक आत्मा हो | धेरै विविहरू यसकै सम्पत्तिमा ठडिएका छन् | केही विविहरू "केवल धनिका छोराछोरी पढ्ने" चिनिएका छन् | केही विविहरू आफै थलिएर बल्लबल्ल हिंडिरहेका छन् | त्रिविवि नै एस्तो एउटा संस्था हो जसले पढ्न चाहने सबैलाई स्वागत गरिरहेको छ |

हो, त्रिविवि आफुभित्र सङ्घर्ष गरिरहेको छ | राजनैतिक हस्तक्षेप, कर्मचारी/प्राध्यापकको कमि. न्यून शुल्कआदिले गर्दा धेरै समस्याहरू बल्झिएका छन् | तर त्रिविवि हार्नेवाला छैन | २०६२-६३ मा प्रमाणपत्रतह हटाएर रित्याउन खोज्दा पनि नयाँनयाँ कार्यक्रमहरू तर्जुमा गरेर अगाडी बढेकै हो |

त्रिविवि हामी सबैको साझा संस्था हो | यसको गौरव कायम राख्नु हाम्रो पहिलो कर्तव्य हो | तेसैले त्रिविविको समालोचना गरौँ, आलोचना होइन | त्रिविविको उन्नयनमा सघाउँ, खुट्टा तानेर आफै सिद्धिने काम नगरौं |

त्रिविविका पदाधिकारीहरूले पनि आफ्नो उत्तरदायित्व पालन गरौँ | त्रिविविको पदाधिकारीहरूको रिटायर हुने समय निकै नजिक हुन्छ | रिटायर हुँदै गर्दा स्वार्थ बिर्सेर त्रिविविलाई गुण लगाएर जाउँ | असल नियतपूर्वक काम कर्तव्य पालन गर्नेले कहिलै पनि रातो मुख लाउन पर्दैन | सत्य सधैं विजयी हुन्छ |

राजनीति सधैं अवसरवादी हुन्छ | कुनै राजनैतिक सिद्धान्तमा आस्था हुनु अपराध होइन | तर आफ्नो कार्यथलोप्रति कर्तव्य पुरा नगर्नु आफैसंग गरिएको विश्वासघात हो | विविको उन्नयननै सबैभन्दा महत्वपूर्ण काम हुन्छ | यो भन्दा बढी भन्नुपर्दैन |

त्रिविविमा विद्यार्थी घटे भन्नु अर्ध सत्य हो | यस्तो समाचार पत्याउनु अर्को अर्धसत्य हो | समाचार लेख्नेले पनि तत्थ्यसहित लेख्दा त्रिविविलाई सजिलो हुन्छ | असजिलो पार्न लेखिएका समाचारहरूप्रति असहमति व्यक्त गर्नुपर्छ | एउटा कुरा त्रिविविमा खाने तर यसैमा खाल्डो खन्नेहरूप्रति सधैं सजग हुनुपर्छ | जुन थालमा खाएको छ, त्यसैमा प्वाल पार्नेहरूको भर पर्नु हुँदैन |

सबैले थाहा पाएकै विषय हो : त्रिभुवन विश्वविद्यालयले शिक्षाक्षेत्रमा गर्ने र गरिरहेको काममा अन्य कुनै शैक्षिक संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् | आज को ८०% क्रियाशील शक्ति त्रिविविको उत्पादन हो | यसमा हामी सबै त्रिविवि सदस्य तथा देशले गौरव गर्नुपर्छ |

आजभोली त्रिविवि धेरै कुरामा आलोचित हुने गरेको छ | समयमा परीक्षा गराउन नसक्ने, रिजल्ट निकाल्न नसक्ने, शैक्षिक क्यालेन्डरको वेवास्ता गर्ने इत्यादि आरोपहरू सही नै हुन् | तर यी सबैको कारक कर्मचारी र प्राध्यापकहरूको कमी पनि हो भन्ने विर्सन मिल्दैन |

यदि त्रिविविले नियमअनुसार प्रत्येक छछ महिनामा कर्मचारी र प्राध्यापकहरूको विज्ञापन गर्ने र आवश्यक ठाउँमा पूर्ति गर्ने हो भने धेरै समस्याको समाधान हुन्छ | त्रिविविले गर्नु पर्ने नियमित पदआपूर्ति विज्ञापनमा चरमराजनैतिक हस्तक्षेप र पदाधिकारीहरूको स्वार्थ बुझी नसक्नु छ |

हरेक विषयहरू समय सापेक्ष हुनुपर्छ | समयअनुसार त्रिविविले पनि आफ्नो कार्यविधि परिमार्जित गर्नुपर्छ तर यदि कार्यविधि, नियमावलीआदिको परिमार्जन पदाधिकारी वा पहुँचबालको स्वार्थपूर्तिलाई ध्यानमा राखेर गरिन्छ राम्रो होइन | हरेक पटक आफ्नो स्वार्थपूर्तिका लागि नियमावली, विनियामबली बनाएको र परिमार्जन गरेको तत्थ्य सबैले बुझेकै हो |

कुनै पनि शैक्षिक संस्था कर्मचारी, पदाधिकारी तथा तालुकवालाको समग्रताबाट गतिशील हुन्छ | यदि संस्थामा काम गर्दागर्दै सिनियर भैसकेका कर्मचारी वा अध्यापकहरूले आफ्नो क्रियाशील उमेर छँदै बढुवाको अवसर पाउंदैनन् भने संस्था र व्यक्ति दूवैका लागि हितकारी हुँदैन | हाल त्रिविविका अधिकांश प्राध्यापकहरू १५ वर्षदेखि ३० वर्षसम्म उपप्राध्यापक पदमामा फ्यालिएका छन् | यो हदैसम्मको हीनताबोध सिर्जना गर्ने अवस्था र व्यबस्था हो |

बरू त्रिविविले बरिष्ठताको आधारमा स्वत: माथिल्लोपदमा बढुवा गर्नुपर्छ | २० वर्षसम्म एकै पदमा बस्नु पर्ने बाध्यता त्रिविविलव नियमअनुसार बढुवाका लागि विज्ञापन नगरेर हो | दोष त्रिविवि एवं राजनीतिको हो प्राध्यापकहरूको होइन | विश्वका धेरै विविहरूमा ५ वर्ष उपप्राध्यापक र सहप्राध्यापकका रूपमा काम गरेका शिक्षकहरूलाई स्वत: माथिल्लो पदमा पदस्थापना गरिने नजिरहरू छन् | त्रिविविले नियमअनुसार विज्ञापन गर्ने गरेको भए "माथिल्लो पदमा स्वत: बढुवा हुनुपर्छ" भन्ने प्रश्ननै उठ्ने थिएन |

कार्यविधि परिवर्तन गरेर समस्या समाधान हुँदैन बरू अझै बल्झिन्छ | २० वर्षभन्दा बढी एकै पदमा काम गर्न बाध्य बनाउने संयन्त्रले क्षतिपूर्ति दिनुपर्छ | जुसे वा राजनैतिक नियुक्ति भन्दै अपमान गर्नु उचित हुँदैन | एस्तो अपमान गर्ने प्रवृत्ति झन् प्रत्युत्पादक हुन्छ, एउटा गौरवशाली संस्थाका लागि हितकर हुँदैन | समयसमयमा विज्ञापन गरेको भए आंशिक, करारजस्ता समस्या आउंदैआउने थिएन |

त्रिविविको विगत हेर्दा पदपूर्तिको लागि पांच छबटा विधिहरू अबलम्बन गरेको इतिहास छ | झा कार्यदलले प्राध्यापनलाई अनुसन्धान मुखी बनाउन १८०/को आटो अपनायो | तेस बखत धेरैले अर्काका पुस्तकको गाता च्यातेर आफ्नो नाम राखेर पदोन्नति भएको आरोप लाग्ने गरेको छ | सत्य आफैले बुझुन् |
दोश्रो, ४०/२० को कार्यविधि बन्यो | त्यो विधिलाई अवलम्बन गरेर पदोन्नती भएकाहरूको आज हालीमुहाली छ भन्ने गुनासो सुनिन्छ | आफ्नो लागि सजिलो र अर्काको लागि असजिलो मानसिकता आफ्नै लागि र संस्थाको साखका लागि पनि उचित हुनै सक्दैन | एस्तो अतिवादबाट वाहिर निक्लन सक्नुपर्छ | आरोपको सत्यता आफैले जान्ने कुरा पर्यो |

त्रेसो कार्यविधि प्राडा रामचन्द सरको अध्यक्षतामा बनेको थियो जसले विदेशका विविहरूमा उच्चशिक्षा प्राप्त गरेर नेपाली विविहरूमा आफ्नो सीप खर्च गर्न चाहन्थे, फास्ट ट्रेकमा नियुक्तिको व्यबस्था मिलाइयो | यो कार्यविधि निकै आलोचित बन्न पुग्यो किनभने यसले डलर लिएर भर्ना गर्यो भन्ने हल्ला चल्यो | जसले गर्दा योग्यता, दक्षता तथा सीप भएका विदेशी विश्वविद्यालयबाट नेपाल आएकाहरू पनि आलोचित बन्न पुगे | केहीले त उपयुक्त आलोचना सहन नसकेर त्यागपत्र दिएर विदेशतिर नै फर्किए | पत्रपत्रिकामा आएको समाचारलाई सत्य मान्ने हो भने कुनै दक्षता नभएकाले समेत "त्रिविविको प्राध्यापक" भन्दै परिचय दिने अवसर पाए |

त्रिविविको गौरवलाई सबैभन्दा क्षति ती व्यक्ति वा समुदायबाट भैरहेको छ, जसले आफ्नो स्वार्थका खातिर त्रिविविको प्रयोग गर्छ | कर्मचारी होस् वा शिक्षक कुनै पनि आकाशबाट झर्ने होइन | विधिअनुसार नै ल्याउनु पर्छ | विधिअनुसार सेवामा प्रवेश गरेका शिक्षकहरूको वृत्ति विकास पनि समय र विधिअनुसार नै हुनुपर्छ | यो सबै काम "जिम्मा" लिएर बसेका पदाधिकारीहरूको हो | दोषारोपण गर्ने ठाउँ होलान् तर जिम्मेवारीबाट भाग्न सकिन्न |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...