Saturday, February 28, 2015

दूई कथा : धर्म परिवर्तनका कारखाना

कृष्णप्रसादले धर्मपरिवर्तन गरे |
सन् २०९०तिर कृष्णप्रसाद भण्डारी र तिनको परिवारलाई भूटान सरकारले गैरनागरिक भन्दै आफ्नो देशबाट भारतको बाटो नेपाल खेद्यो| त्यस बखतकृष्णप्रसाद १० वर्षका थिए | झापाको शरणार्थी क्याम्पमा दुखजिलो गरेर उनले त्यहाँबाट हाइस्कुल पास गरे | पछि बनारस गएर संस्कृतमा आचार्य गरे | झापा फर्केर आउँदा नेपाल सरकारले तिनको डिग्रीलाई कुनै मान्यता दिएन | विवाह भयो | दायित्व बढ्यो तर आर्थिकस्तर सुधारिएन | त्यसको आशा पनि रहेन | संस्कृत पढेको हुँदा कर्मकाण्ड गरेर उनलेआफ्नो परिवारलाई चलाएका थिए | पूजाआजा र पुरेत्याईबाट आर्थिकस्तर राम्रो होला भन्ने कुरामा उनको आस मरेको थिए |

यत्तिकैमा पवित्र-जीवन नामक गैरसरकारी संस्थामा काम गर्ने विकास राईसंग उनको चिनापर्ची भयो | पहिला उनीहरू साथी बने | विकासराईले परिवारका लागि केही आर्थिक सहयोग गर्यो | उसको सहयोगी ब्यबहारले कृष्णप्रसादको घरपरिवारको पनि मन जित्न लाग्यो | एक दिन विकासले एउटा किताव दिंदै त्यसको अध्ययन गर्न भन्यो र आफ्नो आर्थिक हैसियतमा सुधार त्यसै कितावको अध्ययनका कारणलेभएको जिकिर गर्यो | कृष्णप्रसादले मन नपर्दापर्दै पनि‘बाइबल’को किताव हातमा लिए|

‘किताव पढ्दैमा धर्म परिवर्तन गर्नुपर्छ भन्ने केही छैन’- विकासले भनेको थियो | विकासले केही दिन पछि किताव पढेको नपढेको वारेमा प्रश्न गर्यो | विकासलाई खुसी पार्न र आर्थिक सहयोग प्राप्त गर्न ‘किताव ज्यादै राम्रो रहेको’ भने कृष्णप्रसाद र तिनको परिवारले भने | विकासले कृष्णप्रसादको बहिनिलाई छात्रवृत्ति मिलाइदियो | कृष्णप्रसादकी श्रीमतीलाई सिलाइकटाइ सिक्ने ब्यबस्था मिलाई दियो |

एक दिन विकासले चर्च आउन अनुरोध गरेपछि कृष्णप्रसादले हार्न सकेन | चर्चमा गएर उसका लागि प्रार्थना गरिदिनेहरूको भीड भेट्यो| चर्चमा आएपछि आफ्ना ‘राम्रा दिन आएको’ भन्दै गवाही दिनेहरूको कुरा सुन्यो | सित्तैमा मीठो खाने कुरा र विकासले दिएको आर्थिक सहयोगलाई  सम्झ्यो | ऊ हरेक शनिवार चर्चमा जान लाग्यो | विकासले कर गरेपछि उसकी पत्नी, वा-आमा र वहिनी पनि चर्चमा सहभागी बन्न थाले |

एक दिन विकासले चर्चका पास्टर, संस्थाका कार्यकारी प्रमुखसंग कृष्णप्रसादको भेट गरायो | ‘तपाई जस्तो संस्कृतको विद्वान यदि हाम्रो धर्ममा आउनु हुन्छ भने एउटा गाडी, घर, आजीवन आकर्षक तलव र छोराछोरीका लागि शिक्षा स्वास्थ्यको हामी ब्यबस्था गर्ने छौँ’’’ - भने पछि कृष्णप्रसाद हारे | शरणार्थी भएर भोग्नु परेका पीडाहरू, पढेलेखेर पनि अवसरबाट वन्चित हुनुपरेका भोगहरूका तुलनामाअफर उचित लाग्यो | उनी चर्चकापास्टर र प्रचारक बने |
१   १. कृष्णप्रसाद किन क्रिश्चियन बने ?
२.      तपाईं कृष्णप्रसाद भएको भए के गर्नु हुन्थ्यो ?
३.      आकर्षक जीवन शैली र धर्मसंस्कारका बीच कुन तपाँईको रोजाइमा पर्छ ?
४.      कृष्णप्रसादलाई स्वधर्ममा फर्काउन सकिन्छ ?
५.      कृष्णप्रसादको धर्मपरिवर्तन तपाईंका लागि स्वीकार्य छ कि छैन ?
६.      कृष्णप्रसादहरूलाई धर्मपरिवर्तनबाट जोगाउन तपाईंसंग कुनै कार्यक्रम वा योजना छ ?
७.      कथाले के शिक्षा दिन्छ ?
८.      कथाका मुख्य घटनाहरूमा चिन्हित गर्नु होस् ?
९.      सामाजिक कार्यक्रतालाई रोक्न के कस्तो गर्नु सक्नुहुन्छ ?



नर्कको आगो र बिर्खबहादुर
मकवानपुरको चेपांग गाउँमा वस्ने २३ वर्षीय विर्खे विरामी परेको धेरै भयो | तिनका वा-आमाले सक्दो गरे | जडीबुटी देखि लिएर झारफुकले विर्खेलाई छोएन | समाजमा अंग्रेजी ओखती खान हुन्न भन्ने विश्वासका कारण हेल्थपोस्ट लगिएन| चार महिना देखि विर्खे विरामी छन् | एक दिन वर्ल्ड भिजनमा काम गर्ने सामाजिक कार्यकर्ता त्यहा आइपुगे | एउटा किताव छोएर प्रार्थना गरे |

झोलाबाट केहीझोल(औषधी)निकालेर ‘परमेश्वरको प्रसाद’’ भन्दै चार दिन नियमित रूपमा खान भने | दिनहुँ आएर परमेश्वरसंग निरोगीपनका लागि प्रार्थना गरे | आफ्ना देवता धामी-झाक्रीका पनि गुरू र ठूलो भएको जिकिर गरे | बजारबाट किनेर ल्याएको स्याउ, सुन्ताला र परमेश्वरको शक्तिले भरिएको गुलियो पानीले (औषधि) विर्खे निको भयो | उ बलियो भयो | अनि, एक दिन सामाजिक कार्यकर्ताले विर्खेलाई राम्रो लुगा दिए र आफुसंग पछि आउन लगाए| विर्खे एउटा टीनको ठूलो घरमा पुग्यो | त्यहाँ उसलाई धेरैले स्वागत गरे | भित्रघरभित्रका सबै मानिसहरूले विर्खेलाई स्वागत गरे | प्रार्थना गरेका वखत त्यहाँ उपस्थित सबैले ‘यहाँ आएपछि आफुले ठूला-ठूला रोगहरूबाट मुक्त भएको कुरा एकापसमा सुनाए |

विर्खेलाई एकजना सुकिलो मुकिलो मान्छे आएर भन्यो ‘तपाईं पनि रोगहरूलाई जित्न चाहनु हुन्छ, सफासुग्गर जीवन वाच्न चाहनु हुन्छ भने ‘पानीमा नुहाएर’ हामी जस्तै बन्नुहोस् | परमेश्वरले तपाईंलाई असाध्य माया गर्छन् | विर्खेलाईपानीमा डुबुल्की लगाएर निकालियो | अव उ परमेश्वरको मान्छे भएको थियो | अव ऊ अरू चेपांगजस्तो थिएन |

घर फर्केर उसले आफ्नो परम्परा मान्ने प्रयत्न गर्यो ‘पानीमा नुहाएर परमेश्वरको शरणमा परेको मानिसका लागि परम्परा मान्नु पाप हो, आफ्नो पूरानो परम्परा मान्नेहरूलाई परमेश्वरले ‘आगोमा हाल्छन्, सधैसधैका लागि’’– अगुवाले भने ‘यस्तो गर्नु शैतानको उपासना हो | अव देखि पाप नगर्नु | टीको नलगाउनु| देवीदेवताको प्रसाद नखानु | दशैँतिहार नमान्नु | मूर्तिको पूजा नगर्नु | जसले एस्तो गर्छ, परमेश्वरले त्यसलाई अनन्तकालका लागि आगोमा फालिदिन्छ | विर्खे डरायो | ऊ आगोमा जल्न चाहंदैनथ्यो | तर उसलाई दशैँ-तिहार र आफ्ना दाजुभाईले मानिरहेका परम्परा मान्न नपाउंदा खल्लो लागिरहेको थियो | तर ऊ दशैँ नमान्न वाध्य थियो किनभने ऊ ‘आगोमाजल्न चाहदैन|

अनि, विर्खबहादुरलाई‘मन्दिरले’ कितावहरू वितरण गर्ने काम दियो | दैनिक तीनसयमा उसले काम गर्नु पर्थ्यो | पैसा कमाउन थालेपछि गाउँले वीच उसको रवाफ बढ्यो | एउटा गोरा आएर उसको झोपडीमा टीन लगाइदियो| कमाउने छोरोले देवीदेउता मान्न छाडेपछि उसका बुवाआमा पनि विश्वासी वन्न वाध्य भए | उसको परिवर्तनलाई देखेर गाउँलेहरू पनि आकर्षित भए | विर्खेलेगुरुङथरको महिलासंग विहे गरे | पछि ती महिलाले अनपढ गाउँलेहरूलाई ‘बाइबल’ पढेरपरमेश्वरको दण्ड र अनन्त आगोका वारेमा भनिन् | गाउँलेहरूले पनि नर्कबाट जोगिनका‘विश्वासी’ बने| आज गाउँको देवी मन्दिर खण्डहरमा वदलिएको छ | गाउँमा रहेका गैर-इसाईहरूलाई अपमानको दृष्टिकोणले हेरिन्छ | चर्चले गाउँका हरेक क्रिश्चियन परिवारलाई सानोतिनो सुविधा उत्पन्न गराएको छ | बूढापाकाहरू आफ्नो पूरानो परम्परा र संस्कृति हराएकोमा भ्रमित छन् |
१.      बूढापाकाहरू किन भ्रमित छन् ?
२.      पुरानो देवीको मन्दिर किन वेवारिसे बन्यो ?
३.      के बिर्खेले स्वेच्छाले धर्मपरिवर्तन गरेको हो ?
४.      के साच्चिकै पानीमा नुहाएपछि(वपस्तिमा) परम्परा मान्नु पाप हो ?
५.      कथाले के शिक्षा दिन्छ ?
६.      कथाका मुख्य घटनाहरूमा चिन्हित गर्नु होस् ?
७.      वर्ल्डभिजनका सामाजिक कार्यक्रतालाई रोक्न के कस्तो गर्नु सक्नुहुन्छ ?



No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...