किन लेख्छु म क्रिश्चियानिटी
विरुद्ध ?
मेरा एकजना प्राध्यापक मित्र
क्रिस्चियन छन् | हामी
हरेक दिन एक पटक पक्कै भेट्छौं | हामी मित्र पनि हौं |
उहाँको
लगनशीलता, मित्रता
र कार्यशैली मलाई मन पर्छ | मैले उहाँका सामु क्रिस्चियानिटीको
कहिल्यै आलोचना गरिन | मलाई कसैको आस्थामा प्रहार गर्न उचित लाग्दैन |
आस्था र
विश्वासको संसार साँघुरो हुन्छ, कहिलेकाहीँ अध्यारो पनि हुन्छ |
अरुको
आस्थामा प्रहार गरेर, आलोचना गरेर र लान्छना लगाएर आफुलाई ठूलो,
असल र
महान् भन्ने कुरा मेरो पृष्ठभूमि (हिंदुत्व)मा छैन | त्यसैले होला,
म उहाँले
हिन्दु-संस्कृति र परम्पराको तीब्रतर आलोचना गरिरहंदा पनि हाँसीहाँसी सुन्ने गर्छु
| धेरैजसो
उहाँले 'मूर्तिपूजा,
दशैतिहारका
सांस्कृतिक परम्परा, बौद्धहरूका धार्मिक अनुष्ठान र बन्दै गरेका ठूलाठूला
गुम्वाहरू'को खुलेर
आलोचना गर्नुहुन्छ | म सुन्न सक्छु, म सोच्न सक्छु, मैले अर्काको सम्मान गर्न सक्छु
र मेरा संस्कृतिहरूले तिनलाई पनि आत्मसात् गर्छन् भन्दैमा मैले मेरो अस्तित्व
समर्पण गर्न सक्दिन भन्ने कुरा उहाँले कहिल्यैपनि बुझ्न सक्नु भएन |
बीस बर्ष पहिलेसम्म उहाँ पनि
हामीजस्तै सर्वसाधारण नेपाली हुनहुन्थ्यो | बाहुनको छोरा भएकोले
दशैँतिहारमा नरमाउने कुरै भएन | मंदिर, गुम्वा, थान, देवी-देउराली,
आशौच,
तीर्थ,
ब्रत,
तीजजस्ता
चाडबाडमा उहाँ पनि सक्रिय भाग लिनुहुन्थ्यो | उहाँको सक्रियतामा त्यसताक
गाउँका एउटा कृष्ण मन्दिर समेत बनेको रहेछ | आज पनि त्यो मन्दिरमा पूजाआजा
चल्छ | गाउँ
गएको बखत उहाँले पनि त्यो मन्दिर बनाउन देखाएको सक्रियता सम्झनु हुन्छ |
गाउँका
एकदूई घर बाहेक सबै मन्दिरमा जान्छन् | आज
उहाँलाई ती सबै कुरामा पश्चाताप हुन्छ | अन्य नेपालीहरू ‘यी’ कार्यमा लागेको देखेर
उहाँलाई दु:ख लाग्छ | उहाँको अस्तित्वले हरेक पल सबै नेपालीहरूले ‘उपरोक्त
कार्यबाट’ मुक्ति प्राप्त गर्न सकोस् भनेर प्रार्थना गरिरहन्छ !! आफ्ना हरेक
प्रार्थनाहरूमा नेपालीहरूलाई उपरोक्त ‘पापकार्य’बाटजतिसक्दो चाँडो मुक्ति दिन
‘परमेश्वर’संग प्रार्थना गर्नुहुन्छ, आफ्नो विगतप्रति क्षमा माग्नु हुन्छ, अरूको पाप-मोचनका
लागि आशिष माग्नु हुन्छ | नेपाली चाडपर्वमा यस्तो आशिष माग्नेहरू ह्वात्तै बढ्छन्
| परम्परागत नेपालीहरूले आफ्ना सांस्कृतिक परम्परालाई मान्दा क्रिस्चियन समुदायका
लागि ‘पर्मेश्वरीय अपराध’ हुन्छ | उनीहरूको सहभागिताबारे के होला ? आफै विचार
गर्नुस् |
मेरा
यी मित्र कुनै मैले कल्पेका काल्पनिक पात्र होइननन्, क्रिस्चियन समुदायलाई वदनाम
गराउनका लागि | यी हामी तपाईं झैँ जीवन्त छन्, नेपालको एउटा विश्वविद्यालयमा
प्राध्यापन गर्छन् | दीर्घरोगबाट मुक्ति पाएकोले यिनले ‘अनन्त-जीवनका’लागि जीससमा
विश्वास गरेका हुन् | यिनको आस्थाका सामुन्ने विश्वविद्यालयका डिग्रीहरूको कुनै
महत्व छैन | आज यिनको एउटामात्र लक्ष छ : हरेक नेपालीलाई ‘विश्वासी’ बनाउने र
परम्परागत ‘पापमय’ जीवनबाट मुक्ति प्राप्त गर्न सघाउने | यस्तो मुक्ति
‘क्राइस्ट’मा विश्वास गरेर मात्र प्राप्त हुन्छ | परम्परा र संस्कृतिको नाममा
मानिदै आएका देवी-देउता, त्योहार, पूजा-आजा, ब्रत-अनुष्ठान र आस्थाको परित्याग
गरेमात्र प्राप्त हुन्छ | यी परम्परा र आस्थाहरू ‘शैतानले निर्मित गरेका जाल हुन्
|’ शैतानले मानिसलाई परमेश्वरको सान्निध्यबाट मानिसलाई टाढा राख्न
‘मूर्ति-आराधना’का रूपमा आफ्नो आराधना गराएको हुन्छ | आस्था र परम्परामा बाँधिएको
मानिसले स्वर्गमा स्थान प्राप्त गर्न सक्दैन | हरेक नेपालीहरू शैतानको यस्तो
जालोबाट मुक्त हुनैपर्छ | उनले मलाई एक दिन भने –‘पाश्चात्यहरू धनि छन्, मानी छन्,
महत्वपूर्ण छन्, सुखी छन् किनभने तिनका पूर्खाहरू विश्वासी थिए | हामी विश्वासी
बन्यौं भने हाम्रा सन्ततिहरू सुखी हुनेछन् | दरिद्रता मुक्त हुने छन् | हाम्रो
‘गवाही’ले शान्ति र सम्पन्नताको ढोका उघ्रने छ | हाम्रो गरिवी, भोक, दु:ख,
अशिक्षाजस्ता कुराहरू परम्परागत संस्कृति र आस्थाका कारण प्राप्त भएका हुन् | बाइबल
र जीससमा ‘विश्वास’ले सुखी जीवनको ढोका उघ्रने छ | नेपाल सुखी र सम्पन्न हुनेछ !!!
धार्मिक
विश्वासका अनुसार प्राचीन इजरायलमा क्रिस्चियनहरूको उदगम यहुदी पन्थबाट भएको हो |
पुरानो बाइबललाई ‘तोरेत’ पनि भनिन्छ जुन आज पनि यहुदीहरूको प्रमुख धार्मिक ग्रन्थ
हो | अविवाहित मरियमका छोरा ‘जिसस’ आफैमा एकजना यहुदी थिए | ३२ वर्षको उमेरमा
यिनले ‘देवत्व’ प्राप्त गरे अनि यहुदी-पन्थबाट विद्रोह गरेर ‘एकेश्वरवादवाद’को
प्रचार गर्न थाले | अन्तत: यहुदिहरूको न्यायव्यवस्था अनुसार ‘परम्पराको विरोधी’
भएको प्रामाणित भएपछि उनलाई ‘क्रुसेड’मा टाँगेर मारियो | ‘मृत्युबाट बौरिएको’ कथा
पछि, उनी साच्चिकै ईश-दूत वा ईशपुत्र बन्न सफल भए | अनि, क्रिस्चियनपन्थको आरम्भ
भयो | जिससलाई इसाईपन्थको संस्थापक ठानिए तापनि ‘पन्थ’ संस्थापक को हो ? अझै पनि
स्पस्ट हुन् वाँकी छ | यसरी, जिसस क्राइस्ट इसाई पन्थका संस्थापक, बाइबल यस पन्थको
पवित्र पुस्तक, इजरायल यसको तीर्थस्थल
हुन् भने २०१२ वर्ष पूर्व यसको स्थापन भएको मान्न सकिन्छ | मूलत: यहुदीहरू भन्दा
पहिलेको इजराइली समाज मूर्ति-पूजक थियो | तत्कालीन समाजले मूर्तिपूजाप्रति विद्रोह
गरेर यहुदीहरूको उदय भयो, यहुदीहरूबाट बिद्रोह गरेर क्रिस्चियन पन्थ बन्यो भने
यहुदी र इसाई दुवै पन्थबाट विद्रोह गरेर इस्लामको स्थापना भएको हो | इस्लाम र
क्रिश्चियनहरूको मूल यहुदी पन्थ नै हो | अचम्मको कुरा के छ भने : यी सबै ‘मूसा वा
आदम’का अनुयायी भएर पनि एकअर्काको धार्मिक अस्त्तित्वलाई पटक्कै स्वीकारदैनन् | यी
सबै एकै पूर्खाका सन्तान भएर पनि एक दोस्राका कट्टर दुश्मन हुन् | विगत दूईहजार
वर्षदेखि एक आपसमा ‘धार्मिक युद्ध’ लड्दै आइरहेका छन् |
हुन्
त बाइबलमा हिन्दु, बौद्ध, सीख वा पूर्वीय देशमा विकसित कुनै पनि धार्मिक वा
आस्थागत सम्प्रदायको उल्लेख गरेको छैन तापनि मूर्ति-पूजाको संस्कृतिप्रति यो
ज्यादै असहिष्णु छ | बाइबल, कुरान र तोरेतका दूई मुख्य उद्देश्य छन् : मूर्तिपूजा
(बहुलवाद)को निराकरण र एकेश्वरवादको स्थापना | यहुदी र मुस्लिमहरूको पनि यही मूल
प्रयोजन हो किन भने यहुदीहरूबाट नै क्रिस्चियन र इस्लामको उत्त्पत्ति भएको हो | यी
तिनैबटा पन्थको मूलउद्देश्य वा प्रयोजन एकेश्वरवादको स्थापना नै भए तापनि यिनको
आपसी सम्बन्ध कहिल्यैपनि मैत्रीपूर्ण रहेन | त्यतिमात्रै नभएर यी तीनधर्महरूबाट नै
विकसित भएका उप-सम्प्रदाय (मुस्लिम : सीया, सुन्नी, अल-हदिस, सुफी, लाहरी इत्यादि
७३ र क्रिस्चियन : प्रोस्टेनटेन्ट, क्याथलिक, म्यथोदिस्ट इत्यादि ५७)मा समेत आपसी
सद्भावको पूर्ण अभाव छ | यिनले एक अर्काको धार्मिक आस्तित्वलाई कत्तिपनि
स्वीकार्दैनन् | सीया, सुन्नी, अल-हदिसहरू बीचको द्वन्द्वले पाकिस्तान,
अफगानिस्तान, नाइजेरिया, केन्याजस्ता मूलुकहरू आक्रान्त छन् भने आयरल्यान्डका
क्याथोलिक र ब्रिटिश-चर्च वीचको लडाई पनि जारिछ | पछिल्ला थुप्रै शताब्दिहरू
क्रिश्चियन-सम्प्रदायहरू बीचको आपसी द्वन्द्वका कारण रक्ताम्य भएका इतिहाँस छन् |
पन्ध्रों शताब्दिमा भेटिकनले गरेको धार्मिक नरसंहारलाई ‘होलोकस्ट’ भनेर र हिटलरले
मच्याएको मानबीय विनाशको प्रमुख बीउ पनि क्रिश्चियानिटी नै थिए |
यदि
हामी नेपालीले आफ्नो परम्परागत धर्म. संस्कृति र सम्पदाको निरन्तरता चाहन्छौं भने
बढ्दो क्रिश्चियानिटीको प्रभावलाई रोक्ने पर्छ | हामीले क्रिश्चियनसंग होइन
क्रिश्चियानिटीसंग घृणा गर्नैपर्छ |नेपालमा जतिजति क्रिश्चियन-जनसंख्या बढ्दै
जानेछ, त्यतित्यति नै हाम्रो परम्परा, संस्कार, संस्कृति र धर्म प्राकृतिकरूप मै
मर्ने छन् | क्रिश्चियानिटीको प्रभावमा परेर धर्म परिवर्तन गरेका नेपालीले
पशुपतिको संरक्षण गर्ने छैनन् नत उनीहरूलाई स्वयम्भूको चिन्ता नै हुनेछ |
(उदारवादी भए) क्याथलिकहरूले पशुपतिलाई म्युजियम वदल्दिने छन् भने
प्रोस्टेस्टेन्टहरूले स्वयम्भू चैत्यलाई चर्चमा | परम्परागत चाडवाड, रितिरिवाज,
रहनसहन र आस्थाहरूको यस्तो प्राकृतिक मृत्युनै क्रिश्चियन मिसनरीहरूको नेपालका
लागि उपहार हुनेछ | उनीहरू यसैका लागि नेपालभरी क्रियाशील छन् | यदि हामी अझै पनि
जागेनौ र आफ्नो परम्परासंरक्षणका खातिर सचेत भएनौं भने आगामी नेपाली पुस्ताले
नेपाली संस्कृति र परम्पराको इतिहाँस मात्र पढ्ने छ – पाठ्यपुस्तकमा |इतिहाँस
पल्टाएर हेर्नेहरूले बुझ्ने छन् कि आज क्रिश्चियन-बहुलता भएका देशहरूका परम्परागत
चाडवाड, रितिरिवाज, रहनसहन र आस्थाहरूको खडेरी क्रिश्चियानिटीको विस्तार संगै भएको
हो |
नेपालमा
रहेका कुनै पनि नेपालीजातिले आस्था परिवर्तन गरेर मुस्लिम वा क्रिस्चियन बने पनि
नेपाली संस्कार र परम्परा कै विनाशको बीउ रोपिन्छ | हामी मधेशी, पहाडी, नाक
चुच्चे, नाक नेप्टे, मगुराली वा बाहुनवादी बनेर लडिरहँदा नेपालीहरूको आस्था
परिवर्तन गर्न क्रियाशील यी ‘विदेशी धर्म प्रचारक संस्थाहरूलाई’ मौका मिलेको छ |
पश्चिमाहरूको देखावटी ‘मानवाधिकारवाद’को आश्रय र नेपालका पश्चिम-परस्त राजनैतिक
शक्ति तथा स्वयम्भू नागरिक अधिकारवादी वा नागरिक समाजका अगुवाहरूले यिनलाई मलजल
गरिरहेका छन् | म भन्छु, हामीले मधेशी, पहाडी, नाक चुच्चे, नाक नेप्टे, मगुराली वा
बाहुनवादको विवाद पछि पनि गर्न सक्छौ तर अहिलेको संक्रमणकाललाई हतियार बनाएर
नेपालीहरूको आस्था परिवर्तन गर्न क्रियाशील यी विदेशी-शक्तिहरूलाई मिलेर परास्त
गरौँ | यस्तो नहोस् कि संबिधान बनेर आउँदासम्म जुन नेपाली संस्कृति, परम्परा,
आस्था, संस्कार र रितिरिवाजको ‘संबिधानमा सुरक्षित स्थान’ हामीले खोजिरहेका छौं,
ती नै फेला नपरून् ! नेपालीपन नभएको मृत संबिधान हामी नेपालीहरूको चाहना हुनै
सक्दैन अत: आस्था-परिवर्तनकारीहरूसंग घृणा गर्न सिकौ र यिनलाई निरुत्साहित पारौं |
No comments:
Post a Comment