नेपालमा हिन्दूराष्ट्रको वहस चर्किएको छ | इन्टरनेट खासगरी फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालमा हिन्दूराष्ट्रको बहस चर्को छ | यो वहसलाई कमलथापाले नेतृत्व गरेको राप्रपा नेपालले प्रतिनिधि सभामा २५ सीट जितेर
अझै चर्काईदिएको छ | तर जनता भने राप्रपा नेपालको प्रतिवद्धतामा शंका छ | एमाले, कांगेस र राप्रपा र मधेसवादी दलहरूको घोषणापत्रमा 'धर्मनिरपेक्षता'को पक्षमा बोलिए पनि
व्यक्तिगत तवरमा कुरा गर्दा आफु 'हिन्दु राष्ट्रको' विरोधमा नभएको निर्धक्कसंग बोल्छन् | पहाडी नेतृत्व सकेसम्म यो विषयको पक्ष वा विपक्षमा बोल्न नपरोस् भन्ने चाहना राख्छ
| एमाओवादी, जातीय पार्टीहरू र नेपाल जागरण पार्टी र नेपाल परिवार दलजस्ता
क्रिश्चियनदलहरूले खुलेर धर्मनिरपेक्षताको मांग गरिरहेका छन् |
विश्व इतिहासलाई पल्टाउने हो भने अल्पमतमा रहँदासम्म धर्मनिरपेक्षता र बहुमत हुँदासाथ
'धार्मिक राष्ट्र'को भारी जनतालाई थोपर्ने कुरामा क्रिश्चियन र मुस्लिमहरू अग्रपंक्तिमा
पर्छन् | उदाहरणका लागि मिति २०६८/६/२१ को नेपालमा आफ्नो अन्तर्वार्ता
दिंदै तत्कालीन मुस्लिम सभासदहरूले 'मुस्लिमहरूको अन्तिम गन्तब्य मुस्लिम राष्ट्र नै हो' भनेर बोलेको कुरालाई बुझ्न सकिन्छ | हो, क्रिस्चियनहरूले पश्चिममा आफ्नो 'एकलकाटे' चिन्तनका कारण वर्चस्व गुमेपछि प्रत्यक्ष रूपमा धार्मिक राज्यको
पक्षमा बोक्दैनन तर उनीहरूको अन्तिम गन्तब्य पनि सन्त अगस्टइनको 'स्वर्गीय राज्य' नै हो | नेपालमा यस्तो स्वर्गीय राज्यको परिकल्पना तिनले गरिसकेका छन्
| विभिन्न राजनैतिकदलको छद्मभेषी सदस्यका रूपमा तिनको क्रियाशीलता उग्रतम छ |
नेपालमा हिन्दुराज्यको वहसले २०४६ को राज्नानैतिक परिवर्तनपछि प्रवेश पाएको हो
| यस भन्दा अगाडी ९०% जनता हिन्दू धर्मालम्बी भएको यस देशमा यस्तो बहसको आवश्यकता
नै थिएन | नेपाल प्राकृतिक नियम कै आधारमा हिन्दू राष्ट्र थियो |तर बौद्ध धर्मको वर्चस्वलाई
अपहेलित गरिएको थिएन | संविधानमा पहिलोपटक 'हिन्दू अधिराज्य' २०४७ सालमा लेखिएको हो | २०५१ साल देखि सशस्त्र युद्धमा होमिएका माओवादीका ५१ सूत्रीय
मांग मध्ये 'हिन्दू अधिराज्य' खारेज गरिनु पर्ने पनि प्रमुख थियो | जुन मांगको अगुवाई श्रीबाबुराम भट्टराईले गर्नु भएको थियो भने श्रीपुष्पकमल दाहालको
पनि संग्लनता नहुने प्रश्न नै रहन्न | भनिन्छ, यी दुवै परिवारले हिन्दू धर्म त्यागेर क्याथोलिक र प्रोस्तेस्तेंट पन्थ २०५० ताका नै अपनाएका
थिए | सत्यता सन्देहास्पद छ | त्यैपनि यो दलको नेतृत्वतहमा क्रिस्चियनहरू रहेको कुरा भने लुकेको
छैन |
वि.स. २०६३ सालमा स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीहरू शान्ति सम्झौतामा
आए | सहमति अनुसार चुनाव भयो र माओवादीले कसैले 'नसोचेको' बहुमत ल्याए | तत्कालीन संविधान सभाको पहिलो बैठकले नेपाललाई 'गणतन्त्र' घोषित गर्यो | राजतन्त्र समाप्त भयो | तर माओवादी र केही जातीय पार्टी बाहेकको चासो र चर्चामा नरहेको
'हिन्दू राष्ट्र'को विषयले अचानक त्यस संविधान सभामा प्रवेश पायो र कुनै वहस
विना नै नेपाल 'धर्म-निरपेक्ष राष्ट्र' घोषित भयो | राप्रपा नेपालका चन्द्र गुरुङलाई कसैले सुनेन | श्रीशुभाष नेग्वांगले राखेको 'धर्म-निरपेक्षता''को प्रस्तावलाई प्रचण्डबहुमतका साथ पारित गरियो | अचम्म को कुरा त के भने तत्कालीन सभाका कुनै पनि सभासदलाई लिखितरुपमा यस्तो एजेन्डा
रहेको वारे जानकारी नै गराइएको थिएन | असलमा, नेपालको राजनैतिक परिवर्तनबाट हौसिएका र अनुभवहीन सभासदहरूको
यो ठूलो भूल थियो र यो कुरा धेरै सभासदहरूले व्यक्तिगतमा स्वीकार गर्छन् |
हालै दिल्लीको विधानसभामा पनि यस्तै घटना घट्यो | जनलोकपालको कानुन पास गर्न बोलाइएको विधानसभाका सदस्यहरूले सभामुखले चालनै नपाउने
गरी निजको अधिकार खोसिदिए | केजरिवालले राजिनामा दिए | वि.स. २०६३ सालमा गरिएको
धर्मनिरपेक्षता निर्णय सम्भवत: तत्कालीन सभासद्लाई
छल्ने योजनाअनुसार सभामुखले त्यहाँ प्रस्तावित गरेका थिए | यो तत्कालीन सभामुख र केही स्वार्थी राजनैतिक दलको सड्यन्त्रको परिणाम थियो कि
भन्न सकिन्छ किनभने श्रीसुभाषचन्द्र क्रिश्चियन भएको आरोप वारम्वार लाग्ने गर्छ | जेहोस्, नेपालका सन्दर्भमा 'धर्म-निरपेक्षता' सभासदहरूले गरेको ठूलो र सच्याउन धेरै गार्हो हुने भूल थियो
| जसले नेपालको गौरवपूर्ण इतिहासलाई मलिन बनाउने काम गरिरहेको छ |
अहिले हामी नेपालीहरू धर्म-निरपेक्ष नेपालका नागरिक हौ | ८२% जनसंख्या हिन्दू भएको देशमा हामी हिन्दूहरू नै दोस्रो दर्जाको नागरिक भएका
छौं | आफैले चुनेर पठाएका सभासद्हरूको 'भूल'का कारण हामीले आफ्नो पहिचान गुमाएका छौ र यस निर्णयका कारणविश्वका
एक अरव हिन्दूहरूको टाउको निहुरिएको छ | विश्वका हिन्दूहरूका बीच नेपालको पहिचान मेटिएको छ | विश्वका एक अरव हिन्दूहरूले आफ्नो गौरव गुमाएका छन् | नेपाली हिन्दूहरूप्रति तिनको वितृष्णा जागेको छ | नेपालले एक अरव हिन्दूहरूको विश्वास गुमाएको छ | हो, धर्मनिरपेक्षताको निर्णयले नेपालमा क्रियाशील धर्मपरिवर्तनकारी शक्तिहरू हौसिएका
छन् र तिनले कमाउने 'डलर'को मात्रा पनि बढेको छ | यसको प्रमाण हो २०६३ र ७० बीचमा क्रिस्चियनहरूको जनसंख्या | वि.स. ६३ सम्म दूईलाख हाराहारीमा रहेको जनसंख्या सन् २०११ मा एघार लाख पुगेको छ
|
नेपाल अहिले हिन्दू राष्ट्र छैन तर नेपालमा जातीयताको क्रूर बीउ रोप्न सफल भएका
'धर्मपरिवर्तनकारी शक्ति'हरूले हिन्दू र हिन्दू सभ्यताप्रति सड्यन्त्र वन्द गरेका छैनन्
| कानूनले नेपाललाई धर्मनिरपेक्ष भने पनि उनीहरूका नजरमा नेपाल अझै 'हिन्दू अधिराज्य' नै छ | आदिवासी जनजातिहरूको नाममा २०६८ सालमा जरिगरिएको 'धरान घोषणा पत्र'ले यही भन्छ र जनताको
करवाट चल्ने 'जउरास'का प्रकाशनहरूले पनि यही कुरा बोलिरहेका छन् | नेपाल धर्म निरपेक्ष राज्य भएको ८ वर्ष वितिसक्दा पनि 'हिन्दू''हरूलाई होच्याएर 'कट्टरतावादीता'को पहिचान दिने समूह सक्रिय छ |
विगतको संविधानसभाले गरेको अप्राकृति निर्णयका विरुद्ध नेपाली जनताहरू जागिरहेको
कुरा यस सम्विधानको परिणामले निर्क्योल गरेको छ | त्रिवेणीमा वसेको नेपाली
कंग्रेसको महासमिति बैठकमा यो कुरा खुलेर उठेको छ तर विदेशी दवावका कारण, जनताको चाहनालाई नेतृत्वले महत्व दिन सकिरहेको
छैन | एमाले र मधेसवादी दलहरूको नेतृत्व पनि हिन्दूत्वका सवालमा दवावमा छन् | तर एमाओवादीको आवरणमा सभामा छिरेका क्रिश्चियनहरू र जातीय पार्टीहरू यसको विरुद्धमा
छन् | अनेक प्रपंच रचेर हिन्दूत्व र हिन्दु राज्यको सवाललाई निस्तेज पार्ने प्रयत्न गरिरहेका
छन् | यो प्रपन्चमा मिसनरिजहरूको प्रसस्त धन र जनवल लागिरहेको कुरा कसैबाट लुकेको छैन
| उनीहरू कुनै पनि हालतमा हिन्दूत्वको मागलाई निस्तेज पार्न कसिएका छन् |
वि.स. २०६३ को परिवर्तनपछि नेपालका नदीहरूमा धेरै पानी बगिसकेको छ | नेपाली जनताले आफ्ना नेतृत्वको यथार्थता बुझिसकेका छन् | सत्ता केन्द्रीत नेतृत्वबाट 'विकसित' नेपालको सपना साकार नहुने निर्क्यौल भइसकेको छ | यस्तो अवस्थामा, नेपालीहरू आफ्नो गौरवपूर्ण इतिहास, धर्म र संस्कृति गुमाउने पक्षमा छैनन् | आफ्नो पहिचान, मौलिकता र आधार रहेको 'हिन्दूत्व'लाई निर्जीव पार्ने सड्यन्त्रका विरुद्ध ती गोलबन्द हुन थालेका
छन् | यस्तो प्रयासमा विश्वका एक अरव हिन्दूहरूको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग मिल्ने
छ | विश्वका साठी करोड बौद्धमार्गीहरूको समर्थन पनि मिल्नेछ | यो कुरा श्रीदलाईलामाले भारतीय धर्म-निरपेक्षताका विरुद्धमा बोलेका कुराहरूले सिद्ध
गरिसकेको छ |
नेपाल र नेपालीका विकासको लागि नेपाल हिन्दूराष्ट्र बन्नैपर्छ | यसबाट विश्वका एकअरव हिन्दूहरूको थैली 'हिन्दूराष्ट्र' लागि खुल्ने छ | नेपालका हिन्दूहरू (नेपालीहरू) र नेपाल विश्वका हिन्दूहरूको
आस्थास्थल बन्ने छ | अवको यो एकल लक्ष नेपाली जनता र विश्वका हिन्दूहरूले मिलेर र
सहकार्य गरेर पूरा गर्नुपर्छ | यही हिन्दूहरूको पहिचान, गौरव र आत्मसम्मान हुनेछ र विश्वको हरेक हिन्दुले गौरवका साथ
नेपाललाई आफ्नो राष्ट्र भन्ने छ | यहुदीहरूले इजरायललाई 'आफ्नो' भनेझैं | हिन्दूहरूले नेपालका रूपमा पुन: आफ्नो पहिचान प्राप्त गर्ने
छन् |
No comments:
Post a Comment