१. नेपालको स्थापना र नाम पनि हिन्दूहरू कै देन हो |
प्रसिद्ध
विद्वान प्राज्ञ डा. जगमान गुरुङ योगी नरहरिनाथलाई उद्धरण गर्दै लेख्छन्
‘हिमवतखण्डमा नेपाल सत्ययुगमा सत्यवती, त्रेतामा तपोवती, द्वापरमा मुक्ति-सोपान, कलियुगमा
नेपालीकापुरी नामले नेपाल प्रसिद्ध हुनेछ “कृते
सत्यवती ज्ञेया त्रेतायाम् च तपोवती | द्वापरे मुक्ति सोपना कलौ नेपालिकपुरी (देववाणी,
भाग ३, देवघाट वैदिक आध्यात्मिक परिषद, २०६८/६९) | यहाँका प्राचीन राजा पारका छोरा
नीपले भगवान शिवको आराधना गरेर नेपालको रचना गरका थिए भन्ने प्रमाण प्राचीन
ग्रन्थहरूमा उल्लेख छ | पारस्य तनयो नीप: शिवभक्तो महमति | समाराध्य शिवम् तत्र
नेपालस्तेन निर्मित || हिमवतखण्ड भएको नाताले नेपाल-भूमि वैदिक संस्कृति र
सभ्यताको मूलस्रोत हो | यहाँका अधिकांशपर्वत, नदी, मैदान, संगमहरूका नाम वैदिक वा पौराणिक
देवीदेउता वा तिनका कार्यक्षेत्रसंग जोडिएर आउनुको कारण पनि यही हो | यी नामकरणबाटअन्य
जाति वा समूहभन्दा पहिले वैदिकजातिहरूको अस्तित्व भएको पुष्ठि हुन्छ| वेदमा उल्लेख
भएका जाति भन्नालेखस, हुण, द्रविड आदिआदि | काठमाडौं उपत्यकाका नेवा: समुदायबाट
‘नेपाल’ नामकरण भएको हो भने पनि नेवार: समुदाय पनि हिन्दू नै भएकोले ‘नेपाल’ वैदिक
समुदायबाट स्थापित भएको सिद्ध हुन्छ | नेपालको स्थापना सिद्धार्थ गौतमको जन्म
हुनुभन्दा हजारौंवर्ष भएकोले ‘नेपाल’ बौद्धहरूले स्थापना गरेको हुन सक्दैन र
उनीहरूले त्यस्तो दावी पनि गरेको देखिन्न | नेपाल सनातन हिन्दूराज्य होइन भन्नेहरूले
यो भन्दा बलियो प्रमाण प्रस्तुत गर्न सक्नुपर्छ |
वि.स.
२०६३ सालमा नेपाल धर्मनिरपेक्ष घोषित भयो | ‘धर्मनिरपेक्षता’को अर्थ नै नेपाली
संस्कृति अनुकूल छैन | जुन देशका ९९% जनताहरू धार्मिक विश्वाससंग जोडिएका छन् त्यो
धर्मनिरपेक्ष कसरी हुन् सक्छ ? धर्मनिरपेक्षतावादीहरू ‘राज्यले कुनै पनि धर्मको
पक्ष नलिनु’ नै धर्मनिरपेक्षता हो भन्ने मूर्खतापूर्ण परिभाषा दिन्छन् तर राज्यको
संरचना ढुंगामाटोको नभई मान्छेहरू कै हुन्छ भन्ने तत्थ्य अस्वीकार गर्छन् | जव
मान्छे नै राज्यका संचालक हुन् भने ती कसरी आफ्नो धर्म, संस्कृति र रीतिरिवाजबाट
टाढा रहन सक्छन्? नेपाल धर्मनिरपेक्ष होइन बहुसांस्कृतिक हिन्दू-अधिराज्य हुनुपर्छ
| नेपालका राजनीतिज्ञहरूले नेपाललाई धर्मनिरपेक्ष घोषित गरेपछि नेपाली सामाजिक र
सांस्कृतिक जीवनमा साम्प्रदायिक अतिक्रमणमा परेको कुरा लुकेको छैन | एकल
साम्राज्यवादी साम्प्रदायिक शक्तिहरूले (मुस्लिम
र क्रिश्चियन) सत्तालोलुप राजनीतिज्ञहरूसंग अपवित्र गठवन्धन गरेर धर्मनिरपेक्षतालाई ‘धर्मपरिवर्तन
गराउने लाइसेन्स’का रूपमा प्रयोग गरिरहेका छन् | पश्चिमा-साम्राज्यवादका मतियारहरूको बुई चढेर नेपालमा ‘सामाजिक-सेवा’को आडमा धर्मपरिवर्तनको
खेती गर्ने क्रिश्चियन र मुस्लिमहरूको आतंक अहिले नेपालका कुनाकाप्चामा फैलिएको छ |
यी शक्तिहरूको विस्तारसंगै समाजमा धार्मिक आतंकवाद, आर्थिक तथा संस्कृतिक भ्रष्टाचार, दरिद्रता, गौहत्या, धार्मिकस्थलहरूको
अतिक्रमण, अपराध, धर्मपरिवर्तन, देवीदेवताका प्राचीनमूर्तिहरू तोड्ने वा चोर्ने
कार्य तथा आफ्नै संस्कृति र सभ्यता मेटाउने अभियानले तीब्रता पाएको छ |
धर्मपरिवर्तनले नेपाली समाज आक्रान्त र ब्याकुल भएको छ | सत्त्तामा राइछाई गर्नेहरूले
प्रत्यक्ष/अप्रत्यक्षरूपमा यी धर्मपरिवर्तनकारीबाट आफ्नो ‘ब्यांक-ब्यालेन्स’ बलियो बनाइरहेका छन् | यस्तो
अवस्थाबाट देशको अस्तित्व जोगाउन बहुसांस्कृतिक हिन्दूराष्ट्र अनिवार्य छ |
२.
सनातन धर्मको उद्गमस्थल भएकोले
नेपाल
सनातन हिन्दूधर्म र संस्कृतिको उद्गमस्थल हो | हिन्दूहरूको आदिभूमि हो, आर्यवर्त हो | यहाँका आदिवासी भएको नाताले यो देशमा
पहिलो अधिकार हिन्दूहरूको छ | यो अक्षुण्ण अधिकार संयुक्त राष्ट्रसंघको
आदिवासी सम्वन्धि सन्धिका माध्यमबाट सुरक्षित छ | हिन्दूहरू यहाँका आदिवासी भएको हुनाले
नै नेपालमा हामी हिन्दूहरूको जनसंख्या ८२% छ भने नेपालमा बौद्ध बनेका समुदायहरू
पनि पूर्वहिन्दू नै भएको नाताले नेपालमा हिन्दूहरूको जनसंख्या ९४% पुग्छ | ऐतिहासिक
रूपमा नेपाल सनातन धर्म र संस्कृतिको उद्भवस्थलभएको तत्थ्य सिद्ध गर्न धेरै
साक्ष्य मुक्तिनाथबाट प्रकट हुने श्रीशालग्राम, मुक्तिनाथ मन्दिर, काठमाडौँको
चाँगुनारायण, श्रीपशुपति नाथ, महर्षिकपिलको जन्मथलो कपिलवस्तु, वेदान्तकार
श्रीबेद्ब्यासको दमौली, मीमांसाकार जैमिनिको जिमिरेघाट, व्याकरणकार पाणिनीयको
पणिनी, श्रीसीताको जनकपूर, विराटराजाको विराट नगर र देशका कुनाकाप्चामा जीवन्त
रहेका मन्दिर, स्थानीय नाम र सनातनीहरूको अस्तित्व नै पर्याप्त छ | सनातनधर्मको
उद्गमस्थलको रूपमा परिचय दिने यी साक्षहरूलाई अस्वीकार गर्नुमा ऐतिहासिक सत्यलाई
नकार्नु र ‘डलरवादी’हरूको गुलामी गर्नु हो | नेपालमा रहेको सनातनधर्मीहरूको प्रचण्ड
जनघनत्व,बैदिक र पौराणिक आधारमा राखिएका स्थानीय नामहरूले नै नेपाल सनातनधर्मको
उद्गमस्थल भएको तत्थ्य सिद्ध गर्न पर्याप्त छन् |
३.
सामाजिक एकताका लागि
हिन्दूधर्म
र संस्कृतिमा अर्कालाई स्वीकार गर्ने अद्भूत गुण छ | एउटा हिन्दूले आफ्नो धर्म र संस्कारलाई
नमान्ने वा अपमान गर्नेहरूलाई पनि सहजरूपमा स्वीकार गर्छन् |बसुधैव कुटुम्बकम् हिन्दूहरूको आदर्श
भएको नाताले हिन्दूहरूमा सामाजिक एकता कायम राख्न सक्ने बैचारिक र ब्यबहारिक धरातल
छ | मुस्लिम,
इसाई, यहुदीहरूले आफु बाहेकको धार्मिक
अस्तित्व देखिसहन्नन् | यी
धर्महरूका विभिन्न सम्प्रदायहरू बीच रक्तपातपूर्ण द्वन्द भएको देखिन्छ | तर फरक-फरक देउताको उपासना गर्ने वा
नास्तिक हिन्दूहरूमा पनि आपसी द्वन्द देखिन्न | यस अर्थमा, नेपालका १२५ जातजातिका बीचको सामाजिक
सद्भाव र तिनको सुरक्षाका लागि पनि बहुसांस्कृतिक हिन्दूराष्ट्र आवश्यक देखिन्छ | हामीसंग हजारौं वर्षसम्म संगै बसेको इतिहास छ |
हामी नेपालीहरू अन्तरसांकृतिक र अन्तरसामाजिक सम्वन्ध निर्माण गर्न तथा त्यसका
आधारमा उभय-संस्कृतिको रक्षा र सम्मान गर्दै सहअस्तित्वको सन्दर्भका बिशेषज्ञ नै
हौँ | सहअस्तित्वको कत्ति पनि अनुभव नभएका फिरंगीहरूले हाम्रो संस्कृतिक संरचनालाई
बुझ्नै सक्दैनन् | हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक संरचनाका लागि सबैभन्दा
बढी ‘खतरनाक’ फिरंगी(पश्चिमा गोरे र तिनको झूठो चाट्ने डलरवादी नेपाली) को सल्लाह
नै हुन्छ | यी गोरेहरूको सल्लाह सामूहिक रूपमा बहिस्कार नगरे नेपालीहरू माँझ अझै
विग्रह आउने निश्चित छ |
४. सुलभ
र कममूल्यको स्वदेशी स्वास्थसेवाका लागि
नेपाल
अल्प विकसित देश हो | स्वास्थ्य
मन्त्रालयको औषधि ब्यबस्थापन महाशाखाका अनुसार नेपालमा करिव ५३ सय ब्रान्डका
औषधिहरू बिक्रीवितरण गरिन्छ | नेपाल विश्व मै सर्वाधिक ब्रान्डका औषधि बेच्ने
देश हो तर स्वास्थ्य सम्वन्धि विश्वस्तरमा नेपाल १९३ औं स्थानमा छ | यो तलबाट पाँचौं हो | नेपाल जडीबुटीको भण्डारगृह हो |
आयुर्वेद
हिन्दूहरूको आफ्नो मौलिक उपचार पद्यति हो | हिन्दूराष्ट्रको स्थापनाले आयुर्वेदको
समुचित विकास हुन्छ भने विदेशी ब्रान्डका औषधिहरू आवश्यताअनुसार स्वीकार गरिने छ |
देश मै योग्य
चिकित्सकहरू उत्पादन गरेर राम्रो र त्वरित स्वस्थ्य सेवाको विकास हिन्दूराष्ट्रको
आफ्नो मौलिकता हुनेछ | यो
सबै कुरा केवल स्वाभिमानी हिन्दू-नेपालमा सम्भव छ | यहाँ हामीले विर्सन हुन्न कि भगवान्
धन्वन्तरी र शल्य-चिकित्साका आदि गुरू महामना चरकको महत्वलाई प्रकशित गर्न नसक्ने
विश्वविद्यालयहरूका काइते गुरुहरूके हिन्दुत्वको गौरव झल्काउने स्वस्थ्यको वकालत
गर्न सक्दैनन् | यी
काइतेहरु केवल विदेश औषधि कम्पनीहरूको निमन्त्रण मान्न बाहेक अरू केही जान्दैन् |
नेपालमा १
रुपैयामा पाइने ओमेप्रजोल १० रुपैया हुनुमा यिनै 'लोभीपापी'हरूको चलखेल छ | हिन्दू-नेपालमा यी सबैको अन्त्य हुनेछ |
५. सबैका
लागि शिक्षा तथा स्वदेशी-शिक्षाका लागि
वर्तमानमा
नेपालले अंगीकार गरेको शिक्षापद्यति पाश्चात्यमा (ईसाई) आधारित भएकोले अत्यन्त
त्रुटीपूर्ण र आपत्तिजनक छ | यो शिक्षाले हिन्दूहरूको साहित्य, इतिहास र स्वाभिमानलाई अस्वीकार गर्छ |
मैकलेले हिन्दू
धर्म र संस्कृति नाश पार्न अंगीकार गरेको नीतिलाई वर्तमान शिक्षापद्यतिले स्वीकार
गर्छ | तर
हिन्दूसंस्कृतिमा सबैका लागि शिक्षा अनिवार्य छ | हाल नेपालमा गरिवका लागि र धनिका लागि
फरक-फरक शिक्षानीति छ | फरक
विद्वायल छन् | विभेदपूर्ण
शिक्षा नीतिका कारण धेरै नेपालीहरू शिक्षा प्राप्त गर्नबाट बन्चित भएका छन् |
'आफ्ना
बालबालिकालाई न बढाउने मातापिता शत्रु हुन्' भन्ने महान् चाणक्यको आदर्शलाई स्वीकार
गर्ने हिन्दूराष्ट्रमा वैदिक सनातनधर्मको इतिहास र मौलिकतामा आधारित शिक्षा सबैका
लागि हुनेछ | बहुसांस्कृतिक हिन्दू-नेपालका अभावमा 'सबैका लागि शिक्षा' कदापि सम्भव छैन | त्यसैले सर्वशिक्षाका लागि बहुसांस्कृतिक हिन्दूराष्ट्र अनिवार्य छ |
६.
मातृभाषाहरूको सुरक्षा र विकासका लागि
वि.स.
२०६९ को जनगणनाअनुसार नेपालमा १२३ बटा जीवित भाषा छन् र तीन बटा लिपी छन् |
यी सबैको
सुरक्षा र विकासका लागि पनि बहुसांस्कृतिक हिन्दू-नेपाल अनिवार्य छ | सन् १९४८ मा पाकिस्तानमा २६ बटा लिपी र
२४० बटा भाषिकाहरू थिए र त्यहाँ हिन्दूहरूको जनसंख्या २ करोड थियो | त्यहाँको राष्ट्र भाषा ऊर्दू र धर्म
इस्लाम हुँदा साथ हिन्दूहरूको जनसंख्या घटेर १२ लाख पुगेको छ भने ऊर्दू बाहेकका
लिपिहरू लोप भएका छन् | भाषाहरू
'भाषिका'मा सिमीत भएका छन् | नेपाल अनादिकालदेखि नै बहुसांस्कृतिक सनातन हिन्दूराष्ट्र भएकोले यहाँ सबै
भाषा र भाषिका तथा लिपीहरू सुरक्षित छन् | वंगलादेश, अफगानिस्तान र युरोपेलीहरूले इस्लाम र
क्रिश्चियनहरूको विकास र विकासबाट गुमाएका संस्कृति र पहिचानको त्रासदीपूर्ण अवस्था
नेपालीहरूले कल्पना गर्न चाहन्नन् | डलरवादीहरूको आखाँले यी ऐतिहासिक तत्थ्य नदेखे
पनि हिन्दू-नेपालमा सबै भाषा र संस्कृतिहरू सुरक्षित हुन्छन् भन्ने उदाहरण नेपालले
स्थापित गरेको छ | यसरी,
अन्य
मातृभाषाहरूको विकास र रक्षाका लागि बहुसांस्कृतिक हिन्दू-नेपाल अनिवार्य छ |
७.
कृषिक्षेत्रको समुचित विकासको लागि
नेपाल
कृषि प्रधान देश हो | २०६९
को जनगणनाअनुसार यहाँका ७२% जनता कृषिमा छन् | हरेक वर्ष खाद्यान्न किन्नका लागि
खरवों रुपैया विदेशिन्छ | सरकारले विदेशीहरूलाई रिझाउन आयातमूखी आर्थिक
योजना तर्जुमा गर्छ | यदि
खाद्य-सामग्री आयात गर्न खर्चिने रकमको २५% पनि कृषिक्षेत्रको विकासका लागि लगानी
गर्ने हो भने नेपाल साच्चिकै 'कृषि-प्रधान' देश बन्न सक्छ | बहुसांस्कृतिकहिन्दू-नेपालमा मात्र कृषिक्षेत्रको
समुचित विकास सम्भव छ | हिन्दूहरूले
पृथ्वीलाई आमा ठान्छन्, गोवर
उत्पादक गाईलाई देवी ठानेर पूजा गर्छन् | प्राकृतिक रूपमा हिन्दूहरूको मनमा रहेको यो
आध्यात्मिक चेतनालाई विकसित गरेर जनतालाई स्वाभाविक रूपमा आकर्षित गर्न सकिन्छ |
विदेशीहरूले
चलाएको 'आयातमुखी'
आयातमुखी
अर्थतन्त्रलाई निरस्त गरेर सनातन हिन्दू धर्मका आधारमा स्थापित कृषि-पद्यतिले
सात्विक खाद्यान्न उत्पादन गर्न कृषकहरूलाई पूर्ण प्रोत्साहन गर्छ | बहुसांस्कृतिक हिन्दू-नेपालमा कृषकहरूको स्थान १
नम्वरमा रहने छ |
८.
देशको आर्थिकस्तर सुधार्नका लागि
२०६८
को जनगणनाअनुसार नेपालमा युवाशक्ति (उत्पादन मूलक मानवशक्ति) ४०% रहेको छ |
यो शक्ति विश्व
मैं बढी हो तर भ्रष्ट राजनेता, कर्मचारी र परावालम्वी शिक्षानीतिका कारण यो
जनशक्ति विदेशीन बाध्य छ | युवाशक्तिको उत्पादकत्व विदेशी भूमिका लागि
खर्च भएको छ र सरकारले विदेशी आर्जनलाई महत्वपूर्ण आयको स्रोत ठानेर प्रोत्साहित
गरेका छन् | सरकारको यो नीति
आत्मघाति छ| स्वदेशी र परम्परागत उत्पादन प्रणालीमा युवाशक्तिलाई दक्ष बनाउने
कार्यक्रम र मनोबैज्ञानिक शक्तिको केन्द्र ‘स्वसंस्कृतिको विकास’ नै हो | बढ्दो महंगाई र वेरोजगारी बीचको खाडल
बढ्दै गएको छ | कृषि
क्षेत्रप्रति सरकारी उदासीनताले यसमा युवाहरूको अभिरुची घट्नुले खाद्यान्न,
दूध-दहीको
मूल्यले आकाश छोएको छ | विदेश
जान नसक्ने निर्धनहरू भोकभोकै मर्ने स्थिति आएको छ | देशको आर्थिक उन्नतिका लागि
हिन्दू-नेपाल आवश्यक छ | 'हामी सबै मिलेर बसौं, संगै भोजन गरौँ, संगै मिलेर प्रगतिका लागि काम गरौँ,
कुनै पनि
शक्तिशालीले हामीलाई हेप्न नसकोस्, हामीसंग कसैले शत्रूता नगरुन् (ऋग्वेद) को
भावनालाई अंगीकार गरेर देशका सांस्कृतिक, धार्मिक तथा कृषिक्षेत्रहरूको विकासमा
युवाहरूलाई सहभागी गराइने छ | नेपाललाई हिन्दू-संस्कृतिको निर्यातक देशका
रूपमा विकसित गरेर युवाहरूलाई विश्वभरी फैलाइने छ | आयुर्वेदमा दक्ष, संस्कृतमा दक्ष, विज्ञानमा दक्ष तथा संस्कृत, ज्योतिषका विद्वानहरू उत्पादन गरेर
नेपालको नाम उच्च गर्न मदत मिल्ने छ |
बैदिक
संस्कृति र सभ्यतामा आधारित जनशक्तिको उत्पादन गरेर र नेपालका तीर्थस्थलहरू
विश्वका हिन्दूहरूका लागि खोलेर नेपालको आर्थिकस्तर सुधार्न हिन्दू-नेपाल अनिवार्य
छ | डलरवादीहरूले
यो तत्थ्यलाई सजिलैसंग स्वीकार गर्ने छैनन् न त यो कुरा माथिल्लो निकायमा रहेर
विदेशीहरूबाट आर्थिक-सुविधाप्राप्त गरिरहेको 'इलिट'का लागि स्वीकार्य नै हुनेछ | तर सत्य यही हो कि नेपालको
आर्थिक-विकास हिन्दू-प्रणाली अंगीकार नगरी असम्भव छ | विदेशीहरूको मन्त्रमा चल्दा देशको
आर्थिकस्तर कस्तो भएको छ भने कुरा हामी सबैले भोगिरहेका छौँ |
९.
भ्रष्टाचार निवारणका लागि
एम्नेस्टी
इन्टरनेशनलले १०१४ मा प्रस्तुत गरेको भ्रस्टाचार विषयक विश्वब्यापी रिपोर्ट अनुसार
नेपाल सर्वाधिक भष्ट्राचार हुने मूलुक मध्ये चौधोंमा पर्छ | अख्तियार अनुसन्धान दूरुपयोग आयोगको
बढ्दो सक्रियताले पनि यो कुरा सिद्ध गरेको छ | महालेखा परीक्षकले महामहिम
राष्ट्रपतिलाई दिएको रिपोर्टले १८ खराव वेरुजू रहेको प्रस्ट पार्छ | राजनैतिक नेतृत्व, कर्मचारी र विदेशी दलालको त्रिकोणले
देशमा सबैभन्दा भ्रष्टाचार गर्ने गरेको कुरा विभिन्न आयोगहरूले बोलिसकेका छन् |
भनिन्छ, मन्त्रिपरिषद्को निर्णयले फलानो ठाउँमा
१०० रुपैया खर्चिनु छ भने त्यहाँसम्म त्यो रकम पुग्दा केवल १ओ रुपैया बच्ने गर्छ |
९० रुपैया नेता.
कर्मचारी, दलाल
र तथाकथित समाजसेवीको जोगिमा जान्छ | एस्तो विकृतिको निवारण केवल हिन्दू-नेपालमा
सम्भव छ | किनभने
वैदिक नियमअनुसार भ्रष्टाचारको दण्ड मृत्यु हो | हिन्दू-नेपालमा सबै आर्थिक गतिविधिहरू 'इन्टरनेटका माध्यमबाट अवलम्वन गरिने छ
भने 'भष्ट्राचार'लाई जघन्य अपराध मानेर कठोर दण्डको
त्वरित ब्यबस्था गरिने छ | हिन्दू सनातन धर्ममा आधारित नैतिक शिक्षा
विद्यालय देखि नै लागु गरेर 'असल-नागरिक' निर्मित गरिने छ | जसले भ्रष्टाचारप्रति प्राकृतिक विमति
राख्ने जनशक्तिको विकास भई देश मानसिक रूप मै भ्रष्टाचार विरुद्ध उभिने छ |
१०.
आपराधिक गतिविधी नियन्त्रणका लागि
नेपाल
प्रहरीको प्रतिवेदन होस् अथवा राष्ट्रिय सतर्कता केन्द्रको हरेक वर्ष नेपालमा
आपराधिक गतिविधिहरू बढिरहेका छन् | खासगरी, माओवादी विद्रोहपछि अपराधिक
गतिविधिहरूमा अत्यधिक वृद्धि भएको देखिन्छ | अपराध रोक्न सरकारले गरेका प्रयत्नहरू 'बालुवामा पानी खन्याएझैँ छन् | युवापुस्ताहरू अपराध गरेर 'डन' बन्ने संस्कृतितिर होमिएको छ | स-साना बालबालिकाहरू बलात्कृत हुने
घटना होस् अथवा व्यक्तिहत्या, तस्करी र ठगीका घटनाहरू हरेक दिनका समाचारका
प्रमुख विषय बन्ने गर्छन् | एउटा राज्यका लागि यो लाज लाग्नु पर्ने विषय हो
तर सरकारी तन्त्रमा लाजको कुरा त् परै जावोस् अपराधीहरूसंग गठवन्धन गर्नेहरूको
बाहुल्यता छ | यस्तो
अवस्थामा, वर्तमान
राज्यप्रणालीले अपराध नियन्त्रण गर्ला भनेर कल्पना पनि गर्न सकिन्न |
हिन्दू-जीवन
पद्यतिमा भ्रष्टाचारको उत्थान मै प्रहार गरिएकोले भष्ट्राचारमा पूर्ण नियन्त्रण
हुन्छ | भष्ट्राचारको
मूल कारण 'धर्मनिरपेक्षता'
हो | धर्मरहित मानिसमा कुनै प्रकारको भय
हुँदैन न त् कर्तब्य पालनको चेतना नै हुन्छ | असलमा, आचरणभष्टहरू राज्यतन्त्रमा पुग्दा
जनतामा भष्ट्राचार संस्थागत भएको हो तर हिन्दू-नेपालमा विद्यालयमा धमे केन्द्रीत
नैतिक शिक्षाको ब्यबस्था हुनेछ जसमा बालबालिकालाई भौतिकतावादप्रतिको अत्याधिक
प्रोत्साहनमा हतोत्साहित गरिने छ | यसबाट नैतिकतायुक्त नागरिकहरूको हातमा देशको
प्रशासन पुग्ने छ र यिनले कर्तब्य र धार्मिकतापूर्ण राज्य संचालन गर्ने छन् |
न्यायालयमा
कर्तव्यनिष्ट न्यायाधीश र वकिल हुनेछन् | नेतृत्व लोभ्र-रहित हुनेछ | दण्डहीनताकोको अन्त्य हुनेछ | हिन्दू धर्म र संस्कृतिमा प्रतिवद्ध
नागरिक प्रशासक भएमा भ्रष्टाचार र अनैतिकता सधैका लागि लोप हुनेछन् | भनिन्छ, गरिवले होइन भ्रष्टाचार 'हुनेखाने'ले गर्छन् तर नाम गरीवको हुन्छ,
गरिवीको हुन्छ |
११.नेपालको
राष्ट्रिय अखण्डताको रक्षाका लागि
२५८
वर्ष पहिला राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन् | त्यस वखतसम्म काठमाडौं उपत्यकालाई
मात्र 'नेपाल'
भन्ने चलन थियो |
यद्यपि अहिलेको
नेपाल त्यस बखतको भन्दा सानो छ तर हाल यसको अखण्डता मैं प्रश्नचिन्ह उठान गर्ने
गतिविधि देखिएका छन् | पहिचानका
नाममा देशका जनताहरूलाई गुमराह बनाएर 'डलरे'हरूले एकआपसमा अविश्वासको खाडल तयार पारेका छन्
| पहाडी-मधेसी,
खस-आर्य,
आदिवासी-गैरआदिवासी,
दलित-बाहुनक्षेत्रीमा
समाज विभाजित भएको छ | यी
सबै अप्राकृतिक विभाजनको एकलब्य उद्देश्य 'हिन्दू-संस्कृति' र देशका हिन्दूहरूलाई अपमानित गर्नु
रहेको देखिन्छ | देशको
८२% जनसंख्या कमजोर हुँदा, निश्चय नै देशको अस्मिता, अखण्डता र वर्चस्वमा खतरा उत्पन्न
हुन्छ नै | गंगा-यमुनाको
विशाल मैदानमा फैलिएको सभ्यता, संस्कृति र जीवन्त भाषा भएको 'मदेशी-समुदाय' पहिचानको लागि लड्नु आफैमा अचम्मको
कुरा हो | भारत
र नेपाल दूईवटा राजनैतिक 'राष्ट्र' भए तापनि 'साँस्कृतिक, भाषिक तथा साहित्यिक'रूपमा एकै भएको कुरा निर्विवाद छ |
अन्य,
समुदायहरूको
हकमा 'गैर-हिन्दूराज्य
स्थापनाले वा जातीयराज्यको स्थापनाले तिनको बहुआयामिक सुरक्षा हुन्छ नै भन्ने
ग्यारेन्टी कसैले दिन सक्दैन | बरू, ८२% जनसंख्या भएको 'हिन्दू-नेपाल'मा सबैको समान अधिकार, सुरक्षा र सम्मान सुनिस्चित हुन्छ |
आफ्नो पहिचान
स्थापित गर्न पाउनु हरेक नागरिकको मौलिक हक हो तर ८२% जनताको अधिकार खोसेर
अल्पसंख्यकको अधिकार र पहिचानको नाममा 'इसाई-करण'लाई प्रोत्साहित गरियो भने देशको लागि
सबैभन्दा दूर्भाग्यपूर्ण हुनेछ | सबै नागरिकमा 'हिन्दू'हरूलाई समावेश नगर्ने घोषित नीति लिएका
'अधिकार
र पहिचानवादी'हरूको
आन्दोलनको सफलता भनेको देशको असफलता हुनेछ | यसले विखण्डन मात्र होइन दीर्घकालीन
द्वन्द नित्याउने छ | अन्य
समुदायको आत्मसम्मान पूर्वक बाच्न पाउने अधिकार र देशको अखण्डताको रक्षाका लागि
पनि हिन्दू-नेपाल आवश्यक छ |
१२. धार्मिक र सांस्कृतिक अतिक्रमण रोक्नका
लागि
नेपाल
बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो भन्नुको अर्थ यो मूलूक क्रिश्चियन वा
मुस्लिमहरूको पनि हो भन्नु गलत हुनेछ |
बहुधार्मिकता
र बहुसांस्कृतिकको अर्थ यहाँका रैथाने धर्म र संस्कृति हुन् | हिन्दू, बौद्ध, बोन्पो, थारू, राई-लिम्वु, मगर-गुरुङ आदि | क्रिश्चियन र मुस्लिमहरू नेपाली नागरिक
त हुन सक्छन् तर नेपालका रैथाने संस्कृति र धर्मका अंग हुन सक्दैनन् | नेपालका लागि यी धार्मिक-अतिक्रमणकारी
हुन् | यिनको
विस्तारसंगै नेपालका रैथाने धर्म र संस्कृति लोप हुनेछन् | २०६३ सालमा नेपाल धर्मनिरपेक्ष मूलुक
घोषित भएपछि जसरी नेपालमा 'क्रिस्चियन-समुदाय'ले धार्मिक अतिक्रमण बढाएका छन्,
यसले हरेक
नेपालीलाई चिन्तित बनाएको छ | यी विस्तारवादीहरूले आदिवासी-जनजातिका नाममा
नेपाली-नेपाली बीच अविश्वासको खाडल पैदा गरेर आफ्नो वर्चस्व कायम गरेको छ |
आदिवासी-जनजातिको
नेतृत्व गर्नेहरूले 'धर्मपरिवर्तनले
निम्त्याउने सांस्कृतिक विनाश' नबुझेका होइनन् तर आफ्नो डलर-प्रेम वा आफ्नै
छिमेकी हिन्दूपरिवारमा अविश्वासका कारण ती विरुद्ध आवाज उठाउन सकिरहेका छैनन् |
अहिले नेपालमा
धर्मपरिवर्तनको मारमा सबैभन्दा बढी 'आदिवासी-जनजाति' समुदाय नै परेको छ |
धर्मपरिवर्तनले
नेपालको धार्मिक र सांस्कृतिक विविधता नष्ट हुन्छ | नेपालको पहिचान, शान र नाम भनेकै हाम्रो विविधतापूर्ण
सांस्कृतिक संरचना हो | विदेशीहरू
मन्दिर, गुम्वा
र चैत्यहरू हेर्न नेपाल आउँछन्, चर्च हेर्न होइन | एस्तो अवस्थामा ८२% हिन्दूहरूको
जनसंख्या भएको नेपाल हिन्दूसापेक्ष राज्य हुँदा, धर्मपरिवर्तनकारीहरूमा पूर्णप्रतिवन्ध
लाग्ने छ | नेपालका
रैथाने धर्म र संस्कृतिको विकास र प्रवर्धनमा जोड दिने र विदेशी धर्म र
संस्कृतिउपर प्रतिवन्ध लगाउने काम 'हिन्दू-नेपाल'ले गर्ने छ | यसरी, नेपाललाई धार्मिक अतिक्रमणबाट सुरक्षित
राख्न पनि 'हिन्दू-नेपाल'
आवश्यक देखिन्छ |अर्कोमहत्वपूर्ण कुरा, २०६३को राजनैतिक
परिवर्तनपछि २५ लाख नेपालीहरूले धर्मपरिवर्तन गरेको कुरा क्रिश्चियन अगुवा डा. के.बी.
रोकायाले गरका छन् | यदि यो कुरा सत्य हो भने नेपालीहरूलाई‘सांस्कृतिक-आत्महत्या’
गर्ने प्रेरित गर्ने ‘धर्मनिरपेक्षता’ लाद्ने नेताहरूले यो सांस्कृतिक विनाशको
जिम्मेवारी लिनुपर्छ| जव सम्म नेपाल हिन्दूराज्य रह्यो धार्मिक अतिक्रमणबाट
सुरक्षित रह्यो तर अवसरवादी र विदेशीको दास मनोबृति भएको नेतृत्वमा देश आउँदा साथ धार्मिक-अतिक्रमणमा
पर्यो | यसको एकमात्र समाधान हिन्दू-नेपाल नै हो |
१३. चिन्तनगत
अतिक्रमण रोक्नका लागि
सन् १६०० ताका व्यापार
गर्न भारत छिरेका ‘गोरे’हरूले क्रमशः भारतलाई आफ्नो गुलाम बनाए | बाइबल र
व्यापारका नाममा गोराहरूले भारतमा मच्चाएको धार्मिक आतंक हेर्न गुगल-सर्च गरे पुग्छ|
वैदिकसंस्कृतिको बलियो जगमा अडिएको हिन्दू-सामाजिक र धार्मिक संस्थालाई भेदन गर्न
नसक्ने देखेपछि अंग्रेजहरूले मैकालेका माध्यमबाट शिक्षाको विस्तारबाट आफ्नो दासत्व
लाद्ने प्रयत्न गरे | यो प्रयत्नमा सफल भए| सन् १९०० एता भारत र नेपालमा जन्मेको
पुस्ताले आफ्नो इतिहासमा गर्व गर्नुको साटो अविश्वास गर्न थाल्यो | वर्तमानपुस्ता
त् पूर्णतया आफ्नो इतिहास र संस्कृतिक गौरवलाई अस्वीकार गरेर अभिमान गर्छ|
विद्यालयहरूमा ‘आर्यहरू रूसबाट हिंडेर भारत हुँदै नेपाल छिरेका भएकाले आक्रमणकारी
हुन्’ भन्नेकपोलकल्पित इतिहास पढ़ाइन्छ | हरेक क्षेत्रमा पश्चिमाहरू नै श्रेष्ठ
हुन्छन् भन्ने खाले विभेदपूर्ण इतिहास पस्किएको छ | पूर्वप्राथमिक देखि ऊच्चतर
शिक्षामा विदेशीले लेखेका पाठ्यपुस्तकहरूको वर्चस्व छ | हामीलाई आफ्ना प्राचीन मौलिक
लेखक र तिनका कृतिहरूमा अविश्वास गर्न सिकाइन्छ | यो सबै वैदिक सांस्कृतिक पहिचान
समाप्त पार्न योजनागत रूपमा ‘क्रिश्चियन’हरूले २०० वर्ष अगाडी तयार पारेको
‘ग्रान्ड-डिजाइन’ अन्तर्गत भैरहेको छ | हाम्रो नेतृत्वले‘डलर’को प्रलोभनमा सबै
स्वीकार गरिरहेको छ |
हो, पाश्चात्यहरूले
विज्ञान, उपकरणका क्षेत्रमा गरेको अभूतपूर्व प्रगतिकोसम्मान गरिनुपर्छ तर वैदिक संस्कृतिको
महानतामा पुग्न अझै पनि उनीहरूले कमसेकम हजार वर्ष कुर्नुपर्छ| मानवअधिकार,
नैतिकता, कर्तब्य, धर्म-संस्कृति, सभ्यता, दानजस्ता विषयहरूमा पश्चिमाहरूले
नेपालीबाट सिक्नुपर्छ| विदेशी सांस्कृतिक र चिन्तनगत आक्रमण रोकेर स्वदेशी
संस्कृति र परम्पराको गौरव स्थापित गर्न हिन्दू-नेपाल अनिवार्य छ | २०४७ र २०६३
पछिका सरकारहरूले देशका जनतालाई विदेशीहरूको दास बनाउन कुनै कसर छोडेका छैनन् | यस
अर्थमा, राज्य संचालकका रूपमा यिनको ब्यबस्थापन पूर्णअसफल ठहरिन्छ | आफ्नो स्वदेशी
धर्म, संस्कृति, विज्ञान, र चेतनाको गौरव स्थापित गर्ने नसक्नेहरूलाई यो देश
हाक्ने अधिकार छैन | बरू, २४० वर्ष पहिला राजा पृथ्वीनारायण शाहले यो कुरा बुझेर धार्मिक
निस्कासन गरेका थिए |
१४. साम्प्रदायिक अतिवाद रोक्नका लागि
वि.स, २६३को
राजनैतिक परिवर्तनपछि धर्मनिरपेक्ष भएपछि देशमा साम्प्रदायिक समस्याहरू संस्थागत
भएका छन् | खासगरी माओवादी विद्रोहका बेला उनीहरूले हिन्दू धर्म, संस्कृति र
परम्पराउपर सघन आक्रमण गरे | जसले नेपालमा रहेको प्राकृतिक समावेशीपनमा आघात
पुर्यायो | गैर-हिन्दूहरूमा उनीहरूले कहिल्यै आक्रमण गरेनन् | उनीहरूले हिन्दू-संस्कृति
र धर्मविरुद्ध आदिवासी-जनजातिहरूलाई उचालेर दशैँतिहार वहिस्कार गर्न लगाए | यी सबै
कुराको फाइदा क्रिश्चियनहरूलाई पुग्यो |अहिले क्रिश्चियनहरूले धर्मनिरपेक्षता
लाद्न माओवादीनेताहरूमा लगानी गरेको कुरा पुष्टि भएको छ | धर्मनिरपेक्षताको ऋण
तिर्न क्रिश्चियनका अगुवा डा.के.बी.रोकायाले चुनावताका माओवादीलाई भोट हाल्न
नेपाली क्रिश्चियनहरूलाई टेलिभिजन मार्फत व्हीम जारिगरेको कुरा विर्सन सकिन्न |
चितवनमा गुम्वा
तोडेर, कीर्तिपुरमा शिवमन्दिर भत्काएर, तिप्लिंगमा गुम्वाहरूलाई आलुगोदाममा बदलेर,
रामपुरमा चिहानका लागि मोटो रकम मागेर, पशुपतिनाथ लाश गाड्न पाउनु पर्ने माग
राख्दै धर्ना दिएर र हरेक दिन लाखौंलाख हिन्दू देवीदेवता र रितिरिवाजको निन्दा
गर्ने ‘पुस्तिकाहरू’ वाडेर साम्प्रदायिक सद्भाव विथोल्ने काम भएको छ |
सरकारले‘डलर’का अगाडी लाचारी प्रकट गर्दै हरेक कुरामा सम्झौता गरेको छ | संसदमा
गौहत्या गर्न पाउनु पर्ने मांग होस् अथवा हिन्दू-राष्ट्रका लागि अनसन गरिरहेका
श्रीनिवासको हातबाट गीताको किताव खोसेर आगोमा पोल्ने काम होस् यी सबैले बहुसंख्यक
हिन्दूहरूलाई उत्तेजित बनाउने काम भएको छ | प्रतिनिधि सभामा तीन जना क्रिश्चियनहरू
सभासद् भनेका छन् जवकि हिन्दूहरूका तर्फबाट एकजना धर्मगुरू पनि मनोनयनमा परेका
छैनन् | यी सबै कुराहरू साम्प्रदायिक द्वन्द बढाउन पर्याप्त छन् |
हिन्दू धर्म होइन
संस्कृति र सभ्यता हो | यस भित्र अनेकौं सम्प्रदायहरू छन् | यी सम्प्रदायहरू बीच
कहिल्यै पनि द्वन्द भएको इतिहास छैन | नेपालमा बौद्ध र हिन्दूहरू बीच प्रायोजित
बाहेक ब्यबहारिक द्वन्द छैन | २०६३ सम्म सहअस्तित्वमा रहेका नेपालीहरू बीच ‘धर्मनिरपेक्षता’ले
अविश्वास बढाएको छ| प्राकृतिक रूपमा सहअस्तित्वमा विश्वास गर्ने हिन्दू-नेपाल
नैसाम्प्रदायिक र धार्मिक द्वन्द रोक्ने प्रभावशाली उपाय हो | मुस्लिम र
क्रिश्चियनहरूले अन्य धर्मको धार्मिक अस्तित्वलाई अस्वीकार गर्ने हुँदा, यिनको
विस्तारले नेपालमा धार्मिक द्वन्द अनिवार्य हुनेछ |
१५. सांस्कृतिक सम्पदाहरूको दीर्घकालीन सुरक्षाका लागि
प्राचीनकालदेखि नै
नेपाल कला र संस्कृतिहरूको जीवित संग्रहालय बनेको छ | फरक-फरक कालखण्डमा फरक-फरक प्रकृतिका
धार्मिक, सांस्कृतिक संरचनाहरू निर्मित भएका छन् | रितिरिवाज र चालचलन विकसित भएका
छन् | गोपालकालको पशुपतिनाथ मन्दिर, किरातकालको किरातेश्वरको संरचना, मल्लकालका
सुन्दर मन्दिर, चैत्यर दरवारहरू, टुडालहरू, मूर्तिहरूआदि नेपाल र नेपालीका धरोहर
हुन् | यिनै सम्पदाहरुका कारण नेपाल विश्वमा ‘मन्दिर’हरूको देशका रूपमा विश्व प्रसिद्ध
छ | हिन्दूसंस्कृतिले विश्वका सबै संस्कृतिहरूको सम्मान गर्छ | इरानको रैथाने ‘पारसी-धर्म’लाई
भारतले संरक्षण दिएर बचाएको छ | मंगोलियामा लुप्त भएको ‘धुन्धुम’को संस्कृतिलाई
नेपालले जोगाएको छ | मुस्लिम र इसाईहरूको एकलकाटे धार्मिक अतिवादका कारण बिस्थापित
भएका अनेकौं धर्म र संस्कृतिहरू भारतमा जीवित छन् | यो कुरा केवल हिन्दू-संस्कृतिमा
मात्र सम्भव छ |
अफगानिस्तानबाटबौद्ध-धर्म,
मंगोलियाबाट हिन्दू-धर्म, पाकिस्तान र बंगलादेशबाट हिन्दू धर्म लोप भएको/वा
लोपोन्मुख भएको इतिहास हाम्रो सामु छ| तर हिन्दू बहुमत भएको ठाउँमा मुस्लिम र
क्रिश्चियनजस्ता अतिवादीहरूले पनि आश्रय पाइरहेको देखिन्छ | केही अपवाद बाहेक
भारतीय हिन्दूहरूले कुनै मस्जिद वा चर्च भत्केको उदाहरण छैन| मुस्लिमहरूले काशीको
शिव मन्दिर, मथुराको कृष्ण मन्दिरजस्ताहिन्दूहरूका हजारौं धार्मिकस्थलहरू क्रूरता
पूर्वक भत्काएर मस्जिद वा महल बनाएका संरचनाहरू जीवन्त छन् | नेपालमा जसरी
क्रिश्चियन र मुस्लिमहरूको विस्तार भइरहेको छ, यसले कालान्तरमा नेपालको रैथाने
धार्मिक र सांस्कृतिक पहिचानहरूको विनाशलाई निम्त्याउने निश्चित छ | शालीग्राम,
तुलसीजस्ता सांस्कृतिक वस्तुहरू र संरचनाहरूको सुरक्षा केवल ‘हिन्दू-नेपाल’मा
मात्र सुनिश्चित छ| डलरवादीहरूले देशका जनताहरू बीच सांस्कृतिक असमझदारी उत्पन्न
गराएर विदेशीहरूलाई नेपालकोधार्मिक र सांस्कृतिक परम्परा र संरचनाहरू ‘भष्म’
पार्ने ठेक्का दिएका छन् | हिन्दू-चेतनाको विकास नगरी यो ‘ठेकेदारी प्रथा’ अन्त्य
हुने कुनै छाँट देखिन्न | २२ सय वर्ष पुरानो बामियानको बुद्धको मूर्ति ध्वस्त
पार्ने र हुतु र तुत्सी बीच असमझदारी उत्पन्न गराएर तुत्सीहरूको जातीय सफाई गराउने
इसाईहरू विश्वाका पात्र हुनै सक्दैनन् | नेपाल हिन्दू राष्ट्र भएमात्र नेपालको ‘अनेकता’
सुरक्षित रहन सक्छ |
१६. न्यायपूर्ण राज्य-निर्माण र सामाजिक समानताका लागि
नेपाल एउटा
प्रजातान्त्रिक मुलुक हो | गणतन्त्र वा प्रजन्तन्त्रको आत्मा ‘बहुमत’ हो| खसेका
भोटहरू मध्ये जसको बहुमत हुन्छ त्यसैले
राज्यको ब्यबस्था हेर्छ| यदि प्रजातन्त्र स्वार्थीहरूको हात लाग्यो भनेयसमा
संसारभरिका विकृतिहरू सजिलै भित्रिन्छन् | भारतर नेपाल ‘कुरूप-प्रजातन्त्र’का जीवन्त
उदाहरण बनेका छन् | राजनेताहरूले प्रजात्रन्त्रको प्रयोग आँफु सत्तामा पुग्नका
लागि गरिरहेका छन् | जातीय, क्षेत्रीय, लिंगीय आरक्षण वा अग्राधिकार यसका उदाहरण
हुन्| २०६३ को परिवर्तनले यी सबै वेथितिहरू नेपालमा प्रवेश गरिसकेका छन् | आरक्षण
र धर्मनिरपेक्षता यसका ज्वलन्त उदाहरण हुन्| आरक्षणले समाजका जेहेन्दारहरूलाई समान
अवसरबाट बन्चितपार्छ | वन्चित समुदायलाई ‘जागिर वा राजनीति’मा आरक्षण दिनुको सट्टा
अध्ययनमा आरक्षणको ब्यबस्था गर्नुपर्छ | शिक्षामा समान अवसर प्राप्त गरेपछि
योग्यताका आधारमा सरकारी वा गैर-सरकारीस्तरमा काम गर्न ‘योग्यता’ नै प्राथमिकतामा
पर्छ | यसले आरक्षित वर्गमा शिक्षाप्रति अभिरुची बढ्छ र न्यायपूर्ण समाजको विकास
हुन्छ |
असलमा आधुनिक
प्रजातन्त्रमा राजनेताहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि अल्पसंख्यकको तुष्टीकरण,
हिन्दू विरोधी न्यायरचना, हिन्दूहरूलाई अपमान गर्ने अभिव्यक्तिहरू दिन्छन् | जनतालाई
विवादमा राखेर राज्य-सुख लुट्छन् | ऋग्वेदमा भने झैँ ‘समानसंरचना, समानमन र अधिकार’को
लागि ‘सबैका लागि समान न्यायिक ब्यबस्था’ केवल हिन्दू-नेपालको रचनाले सुनिश्चित
गर्छ | हिन्दू न्यायतन्त्रमा के-ठूलो के सानो सबैलाई समान अवसर उपलब्ध हुनेछन् |
जातीय, क्षेत्रीयतालाई भन्दा पनि ‘योग्यता’लाई महत्व दिईने छ | धर्मका आधारमा,
जातिका आधारमा न्यायको विविधकरणलाई पूर्णतया निरस्त गरेर ‘समानन्याय’ प्रणाली
सुनिश्चित गरिने छ | यो सबै कुरा हिन्दू-नेपालमा सम्भव छन् | वर्तमानका
प्रजातान्त्रिक ब्यबस्थाहरू स्वार्थ र लोभको भूमरीमा परेर पूर्णतया कलंकित भइसकेका
छन् | यो कलंकबाट मुक्त हुन नेपाल हिन्दू धर्म सापेक्ष राष्ट्र बन्नुपर्छ |
१७. विश्वभरीका हिन्दूहरूको गौरव बढाउन र तिनको रक्षा गर्नका लागि
आज विश्वभरी करिव एकअरव
तीसकरोड हिन्दू जनसंख्या भएको विश्वास गरिन्छ | भारत, नेपाल, श्रीलंका, पाकिस्तान,
बंगलादेश, फिजी, गुयाना, मरिसस, अफ्रीकाआदि देशहरूमा हिन्दूहरूको उलेख्य आवादी छ |
मलेशिया, पाकिस्तान, बंगलादेश र भूटानमा हिन्दूहरू अल्पसंख्यक छन् | बहुसंख्यकले
मान्ने धर्मका आधारमा हिन्दूहरूसंग अन्यायपूर्ण ब्यबहार गरिंदै छ | भारतीय
हिन्दूत्व त्यहाँको स्वार्थी नेतृत्वका लागि बलिको बोको बनिसकेको छ | बंगलादेश,
मलेशिया, भूटान र पाकिस्तानमा अल्पसंख्यक उपर भरहेको अन्यायपूर्ण ब्यबहार हामीबाट
लुकेको छैन | नेपाललाई हिन्दू-नेपाल बनाएर विश्वभरीका हिन्दूहरूको आस्थास्थलको
रूपमा विकसित गर्नुपर्छ | हिन्दू-नेपाल स्वत: विश्वका हिन्दूहरूको अध्यात्मिक ज्ञानको
स्रोत हुनेछ | हिन्दू धर्म र संस्कृतिको शिक्षा ग्रहण गर्न तिनले नेपाललाई
छाट्नेछन् | नेपाल विश्वका हिन्दूहरूको पहिलो रोजाईको गन्तब्य स्थल बन्ने छ |
विश्वभरी छरिएर
रहेका हिन्दूहरूले गर्वका साथ छाति ठोकेर नेपाललाई ‘विश्वको एकमात्र हाम्रोबहुसांस्कृतिक“हिन्दूराष्ट्र’
भनेर गौरव गर्नेछन् | यो गौरव नेपालका गैर-हिन्दूहरूको लागि पनि हुनेछ | यो गौरबले
अन्यायमा परेका हिन्दूहरूले नेपाललाई आफ्नो ठान्ने छन् | जसरी यहुदीहरूको एकमात्र राष्ट्र इजरायलले विश्वका यहुदीहरूको सुरक्षा गर्ने
जिम्मा संवैधानिक रूपले सुनिश्चित गरेको छ, त्यसरी नै हिन्दू-नेपालले विश्वका
समस्त हिन्दूहरूको सुरक्षा र सम्वर्धन गर्ने दायित्व स्थापित गर्ने छ | एकअरव तीस
करोड हिन्दूहरूको रक्षाकवचमा नेपाल शक्तिशाली हुनेछ | फलत: विधर्मीहरूले नेपालको
कू-भलोवारे सोच्न समेत डराउने छन् |१
१८. राज्यप्रणालीको सफलताका लागि
वि.स. २००७ सालको
राजनैतिक परिवर्तनपछि प्रजातन्त्र र गणतन्त्रका थुप्रै प्रयोगहरू नेपालमा गरिए |
वि.पी. कोइरालाको समाजवाद, महेन्द्रको पंचायती पद्यति, वीरेन्द्रको बहुदलीय
प्रजातन्त्र, कंग्रेसको संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रर अन्त्यमा २०६३ को
परिवर्तनपछिको गणतान्त्रिक-प्रजातन्त्रको स्वाद नेपाली जनताले लिइसकेका छन् | यस
वीचमा जनताको सबैभन्दा हितैषी भन्ने
‘साम्यवादीदल’ले पनि
नेपाल हाँकिसकेको छन् | तुलनात्मक रूपमा वि.स.२०६३पछिको शासनतन्त्रले नेपालीहरूलाई
आक्रान्त बनाएको छ| जातीयता, क्षेत्रीयता रसाम्प्रदायिकताले देश रोएको छ | सरकारमा
अवसरवादी र अर्थलोलुपहरूको वर्चस्वले देशको अर्थतन्त्र आयातमुखी भएको छ | अपराध,
भ्रष्टाचार र आपसी वैमनस्यताको सवालमा देश कुख्यात भइसकेको छ| कू-शासन,
भ्रष्टाचार, बलत्कार, जातीयता र क्षेत्रीयताका आधारमा विकसित भएका आपसी बिमतिका
समाचारहरूलाई प्रमुखताका साथ प्रस्तुत गरिएका समाचारपत्र, रेडियो, टेलिभिजन, अनलाइन-समाचार
र व्यक्तिहरूका विश्लेष्णहरूले‘शासन-प्रणाली’को असफलता बयान गरिरहेको छ | जनताहरू
विकल्प खोजिरहेका छन् | यो विकल्प ‘हिन्दू प्रजातांत्रिक पद्यति’ हो|
समयले साम्यवादी
शासनपद्यतिलाई संसारबाट विस्थापित गरिसकेको छ | पाश्चात्य चिन्तनमा आधारित प्रजातान्त्रिक
शासन ब्यबस्था पूँजीवादको ‘दास’ भएको छ | समाजवादी चिन्तनमा आधारित राज्यब्यबस्था
पनि ‘पूँजीवाद र साम्यवादी चिन्तनको चेपुवामा परेर विकलांग भएको छ | एस्तो
अवस्थामा हामी नेपालीहरूले आफ्नो माटोमा विकसित भएको प्राचीन राज्यप्रणालितिर
उन्मुख हुनुनै सर्वाधिक उपयुक्त विकल्प हुन्छ | यो विकल्प नेपाली जनताको आफ्नो
गौरव, इतिहास र संस्कारसंग जोडिएको हुनाले सर्वाधिक स्वीकार्य हुनेछ|
हिन्दूप्रजातान्त्रिक शासनप्रणालीले बिकृतिले भरिपूर्ण र विभेदकारी वर्तमानका
राज्यसंचालन पद्यतिलाई विस्थापित गर्नैपर्छ | यद्यपियो काम त्यति सजिलो छैन | २५०
वर्षदेखि विदेशीहरूले शिक्षाक्षेत्रमा लगानी गरेर उत्पादन गरेका पश्चिमाहरूका‘बैचारिकदास’हरूले
यस विरुद्ध ठूलै कोकोहलो मचाउने छन् | अहिलेको नेपाली ‘इलिट’ समाजमा यस्तै
दासहरूको वर्चश्व छ जसले बैदिक हिन्दू चिन्तन र सभ्यताका आधारहरूलाई ‘काल्पनिक’
भनेर अस्वीकार गर्छ | डलरवादी र क्रिश्चियनहरूले पनि चर्को विरोध गर्ने छन् |
युरोपेली र अमेरिकनहरूले ‘नाइटा’को बल निकालेर यसको विरोध गर्ने छन् |
१९. प्राकृतिक रूपमा अहिंसक समाजको स्थापनाका लागि
हिन्दूहरू प्राकृतिक
रूपमै अहिंसक हुन्छन् | अन्य आस्थालाई आदर गर्ने संस्कारका हुन्छन् |
हिन्दूबाहुल्य भएको ठाउँमा हिंसा वा धार्मिक समस्या हुँदैनन् | जैन र बौद्धहरूको
स्रोत पनि बैदिक-संस्कृति भएकोले हिन्दूहरूकायी सांस्कृतिक गुण सरेको पाइन्छ |
नेपाल बहुसांस्कृतिक र वहुधार्मिक मुलुक हो | यो यथार्थलाई अस्वीकार गर्नु पर्ने
कुनै कारण छैन | हिन्दूहरूले बौद्ध, जैन, बोन्पो वा प्राकृतिक धर्म मान्नेहरूलाई
जवरजस्ती ‘हिन्दू’ बनाउन आवश्यकता छैन | आजमुस्लिम, क्रिश्चियन र यहुदीहरूको उग्रधार्मिकताबाट
प्रभावित भएका केही ‘आदिवासी-जनजाति र धर्मपरिवर्तन गरेर क्रिश्चियन भएका व्यक्तिहरूले
नेपालको अहिंसक संस्कृतिलाई हिँसातिर प्रेरित गरिरहेका छन् | आदिवासी-जनजाति
समुदायलाई बहुसंख्यक ‘हिन्दू’ विरुद्ध अविश्वास रोपिरहेका छन् | धर्मपरिवर्तन गर्न/गराउन
सजिलो पार्न यो षड्यन्त्र गरिएको हो | विगत तीनहजार वर्षदेखिनिरन्तरसहअस्तित्वमा
रहेर पनि आफ्नो मौलिकता नगुमाएका आदिवासी
समुदायले क्रिश्चियन बनेर आफ्नो मूलधार गुमाउन्दा यी भरौटेहरूलाई कुनै पीडाबोध
हुँदैन | नेपाली जनताले के धर्मपरिवर्तन र सांस्कृतिकप्रभाव बीचको फरक बुझ्नु
पर्ने भएको छ | सांस्कृतिक प्रभावले पहिचान समाप्त हुँदैन तर धर्मपरिवर्तनले
पहिचान नै समाप्त हुन्छ | वैदिक-संस्कृतिसंग सहअस्तित्वमा आफ्नो पहिचान सुरक्षित
राखेका आदिवासी-जनजातिका मान्छेले क्रिश्चियन बनेपछि आफ्नो मूलधारलाई पूर्ण अस्वीकार
गर्छन् | एस्तो अस्वीकृतिले समाजमा द्वन्द बढ्छ नै | वि.स. २०६३ पछि नेपाली भूमिमा
मुखर भएको अल्पसंख्यक, सीमान्तीकृत, आर्य-खस, गैरआर्य र मंगोलको विभेद विश्वब्यापी
क्रिश्चियन र मुस्लिम धार्मिकअतिवादको भूत हो| बहुसांस्कृतिक हिन्दू-नेपालको
स्थापनाले अतिवादी धार्मिक सोच र ब्यबहार भएका समूहको विस्तारमा पूर्णप्रतिवन्ध
लाग्ने छ | फलत: देशमा धार्मिक र जातीय द्वन्द सधैंका लागि समाप्त हुनेछन् | यदि
हामीले आफ्नो हिन्दुत्वको आधारशीलालाई परित्याग गर्यो भने हामीसंग केही रहने छैन |
हाम्रो परिवर्तनले हिन्दूत्वमा कुनै प्रभाव पर्नु हुँदैन |
वैदिक काल देखि नै
यो देश ‘हिन्दूराष्ट्र’ हो| हिन्दूराष्ट्रको उत्पत्ति वर्षामा उम्रने च्याऊझैँ
अकस्मात भएको होइन | यो कुनै सन्धिसम्झौता गरेर निर्माण गरिएको होइन | यो कागतमा
लेखेर खेलिएको खेल पनि होइन | यो कसैले मांग गरेर तिनको तुष्ठीका लागि पनि निर्माण
गरिएको होइन | बैदिक-संस्कृति यसै पूण्यभूमिको उत्पादन हो र यसका जराहरू निकै टाढाटाढा
गहिरोसम्म पुगेका छन् | हामीले मुसलमान अथवा क्रिश्चियनहरूसंग वदला लिन यसको विकास
र सम्वर्धन गरेका होइनौं | हाम्रो उत्तरी सीमामा उभिएर हाम्रो रक्षा गरिरहेको
हिमालयझैँ वैदिक-हिन्दू राष्ट्र पनि एउटा अटल र विराट सत्य हो | बीर सावरकर,१९३८
२०. जातिवाद होइन
सभ्यताको निरन्तरताका लागि
क्रिश्चियन र
बामपन्थी इतिहास र हिन्दूहरूसंग शत्रुतापूर्ण विचार राख्नेहरूले हिन्दूलाई ‘जाति’का
रूपमा ब्याख्या गरेका छन् | कुनै बखत नेपाल, भारत, इन्डोनेसिया, कम्बोडिया, बर्मा,
पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, थाइल्याण्ड, तिब्बत, कोरियाकामानिसहरूले
प्रमुखताका साथ मान्ने संस्कृति र सभ्यता थियो | त्यहाका जनतामा आज पनि
हिन्दू-सांस्कृतिक चिन्हहरू देखिन्छन् | कम्वोडियाको अंकोरबाटमा रहेको विश्वको
सबैभन्दा ठूलो र पूर्ण बैदिक ‘विष्णुमन्दिर’ले हिन्दू सभ्यताको बखान गरिरहेको छ |
एस्तो विशाल सभ्यतालाई जातिसंग तुलना गर्नु भनेको आफैसंग झूट बोल्नु हो | हिन्दूत्वको
संस्कृतिमा विशाल सभ्यता विकास भएको छ, जहाँ नाक चुच्चे, थेप्चे, काले, गोरे र
आदिवासीहरू सबै अटाउँछन् | ‘आर्यसमुदायको धर्म हिन्दू हो’ भनेर लेख्ने र बोल्नेहरू
क्रिश्चियन वा वामपन्थीको इतिहासको पूर्वाग्रहबाट ग्रस्त ‘विमार’ व्यक्ति हुन् | मुस्लिमहरू
र क्रिश्चियनहरूले धार्मिक अतिक्रमण बढाएपछि पाकिस्तान, बंगलादेश, अफगानिस्तानका ‘आर्य,
मंगोल र आदिवासी’ सबैले आफ्नो पहिचान गुमाएका छन् | नेपालमा ‘गुरुङ, मगरआदि जनजातिको
धर्मबौद्ध हो’ भनेर भ्रमको अनुदार खेती गर्नेहरूले
अफगानिस्तानकाजनजातिहरूलाई मुस्लिमबाट पुन: आफ्नो जातीय संस्कारमा, नागाल्याण्डका
नागाहरूलाई क्रिश्चियन त्याग्न, विश्वकै सबैभन्दा ठूलो विष्णुमन्दिर (कम्वोडियाको अंकोरबाट) कब्जा गरेका बुद्धिष्टहरूलाई त्यो मन्दिर
हिन्दूहरूलाई हस्तान्तरण गर्न आन्दोलन चलाउन सक्नुपर्छ | हामी नेपाल र नेपालीको
कुरा गर्छौं भनेर झुक्याउन सकिन्न | नेपालमारहेका सबै जातिहरूले क्रिश्चियन बनेर
आफ्नो जात त बचाउन सक्लान् तर धर्म र संस्कृति बचाउन सक्ने छैनन् |
बहुसांस्कृतिक हिन्दूराष्ट्रमा सबैको नेपालका रैथाने जातिको मात्रै होइन उनको
धर्म, सांस्कृतिक, सामाजिक पहिचान समेत जोगाएर राख्ने ग्यारेन्टी गर्नेछ |
२१. पूर्णप्रजातान्त्रिक
र स्वतन्त्र सामाजिक संरचनाका लागि
हामी सबैले अनुभव
गरेकै छौँ कि २०६३ को राजनैतिक परिवर्तनले नेपालको आर्थिक, सामाजिक, शैक्षिक,
सांस्कृतिक तथा मौलिकताको रक्षा गर्न सकेको छैन | नेपालका हरेक विकासका
इन्डेक्सहरू अधोगतिमा छन् | नेपालका आफ्ना धार्मिक र सांस्कृतिक पहिचानहरू नामेट
हुँदैछन् | नेपालको आर्थिकक्षेत्र दिनहुँ विदेशमुखी वन्दैछ | आर्थिक क्षेत्रमा
पराधिनता थपिंदै गर्दा नेपाल धार्मिक अतिक्रमणले त्राहिमाम् गरिरहेको छ | जनयुद्धका
नाममा एमाओवादीहरूले नेपाली जनतालाई ‘दिग्भ्रमित’ बनाएरजातजातिहरू बीच रहेको
सहअस्तित्व र प्राकृतिक समावेशीपनमा अविश्वासको बीउँ रोप्न सफल भएका छन् | यी सबै ‘बेथिती’बाट
नेपालीहरूले मुक्ति पाउनु पर्छ | स्वदेशीधर्म, संस्कृति र वैदिकसनातन संस्कृतिको
दार्शनिक पृष्टभूमिमा आधारित बहुसांस्कृतिक हिन्दूराष्ट्र नेपालको स्थापना र यसैअनुसारको
प्रशासनिक ब्यबस्थाको स्थापना नै उपरोक्त वेथितीहरूको अन्त्य हुनेछ | ८२% हिन्दूजनसंख्या
रहेको नेपालको प्रजातान्त्रिक पद्यतिको सर्वोच्च सम्मान पनि यही हो | अत: हामी सबै
नेपाली मिलेर, हामी सबै नेपालीहरूको साझा ‘बहुसांस्कृतिक हिन्दूराष्ट्र’को निर्माण
गरौँ | वैदिकसभ्यताको मूलथलोको रूपमा नेपाल र नेपालीको प्राकृतिक रूपमा आर्जित
परिचय प्रमाणित गरौँ |
डा. गोविन्दशरण
उपाध्याय gsu300(@)gmail.com
No comments:
Post a Comment