Monday, February 19, 2024

विहानविहानै

 विहानविहानै

एकातिर नेपाल विश्वको प्राचीनतम संस्कृति भएको देश हो भन्दै गौरव बखान गर्ने तर मार्क्स-माओ, लिंकन, जर्ज वासिंटनको पूजा गर्ने
दोश्रोतिर नेपाल धर्म, संस्कृति, ज्ञानको अखण्ड साधनास्थल हो भन्दै भाषण ठोक्ने तर रेफरेन्स दिंदा अक्सफोर्ड, क्याम्ब्रिजलाई मात्र विश्वास गर्ने
तेश्रोतिर, भोट दिने बखतमा मार्क्स र अक्सफोर्डका भक्तहरूलाई दिने अनि, हाम्रो धर्म, संस्कृति, परम्परामा आधात भयो, धर्म परिवर्तनलाई प्रश्रय मिल्यो भन्दै चिन्ता गर्ने
चौथोतिर समसामयिक नेपालको प्रगतिको लागि प्राचीन इतिहासबाट सिकाई र विदेशीहरूले गरेको "विकासबाट" शिक्षा प्राप्त गरेर मात्र हुन्छ | विहान उठ्ने वित्तिकै आफैले चुनेर पठाएका नेताले "सबै ध्वस्त पारे" भन्दै सत्तोसराप गरेर कुनै परिवर्तन हुँदैन |
पाँचौंतिर, विकृतिहरूको बखान सुनेर हाम्रा बालबालिकाहरूले आफ्नो मन, बुद्धि र बसाई विदेशतिर फर्काइसकेका छन् | खासगरी सुकिलामुकिलाहरूको बृद्धवस्था छोराछोरीका फोटाहरू फेसबुकमा हेर्दै एक्लाएक्लै वित्ने सुनिश्चित छ |
को सँग गुनासो गरौँ ! यहाँ गुनासाका भारी छन् | नेताहरूले जनतालाई खराव देख्छन्, जनताले नेतालाई ! हामी नेपाली यस्तो देशको नागरिक बनेको छौँ जसले नेपालको राजनीति देश निर्माणका लागि हो कि विध्वंसका लागि बुझ्न सकिरहेका छैनौं वा बुझेर पनि बूझ पचाएका छौँ ?
हजारपटक सकारात्मक दृष्टिकोणले चिन्तन गर्दा पनि पनि निश्चय गर्न नेपाली राजनीति देशका लागि हो कि विदेशका लागि भेउ पाउन सकेको छैन | गणतन्त्रका झोलेहरूले गणतन्त्रको पक्ष लिन्छन्, राजतन्त्रका झोलेहरू राजाको कुरा गर्छन् | जनताले निराशा पाउँछन्, आलोचनाका लागि अर्को मसाला पाउँछन् |
अन्त्यमा, नेपाली जनताले गर्न जानेको आलोचना र नेपाली नेताले दिन जानेको सुशासनको आश्वासनमात्र हो भन्ने बुझ्न किन एतिबिध्न अफ्ठ्यारो भएको हो | गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, राजतन्त्रको गुण गाएर देशमा सुधार हुँदैन | सुधारको लागि सुधारिएको भोट र आत्म मन्थन नै हो, प्रतिमान परिवर्तनको दिशा नै हो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...