Thursday, February 26, 2015

हिन्दू आन्दोलन : नेतृत्वको खाँचो

संस्कृतको एउटा उखान : नहि सुप्तस्य सिंहस्य प्रविसन्ति मुखे मृगा: अर्थात् यदि सिंहले जंगलको राजा हुँ त्यसैले मेरो मुखमा जंगली जनावरहरू आहारा बनेर आफै आउने छन् भनेर सुतिरह्यो भने, उसले भोकै मर्नु पर्ने | हामी हिन्दूहरूको हालचाल आजभोली यस्तै देखिन्छ | हामी आफुलाई प्राचीनतम, सनातन, सास्वत, हिन्दू वैदिक भएकोमा गर्व गर्छौं | हामी भाषणमा, लेखनमा, एकान्तमा झोकिन्छौँ, गर्जिंछौँ तर व्यवहारमा हामी सुतिरहेको छौं तर निदाइरहेका छैनौं | हामी आफ्नो इतिहासका गौरवको गहिरो तन्द्रामा छौँ अथवा आफुलाई मूर्छित ठानेर आराम गरिरहेका छौँ | हाम्रो तन्द्राले हामीलाई भित्र-भित्र खोक्रो बनाइरहेको | हाम्रो गौरवलाई धमिरो झैँ चवाइरहेको |

हामी हिन्दूहरूको यो 'वेहोसी' केही आफ्नै अकर्मण्यता केही अरूका कारण देखिएको हो | १० हजार वर्षलामो इतिहास बोकेर हिंडेको हाम्रो हिन्दूत्वका जराहरू हाम्रो समाजमा ब्याप्त निर्धनता, केही अमानवीय प्रचलनहरू (छुवाछुत), अन्धविश्वास परनिर्भरताका कारण उत्पन्न भएको हो भने केही हाम्रा यी कमजोरीहरूलाई सोपान बनाएर हाम्रो सांस्कृतिक साम्राज्यलाई नाश पार्ने सड्यन्त्रकारी शक्तिहरूको दीर्घकालीन योजनाका कारण देखिएको हो | मुस्लिमहरू क्रिश्चियनहरू यस योजनाका सूत्रधार हुन् भने हामी बीच रहेको निर्धनता स्वार्थीपन तिनको योजनालाई कार्यन्वयन गर्ने शक्ति !!

उदाहरणका लागि आज हामी हिन्दूहरू जति शब्द शक्ति क्रिश्चियनहरूलाई गाली गर्न वा तिनका कार्यको भत्सना गर्न खर्च गरिरहेका छौँ त्यसको एकप्रतिशत पनि हिन्दूसमाजको उत्थानका लागि खर्चिरहेका छैनौं | हाम्रा ऋषिमुनिहरूले बडो परिश्रम गरेर लेखेका/जोडेका साहित्यहरू अझै पनि प्रकाशनको प्रतिक्षामा छन्, मन्दिरहरू भत्किएर/मक्किएर/चोरिएर वर्वाद हुँदै छन् तर हामी तिनै सम्पदाका काखमा 'कन्सर्ट' हेर्न व्यस्त छौँ | हामीलाई सेक्सपीयरका वारेमा, अरस्तुका वारेमा, न्यूटनका वारेमा, आइन्स्टाइनका वारेमा थाहा तर महान् गणीतज्ञ भास्कर, महाकवि कालिदास, योद्धा अर्जुन वा अन्य प्राचीन सम्पदाका वारेमा जानकारी छैन | हामी भाषणमा 'स्वसंस्कृति' संरक्षणको कुरा गर्छौं तर ब्यबहारमा आफ्ना बालबालिकालाई 'क्रिश्चियन' विद्यालयमा पढ्न पठाउने गर्छौं

असलमा, यो द्वेध चरित्रले हामीलाई मारिरहेको | हाम्रा अगुवाहरू यस द्वेध चरित्रका प्रमुख वाहक हुन् | जव हामी आफ्ना अगुवाहरूलाई 'पन्थ'को प्राथमिकता त्यागेर 'हिन्दूत्व'को कुरा गर्न निवेदन गर्छौं | उनीहरूको जाँगर चल्दैन | पन्थका गुरुको रूपमा कमाएको सम्मान (गोडा छुने, उपहार दिने, जयजयकार गराउने/गर्ने)ले बाटो छेक्छ | यदि कुनै अगुवाहरूले हिन्दूत्वको आवाहनलाई सुने भने पनि अन्तत: पुन: आन्दोलनको मृत्यु 'व्यक्ति पूजा'का कारण हुन्छ | व्यक्ति पूजाको आवरणमा लुकेको हाम्रो स्वार्थले हामी हरपल मरिरहेका छौं भने धर्मपरिवर्तनकारी शक्तिहरूले विजय हासिल गरिरहेका छन् | हामी आफ्नो मृत्युलाई आफैं निम्त्याईरहेका छौँ |


इतिहास गौरवको स्मरणले मात्र हिन्दूत्वको पहिचान जोगिन्न | नत इतिहासलाई दोहोर्याउने सपना बुनेर धर्मको सुरक्षा हुन्छ | हामी पुन: वैदिक, उपनिषद् एव पुराणको युगमा फर्कन सक्दैनौं | यो सत्यतालाई जतिसक्दो स्वीकार गरेकै राम्रो | हामी त्यो परिवेश, परिस्थिति समय कुनै हालतमा फर्काउन सक्ने छैनौ तर त्यसको रक्षा अवस्य गर्न सक्छौं | हाम्रो तन्द्रा यही सकिनुपर्छ | हाम्रो सोचमा परिवर्तन आउनुपर्छ | यस्तो सोचको संवाहक हामी आफै बन्न सक्यौं भने परिवर्तनको 'गति' गतिवान् हुन्छ अन्यथा 'कछुवा' चाल |  हाम्रो कछुवा गतिके 'धर्मपरिवर्तनकारीको गतिलाई कहिल्यै पनि भेट्टाउन सक्दैन | बुझ्नु पर्ने चुरो कुरा यही हो, अनिवार्यता यही हो |

अरूले हाम्रो सुरक्षा गर्नेछैन | उनीहरूको आफ्नै स्वार्थ | हाम्रो धार्मिक प्राचीन संस्कृतिलाई 'विदेशी-डोनेसन'ले जोगाउन सक्दैन नत उनीहरूको डोनेसन जोगाउनतिर केन्द्रीत नै हुन्छ | असलमा, यो एउटा समाजमा, संस्कृतिमा, सभ्यतामा प्रवेश गर्ने वहानामात्र हो | वि.. १८२३ मा दुई जना गोरे झोला बोकेर नेपालमा छिरेका थिए | तिनको झोलामा बाइबल मष्तिस्कमा छल भरिएको थियो | केही समयपछि तिनको प्रपन्चलाई चिनेर पिनाशाले देश निकाला गरे | जवसम्म तिनको प्रवेश थिएन तवसम्म नेपाल 'सांग्रिला' थियो | तर यस वीच नेपालमा लुकेका, भोगेका, जोगिएका कुप्रथाहरूलाई अनदेखा गर्न सकिन्न | आज तिनै शक्तिहरू दूईबाट पचीसलाख पुगेको |

हामी आफ्नो गौरवगाथा भाषणमा फलाकिरहेका छौं तर उनीहरू हाम्रो संस्कृति निलिरहेका छन् | हामी तिनले दिएको ज्ञानका आधारमा 'धर्मनिरपेक्षता'को तन्द्रामा वेहोस् छौं | प्रत्यक्ष रूपमा तिनको संस्कृतिक संवाहक बनेर आफैलाई मेटिरहेका छौ | राजनीतिको अचानो बनिरहेका छौँ |

अधिकार सुरक्षित : डा गोबिन्द पराजुली)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...